Tuesday, January 29, 2019

मापदण्डविपरीत बनेका भवन भत्काउन निर्देशन दिन्छौँ

२०७५ माघ १४ सोमबार ११:०५:०० | काठमाडौ
ई.मनिराम गेलाल
अहिले नेपालका अधिकांश सडक हिलाम्मे र धुलाम्मे छन् । पानी पर्दा हुने हिलो र घाम लाग्दा उड्ने धुलोले सडकमा हिँड्न त के आसपास बस्नसमेत नसकिने अवस्था छ । आमनागरिकले दैनिक हैरानी खेप्नुपरेको छ । यद्यपि सरकारले सहर निर्माणका विभिन्न आयोजना सञ्चालन गरिरहेकै छ । सहर विकासका लागि सहरी विकास तथा योजना विभागले विभिन्न आयोजनाहरू सञ्चालन गरेको छ । भवन, आवास तथा सहरी विकासका क्षेत्रमा काम गर्दै आएको विभागले आधुनिक सहर निर्माण, सुरक्षित आवास, बस्ती हस्तान्तरणलगायतका क्षेत्रमा काम गर्दै आएको छ । कतिपय आयोजना विभागले नै सञ्चालन गर्दै आएको छ भने कतिपय आयोजना अहिले प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । सहरी विकासका क्षेत्रमा विभागले गरिरहेको आयोजनाहरूको विषयमा विभागका महानिर्देशक इन्जिनियर मणिराम गेलालले यसरी बताए :

Tuesday, January 22, 2019

जानाजान जोखिम बढाउँदै काठमाडौंं महानगरपालिका

महानगरपालिकाले भवन निर्माणमा मिच्यो सरकारको मापदण्ड

Monday, January 21, 2019

चार वर्षमा नेपालबाट पुनर्बिमाबापत ३१ अर्ब बाहिरियो


विगत चार वर्षको अवधिमा पुनर्बिमाबापत नेपालबाट ३१ अर्ब ७६ करोड रुपैयाँ बाहिरिएको छ । बिमा समितिको तथ्यांकअनुसार उक्त अवधिमा जीवन बिमा कम्पनीमार्फत ३ अर्ब ६८ करोड र निर्जीवन बिमा कम्पनीहरूमार्फत भने २८ अर्ब ७ करोड रुपैयाँ बाहिरिएको छ ।  मानिसको जीवन तथा सम्पत्तिको आर्थिक सुरक्षण गर्ने जिम्मा बिमा कम्पनीहरूले लिएका हुन्छन् ।
बिमा कम्पनीहरूले पनि आफूले धारण गर्न सक्नेभन्दा बढी जोखिम भएमा अन्य कम्पनीलाई जोखिम हस्तान्तरण गर्छन् । जसलाई पुनर्बिमा भनिन्छ ।  जोखिम एकै ठाउँमा रहयो भने महाविपत्ति परेको समयमा कम्पनी धराशयी हुन सक्छ । सोहीकारण नेपाली बिमा कम्पनीहरूले विदेशी पुनर्बिमा कम्पनीहरूमा पुनर्बिमा गर्दा सो रकम बाहिरिएको हो ।  
 

भूमि बाँझो राखे तीन लाखसम्म जरिवाना प्रस्ताव

भू-उपयोग विधेयक संसद्मा, जमिनको वर्गीकरण ९ क्षेत्रमा

Friday, January 18, 2019

२० वर्षमा पनि सुरु भएन बाहिरी चक्रपथ

ल्यान्ड पुलिङबाट बाहिरी चक्रपथ अगाडि बढाउन अर्थको निर्देशन



परिकल्पना गरेको २० वर्ष भए पनि बाहिरी चक्रपथ निर्माणको कार्य अगाडि बढ्न सकेको छैन । मन्त्रिपरिषद्को निर्णयमा जग्गा प्राप्ति ऐन शब्द नराखेपछि रोकिएको बाहिरी चक्रपथको काम अहिलेसम्म अगाडि बढ्न सकेको छैन । 
काठमाडौंमा अव्यवस्थित बसोवास बढ्दै गएपछि ०५५/५६ मा भौतिक मन्त्रालयले बाहिरी चक्रपथको परिकल्पना गरेको थियो । सोहीअनुसार ०६२/६३ मा बाहिरी चक्रपथ जग्गा विकास आयोजनालाई त्यसको जिम्मा दिइयो । त्यसपछि काठमाडौं उपत्यका विकास प्राधिकरणअन्तर्गत बाहिरी चक्रपथ आयोजनालाई उक्त आयोजनाको जिम्मेवारी दिइएको थियो ।

