Wednesday, March 28, 2018

व्यवस्थित र फराकिलो बनाइँदै बिमा ऐन

मुना कुँवर/नयाँ पत्रिका काठमाडौं, १४ चैत |
१२ वर्षसम्म अड्किएको बिमा ऐन चाँडै पारित हुने समितिका अध्यक्षको दाबी
१२ वर्षदेखि प्रक्रियामा रहेको बिमा ऐन यो वर्ष पनि पारित हुने सम्भावना टरेको छ । बिमाप्रति सरकारको चासो कम भएकै कारण बिमा ऐनको प्रक्रिया ओझेलमा परेको सरोकारवाला बताउँछन् । अहिले ऐनको मस्यौदा कानुन मन्त्रालयमा पुगेको छ । मन्त्रालयबाट अर्थ मन्त्रालय, मन्त्रिपरिषद् हुँदै संसद्मा पुग्नेछ । ऐन जतिसक्दो छिटो पारित गर्ने बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंको भनाइ छ । आफ्नो कार्यकालमै ऐन पारित गर्न उनले जोड गरेका छन् । बिमा ऐनलाई समितिले व्यवस्थित र फराकिलो बनाउने कोसिस गरेको छ ।

Tuesday, March 27, 2018

२७ महिनायताकै न्यून बिन्दुमा झर्‍यो नेप्से : एकैदिन लगानीकर्ताले गुमाए ६० अर्ब ७९ करोड

मुना, प्रत्येक/नयाँ पत्रिका काठमाडौं, १३ चैत
लामो समयदेखि निरन्तर घट्दै आएको सेयर बजार परिसूचक नेप्से सोमबार ५१ अंकले घटेको छ । सोमबार कारोबार सुरु भएको पहिलो ४० मिनेटमा नै ३ प्रतिशतले घटेपछि सर्किट ब्रेक लागेको बजार अधिकतम ५६ अंकले घटेको थियो । तर, अन्त्यमा झिनो अंकले सुधारिएपछि ५१ दशमलव ८९ अंकले घटेर १ हजार १ सय ६८ बिन्दुमा बजार बन्द भएको छ । यो २०७२ पुस २७ गतेयताकै न्यून बिन्दु हो ।
धेरै दिन ओरालो लागेको बजार सोमबार सुधार हुने धेरै लगानीकर्ताको अपेक्षा थियो । आइतबार अर्थमन्त्री डा.युवराज खतिवडाले विराटनगरमा दिएको अभिव्यक्तिले बजार पुनः घटेको लगानीकर्ताको भनाइ छ । खतिवडा गभर्नर हुँदा पनि सेयरबजारप्रति सकरात्मक थिएनन् । सोही कारण उनी अर्थमन्त्री भएदेखि नै लगानीकर्ताहरू त्रसित छन् ।

Monday, March 26, 2018

बजारले डुबायो नयाँ लगानीकर्तालाई

मुना कुँवर काठमाडौ, १२ चैत |
धैर्य गर्नुहोस्, यो बिक्री गर्ने वेला होइन
सरकारी जागिरबाट अवकाश पाएका जीवनबहादुर क्षत्रीले फुर्सदको समय सेयर बजारमा नै बिताउने र केही कमाइ पनि गर्ने निर्णयका साथ सेयर बजारको दोस्रो बजारमा प्रवेश गरे । प्राथमिक सेयरमा सामान्य लगानी गर्दै आएका काठमाडौंनिवासी क्षत्रीलाई यो बजारबारे सामान्य जानकारी थियो ।
त्यसैले करिब डेढ वर्षअगाडि अवकाशबाट पाएको रकम उनले दोस्रो बजारमा लगानी गरे । तर, अहिले बजारमा आएको निरन्तर गिरावटले उनी विचलित भएका छन् । उनका अनुसार बजारमा गरेको लगानी आधाभन्दा धेरैले घटेको छ । ‘मैले त्यतिवेला करिब १० लाख लगानी गरेको थिएँ ।

Saturday, March 24, 2018

निरन्तर बियरिस ट्रेन्डमा सेयर बजार, नयाँ लगानीकर्तालाई अवसर

मुना कुँवर/नयाँ पत्रिका काठमाडौं, १० चैत
सरकारको आश्वासन खोज्दै छन् लगानीकर्ता –
बाम गठबन्धनको नयाँ सरकार गठन भएपछि सेयर बजार परिसूचक (नेप्से) २ सयभन्दा धेरै अंकले घटेको छ । फागुन ३ गते नेकपा एमालेका अध्यक्ष केपी शर्माले ओली प्रधानमन्त्री नियुक्त भएको दिन नेप्से परिसूचक १ हजार ४ सय २४ बिन्दुमा रहेको थियो । ७ दिनको अवधिमा परिसूचक घटेर गत बिहीबार १ हजार २ सय २० बिन्दुमा ओर्लिएको छ ।
स्थायी सरकार गठन हुने भएपछि सुरुवातका दिनमा लगानीकर्ता उत्साहित देखिएका थिए । त्यसैले सरकार गठन भएकै दिन भने परिसूचक ३६ अंकले बढेको थियो । तर, त्यसपछिका दिनहरूमा भने परिसूचक निरन्तर ओरालो लागेको छ ।

Wednesday, March 21, 2018

संस्थागत अभिकर्ता कि बैंकासुरेन्स ?

