Monday, April 30, 2018

नयाँ बिमा कम्पनी आउँदा कसैको भाग खोसिएको छैन, बरु बढ्दै छ

नयाँ पत्रिका काठमाडौं, १७ वैशाख | 
नेपालमा बिमाको पहुँच विस्तार गर्ने भन्दै बिमा समितिले हालै ९ वटा जीवन बिमा कम्पनीलाई सञ्चालन अनुमति दिएको छ । यससँगै नेपालमा जीवन बिमा कम्पनीको संख्या १८ पुगेको छ । तर, सबै बिमा कम्पनी उस्तै खालका बिमा योजना र क्षेत्रहरूमा केन्द्रित हुँदा अस्वस्थ्य प्रतिस्पर्धा बढ्न सक्ने विज्ञहरूको अनुमान छ । तर, नेपाल लाइफ इन्स्यारेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक झा भने नयाँ कम्पनीहरूको प्रवेशले नेपालको बिमा बजारमा नवीनताको सिर्जना हुने बताउँछन् ।
नेपालमा बिमा कम्पनीहरू पुग्नुपर्ने धेरै क्षेत्र बाँकी छन् । त्यसैले अबका दिनमा कम्पनीले उक्त क्षेत्रहरूको खोजी गर्न सक्ने उनी बताउँछन् । नयाँ कम्पनीहरूको प्रवेशपछि पुराना कम्पनीको प्रस्तुति कस्तो हुनुपर्छ, बिमा कम्पनीहरू कस्तो क्षेत्रमा लगानी गर्न चाहन्छन्, मानव संसाधन विकासमा कम्पनीहरूले के गर्दै छन् भन्नेजस्ता विषयमा झासँग नयाँ पत्रिकाका जनार्दन बराल र मुना कुँवरले गरेको कुराकानीको सार :

Sunday, April 29, 2018

एकल भुक्तानी बिमामा थप कडाइ

मुना कुँवर÷नयाँ पत्रिका
काठमाडौं, १५ वैशाख
एकल भुक्तानी बिमा योजनामा बिमा समितिले कडाइ गरेको छ । अबदेखि ५० लाख रुपैयाँभन्दा बढी बिमांक भएको बचत प्रकृतिको बिमालेख जारी गर्दा कम्पनीहरूले विभिन्न प्रक्रिया पूरा गर्नुपर्ने भएको छ । 
समितिले संशोधनसहित जारी गरेको सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तिय लगानी निवारणसम्बन्धी निर्देशन २०७५ मा ५० लाख रुपैयाँभन्दा बढीको एकल बिमा गर्दा बिमितले एकल बिमालेख लिनुपर्ने कारण खुल्ने कागजात पेस गर्नुपर्ने व्यवस्था गरेको बिमा समितिका उपनिर्देशक एवं प्रवक्ता पूजन ढुंगेलले बताइन् । उनका अनुसार बिमा क्षेत्रमा हुन सक्ने सम्पत्ति शुद्धीकरणका क्रियाकलापलाई नियन्त्रण गर्न निर्देशिका संशोधन गरिएको हो । 

