चिरञ्जीवी चापागाईं
अध्यक्ष
राष्ट्रिय बिमा समिति
अध्यक्ष
राष्ट्रिय बिमा समिति
मध्यमवर्गीय किसान परिवारमा हुर्केका चिरञ्जीवी चापागाईं भर्खरै नियमकारी निकाय बिमा समितिको अध्यक्षमा नियुक्त भएका छन् । बाग्लुङको त्रिभुवन माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेपछि उनी थप अध्ययनका लागि काठमाडौं प्रवेश गरे ।
त्यतिबेला नै उनले सहलेखापालका लागि लोकसेवा आयोग, कर्मचारी सञ्चयकोष, कृषि विकास बैंक र राष्ट्र बैंकमा परीक्षा दिएका दिए । उनले चारैवटा निकायमा नाम पनि निकाले, तर जागिरका साथसाथै अध्ययन पनि गर्न पाइने भएकाले उनले राष्ट्र बैंकलाई चुने ।
राष्ट्र बैंकमा उनले २०५४ सालमा अफिसरमा नाम निकाले । यसरी सुरु भएको उनको जागिरे जीवन २०७३ सालसम्म आएर राष्ट्र बैंकको पोखरा शाखाको निर्देशकसम्म पुग्यो । यस क्रममा उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय थुप्रै तालिम तथा गोष्ठीमा सहभागी हुने मौकासमेत पाए ।
अहिले समितिको प्रमुख हुन पाउँदा गर्व लागेको उनी बताउँछन् । यो क्षेत्रमा भएका समस्यालाई निःस्वार्थ रूपमा सेवा गर्न पाए आफ्नो मूल्यांकन बढ्दै जाने उनको सोच छ । नेपालको बिमा क्षेत्रमा बलियो नियम कानुनको अभाव रहेकाले यसलाई सशक्त बनाउने आफ्नो प्रमुख उद्देश्य रहेको उनले बताएका छन् । उनै अध्यक्ष चापागाईंसँग कारोबारकर्मी मुना कुँवरले गरेको कुराकानी :
बिमा समितिको अध्यक्षको जिम्मवारी सम्हाल्नुभएको एक महिना पनि भएको छैन । यो अवधिमा बिमा क्षेत्रलाई कस्तो देख्नुभयो ?
मैले बाहिरबाट जसरी यो क्षेत्रका बारेमा सोचेको थिएँ, त्योभन्दा एकदम फरक पाएँ । मैले यो पद ग्रहण गरेपछि हालसम्म जति पनि अध्ययन गरें, त्यो मेरो अनुमानभन्दा फरक भएको पाएँ ।
मैले बाहिरबाट जसरी यो क्षेत्रका बारेमा सोचेको थिएँ, त्योभन्दा एकदम फरक पाएँ । मैले यो पद ग्रहण गरेपछि हालसम्म जति पनि अध्ययन गरें, त्यो मेरो अनुमानभन्दा फरक भएको पाएँ ।
मैले बिमा समिति नियमनकारी निकाय हो, २७ वटा बिमा कम्पनीलाई नियन्त्रण गर्ने निकाय पक्कै पनि राष्ट्र बैंक जत्तिकै सशक्त होला भन्ने सोचेको थिएँ । कर्मचारीको अवस्था पनि बलियो होला भन्ने लागेको थियो । तर, यो निकाय राष्ट्र बैंकजत्तिकै सशक्त रहेनछ । १५ दिनको अवधिमा सरसर्ती हेर्दा यस क्षेत्रमा कानुनी पक्ष कमजोर, समितिले जारी गरेका निर्देशिकाको अवस्था पनि कमजोर, कर्मचारीको क्षमता अभिवृद्धि गर्ने योजना पनि कमजोर भएको भेटें ।