काठमाडौं । बानेश्वर निवासी गोविन्द कार्की पर्यटन व्यवसायी हुन् ।
तर, अहिले सहायक व्यवसायको रूपमा उनले शेयरमा लगानी गर्न थालेका छन् ।
त्यसो त यो व्यवसाय उनका लागि नयाँ भने होइन । ४ वर्षअघि उनले केही बैङ्कका
साधारण शेयरमा लगानी गरेका थिए, जतिबेला यस व्यवसायलाई उनले साखै महत्व
दिएका थिएनन् । तर, अहिले शेयर बजारले गति लिन थालेपछि यसमा उनको आकर्षण
बढेको छ । बिहान उठ्नेबित्तिकै आर्थिक पत्रिका तथा समाचार पढ्ने र एकपटक
ब्रोकर कम्पनी पुग्ने उनको दिनचर्या नै बनिसकेको छ । कार्कीले प्राथमिक तथा
दोस्रो शेयर बजारमा करीब रू. ४ लाखजति लगानी गरेका छन् । सबै राजनीतिक
दलहरूबीच समझदारी भएमा आगामी दिनमा शेयर बजार बढ्ने ठोकुवा गर्छन् उनी ।
पुतलीसडकको एक ब्रोकर कम्पनीमा भेटिएका उनले संविधान बन्ने सङ्केत
देखिएकाले वित्तीय बजार अझै बढ्ने अनुमान लगाए । ‘अब चाहिँ बजार राम्रो
होलाजस्तो लागेको छ,’ उनले भने, ‘त्यसैले पनि ब्रोकर कम्पनी दैनिक धाउन
थालेको हुँ ।’
Sunday, December 22, 2013
Sunday, December 8, 2013
विप्रेषण आप्रवाह १४ प्रतिशत बढ्यो
चालू आर्थिक वर्ष २०७०/७१ को साउनको तुलनामा असोजमा विप्रेषण
आप्रवाहमा १४ दशमलव ४ प्रतिशत बढेको छ । साउनमा २३ दशमलव ८ प्रतिशत वृद्धि
भएको विप्रेषण असोजमा भने ३८ दशमलव २ प्रतिशत बढेको छ । असोज र कात्तिकमा
नेपालीका दशैं, तिहार, छठ तथा इदजस्ता ठूला पर्व परेकाले पनि विप्रेषणको
आप्रवाह बढेको अर्थविद् चन्द्रमणि अधिकारीले बताए ।
राष्ट्र बैङ्कको
तथ्याङ्कअनुसार साउनमा रू. ८८ अर्ब ४ करोड विप्रेषण आप्रवाह भएकोमा असोजमा
बढेर रू. १ खर्ब ३५ अर्ब ३ करोड पुगेको छ । भदौमा भने ३४ दशमलव ७ प्रतिशत
वृद्धि भई रू. ८८ अर्ब ४ करोड आप्रवाह भएको थियो । चाडपर्व पर्नु तथा डलरको
मूल्य बढ्नुले पनि असोजमा विप्रेषण आप्रवाह बढ्नमा थप सहयोग पुगेको
वैदेशिक रोजगारविद् डा. गणेश गुरुङले बताए ।
Thursday, November 14, 2013
बैङ्कहरु कृषिकर्जामा आकर्षित
काठमाडौं । अर्थतन्त्रको ठूलो हिस्सा ओगटेको कृषिक्षेत्रमा बैङ्कहरूको
चासो बढ्न थालेको छ । कृषकलाई आकर्षित गर्न बैङ्कहरूले विभिन्न योजना
सार्वजनिक गर्न थालेका छन् । नेपाल राष्ट्र बैङ्कले गतवर्ष कुल लगानीको १०
प्रतिशत कृषिक्षेत्रमा लगानी गर्न बैङ्कहरूलाई निर्देशन दिएकोमा यो वर्ष
भने त्यसलाई बढाएर १२ प्रतिशत पुर्याएको छ । राष्ट्र बैङ्कको उक्त
निर्देशनपछि बैङ्कहरू कृषि कर्जातर्फ प्रेरित भएका हुन् । कृषि
कर्जाअन्तर्गत बैङ्कहरूले पशुपालन, माछापालन, मौरीपालन, फलफूल तथा तरकारी
खेती, नगदे बाली उत्पादन तथा प्रशोधन, जडीबुटी तथा कृषि, हस्तकला, कृषि
उपकरण खरीद आदिमा लगानी गर्दै आएका छन् ।
ग्लोबल आईएमई बैङ्कले आफ्नो
लगानीको अधिकतम हिस्सा कृषिक्षेत्रमा गर्ने रणनीति बनाएको छ । बैङ्कले
स–साना किसानलाई पनि समट्ने गरी सहज र सुलभ कृषि कर्जा योजना सार्वजनिक
गरेको बैङ्कका कर्जा प्रमुख अधिकृत सुरेन्द्रराज रेग्मीले बताए । उक्त
योजनाअन्तर्गत बैङ्कले नेपालगञ्ज शाखालाई कृषिशाखाको रूपमा स्थापित गरेको छ
भने लालबन्दीमा पनि कृषिशाखाको रूपमा शाखा सञ्चालन गर्ने योजना बनाएको छ ।
बैङ्कले कृषिक्षेत्रमा अहिलेसम्म रू. १० करोड लगानी गरिसकेको रेग्मीले
बताए । बैङ्कका अनुसार सो लगानीबाट २ सय ४५ कृषक लाभान्वित भइसकेका छन् ।
बैङ्कले न्यूनतम रू. ५० हजारदेखि अधिकतम रू. ५ लाखसम्म कृषि कर्जा उपलब्ध
गराउँदै आएको छ । यस्तो कर्जामा बैङ्कले अघिल्लो वर्षको तुलनामा ब्याज १
प्रतिशत घटाएर १४ प्रतिशत कायम गरेको छ । कर्जाको साथमा बैङ्कले ऋणी कृषकको
बीमासमेत गर्छ । यसअन्तर्गत बैङ्कले विभिन्न १२ रोगको बीमा गर्दै आएको छ ।
ती रोगका कारण कृषकको मृत्यु भएमा बैङ्कले बीमा कम्पनीबाट नै आफ्नो ऋण
असुली गर्ने गरेको प्रमुख रेग्मीले बताए । यसले गर्दा कृषक ऋण लिन प्रेरित
हुने गरेको उनको दाबी छ । बैङ्कले कृषकको उत्पादनलाई उचित मूल्य प्रदान
गर्न विभिन्न योजना सञ्चालनमा ल्याउने तयारी पनि गरिरहेको छ । तीमध्ये
कृषकको उत्पादनलाई राख्नका लागि गोदाम निर्माण गर्न निकट भविष्यमै
फाइनान्सको सुविधा उपलब्ध गराउने योजना रहेको रेग्मीले बताए ।
सिद्धार्थ
विकास बैङ्कले पनि २ वर्षदेखि कृषिकर्जा योजना सञ्चालन गर्दै आएको छ । सो
योजनाअन्तर्गत बैङ्कले साना किसानलाई न्यूनतम रू. ५० हजार उपलब्ध गराउँदै
आएको छ । यस्तो कर्जामा ११ दशमलव २९ प्रतिशत ब्याज तोकिएको छ । कर्जा
भुक्तानी अवधि भने ६ वर्ष रहेको छ । बैङ्कले ७० देखि ८० प्रतिशतसम्म कर्जा