Friday, April 27, 2018

एकल भुक्तानी बिमामा थप कडाइ

मुना कुँवर काठमाडौं, १६ वैशाख 
एकल भुक्तानी बिमा योजनामा बिमा समितिले कडाइ गरेको छ । अबदेखि ५० लाख रुपैयाँभन्दा बढी बिमांक भएको बचत प्रकृतिको बिमालेख जारी गर्दा कम्पनीहरूले विभिन्न प्रक्रिया पूरा गर्नुपर्ने भएको छ ।
समितिले संशोधनसहित जारी गरेको सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी निर्देशन २०७५ मा ५० लाख रुपैयाँभन्दा बढीको एकल बिमा गर्दा बिमितले एकल बिमालेख लिनुपर्ने कारण खुल्ने कागजात पेस गर्नुपर्ने व्यवस्था गरेको बिमा समितिका उपनिर्देशक एवं प्रवक्ता पूजन ढुंगेलले बताइन् ।
उनका अनुसार बिमा क्षेत्रमा हुन सक्ने सम्पत्ति शुद्धीकरणका क्रियाकलापलाई नियन्त्रण गर्न निर्देशिका संशोधन गरिएको हो ।
बिमितको पेसा र व्यवस्था स्पष्ट हुनुपर्ने
कुनै पनि बिमितले एकल भुक्तानी बिमाशुल्क खरिद गर्दा आर्थिक क्षमता पुष्टि हुने आधिकारिक कागजात समावेश गर्नुपर्ने निर्देशिकामा व्यवस्था गरिएको छ ।
बिमितले ५० लाख रुपैयाँभन्दा बढी बिमांकको बिमा योजना खरिद गर्दा पेसा, व्यवसाय तथा कारोबार पुष्टि हुने आधिकारिक कागजात संलग्न गर्नुपर्नेछ ।
साथै बिमाशुल्क भुक्तानी बैंक तथा कारोबार पुष्टि हुने, आधिकारिक कागजात, बिमाशुल्क भुक्तानी तथा वित्तीय संस्थाको खाताबाट गर्ने व्यवस्था, बिमितको आर्थिक, प्रशासनिक तथा आपराधिक पृष्ठभूमि अनुसन्धान गर्न–गराउन पाउने अधिकारपत्रसमेत समावेश गर्नुपर्ने व्यवस्था गरेको छ ।
त्यस्तै, एकल बिमाशुल्क भुक्तानी र १० लाखभन्दा माथिको समर्पण मूल्य वा ऋण भुक्तानी गर्दा विशेष ध्यान दिनुपर्नेछ ।
५ वर्षसम्म अभिलेख राख्नुपर्ने
बिमा कम्पनीहरूले उच्च पदस्थ व्यक्ति, वास्तविक धनी, निजको परिवार तथा सम्बद्ध व्यक्तिको कम्पनीसँग कारोबार समाप्त भएको ५ वर्षसम्म पनि अभिलेख राख्नुपर्नेछ । यस्ता व्यक्तिहरू शंकास्पद हुने भएकाले समितिले ५ वर्षसम्म अभिलेख राख्नुपर्ने व्यवस्था गरेको हो । यसअघिको निर्देशिकामा यस्तो व्यवस्था गरिएको थिएन ।
ग्राहकको पहिचान अद्यावधिक गर्नुपर्ने
आगामी चैतसम्ममा बिमकहरूले ग्राहकहरूको पहिचान अद्यावधिक गर्नुपर्नेछ । उच्च जोखिममा देखिएका ग्राहकको कम्तीमा  वर्षमा एकपटक अद्यावधिक  गर्नुपर्ने निर्देशिकामा  व्यवस्था गरिएको छ ।
त्यस्तै, ग्राहक पहिचान विवरणअनुरूप कारोबार मेल नखाएको अवस्थामा, ग्राहक पहिचानको कार्य पूरा नभएको अवस्थामा र ग्राहक पहिचान विवरणमा उल्लिखित सूचना जानकारी तथा तथ्यांकको सत्यता वा पर्याप्तताको बारेमा सम्बन्धित बिमकलाई शंका लागेको अवस्थामा भने तत्काल अद्यावधिक गर्नुपर्नेछ ।
अन्य जोखिम भएको अवस्थामा जोखिम सापेक्ष हुने गरी बिमकले निर्धारण गरेबमोजिम गर्न सकिने व्यवस्था गरिएको छ ।

Wednesday, April 25, 2018

भूकम्पले दिएको अनुभव

दीपप्रकाश पाण्डे काठमाडौं, १२ वैशाख | बैशाख १२, २०७५ 
०७२ सालको भूकम्पले नेपाल र नेपालीलाई विक्षिप्त बनायो । उक्त दुःखद घटनापछिको समयलाई शिखर इन्स्योरेन्स कम्पनीले भने अवसरका रूपमा परिणत ग-यो । भूकम्पले पु-याएको क्षतिको दाबी भुक्तानी गरेरै धेरै अनुभव बटुलेको कम्पनीको व्यवसाय अहिले ५० प्रतिशतले बढेको छ । अप्रत्याशित रूपमा गएको भूकम्प र त्यसपछि बिमा कम्पनीहरूले व्यहोर्नुपरेको अवस्थाको बारेमा शिखर इन्स्योरेन्सका कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेको अनुभव यस्तो छ :

