मुना कुँवर
२०७७ माघ २२
सामाजिक सुरक्षा कोषमा रकम जम्मा गर्न थालेका १६ सयभन्दा बढी रोजगारदातामध्ये सवा ६ सयले निर्धारित समयमा रकम नबुझाउँदा स्वास्थ्योपचार र दुर्घटना सुविधाबाट श्रमिकहरू वञ्चित हुने गरेका छन्
सामाजिक सुरक्षा कोषमा सूचीकृत रोजगारदाताले समयमै योगदान रकम नबुझाउँदा श्रमिकहरू विभिन्न सुविधाबाट वञ्चित हुने गरेका छन् । सामाजिक सुरक्षा ऐन २०७४ अनुसार रोजगारदाताले महिना समाप्त भएको १५ दिनभित्र योगदान रकम कोषमा दाखिला गरिसक्नुपर्छ । कोषमा योगदान रकम जम्मा गर्न सुरु गरेका रोजगारदातामध्ये करिब ४० प्रतिशतले निर्धारित समयमा योगदान रकम नबुझाउने कोषका सूचना अधिकारी डा. रोशन कोजूले बताए ।