Thursday, January 17, 2019

मुलुकभर ३४ सभाहल बन्दै



सहरी विकास मन्त्रालयले मुलुकभर ३४ वटा सभाहल निर्माण गर्ने तयारी थालेको छ । तीमध्ये दुईवटा अन्तर्राष्ट्रिय सभाहल रहनेछन् भने अन्य क्षेत्रीय र स्थानीयस्तरको हुने बताइएको छ । बुटवल र भक्तपुरमा फराकिलो क्षेत्रमा ठूला अन्तर्राष्ट्रियस्तरका सुविधासम्पन्न सभाहल बन्ने मन्त्रालयले जनाएको छ । अहिले नै पनि देशभर विभिन्न स्थानमा १२ वटा सभाहल निर्माण भइरहेको छ । कैलालीको टीकापुरस्थित सभाहल निर्माण सम्पन्न भई नै सकेको छ भने अन्य हल निर्माणका लागि डिजाइन भइरहेको छ ।

Wednesday, January 16, 2019

सेयर बजार घट्यो घरजग्गा व्यापार बढ्यो



सस्तो घरजग्गामा लगानीकर्ता आकर्षित
सस्तो मूल्यका घरजग्गामा लगानीकर्ताको ओइरो लागेको रियल स्टेट एजेन्ट एसोसिएसन नेपाल (रिआन)का केन्द्रीय अध्यक्ष ईश्वर खरेलले बताए । ‘मानिसहरू अहिले बजार क्षेत्रभन्दा पनि चक्रपथबाहिरको सस्तो र भोलिका दिनमा सम्भावना रहेको क्षेत्रमा लगानी गर्न थालेका छन्,’ उनले भने । नयाँ र बस्ती विस्तार हुने प्रचुर सम्भावना रहेको यस्तो क्षेत्रमा लगानी गर्दा भोलिका दिनमा नाफा सुनिश्चित हुने भएकाले पनि लगानीकर्ता यतातिर लागेको उनले बताए । 

नेपालको सेयर बजार घटिरहँदा घरजग्गा कारोबार भने बढेको छ । भूमिसुधार तथा व्यवस्थापन विभागले राजस्व संकलनका आधारमा तयार पारेको तथ्यांकअनुसार विगत पाँच महिनाको अवधिमा घरजग्गा कारोबार ५४ प्रतिशतभन्दा बढीले बढेको छ । 

Tuesday, January 15, 2019

प्रस्तावित बिमा प्राधिकरण र बजार विस्तार

जगदीश दाहाल
नेपालमा बिमा व्यवसायको इतिहास धेरै लामो नभए पनि पछिल्ला केही वर्षयता यस क्षेत्रले छिटो प्रगति गर्दै आएको छ । अहिले यो व्यवसाय एकदमै प्रतिस्पर्धात्मक ढंगले अघि बढिरहेको छ । निजी क्षेत्रमा बैंकिङ व्यवसायको विकास एउटा उत्कर्षमा पुगिसक्दा बिमा व्यवसायको विकास पनि उत्कर्षतिर लम्किँदै छ । निजी क्षेत्रबाट हाल करिब ४० को संख्यामा बिमा कम्पनीहरू खुलिसकेका छन् । बिमा क्षेत्रले यसरी तीव्र प्रगति हासिल गर्दा र बिमाप्रति व्यवसायी तथा आम नागरिकको आकर्षण बढ्दै गर्दा बिमासम्बन्धी विद्यमान ऐन, कानुनले धान्ने अवस्था पक्कै हुँदैनथ्यो । त्यसैले बिमा व्यवसायको नियमन सुपरिवेक्षण गर्ने निकाय बिमा समितिलाई अझ दरिलो र प्रभावकारी बनाउने उद्देश्यले राज्यले बिमा प्राधिकरणको अवधारणासहित नयाँ बिमा ऐन ल्याउन लागेको छ । साविकको बिमा ऐन, २०४९ लाई प्रतिस्थापन गरी नयाँ ऐन ल्याउन मस्यौदा तयार गरी विधेयकका रूपमा संसद्मा पेस गरिएको भए पनि लामो समय बितिसक्दासम्म त्यो पास भएर ऐनका रूपमा लागू हुन सकिरहेको छैन । 