भूकम्पमा दाबीको ९८ प्रतिशत बिमा भुक्तानी

मुना कुँवर काठमाडौं, १२ वैशाख | बैशाख १२, २०७५ 

व्यक्तिगत घरको बिमा गर्ने ट्रेन्ड बढेन
२०७२ वैशाख १२ गते मध्याह्न ११ बजेर ५६ मिनेटमा गएको ७ दशमलव ८ रेक्टरस्केलको भूकम्पले ८ हजार ९ सय ७९ जनाको ज्यान लिएको थियो । २२ हजार ३ सय ९ व्यक्ति घाइते बनाएको भूकम्पले ७ खर्ब ६ अर्ब रुपैयाँबराबरको भौतिक सम्पत्तिको क्षति भएको राष्ट्रिय योजना आयोगको तथ्यांक छ ।
३ वर्षअघि गएको सो भूकम्पमा धेरै मानवीय तथा भौतिक क्षतिसँगै नेपालको बिमा क्षेत्रले धेरै कुरा सिक्ने मौका पायो । भूकम्पपछि नेपालको बिमा कम्पनी धरासायी हुने धेरैले अनुमान गरेका थिए । तर, यो ३ वर्षको अवधिमा अधिकांश कम्पनीले दाबीको भुक्तानी गरिसकेका छन् । नेपालको परिप्रेक्ष्यमा कम्पनीहरूले गरेको यो भुक्तानी सह्रानीय भएको बिमा समितिका निर्देशक राजुरमण पौडेल बताउँछन् ।

Monday, April 23, 2018

वैदेशिक रोजगारमा ६ महिनासम्म पनि नगए बिमा रद्द

मुना कुँवर/नयाँ पत्रिका काठमाडौं, ११ वैशाख | बैशाख ११, २०७५ 
बिमा खरिद–बिक्रीमा अनियमितता हुन सक्ने भन्दै समितिद्वारा बिमालेख परिमार्जन –
अबदेखि वैदेशिक रोजगारी (म्यादी) जीवन बिमा खरिद गरेका कामदार ६ महिनासम्ममा पनि विदेश नगए बिमालेख स्वतः रद्द हुने भएको छ । वैदेशिक रोजगार म्यादी जीवन बिमा खरिद बिक्रीमा अनियमितता हुने सक्ने भन्दै समितिले बिमालेख परिमार्जन गरेको हो । समितिले यही वैशाख १ देखि लागू हुनेगरी बिमालेख रद्द हुने व्यवस्था गरेको हो ।
२०६४ देखि नेपालमा वैदेशिक रोजगारीमा जाने कामदारले वैदेशिक रोजगार (म्यादी) जीवन बिमा गर्नुपर्ने व्यवस्था सुरु भएको हो । विदेशमा जाने कामदार असुरक्षित बन्दै गएपछि सरकारले जारी गरेको वैदेशिक रोजगार ऐन २०६४ को दफा २६ मा बिमा गर्नुपर्ने व्यवस्था छ । समितिले कामदारलाई सहज हुने व्यवस्था गरे पनि कतिपयले यसको दुरुपयोग गर्न थालेपछि बिमालेख परिमार्जन गरिएको बिमा समितिका कार्यकारी निर्देशक श्रीमान् कार्कीले बताए ।

दुर्गम जाँदैनन् जीवन बिमा कम्पनी

मुना कुँवर/नयाँ पत्रिका काठमाडौं, ९ वैशाख
कर्णाली प्रदेशमा न्यून, ३ नम्बर प्रदेशमा उच्च बिमा पहुँच
जीवन बिमा कम्पनीहरूले आफ्ना अभिकर्ता गाउँ–गाउँ पसेको दाबी गरिरहँदा तथ्यांकले भने कम्पनीहरू सहरमै केन्द्रित रहेको देखाएको छ । विशेष गरी पहाडी क्षेत्रमा जीवन बिमाको पहुँच अत्यन्तै न्यून देखिएको छ । उक्त क्षेत्रमा कम्पनीहरूको उपस्थिति कम हुँदा बिमा पहुँच पनि पुग्न नसकेको हो ।
तथ्यांकअुनसार चालू आर्थिक वर्ष ०७४/७५ को फागुन मसान्तसम्ममा कर्णाली प्रदेशमा ५७ हजार २० वटा मात्र बिमालेख जारी भएका छन् । यो संख्या कुल बिमालेखको २.६१ प्रतिशत हो । त्यस्तै, कम्पनीहरूले १ अर्ब ८४ करोड रुपैयाँ बिमाशुल्क संकलन गरेका छन् । यो कुल बिमाशुल्कको २.२७ प्रतिशत मात्रै हो । हुम्ला, मुगु, जुम्ला, डोल्पा, कालीकोट, दैलेख, जाजरकोट, रुकुम (पश्चिम), सुर्खेत र सल्यान १० जिल्ला रहेको ६ नं. प्रदेशमा जीवन बिमा कम्पनीहरूको शाखा संख्या ५३ रहेको छ ।