उपलब्ध गराउँदै आएको बैङ्कका रिलेशनशिप अफिसर प्रकाश आचार्यले जानकारी दिए
। बैङ्क अफ काठमाण्डूले किसान बैङ्किङ सेवाअन्तर्गत कृषिकर्जा उपलब्ध
गराउँदै आएको छ । सो योजनाअन्तर्गत बैङ्कले किसानलाई न्यूनतम पनि रू. १०
हजारदेखि अधिकतम रू. २ लाखसम्म कर्जा उपलब्ध गराउँदै आएको बैङ्कका सञ्चार
अधिकृत वृन्दा सिंहले जानकारी दिइन् । यस्तो कर्जामा बैङ्कले १२
प्रतिशतसम्म ब्याज तोकेको छ । भुक्तानी अवधि भने २ वर्षसम्म रहेको उनले
बताइन् ।
http://www.abhiyan.com.np/new/Articles/view/34335
Sunday, November 10, 2013
लगानीकर्ता विकास बैङ्कतर्फ आकर्षित
मङ्सिर १२, काठमाडौं । पछिल्ला व्यापार दिनहरूमा सर्वसाधारण
लगानीकर्ताको आकर्षण विकास बैङ्कहरूमा केही बढेको छ । उच्च शेयरमूल्य भएका
कम्पनीमा लगानी गर्न नसक्ने लगानीकर्ताले विकास बैङ्क रोजेको विश्लेषकहरू
बताउँछन् । सो अवधिमा वाणिज्य बैङ्कहरूको परिसूचक भने ओरालो लाग्दै गएको छ ।
राजनीतिक वातावरण अनुकूल बन्दै गएपछि समग्र नेप्से परिसूचक सकरात्मक देखिए
तापनि बैङ्किङ समूहको परिसूचक भने घट्दो प्रवृत्तिमा देखिएको हो ।
शेयर
बजारमा दैनिकजसो कारोबार भइरहने केही ठूला बैङ्कको शेयरमूल्य घटेपछि यसको
प्रभाव बैङ्किङ समूहको परिसूचकमा परेको हो । बुधवार शून्य दशमलव ८५
प्रतिशतले यस समूहको परिसूचक घटेको छ । निर्वाचनअघि ५ सय ७४ दशमलव ४४
बिन्दुमा रहेको बैङ्किङ समूहको परिसूचक निर्वाचनपछिको दुई दिन भने ६२ दशमलव
४२ अङ्कले बढेर ६ सय २५ दशमलव ८८ मा उक्लिएको थियो । तर, गत सोमवारदेखि १५
दशमलव शून्य ७ अङ्कले घटेर यस समूहको परिसूचक बुधवार ६ सय १९ दशमलव ३१ मा
झरेको छ ।
Friday, November 1, 2013
तिहार खुशीले मनाऔं, होशियारी पनि अपनाऔं
तिहारमा बत्तीको प्रयोग बढी हुने हुँदा आगलागीको सम्भावना धेरै हुन्छ ।
गतवर्ष तिहारको समयमा आगलागीको ६ ओटा घटना भएका थिए । लक्ष्मी पूजाको दिन
(कात्तिक २८ गते)मात्रै काठमाडौंका चार स्थानमा आगलागी भयो । बिजुली
बत्तीको प्रयोग सबैभन्दा बढी हुनाले तिहारमा आगलागीको दुर्घटना धेरै हुने
जुद्ध वारुण यन्त्र, काठमाडौंका प्रमुख किशोरकुमार भट्टराई बताउँछन् ।
‘आगलागी प्राकृतिक विपत्ति होइन, मानवीय त्रुटिका कारण हुने घटना हो,’ उनी
भन्छन्, ‘त्यसैलाई आप्mनो नियन्त्रणमा रहने गरी नै आगोको प्रयोग गर्नुपर्छ
।’
काठमाडौंलगायत शहरी क्षेत्रमा आगलागी हुने मुख्य दुई कारण ग्यास र विद्युत् रहेका छन् । भट्टराईका अनुसार ग्यासका कारण ६० प्रतिशत तथा विद्युत् ‘शट’का कारण ४० प्रतिशत आगलागीका घटना हुने गर्छन् । तिहारमा यी दुवै वस्तुको बढी प्रयोग गरिन्छ । त्यसैले, आगलागीको सम्भावना धेरै हुने उनले बताए । त्यस्तै, आगलागीको अर्को कारण यस विषयमा मानिसमा चेतनाको कमी पनि हो । तर, पहिलाको तुलनामा यस्ता दुर्घटना कम हुने गरेको उनले बताए । ‘अहिले घर तथा कार्यालयमा पनि आगो निभाउने उपकरण राख्ने प्रचलन बढ्दै छ,’ उनी भन्छन् । मानिसले विलासिताको सामग्रीमा गर्ने जति नै लगानी सम्भावित दुर्घटनाबाट बच्ने सावधानीका उपकरणमा पनि गर्नुपर्ने भट्टराईले बताए ।

Wednesday, October 2, 2013
होम अप्लायन्स : होम अप्लायन्समा दशैं
कम्पनीहरूले सार्वजनिक गर्ने स्किमसँगै विज्ञापनमा पनि
प्रतिस्पर्धा गर्न थालेका छन् । अहिले छापा तथा विद्युतीय सञ्चारमाध्यमहरू
दशैंका विभिन्न स्किम तथा योजनाले भरिन थालेको स्वयम् व्यवसायीहरू बताउँछन्
।
दशैं नजिकिँदै गर्दा अधिकांश घरमा दैनिक उपभोग्य सामानको नयाँ सूची तयार भइरहेको छ । दशैंतिहारको अवसर पारी आफूलाई आवश्यक नयाँ सामान खरीद गर्ने कार्य नेपालीहरूको संस्कृतिझैं बनिसकेको छ । यही अवसर पारी कम्पनीहरूले होम अप्लायन्समा विभिन्न उपहार र छूट योजना ल्याएका छन् । धेरै उपभोक्ताले ‘ड्युरेबल्स’ तथा अन्य घरायसी सामान किन्न दशैं पर्खिने भएकाले व्यवसायीहरूका लागि यो पर्व व्यापार बढाउने तथा बजार विस्तार गर्ने उपयुक्त अवसर बनेको छ ।

Sunday, September 22, 2013
बचत गर्दै बालबालिका
विभिन्न वर्ग र पेशालाई लक्षित गरी बैङ्कहरूले विभिन्न बचत योजना
सञ्चालनमा ल्याउने गरेका छन् । बैङ्कहरूले सञ्चालनमा ल्याउने यस्ता कतिपय
योजना बालबालिका केन्द्रित पनि छन् । सानैदेखि बचत गर्ने बानी बसाल्न
बैङ्कले बालबालिकालाई लक्षित गरी बाल बचत खाता सञ्चालन गर्दै आएका छन् ।
बैङ्कहरूले विभिन्न नामबाट यस्तो खाता सञ्चालनमा ल्याएका छन् ।