मुना कुँवर/नयाँ पत्रिका काठमाडौं, ८ चैत 
संस्थागत अभिकर्ताको लाइसेन्स लिएको बिमा समितिको भनाइ-
बिमा कम्पनीको संस्थागत अभिकर्ता लाइसेन्स लिएर बैंकहरूले बैंकासुरेन्स गरिरहेको सम्बन्धित अधिकारीहरूले बताएका छन् । बिमा समितिको ऐनमा बैंकासुरेन्ससम्बन्धी व्यवस्था नभएकाले संस्थागत अभिकर्ताको लाइसेन्स लिएर बैंकहरूले काम गरिरहेको राष्ट्र बैंकको भनाइ छ । बैंक तथा वित्तीय संस्थासम्बन्धी कानुनमा वित्तीय संस्थाले आफ्नो प्रबन्धपत्रमा उल्लेख गरेको अवस्थामा संस्थागत अभिकर्ताका रूपमा काम गर्न पाउने व्यवस्था छ । बैंकासुरेन्सको सेवा प्रदान गर्न छुट्टै कानुनको आवश्यकता नपर्ने नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवं प्रवक्ता नारायण प्रसाद पौडेलले बताए । ‘बैंकहरूको प्रबन्धपत्रमा व्यवस्था भएअनुसार काम गर्न पाउँछन् । यसका लागि राष्ट्र बैंकले छुट्टै व्यवस्था गर्नुपर्दैन,’ उनले भने, ‘सम्बन्धित निकायले स्वीकृत दिएको अवस्थामा काम गर्न पाउनेछन् ।’

Sunday, March 18, 2018

अब घाँसको पनि बिमा : न्यूनतम पाँच रोपनीको बिमा गरिने

मुना कुँवर/नयाँ पत्रिका काठमाडौं, ४ चैत | चैत ०४, २०७४
घाँसको बिमालेख सञ्चालनमा ल्याउने बिमा समितिको तयारी
तरकारी बालीपछि बिमा समितिले घाँसेबाली बिमालेख सञ्चालनमा ल्याउने तयारी गरेको छ । नेपाल घाँस विकास संघ र राष्ट्रिय चरन पशु आहार केन्द्रको समन्वयमा समितिले घाँसेबाली बिमा योजना निर्माण गर्ने तयारी गरेको हो । समितिका अनुसार केही दिनमै यस्तो बिमालेख जारी हुनेछ ।
यस बिमालेखअनुसार बिमा अवधिभित्र घाँसबालीमा भएको हानि–नोक्सानीको उत्पादन मूल्यका आधारमा बिमा कम्पनीले क्षतिपूर्ति भुक्तान गर्नेछ । समितिका अनुसार बिमा शुल्क बिमांक रकमको ७ प्रतिशत मात्रै लाग्नेछ । जसमा कृषकले ७५ प्रतिशत अनुदानसमेत पाउनेछन् ।
बिमांक रकम गणना प्रतिहेक्टरमा उब्जनी हुने बालीको परिमाण र प्रतिटनको वास्तविक मूल्यका आधारमा गरिनेछ । उब्जनी परिमाण राष्ट्रिय चरन तथा पशु आहार केन्द्र वा नेपाल कृषि अनुसन्धान परिषद्ले उपलब्ध गराएको बालीको अघिल्लो वर्षको राष्ट्रिय औसत उत्पादकत्वलाई आधार मानेर तयार गरिनेछ । त्यस्तै स्थानीय तहको विषयगत एकाइले तोकेको कृषक थलो मूल्यलाई वास्तविक मूल्यको आधार मानिने प्रारम्भिक योजनाले तय गरेको समितिका उपनिर्देशक कुन्दन सापकोटाले बताए ।

यसरी बढाउन सकिन्छ, बिमाको क्षमता विस्तार

प्रवीन सुवेदी काठमाडाैँ, ४ चैत | चैत ०४, २०७४
कुनै पनि मुलुकको आर्थिक समृद्धिका लागि बिमा र वित्तीय क्षेत्र उत्तिकै महत्वपूर्ण छन् । तर, नेपालमा वित्तीय क्षेत्र तुलनात्मक रूपमा धेरै अगाडि बढे पनि बिमा क्षेत्रको विकास भने हुन सकेको छैन । नेपालमा बिमा व्यवसाय सञ्चालन आएको सात दशक पूरा भए पनि बिमाको पहुँच भने सात प्रतिशतसम्म मात्र पुग्न सकेको छ । नेपालमा प्रविधि र विलासिताका सामग्रीमा मानिसको जति मोह छ त्यति नै कम बिमाप्रतिको बुझाइमा छ । बिमा मानिसका लागि अपरिहार्य छ । विश्वमा जसरी प्रविधिको प्रयोग र विकास हुँदै गएको छ जोखिम पनि उत्तिकै बढ्दै गएको छ । उदाहरणका लागि गत साता नेपालमा भएको युएस बंगला जहाजको दुर्घटनालाई लिन सकिन्छ । दुर्घटना हुनु दुई मिनेटअगाडिसम्म पनि कसैले यति ठूलो क्षति आकलन गरेका थिएनन् । सुन्दर सपना बोकेर चिकित्सक अध्ययनका लागि बंगलादेश पुगेका विद्यार्थी र तिनका परिवारको भरोसा भत्किएको छ । मानिसको भौतिक शरीरको अभाव केही समय खट्किन्छ । एउटा व्यक्ति गुमाउँदा ऊप्रति निर्भर हुने मानिसले भोग्ने आर्थिक पीडा सधैँका लागि रहन्छ । यसका लागि बिमा सेवा अनिवार्य हुनुपर्छ । तर, यस विषयमा सरकार, नीति–निर्माता तथा स्वयं नियमनकारी निकाय जिम्मेवार नहुँदा