Sunday, April 22, 2018

बिमा फाइदा होइन, सुरक्षा हो

मुना कुँवर/नयाँ पत्रिका काठमाडौं, १० वैशाख | बैशाख १०, २०७५ 
जोखिम चारैतिर छ । भूकम्पीय दृष्टिकोणले नेपाललाई विश्वकै अति जोखिमयुक्त देश मानिन्छ । बाढी–पहिरो, विभिन्न खालका रोग, महामारी, दुर्घटनाले बर्सेनि धेरै मानिसले ज्यान गुमाउनुपरेको छ । अर्थात्, हामी कुनै पनि समय दुर्घटनाको सिकार हुन सक्छौँ । झन् अहिले त प्रविधिको विकाससँगै नयाँ खालका जोखिमको सिर्जना भइरहेको छ । यस्तो अवस्थामा हुन सक्ने आर्थिक क्षतिलाई कम गर्न अपनाइने सुरक्षाकवच नै बिमा हो ।
जीवन र निर्जीवन गरी बिमा दुई प्रकारका हुन्छन् । जीवित व्यक्तिको बिमा जीवन बिमा हो भने भौतिक सम्पतिको बिमा निर्जीवन बिमा हो । मानिसले आफ्नो आर्थिक अवस्था र जोखिमको अवस्थालाई हेरेर बिमा योजना खरिद गर्न सक्छन् ।

Tuesday, April 17, 2018

कृषि बिमाको वितरण प्रणालीमा परिवर्तन गर्नुपर्छ

कुन्दन सापकोटा काठमाडाैँ, ७ वैशाख | बैशाख ०७, २०७५ 
नेपालको करिब दुईतिहाइ जनताको मुख्य पेसा अझै पनि कृषि हो । मुलुकको निर्यात व्यापारको करिब आधा हिस्सा कृषिमा आधारित वस्तुले नै ओगटेको छ । तर, आर्थिक सर्वेक्षणको तथ्यांकअनुसार कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान भने करिब ३२ प्रतिशत छ । कृषि क्षेत्रमा लगानीको तुलनामा प्रतिफल (उत्पादकत्व) न्यून छ ।
अझै पनि हामी मनसुनमा आधारित कृषिमै निर्भर छौँ, जुन निर्वाहमुखीबाट माथि उठ्न सकेको छैन । मनसुनमा भर पर्नुपर्ने र दक्ष प्राविधिकको अभावका कारण कृषि क्षेत्रमा जोखिम उच्च छ । कृषि क्षेत्रमा देखिएको यस्तो जोखिम न्यूनीकरण गर्न सरकारले कृषि बिमा सञ्चालन गरेको छ । नेपालमा कृषि बिमाको अवस्था र समस्याबारे बिमा समितिका उपनिर्देशक कुन्दन सापकोटाले यसरी बेलीविस्तार गरे :

बिमा क्षेत्रमा उत्साहप्रद वर्ष २०७४

मुना कुँवर/नयाँ पत्रिका काठमाडौं, ४ वैशाख | बैशाख ०४, २०७५

Saturday, April 14, 2018

युनाइटेडको अग्नि बिमामा समितिले लगायो रोक

मुना कुँवर/नयाँ पत्रिका काठमाडौं, १ वैशाख
सञ्चालककै सम्पति बिमा गरी वास्तविक क्षतिभन्दा बढी भुक्तानी गरेको ठहर गर्दै युनाइटेड इन्स्योरेन्स कम्पनीलाई बिमा समितिले शुक्रबार कारबाही गरेको छ । समितिले उच्च अदालत पाटनबाट मंसिर १२ गते भएको निर्णयलाई कार्यान्वयन गर्दै कम्पनीको अग्नि बिमा व्यवसायमा रोक लगाएको स्रोतले जानकारी दिएको छ ।
समितिले शुक्रबार कम्पनीलाई पत्राचार गर्दै बिमित इओएल प्रालि, सिजी इम्पेक्स, सिजी इलेक्ट्रोनिक्ससँग सम्बन्धित पाँचवटा बिमा दाबीको सम्बन्धमा बढी भुक्तानी दिएको रकम अविलम्ब असुलउपर गर्न पनि निर्देशन दिएको छ । साथै, बिमकको संस्थागत सुशासनको अवस्था सन्तोषजनक नरहेको भन्दै युनाइटेडको अग्नि बिमा व्यवसायमा रोक लगाएको छ । बिमकका जोखिमांकन विभाग प्रमुख प्रवीणकुमार कोइराला, दाबी विभाग प्रमुख गोपालप्रसाद सर्राफ र दुई सर्भेयरलाई जनही ३–३ हजार जरिवाना गर्न पनि निर्देशन दिएको छ । त्यस्तै, अभिकर्ता मनोहर पाध्यको इजाजतपत्र खारेज गर्नसमेत निर्देशन दिएको छ ।