बालबालिकालाई बचत गर्नेतर्फ प्रेरित गर्न ज्योति विकास बैङ्कले बालबालिकाका लागि बचत योजना सञ्चालन गरेको छ । बैङ्कले ल्याएको योजनाअनुसार १६ वर्षभन्दा मुनिका बालबालिकाले यस्तो खाता खोल्न सक्नेछन् । बैङ्कले यस्ता दुई प्रकारको खाता सञ्चालनमा ल्याएको बैङ्ककी कष्टमर सर्भिस इञ्चार्ज सुमिता लम्सालले बताइन् । उनका अनुसार एकैपटक ठूलो रकम जम्मा गर्न चाहने तथा धेरै ब्याज खोज्ने ग्राहकलाई लक्षित गरी बैङ्कले ‘बाल कल्याण बचत खाता’ सञ्चालनमा ल्याएको छ । यो खाता खोल्नका लागि कम्तीमा रू.१ लाख जम्मा गर्नुपर्छ । उक्त बचत खाताका लागि बैङ्कले ८ दशमलव ५ प्रतिशत ब्याज उपलब्ध गराएको छ । त्यस्तै, थोरै रकम जम्मा गर्न चाहने ग्राहकका लागि बैङ्कले ‘बाल बचत खाता’ सञ्चालनमा ल्याएको उनले बताइन् । यस खाताका लागि कम्तीमा रू.१ हजार जम्मा गर्नुपर्ने हुन्छ । यसका लागि बैङ्कले ७ प्रतिशत ब्याज उपलब्ध गराउँदै आएको छ । खाता खोलेपछि बैङ्कले बालबालिकालाई निःशुल्क खुत्रुक्के उपलब्ध गराउँछ ।

Wednesday, September 18, 2013
बैङ्कले ल्याए तीजविशेष योजना
बैङ्कहरूले महिलाको महान् पर्व हरितालिका तीजलाई लक्षित गरेर विभिन्न
योजना ल्याएका छन् । महिला ग्राहकसँग सम्बन्ध नजिक बनाउन बैङ्कहरूले यस्तो
योजना सार्वजनिक गरेका हुन् । नेपाल–बङ्गलादेश बैङ्कले ‘सौभाग्यवती गृहिणी
बचत’ योजना सार्वजनिक गरेको छ । उक्त योजनाअन्तर्गत गृहिणी बचत खाता खोल्ने
महिलालाई सौभाग्यवती उपहार वितरण गरेको बैङ्ककी मार्केटिङ अफिसर रश्मी
मानन्धरले बताइन् । उनका अनुसार बैङ्कले सौभाग्यवती उपहारस्वरूप चुरा,
पोते, क्लिप, टीका, रबर ब्याण्ड आदि प्रदान गरेको छ । बैङ्कले यो योजना भदौ
२ देखि असोज २ गतेसम्म सञ्चालन गर्नेछ । १ हजार रुपैयाँमा महिलाले गृहिणी
बचत खाता खोल्न सकिने मानन्धरले जानकारी दिइन् ।
यसैगरी इन्फ्राष्ट्रक्चर डेभलपमेन्ट बैङ्कले तीजको अवसरमा महिलालक्षित ‘नारी समृद्धि खाता’को शुरुआत गरेको छ । यो खाता खोल्ने महिलालाई तीजको अवसरमा १ वर्षको छूटसहित लकर सुविधा पनि उपलब्ध गराएको बैङ्कका मार्केटिङ अफिसर सविन गौतमले जानकारी दिए । यो खाता १ सय रुपैयाँमा खोल्न सकिनेछ । बैङ्कले यो योजना भदौदेखि कात्तिकसम्म सञ्चालन गर्ने भएको छ ।
सिभिल बैङ्क लिमिटेडले भने तीजको अवसरमा ‘खातामा छाता’ योजना ल्याएको छ । उक्त योजनाअनुसार बैङ्कले नारी बचत खाता खोल्ने महिलालाई एउटा छाता उपलब्ध गराउने बैङ्कका वरिष्ठ कार्यकारी अधिकृत गोविन्द गुरुङले बताए । साथै, १ वर्षका लागि वार्षिक शुल्क मिनाहा गरी निःशुल्क सेफ डिपोजिट लकर सुविधा पनि उपलब्ध गराएको अधिकृत गुरुङले जानकारी दिए । यो योजना भदौ महीनाभर सञ्चालन हुनेछ । प्रभु विकास बैङ्कले भने तीजको अवसरमा विशेष उपहार योजना लागू गरेको छ ।
योजनाअन्तर्गत बैङ्कले प्रभु मनी ट्रान्सफरमार्फत विदेशबाट प्राप्त रेमिट्यान्स भुक्तानी लिनुहुने महिलालाई उपहार प्रदान गरेको बैङ्कका कर्जा शाखा प्रमुख चिजन पौडेलले जानकारी दिइन् । साथै, सङ्गिनी बचत खाता खोल्ने महिलालाई पनि उपहार प्रदान गरिएको उनले बताइन् । त्यस्तो खाता खोल्ने महिलालाई उपहारस्वरूप बैङ्कले तीजको विशेष उपहार चुरा प्रदान गरेको छ । यो योजना बैङ्कले भदौ १९ देखि २१ गतेसम्म सबै शाखामा लागू गरेको थियो ।

http://www.abhiyan.com.np/new/Articles/view/31255
Monday, September 16, 2013
हामी समाजलाई पारदर्शी र सुरक्षित बनाउन चाहन्छौं
मुना कुँवर
ईश्वर खरेल
अध्यक्ष, रेण्टल नेपाल डटकम
हामी समाजलाई पारदर्शी र सुरक्षित बनाउन चाहन्छौं
रेण्टल नेपाल डटकम के हो ? यसले के काम गर्छ ?
यो कम्पनीको स्थापना २०६३ सालमा भएको हो । यसलाई शुरुआतमा ‘खरेल घरजग्गा परामर्श’ र पछि ‘घरजम डटकम’ नामले चलायौं । सन् २०१० मा आएर यसलाई रेण्टल नेपाल डटकममा परिवर्तन गर्यौं । हाम्रो कम्पनीले घर भाडामा लिन तथा दिन चाहनेलाई सहयोग गर्ने काम गर्छ । तर, शुरूमा यो व्यवसाय गर्दा मानिसले हामीलाई विश्वास गर्दैनथे । हेय र दलालका रूपमा हेर्थे । अहिले भने त्यो अवस्थामा परिवर्तन आएको छ । यस व्यवसायप्रति मानिस सकारात्मक हुँदै गएका छन् । अहिले हामीले रियल इस्टेट एण्ड रिसर्च सेण्टरको स्थापना गरी रिसर्चको काम पनि गरिरहेका छौं । केही समय अघिसम्म व्यवसायीहरूले व्यक्तिगत रूपमा काम गर्दै आएका थिए । तर, अहिले भने सबै व्यवसायी एउटै छातामा आबद्ध भएका छन् । यसले यो व्यवसायलाई व्यवस्थित बनाउन सहयोग गरेको छ । अहिले नेपालमा यो व्यवसायको अवस्था राम्रो छ । मानिस शहरमुखी हुँदै जाँदा यो व्यवसाय पनि फस्टाउँदै गएको छ ।
घर भाडा लिने–दिने काम व्यवसायका रूपमा विकास भएको छ । यसलाई कसरी सञ्चालन गरिरहनुभएको छ ?