आजदेखि वैदेशिक रोजगार बिमा एकद्वार प्रणालीमा

पुलमार्फत जारी वैदेशिक रोजगार बिमालाई कम्पनीको बजार हिस्साअनुसार बाँडफाँड

जीवन बिमा कम्पनीहरूले वैदेशिक रोजगार (म्यादी) जीवन बिमा एकद्वार प्रणाली (पुल)मार्फत जारी गर्ने भएका छन् । बिमा समितिले माघ १ गतेदेखि लागू हुने गरी वैदेशिक रोजगार जीवन बिमा पुलमार्फत जारी गर्न कम्पनीहरूलाई दिएको निर्देशनअनुसार मंगलबारदेखि यस्तो व्यवस्था हुने भएको हो । वैदेशिक रोजगार बिमा व्यवसायलाई व्यवस्थित र मर्यादित गर्ने भन्दै समितिले पुलको व्यवस्था गरेको हो ।
बिमा समितिले वैदेशिक रोजगार (म्यादी) जीवन बिमाका विषयमा सुझाब पेस गर्न बिमा कम्पनीहरूको प्रमुख कार्यकारी अधिकृतको एउटा सुझाब समिति बनाएको थियो । सो समितिले वैदेशिक रोजगारी बिमामा बढ्दै गएको विकृति हटाउन पुलको व्यवस्था गर्न   सुझाब दिएको थियो । समितिमा सिटिजन्स लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल, युनियन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोजकुमारलाल कर्ण, नेसनल लाइफ इन्स्योरेन्स प्रमुख कार्यकारी अधिकृत भरत बस्नेत र प्राइम लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराई रहेका थिए ।

Friday, January 11, 2019

सवारी दुर्घटनाको बिमांक रकम ३१ लाखसम्म पुर्‍याइँदै

बिमांक रकम बढाउने यातायात विभागको प्रस्ताव मन्त्रालयमा

२०७५ पौष २६ बिहीबार 

सवारीसाधन दुर्घटनाका घाइते उपचार रकम भुक्तानी गर्न नसकेर अस्पतालमै बन्दी हुनुपर्ने अवस्था निम्तिएपछि यातायात व्यवस्था विभागले दुर्घटना बिमाको बिमांक रकम बढाउन लागेको छ । सरकारले यातायात समितिहरू खारेजी गरेपछि व्यवसायलाई थप सुरक्षित बनाउन बिमांक रकम ३१ लाखसम्म पुर्‍याउने तयारी गरेको हो । बिमांक रकमको सैद्धान्तिक सहमतिका लागि विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा प्रस्ताव पठाएको छ । 
विभागले गर्न लागेको नयाँ व्यवस्थाअनुसार सवारीसाधन दुर्घटनामा मेरुदण्ड र टाउकोमा चोट लागे १५ लाख र अन्य उपचार खर्चबापत ६ लाख भुक्तानी दिने व्यवस्था गर्न लागेको छ । त्यस्तै, दुर्घटनामा मृत्यु भए परिवारले १० लाख भुक्तानी पाउने विभागका सूचना अधिकारी गोकर्णप्रसाद उपाध्यालले बताए । ‘बिमांक रकम बढाउने प्रस्ताव मन्त्रालयमा पठाएका छौँ । मन्त्रालयले सैद्धान्तिक स्वीकृति दिएपछि हामी बिमा समितिसँग बसेर छलफल गर्नेछौँ,’ उनले भने । 

Tuesday, January 8, 2019

वैदेशिक रोजगार बिमा पुलमार्फत माघदेखि जारी गरिने


समय वैदेशिक रोजगार बिमामा बिचौलियाको प्रवेश हुन थालेपछि यसलाई व्यवस्थित गर्न बिमा समितिले पुलमार्फत बिमा गर्ने तयारी गरेको छ । सवारीसाधन बिमा व्यवसायपछि बिमा समितिको आँखा वैदेशिक रोजगार (म्यादी) जीवन बिमा व्यवसायमा परेको हो । समितिले आगामी माघदेखि नै पुलमार्फत बिमालेख जारी गर्ने तयारी गरेको हो । 
समितिले वैदेशिक रोजगार (म्यादी) जीवन बिमाका विषयमा सुझाब पेस गर्न बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूको एउटा सुझाब समिति बनाएको थियो । समितिमा सिटिजन्स लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल, युनियन लाइफ इन्स्योरेन्सका कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोजकुमारलाल कर्ण, नेसनल लाइफ इन्स्योरेन्स प्रमुख कार्यकारी अधिकृत भरत बस्नेत र प्राइम लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराई रहेका थिए । सो समितिले बुझाएको प्रतिवेदनअनुसार वैदेशिक रोजगारी बिमामा बढ्दै गएको विकृतिलाई रोक्न वैदेशिक रोजगार बिमा पुल आवश्यक रहेको सुझाब दिएको छ ।