Thursday, April 12, 2018

स्वास्थ्य बिमामा मुख्य चुनौती चेतना अभाव

नयाँ पत्रिका काठमाडौं, २९ चैत
स्वास्थ्यमा सबैको पहुँच र अधिकारलाई सुनिश्चित गर्न सरकारले २५ चैत २०७२ देखि स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेको हो । कैलालीबाट सुरु भएको यो कार्यक्रम अहिले देशको ३३ जिल्लामा सञ्चालनमा छ । यो कार्यक्रम सञ्चालनका लागि स्वास्थ्य बिमा ऐन पनि जारी भइसकेको छ । स्वास्थ्य बिमा बोर्डको तथ्यांकअनुसार हालसम्म यस कार्यक्रममा ६ लाख १० हजार ८ जना सहभागी भएका छन् भने १ लाख ३८ हजार ५ सयले सेवा उपभोग पनि गरेका छन् । यद्यपि स्वास्थ्य बिमा योजना अझै पनि अपेक्षा गरिएअनुसार प्रभावकारी हुन नसकेको महसुस गरिएको छ । कार्यक्रमको उपलब्धि र चुनौतीबारे बोर्डका निमित्त प्रमुख एवं वरिष्ठ जनस्वास्थ्य प्रशासक डा. भुवन पौडेलले यसरी बताए:

नक्कली बिमा पोलिसी जारी गरेको आरोपमा रेग्मी पक्राउ

मुना कुँवर/नयाँ पत्रिका काठमाडौं, २९ चैत 
मलेसिया गएका १८ कामदारलाई नक्कली बिमा योजना बिक्री –
नक्कली वैदेशिक रोजगार म्यादी जीवन बिमा पोलिसी जारी गरेको आरोपमा प्रहरीले बिमा अभिकर्ता प्रकाश रेग्मीलाई पक्राउ गरेको छ । वल्र्ड वाइट मेनपावर कम्पनीबाट गत वर्ष मलेसिया गएका १८ जना कामदारलाई रेग्मीले नक्कली पोलिसी जारी गरेको आरोपमा महानगरीय प्रहरी वृत्त कालिमाटीले पक्राउ गरेको हो । उनले प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको नाममा २०७३ कात्तिक ११ गते मलेसिया जाने १८ कामदारलाई नक्कली बिमा योजना बिक्री गरेको भेटिएको महानगरीय प्रहरी वृत्त कालीमाटीका प्रहरी नायव उपरीक्षक प्रदीप क्षेत्रीले बताए । यो विषयमा थप अनुसन्धान भइरहेको उनले बताए ।
वैदेशिक रोजगारीमा गएका व्यक्तिको आर्थिक सुरक्षाका लागि सरकारले वैदेशिक रोजगार बिमालाई २०६५ देखि अनिवार्य गरेको छ । श्रम स्वीकृतिका लागि कामदारले बिमा अनिवार्य गर्नुपर्ने प्रावधान छ । कामदारको भिसाको अवधि र उमेरअनुसार बिमाशुल्क रकम निर्धारण गरिएको हुन्छ । सोहीअनुसार कामदारले अधिकतम २० लाख रुपैयाँसम्म क्षतिपूर्ति पाउने व्यवस्था छ । कामदारको खर्च जोगाउन बिमा समितिले गत वर्षदेखि अभिकर्ता कमिसन पनि हटाएको छ ।