घर भएको र नभएको दुवै खालका व्यक्तिलाई भाडाको घर आवश्यक पर्छ । घर नभएको व्यक्तिले बासका लागि भाडाको घर प्रयोग गर्छ । यसैगरी, घर भएको व्यक्तिले पनि व्यापार–व्यवसायका लागि भाडाको घर प्रयोग गर्छ । काठमाडौंमा ८० प्रतिशत व्यक्ति भाडाको घरमै बस्छन् । यसले गर्दा पनि काठमाडौंमा घर भाडा व्यवसायका रूपमा अगाडि बढिरहेको छ । मानिस शहरतर्फ आकर्षित हुँदै जाँदा भाडाको घरको माग पनि बढ्दै गएको छ । तसर्थ, घर भएका व्यक्तिका लागि यो आम्दानी गर्ने सजिलो बाटो बनेको छ । घर भाडामा लिनु वा दिनुपर्यो भने तुल, ब्यानर तथा पोष्टर टाँस्ने चलन अझै पनि छ । यसैगरी, घरनजिकैको पसल वा समाजका प्रतिष्ठित व्यक्तिको सहयोग लिने पनि चलन छ । भाडामा लिने–दिने यस्तो प्रक्रियाले समाजमा दिनदिनै आपराधिक गतिविधि बढिरहेको छ । तसर्थ, भाडा लिने–दिने कार्यलाई पारदर्शी तथा सुरक्षित बनाउन यो व्यवसायले मद्दत गरेको छ ।

तपाईंको कम्पनीले केकस्ता सेवा प्रदान गर्छ ?
हामीसँग घर भाडामा लिन तथा दिन चाहने दुवै पक्ष आउँछन् । हामीले दुवै पक्षलाई सेवा प्रदान गर्छौं । यसैगरी, हामीले ‘अनलाइन’ तथा ‘अफलाइन’ दुवै माध्यमबाट सेवा दिन्छौं । व्यस्त भएका कारण कतिपय मानिसले अनलाइनबाट नै सेवा लिन खोज्छन् । त्यस्ता सेवाग्राहीलाई हामी अनलाइनबाट नै सबै खालका सेवा दिन्छौं । अनलाइनको पहुँच नभएका व्यक्तिलाई अफलाइन सेवा प्रदान गर्छौं । हाम्रो व्यवसायको मुख्य उद्देश्य भनेको घर भाडामा दिने र लिने दुवै पक्षलाई सुरक्षित बनाउनु हो । त्यसैले, हामीसम्म आइपुग्ने सेवाग्राहीलाई हामी अनिवार्य रूपमा फर्म भर्न लगाउँछौं । सोही फर्मका आधारमा समान अपेक्षा भएका दुई पक्षलाई भेटाइदिने काम गर्छौं । दुवै पक्ष एकआपसमा सन्तुष्ट भएको खण्डमा लिने–दिने प्रक्रिया अघि बढ्छ ।
घर भाडमा दिन चाहने र लिन चाहनेले रकमलाई महत्व दिन्छन् कि सम्बन्धलाई ?
हामीले विभिन्न खालका व्यक्तिको सामना गरिरहेका छौं । हामीकहाँ धेरै मुलुकका विभिन्न प्रकारका व्यक्ति आइपुग्छन् । तर, पछिल्लो समय घर भाडामा दिन चाहने दुई प्रकारका मानिस देखिएका छन् । कोही पैसालाई बढी प्राथमिकता दिन्छन् भने कोही भाडामा बस्ने व्यक्तिको पेशा र व्यवहारलाई दिन्छन् । पैसालाई प्राथमिकता दिने व्यक्तिले घर भाडामा बस्ने व्यक्तिबारे केही बुझन चाहँदैन । तर, केही भने मानिसको पृष्ठभूमि, पेशा, व्यवसायबारे बुझेर मात्रै घर भाडामा दिन्छन् । राम्रो व्यक्ति छ भने उनीहरू केही रकम घटाउन पनि तयार हुन्छन् । यसैगरी, भाडामा घर खोज्ने व्यक्ति पनि पहिला शेयरिङ गरेर बस्न रुचाउँथे । तर, अहिले भने भाडा बढी तिरेर भए पनि छुट्टै बस्न रुचाउ“छन् । पहिला घर भाडामा दिने र लिने दुवै पक्षले एकआपसमा पारिवारिक सम्बन्ध खोज्थे । अहिले भने दुवै पक्षले व्यावसायिक सम्बन्ध खोज्छन् । मानिस आआफ्नै जीवनमा व्यस्त हुने भएकाले पनि यो प्रवृत्तिको विकास भएको हो । भविष्यमा दुवै पक्षबीच मनमुटाव नहोस् भनेर सबै विषय पहिला नै स्पष्ट गर्न चाहन्छन् ।
व्यवसायका समस्या के हुन् ?
धेरै समस्या छन् । यस व्यवसायप्रति सरकार गम्भीर नहुँदा आमनागरिक ठगिएका छन् । नियमकानूनको अभावका कारण जोकोही पनि यो व्यवसायमा आबद्ध भएका छन्, जसका कारण जथाभावी भाडा असुली बढ्दो छ । यसैगरी, घर भाडामा बस्ने मानिसको अभिलेख नहुँदा समाजमा विभिन्न खालका आपराधिक घटना बढिरहेका छन् । साउन र पुस महीना भने यो व्यवसयाका लागि ‘अफसिजन’ मानिन्छ । साउनमा पानी पर्ने भएकाले मानिस त्यति घर तथा कार्यालय सर्न चाहँदैनन् । यसैगरी, पुसमा पनि छोटो दिन हुने भएकाले त्यति मानिस सर्न खोज्दैनन् । त्यसैले, यी २ महीनामा अलि मन्दी लाग्छ ।
व्यवसाय व्यवस्थित बनाउन के गर्नुपर्छ ?
सबैभन्दा पहिला सरकारले व्यवसायीलाई लाइसेन्सको व्यवस्था गर्नुपर्छ । यसका लागि हामीले बारम्बार सरकारलाई अनुरोध पनि गरिरहेका छौं । हामीलाई कानूनी दायराभित्र ल्याइयोस् भनी आग्रह गरेका छौं । हामी समाजलाई पारदर्शी र सुरक्षित बनाउन चाहन्छौं । यसका लागि सरकारले सबैभन्दा पहिला यो व्यवसायलाई कानूनी दायरभित्र ल्याउनुपर्छ । निश्चित मापदण्ड तोकिदिनुपर्छ । भाडा लिने–दिने प्रक्रिया व्यावहारिक, वैज्ञानिक एवम् पारदर्शी बनाउन छुट्टै संयन्त्र निर्माण गर्नुपर्छ ।

http://www.abhiyan.com.np/new/Articles/view/31184
Friday, September 13, 2013
भान्सामा इलेक्ट्रोनिक्स
प्रविधिको प्रभावबाट भान्साघर पनि मुक्त रहन सकेको छैन । आगो बाल्ने
दाउरादेखि दाल, चामल पिस्ने ढिकीजाँतोको स्थानसमेत इलेक्ट्रोनिक्स
सामग्रीले लिन थालेको छ । फलस्वरूप, भान्सामा प्रयोग हुने इलेक्ट्रोनिक्स
सामग्रीको व्यवसायमा वृद्धि हुँदै गएको छ । विगत ५ वर्षको अवधिमा प्रत्येक
वर्ष व्यवसायमा ४० प्रतिशले वृद्धि भएको त्रिवेणी व्यापार कम्पनीका बजार
प्रमुख निखिल अग्रवाल बताउँछन् । ‘रेमिट्यान्सका कारण मानिसको आम्दानी
बढ्दै गएको छ । त्यसैले, खर्चमा पनि वृद्धि भएको देखिन्छ,’ उनले भने ।
विद्युतीय लाइनको विस्तार सँगै शहरदेखि गाउँ सम्मको भान्सामा इलेक्ट्रोनिक्स सामग्रीको प्रयोग हुन थालेको छ । यसले समय, इन्धन, जनशक्तिको बचत गर्ने भएकाले पनि प्रयोग व्यापक भएको व्यवसायीहरूको अनुभव छ । उनका अनुसार दशैं र तिहार नजिकै आएकाले पनि इलोक्ट्रोनिक्स सामग्रीको विक्री बढ्दै गएको छ । अघिल्लोको तुलनामा यस वर्ष ५ प्रतिशतले व्यापार बढेको जम्बो इलोक्ट्रोनिक्सका विक्री अधिकृत श्रीराम थपलियाको भनाइ छ । उनका अनुसार जम्बो इलोक्ट्रोनिक्सले वार्षिक ३ देखि ३ करोड ५० लाख रुपैयाँसम्मको व्यापार गर्छ । तर, तीव्र प्रतिस्पर्धाका कारण व्यवसाय अपेक्षाअनुसार बढ्न नसकेको उनको भनाइ छ । उनी भन्छन्, ‘काठमाडौंमा मात्रै २ सयओटा पसल छन् । यसले गर्दा पनि समग्रमा विक्री बढे पनि संस्थागत रूपमा भने विक्री उत्साहजनक छैन ।’

Friday, September 6, 2013
तीजमा फोर डी साडी र अनारकली कुर्ता
भदौ २०, काठमाडौं ।
हिन्दू महिलाले निकै उत्साह र उल्लासपूर्ण
रूपमा मनाउने पर्व हरितालिका तीज नजिकिँदै गर्दा काठमाडौंका प्रमुख बजारमा
चहलपहल निकै बढेको छ । तीजलाई लक्षित गरेर बजारमा नयाँ डिजाइनका साडी तथा
कुर्ता भित्रिएका छन् । ‘यो वर्षको तीजको मुख्य आकर्षण फोर डी साडी तथा
अनारकली कुर्ता छन्,’ कुपण्डोलस्थित इम्याजिङ दी फेशन बुटिकका सञ्चालक
विष्णु गौतम भन्छन् । उनका अनुसार अहिले बजारमा फोर डी (विभिन्न चारओटा रङ
मिसिएको) साडीको फेशन चलेको छ । यसैगरी नेट तथा फ्रेञ्च सिफनको साडीको पनि
माग छ । विभिन्न डिजाइनमा तयार भएका नियोन कलर (हरियो, पहेँलो, गुलाबी) नेट
र फ्रेञ्च सिफन ग्राहकको रोजाइमा पर्ने गरेको उनको भनाइ छ । त्यस्तै, हेभी
इम्ब्रोइडरी गरिएको ब्लाउजमा सिम्पल बोर्डर भएका ५ हजारदेखि १५ हजार
रुपैयाँसम्मका साडी तीजका लागि तयार भएका छन् । ५ हजारदेखि १५ हजार
रुपैयाँसम्मका अनारकली कुर्ता पनि निकै चलेको गौतमको भनाइ छ ।
Friday, August 16, 2013
पुराना शैलीका आधुनिक घर
स्पेनी नागरिक फर्नाण्डो लाजुयेलोसँगको सहकार्यमा
कम्पनीले यस नमूना गाउ“को निर्माण कार्य शुरू गरेको हो । प्रमुख कार्यकारी
अधिकृत पुरीका अनुसार २०६८ सालदेखि यो निर्माण योजना शुरू गरिएको हो । ५
वर्षभित्र गाउँ निर्माणको कार्य सम्पन्न गर्ने कम्पनीको योजना छ ।
काठमाडौंमा गगनचुम्बी अपार्टमेण्ट तथा सुविधासम्पन्न हाउजिङ निर्माण कार्य बढ्दै गएको छ । निर्माणसँगै यिनलाई प्रयोग गर्नेको सङ्ख्यामा पनि उत्तिकै वृद्धि भइरहेको छ । आधुनिक जीवनशैलीप्रति मानिस आकर्षित हुँदै जाँदा यस्ता सुविधासम्पन्न घर तथा अपार्टमेण्टको माग बढ्न थालेको हो । यस्ता आधुनिक (विदेशी) शैलीका घर निर्माणको क्रम बढिरहेको बेला आर्ते नमूना हाउजिङ कम्पनीले भने पुरानो शैलीका घर निर्माण गरिरहेको छ । यसलाई कम्पनीले ‘नमूना गाउँ’ नामकरण गरेको छ ।
कम्पनीले निर्माण गर्ने घर मल्लकालीन शैलीका छन् । यस्ता घर वातावरणमैत्री मात्र नभई सुन्दर पनि हुने कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा प्रवर्द्धक रवीन्द्र पुरी बताउँछन् । काठमाडौंनजिकै काभ्रे जिल्लाको साँगासँग जोडिएको सरस्वती डाँडा (दक्षिणी पहाड)मा कम्पनीले उक्त ‘नमूना गाउँ’ निर्माणको काम शुरू गरेको हो । ५४ रोपनी क्षेत्रफलमा फैलिएको नमूना गाउँमा ५० ओटा घर निर्माण गरिनेछ । नमूना गाउँमा बन्ने घर परम्परागत शैली तथा आधुनिक प्रविधिको संयोजनबाट निर्माण हुनेछन् । नेपाली संस्कृति तथा मौलिकता जोगाइराख्न नमूना गाउँको अवधारणा अघि सारेको पुरीको भनाइ छ ।
आशापुरी महादेवको मन्दिर जाने बाटोमै पर्ने यो गाउँ प्रदूषण र कोलाहलरहित छ । काठमाडौंको प्रदूषणबाट टाढा रहन चाहने मानिसलाई लक्षित गरी कम्पनीले नमूना गाउँको निर्माण शुरू गरेको हो । गाउँ अरनिको राजमार्गदेखि ९ सय मिटरको दूरीमा छ । त्यस्तै, काठमाडौंदेखि १५ दशमलव ५ किलोमिटर र भक्तपुर–सल्लाघारीदेखि ८ दशमलव ७ किलोमिटरको दूरीमा रहेको छ । यसैगरी, काभ्रे जिल्लाको व्यापारिक केन्द्र बनेपाबाट भने ४ किलोमिटरको दूरीमा पर्छ । नमूना गाउँबाट अन्नपूर्णदेखि गौरीशङ्कर हिमशृङ्खला र काठमाडौं उपत्यकाको दृश्यावलोकन गर्न सकिन्छ । नमूना गाउँमा निर्माण गरिने घरको शैली मात्र नभएर यहाँको प्राकृतिक सुन्दरताले पनि मानिसलाई आकर्षण गर्ने प्रवर्द्धक पुरीले बताए ।
घरका प्रकार