Saturday, April 7, 2018

बिमा विधेयक प्रस्ताव : अब सर्भेयरले एउटा बिमाको मात्र सर्भे गर्न पाउने

मुना कुँवर/नयाँ पत्रिका काठमाडौं, २४ चैत | चैत २४, २०७४
अबदेखि बिमा सर्भेयरले एक प्रकारको मात्र सर्भे गर्न पाउने भएको छ । बिमा समितिले प्रस्ताव गरेको नयाँ बिमा विधेयक दफा १०२ को उपदफा ४ मा सर्भेयरको इजाजतपत्र दिँदा निर्जीवन बिमाअन्तर्गत एक प्रकारको बिमाको मात्र सर्भे गर्न पाउने उल्लेख गरिएको छ । विधेयकमा सर्भेयरले आफूमातहतका कुनै व्यक्तिलाई बिमा सर्भेको काममा लगाउँदा इजाजतपत्र प्राप्त व्यक्ति हुनुपर्ने व्यवस्था गरिएको छ । त्यस्तै सामूहिक बिमा सर्भेको कार्य गर्नुपरेमा भने सर्भे गर्ने सबै व्यक्तिले बिमा सर्भेयरको इजाजतपत्र प्राप्त गरेको हुनुपर्नेछ ।
के हो बिमा सर्भेयर
बिमा दाबी परेको अवस्थामा क्षति भएको सम्पत्तिको मूल्यांकन गर्ने व्यक्तिलाई बिमा सर्भेयर भनिन्छ । समितिको तथ्यांकअनुसार गत साउन १५ सम्ममा संस्थागत सर्भेयरको लाइसेन्स लिनेको संख्या ५६ पुगेको छ । त्यस्तै गत वर्षसम्म व्यक्तिगत सर्भेयरको लाइसेन्स अद्यावधिक गराउनेको संख्या भने २ सय ८६ जना रहेको समितिको तथ्यांक छ । यो वर्ष मात्रै १ सय नयाँ सर्भेयरले लाइसेन्स लिएको समितिले जानकारी दिएको छ ।

Friday, April 6, 2018

एकल भुक्तानी बिमामा कालो धन प्रयोग भएको आशंका

मुना कुँवर/नयाँ पत्रिका काठमाडौं, २३ चैत | चैत २३, २०७४

Thursday, April 5, 2018

कृषकलाई दुर्घटना बिमा अनिवार्य

मुना कुँवर/नयाँ पत्रिका काठमाडौं, २२ चैत 
कृषि बिमा खरिद गर्ने सबै कृषकले अब अनिवार्य दुर्घटना बिमा गर्नुपर्ने भएको छ । कृषि बिमा योजना खरिद गर्ने कृषकका लागि बिमा समितिले दुर्घटना बिमा अनिवार्य गर्ने तयारी गरेको हो ।
यो प्रावधान २०७५ वैशाख १ देखि लागू गर्ने बिमा समितिको तयारी छ । कृषि बिमा योजनासँगै थपिएको यो सुविधामा कृषकको २ लाख रुपैयाँसम्मको दुर्घटना बिमा हुने समितिका कार्यकारी निर्देशक श्रीमान् कार्कीले बताए । ‘कृृषकलाई थप सुविधा होस् भनी हामीले यो बिमा अनिवार्य गरेका हौँ । न्यून शुल्क भुक्तानी गरेर कृषकले यो सुविधा लिन सक्नेछन्,’ उनले भने, ‘यो योजना निर्माण प्रक्रिया अन्तिम चरणमा पुगेको छ । सम्भवतः आगामी वैशाखदेखि लागू गर्नेछौँ ।’

Tuesday, April 3, 2018

१४ जिल्लाका ४२ हजारले पाए निःशुल्क स्वास्थ्य बिमा सेवा

मुना कुँवर/नयाँ पत्रिका काठमाडौ, २० चैत |
पैसा नभएकै कारण अब कोही व्यक्ति स्वास्थ्य उपचारबाट वञ्चित हुनु नपर्ने भएको छ । स्वास्थ्य बिमा बोर्डले अतिगरिबलाई निःशुल्क स्वास्थ्य बिमा सेवा प्रदान गर्न थालेपछि पैसा नहुनले पनि स्वास्थ्य उपचार पाउने  भएका हुन् ।
२०७२ सालको अन्त्यदेखि सुरु गरिएको स्वास्थ्य बिमा कार्यक्रममा चालू आवदेखि गरिबलाई पनि सहभागी गराएको हो । बोर्डका अनुसार चैत १६ गतेसम्ममा ४१ हजार ७ सय ७३ जनाले निःशुल्क स्वास्थ्य बिमा सेवा पाएका छन् ।
खोटाङ, भोजपुर, रौतहट, रामेछाप, तनहुँ, गोरखा, बागलुङ, बर्दिया, रोल्पा, रुकुम, जाजरकोट, जुम्ला, कैलाली र अछाममा पहिचान भएका गरिबलाई यस्तो सेवा वितरण गरेको बोर्डका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा. भुवन पौडेलले जानकारी दिए । गरिब निवारण मन्त्रालयले उपलब्ध गराएको तथ्यांकका आधारमा गरिबको पहिचान गरी सेवा प्रदान गरिरहेको उनले बताए ।