नमूना गाउँमा चार प्रकारका घर निर्माण गरिनेछन् । माटेघर, इँटेघर, ढुङ्गेघर र डाँचीघर । तर, अहिले कम्पनीले माटे, इँटे र ढुङ्गे गरी तीन प्रकारका घरको निर्माण गरिसकेको छ । यी घर भूकम्प प्रतिरोधात्मक किसिमले निर्माण गरिएका छन् । घरबाहिरबाट हेर्दा पुरानो नेपाली शैलीको देखिन्छ । तर, घरभित्रको संरचना भने आधुनिक शैलीको छ । गाउँभित्र बनेका घरमा बाहिर बस्ने तथा दृश्यावलोकन गर्न मिल्ने पिँढीको व्यवस्था गरिएको छ, जहाँबाट काठमाडौं, साँगाको महादेव, गौरीशङ्कर हिमशृङ्खला राम्रोसँग देख्न सकिन्छ । छिँडीलाई बैठक कोठामा रूपान्तरण गरिएको छ । छिँडीको एउटा कुनामा भान्सा तथा डाइनिङ, अर्को कुनामा बाथरूम तथा बीचमा ‘फायर प्लेस’ राखिएको छ । कोठाको बीच भागमा अग्राखका कलात्मक थाम छन् । कोठामा हावा प्रवाहका लागि झ्यालहरू राखिएको छ । छिँडीबाट पहिलो तलामा पुग्न कलात्मक काठकै भर्याङ बनाइएको छ । पहिलो तलामा बाथरूमसहितका दुईओटा सुत्ने कोठा छन् । मुख्य सुत्ने कोठाको बीचमा विभाजन (पार्टिशन) गरिएको छ । पार्टिशन गरिएको कोठालाई अध्ययनकक्षका रूपमा पनि प्रयोग गर्न सकिन्छ । यसैगरी, अर्को पाहुना कोठा रहेको छ ।
दोस्रो तला भने बुइँगलको अवधारणामा बनाइएको छ । यसलाई आवश्यकताअनुसार अध्ययन, योगा, व्यायाम तथा सामूहिक भेटघाट गर्ने हलका रूपमा पनि प्रयोग गर्न सकिन्छ । बुइँगलभन्दा माथि सानो कौशी छ । घरमा सिमेण्ट, प्लाष्टरको सट्टा चुन, ढुङ्गा, माटो, काठ र इँटाको धूलो मिसाएर बनाइएको सुर्की प्रयोग गरिएको छ । ‘यी सामग्री कम्पनीले स्थानीय स्रोतबाट नै तयारी गरेको हो, ’प्रमुख कार्यकारी अधिकारी पुरीले भने । घरका झ्यालढोका र दलिन आलसको तेलको परम्परागत चहकले टल्काइएको छ । घरको छानोका लागि झिँगटीको प्रयोग गरिएको छ । ढुङ्गा र इँटाको भित्ता तथा भुइँका लागि माटोको लिउन र तेलिया इँटाको प्रयोग गरिएको छ । घरमा अग्राख काठका बुट्टे ढिक शैलीका ढोका राखिएको छ ।
नमूना गाउँका अन्य योजना
स्पेनी नागरिक फर्नाण्डो लाजुयेलोसँगको सहकार्यमा कम्पनीले यस नमूना गाउ“को निर्माण कार्य शुरू गरेको हो । प्रमुख कार्यकारी अधिकृत पुरीका अनुसार २०६८ सालदेखि यो निर्माण योजना शुरू गरिएको हो । ५ वर्षभित्र गाउँ निर्माणको कार्य सम्पन्न गर्ने कम्पनीको योजना छ । पहिलो डेढ वर्षमा कम्पनीले १० ओटा घर निर्माण गर्ने लक्ष्य लिएको छ । यसैगरी, दोस्रो चरणको डेढ वर्षभित्र २० ओटा र अन्तिम चरणमा पनि उत्तिकै (२० ओटा) सङ्ख्यामा घर बनाइने उनले जानकारी दिए । घर निर्माण गर्दा इञ्जिनीयरिङको साथमा वास्तुशास्त्रलाई पनि उत्तिकै जोड दिइएको छ । गाउँभित्रै पानीको स्रोत पनि छ । साथै, ‘ट्रिटमेण्ट प्लाण्ट’ निर्माण गर्ने कम्पनीको योजना छ । ‘यसले गाउँमा बसोवास गर्ने मानिसलाई स्वच्छ पानी वितरण गर्नेछ, ’पुरीले भने ।
यसैगरी गाउँ भित्र नै अर्ग्यानिक खेती पनि गरिनेछ । गाउँभित्र बसोवास गर्ने मानिसलाई तरकारी खरीदका लागि अन्यत्र जानु नपर्ने उनले बताए । वैकल्पिक ऊर्जाका लागि सौर्य र वायु प्रणाली पनि प्रयोगमा ल्याइनेछ । गाउँभित्र बनाइने संरचना पनि पुरानै शैलीका हुनेछन् । परम्परा झल्किने नेपाली पहिचानका ढुङ्गेधारा, पाटी, चैत्य, मन्दिर, चौतारोको निर्माण गरिनेछ । ५ वर्षसम्म नमूना गाउँको व्यवस्थापन कम्पनीले नै गर्नेछ । ५ वर्षपछि गाउँमा बसोवास गर्ने समूहलाई नै व्यवस्थापन कार्यको जिम्मा दिइनेछ ।
घरको मूल्य
कम्पनीले घरअनुसारको मूल्य तोकेको छ । ढुङ्गेघरको मूल्य रू.१ करोड १० लाख रहेको छ । इँटेघरको मूल्य १ करोड तथा माटेघरको मूल्य ९० लाख रुपैयाँ तोकिएको प्रमुख कार्यकारी अधिकृत पुरीले जानकारी दिए । ‘पहिलो चरणमा घर निर्माण गर्न न्यनूतम पनि पाँच आना जमीन आवश्यक पर्छ, ’उनले भने । कम्पनीले एक आनाको मूल्य ५ लाख रुपैयाँ तोकेको छ । जमीन खरीद गर्ने व्यक्तिको रुचिअनुसार कम्पनीले घर निर्माण गर्नेछ । ढुङ्गेघर निर्माणका लागि रू.६० लाख, इँटेघरका लागि ५५ लाख तथा माटेघरका लागि ५० लाख रुपैयाँ लाग्नेछ । घर निर्माण गर्न चाहने व्यक्तिले २५ प्रतिशत अग्रिम भुक्तानी दिनुपर्नेछ । बूकिङ भएको १८ महीनाभित्रै घर निर्माण सम्पन्न गरिसक्ने व्यवस्था मिलाइएको छ ।
पुरानो शैलीको घर निर्माण गर्दा शुरूमा विक्री नहोला कि भन्ने डर भए पनि अहिले भने यस्ता घरप्रति मानिसको आकर्षण बढेको पुरीको भनाइ छ । पहिलो चरणमा निर्माण गरिएका १० घरमध्ये सातओटा बूकिङ भइसकेका छन् । ‘बूकिङका बेला पनि मानिसको छनोट गरिनेछ, ’पुरी भन्छन्, ‘रहर र शौखका लागि मात्रै घर खरीद गर्ने व्यक्तिलाई निरुत्साहित गर्ने कम्पनीको योजना छ । ’वास्तवमै नेपाललाई माया गर्ने र नेपालीपन भएका मानिसलाई घर छनोटमा प्राथमिकता दिइने उनले प्रस्ट पारे ।

http://www.abhiyan.com.np/new/Articles/view/30123
Friday, August 9, 2013
एउटै छानामुनि घरजग्गासम्बन्धी सबै सेवा उपलब्ध छन्

भारत
र अष्ट्रेलियाबाट इञ्जिनीयरिङमा उच्चशिक्षा हासिल गरेका युवराज श्रेष्ठ
हाल रियल इस्टेट तथा इञ्जिनीयरिङसम्बन्धी काम गर्ने कम्पनी ‘द पोर्टल’का
कार्यकारी निर्देशक छन् । विदेशमा प्राप्त अवसरलाई छाडेर आफ्नो अध्ययन तथा
अनुभवलाई स्वदेशमै प्रयोग गर्ने उद्देश्यले श्रेष्ठ नेपाल फर्किएका हुन् ।
एक दशकदेखि घरजग्गा निर्माण व्यवसायमा आबद्ध श्रेष्ठसँग नेपालको घरजग्गा
व्यवसायको अवस्थाका विषयमा अभियान संवाददाता मुना कुँवरले गरेको कुराकानीको सार :
घरजग्गा कारोबारको अवस्था कस्तो छ ?
अहिले नेपालमा घरजग्गा व्यवसायको अवस्था राम्रै छ । हालै गरिएको एक सर्वेक्षणले काठमाडौंको जनसङ्ख्याअनुसार ४० हजार घर अपुग रहेको देखाएको छ । यसले नेपालमा घरजग्गा व्यवसायको अवस्था अझै राम्रो भएको सङ्केत गर्छ । तर, केही वर्षअघि भने धेरै मानिस अर्काको देखासिकी गर्दै यस व्यवसायमा लागे । थोरै समयमा धेरै नाफा कमाउने होडमा मानिसले गरिरहेको काम छाडेर पनि यस व्यवसायमा हाम फालेका थिए । त्यसले गर्दा यस व्यवसायलाई हेर्ने मानिसको दृष्टिकोण नकारात्मक भएको छ । यसैगरी, अहिले अपार्टमेण्ट तथा घर निर्माण गर्ने कम्पनी प्रशस्त खुलेका छन् । तर, अधिकांश कम्पनीसँग निर्माणसम्बन्धी राम्रो ज्ञान छैन । त्यसकारण यस्ता कम्पनीमा विभिन्न समस्या पनि देखापर्ने गरेका छन् । यद्यपि, बजारमा केही राम्रा कम्पनी पनि छन् । ती व्यावसायिक रूपमै अगाडि बढिरहेका छन् ।
शहरी क्षेत्रमा मानिसमा कस्तो खालका घर बनाउने ‘ट्रेण्ड’ छ ?
केही समयदेखि मानिस अपार्टमेण्ट तथा हाउजिङप्रति आकर्षित थिए । आधुनिक शैली तथा सुविधासम्पन्न हुने भएकाले पनि यसप्रति मानिसको चासो बढेको हो । तर, अहिले भने मानिसमा आफ्नै घरको चाहना बढिरहेको छ । उचित मूल्य र आधुनिक शैलीका घरप्रति मानिसको चासो बढ्न थालेको छ । त्यसैले, अहिले नेपालमा कम मूल्यमा आधुनिक शैलीमा निर्माण गरिएको चिटिक्क परेको घर बनाउने ट्रेण्ड छ ।
उपत्यकामा घर निर्माण गर्दा भूकम्पीय जोखीमलाई कत्तिको ध्यान दिइन्छ ?
केही वर्षअघि बनेका घर भूकम्पीय दृष्टिकोणले असुरक्षित छन् । काठमाडौंमा यस्ता घर थुप्रै छन् । तर, केही समययता भने भूकम्पका विषयमा मानिस सचेत हुन थालेका छन् । यससम्बन्धी चेतनाको विकास हुँदै गएको छ । साथै, घर निर्माणमा अत्याधुनिक वैज्ञानिक प्रविधिको प्रयोग हुन थालेको छ । त्यसैले, पहिलेको तुलनामा अहिले निर्माण भएका घर भूकम्पीय दृष्टिकोणमा बलिया र सुरक्षित छन् ।
घर बनाउन कस्तो जग्गा उपयुक्त हुन्छ ?
घर निर्माण गर्दा जग्गाको छनोट महत्वपूर्ण विषय हो । घर बनाउने जग्गा सामाजिक तथा प्राविधिक रूपमा उपयुक्त हुनुपर्छ । जग्गावरपरको समाजिक परिवेश सभ्य हुनुपर्छ । जग्गा फराकिलो हुनुपर्छ । जग्गामा बाटो, पानीको पाइप, ढलको पाइप पुगेको हुनुपर्छ । साथै, इञ्जिनीयरिङ र वास्तुका दृष्टिकोणले चार कुना भएको जग्गा घर बनाउन उत्तम मानिन्छ ।
सुरक्षित घर बनाउन केके विषयमा ध्यान दिनुपर्छ ?
घरसँग मानिसको जीवनका धेरै विषय जोडिएका हुन्छन् । त्यसैले, घर बनाउँदा धेरै विषयमा ध्यान पुर्याउनुपर्छ । उदाहरणका लागि जग्गाको छनोट, निर्माण सामग्री र निर्माण गर्ने कम्पनीको छनोटमा ध्यान दिनुपर्छ । यस्ता विषयको छनोट गर्दा गुणस्तरमा ध्यान दिनुपर्छ । केही रकम जोगाउने सुरमा कमजोर घर बनाउनुहुँदैन । गुणस्तरीय निर्माण सामग्री तथा आकर्षक डिजाइनको घर बनाउनुपर्छ । यसका लागि राम्रो निर्माण कम्पनी तथा सक्षम इञ्जिनीयरको आवश्यकता पर्छ ।
घर निर्माण गर्दा इञ्जिनीयरले औसत पारिश्रमिक कति लिने गरेका छन् ?
इञ्जिनीरयले लिने पारिश्रमिक कहिल्यै निश्चित हुँदैन । यसमा विभिन्न विषयले प्रभाव पारेको हुन्छ । उदाहरणका लागि घरको आकार, बनोट तथा इञ्जिनीयरको दक्षताले पनि पारिश्रमिक निर्धारण गर्छ । यद्यपि, नेपाली बजारमा सामान्य घर निर्माण गर्दा भर्खरै कोर्स पूरा गरी काम थालेका इञ्जिनीयरले ७५ हजार रुपैयाँसम्म पारिश्रमिक लिन्छन् । यसैगरी, पुराना तथा दक्ष इञ्जिनीयरले २ लाख रुपैयाँसम्म लिने गरेका छन् ।
तपाईंको कम्पनीले केकस्तो सेवा उपलब्ध गराउँछ ?
मानिसलाई एउटै छानामुनि सबै प्रकारका सुविधा दिने उद्देश्यले हाम्रो कम्पनीको स्थापना भएको हो । यो कम्पनी नयापुस्ताको परिकल्पना हो, जुन ललितपुरको झम्सिखेलमा अवस्थित छ । हामीले अष्ट्रेलियन एनआरएन (गैरआवासीय नेपाली) एशोसिएशनसँग पनि मिलेर काम गरिरहेका छौं । अष्ट्रेलियामा रहेका नेपालीलाई नेपालमै लगानी गर्न प्रेरित गरिरहेका छौं । हामीले एउटै छानामुनि घरजग्गासम्बन्धी सबै सेवा प्रदान गरिरहेका छौं । आर्किटेक्ट र इञ्जिनीयरिङ, भवन निर्माण, घरजग्गा खरीदविक्री, जानकारी तथा सुझावलगायत मार्केटिङ सेवा पनि हामीले यही कम्पनीद्वारा प्रदान गर्दै आएका छौं । साथै, हामीले दक्ष कर्मचारीद्वारा गुणस्तरीय सेवा प्रदान गर्दै आएका छौं । अहिले हामी सानेपा र इमाडोलका परियोजनाहरूमा व्यस्त छौं । अन्य परियोजना पनि शुरू हुने क्रममा छन् । यसैगरी, काठमाडौंको सुविधासम्पन्न स्थानमा हामीले नयाँ योजना शुरू गर्न लागेका छौं, जहाँ १५ ओटा घर निर्माण गरिनेछ । यो योजना हामीले दशैंअघि नै सार्वजनिक गर्नेछौं ।

http://www.abhiyan.com.np/new/Articles/view/29822
Wednesday, August 7, 2013
दक्ष व्यक्तिले मासिक न्यूनतम रू. ४० हजार कमाउँछन्
मुना कुँवर
टङ्कप्रसाद भट्टराई
उपाध्यक्ष, मानव संसाधन विभाग, सुबिसु केबल नेट प्रालि
नेपालमा अहिले सूचनाप्रविधिको क्षेत्रमा दक्ष कर्मचारीको उपलब्धता कस्तो छ ?
पहिलेको तुलनामा अहिले इन्फर्मेशन टेक्नोलोजी (आईटी)को क्षेत्रमा कर्मचारीको उपलब्धता सहज छ । नेपालमा अहिले थुप्रै आईटी कलेज सञ्चालनमा छन् । त्यस्ता कलेजबाट दक्ष जनशक्ति उत्पादन पनि भइरहेका छन् । त्यस्तै विभिन्न सूचनाप्रविधिसँग सम्बन्धित कम्पनीले पनि जनशक्ति उत्पादन गर्दै आएका छन् । यस्तै विविध कारणले पनि सूचनाप्रविधि क्षेत्रमा दक्ष जनशक्तिको उपलब्धता सहज बन्दै गएको हो ।
कम्पनीको विकासका लागि मानव संसाधन विभागले कस्तो भूमिका खेलेको हुन्छ ?
कुनै पनि कम्पनीको दिगो विकासका लागि मानव संसाधन विभागको भूमिका महत्वपूर्ण हुन्छ । कम्पनीको मुख्य अङ्ग भनेको कर्मचारी हो । विभागले कर्मचारीको नियुक्ति, विकास तथा कर्मचारीबाट उच्च प्रतिफल लिन विभिन्न गतिविधि सञ्चालन गर्छ । उपयुक्त समयमा सही कर्मचारीको छनोट गने, कर्मचारीलाई आवश्यकताअनुसार तालीम प्रदान गर्ने, कर्मचारीबाट धेरै काम लिन उनीहरूलाई उत्प्रेरित गर्नेजस्ता काम विभागले नै गर्छ ।

Friday, August 2, 2013
वास्तुशास्त्रअनुसार घर बनाउँदा राम्रो हुन्छ

पोखरामा घर निर्माण व्यवसायको अवस्था कस्तो छ ?
पोखरामा गतवर्षको तुलनामा यस वर्ष घर निर्माण हुने क्रम घटेको छ । पोखरा उपमहानगरपालिकाले घर निर्माणसम्बन्धी नयाँ नीति २०७० वैशाख १ गतेदेखि लागू गरेको छ । नयाँ नीतिमा घर बनाउँदा कन्सल्ट्याण्ट राख्नुपर्ने, जमीनमुनि ढलान गर्नुपर्ने, डबल टाइबिम राख्नुपर्ने लगायतका छन् । यसले गर्दा पनि यस वर्ष ३० देखि ४० प्रतिशतले घर निर्माण कम भएको हो । नयाँ नियमअनुसार घर बनाउँदा निर्माण लागत करीब ४० प्रतिशत बढ्छ । तर पनि नेपालमा घर निर्माण गर्ने तथा इण्टेरियर गर्ने क्रम बढ्दो छ । विदेश गएर आउनेहरूले त्यही सिको गर्न थालेका छन् । घर होस् वा कार्यालय हेर्दा राम्रो तथा सुन्दर देखिनुपर्छ भन्ने सबैको मान्यता छ । त्यसैले पनि घर निर्माण गर्ने व्यवसाय फस्टाएको हो । रू.१ करोडसम्मको घरजग्गा कारोबारमा स्रोत देखाउन नपर्ने नियमले यो क्षेत्रलाई सकारात्मक बनाएको छ । समग्रमा यो क्षेत्रको भविष्य आशालाग्दो छ ।
मानिसले घर बनाउँदा ध्यान दिनुपर्ने मुख्य विषय के हो ?
मानिसले घर बनाउँदा ध्यान दिनुपर्ने मुख्य विषय भनेको निर्माण सामग्रीको गुणस्तर हो । अधिकांश मानिसले घर बनाउँदा ठेकेदारलाई जिम्मेवारी दिने गर्छन् । यसरी सबै जिम्मेवारी ठेकेदारलाई दिँदा घर बनाएको केही वर्षमा विभिन्न समस्या देखा पर्छन् । उदाहरणका रूपमा घरको भित्तामा चिरा पर्ने, पानी चुहिने, ढुसी पलाउने, ढोका र झ्यालमा समस्या हुने आदि हुन्छ । तसर्थ, घर बनाउने व्यक्ति आफूले निर्माण सामग्रीको गुणस्तरमा विशेष ध्यान दिनुपर्छ । यसका लागि विश्वसनीय निर्माण कम्पनीको सहायता लिन सकिन्छ । त्यसैगरी घर बनाउनुअघि बजेटलाई ध्यान दिनुपर्छ । जति बजेट छ, सोहीअनुसारको मात्रै घर निर्माणको थालनी गर्नुपर्छ । घरको डकोरेशनमा घर निर्माणभन्दा बढी खर्च हुन्छ । त्यसैले, घर बनाउन मानिसहरू ऋण लिन बाध्य हुन्छन् । तसर्थ, पछिसम्मको खर्चलाई अनुमान गरी बजेटअनुसारको घर निर्माण थालनी गर्नुपर्छ ।
घर बनाउँदा जग्गाको छनोट कसरी गर्ने ?
घर निर्माण गर्दा जग्गाको छनोटलाई विशेष ध्यान दिनुपर्छ । घर निर्माण गर्न लागेको जग्गा खुला हुनुपर्छ । जग्गामा सडक, पानीको सुविधा तथा वरपरको सामाजिक परिवेश पनि राम्रो हुनुपर्छ । पोखराको हकमा हेर्ने हो भने पूर्व र उत्तर कोण भएको जग्गालाई सबैभन्दा उपयुक्त मानिन्छ । किनभने, पूर्व र उत्तर कोण परेको जग्गा भएको खण्डमा हिमालको दृश्यलाई घरबाट नै नियाल्न सकिन्छ । यसैगरी घर बनाउँदा इञ्जिनीयरिङ तथा वास्तुलाई पनि ध्यान दिनुपर्छ । यसो भएमा घर प्राविधिक तथा धार्मिक रूपमा पूर्ण हुन्छ । घर बलियो, सुन्दर हुनुका साथै घरमा सकारात्मक वातावरण सृजना हुन्छ ।
घर निर्माणमा वास्तुशास्त्रको कत्तिको महत्व हुन्छ ?
घर निर्माण गर्दा जति इञ्जिनीयरको आवश्यकता पर्छ त्यति नै वास्तुशास्त्रीय ज्ञान हुनु जरुरी छ । इञ्जिनीयरले घरको संचरनालाई बलियो बनाउने काम गर्छन् भने वास्तुशास्त्रले घरको कोण निर्धारण गर्छ । घरको कोण मिलेको खण्डमा मात्र घरभित्र रहने व्यक्तिमा सुख, शान्ति र समृद्धि छाउँछ । वास्तुशास्त्रमा वैज्ञानिक अध्ययन गरेर कहाँ र कसरी घर निर्माण गर्ने भन्न पत्ता लगाइएको हुन्छ । त्यसैले, वास्तुशास्त्रअनुसार घर बनाउनु राम्रो हुन्छ ।
घर निर्माण व्यवसायीका प्रमुख समस्या केके हुन् ?
यो व्यवसायको मुख्य समस्या भनेको दक्ष कामदारको अभाव हो । युवाहरू रोजगारीका लागि विदेशिन थालेपछि निर्माण क्षेत्रमा जनशक्तिको अभाव हुन थालेको हो । राम्रो पारिश्रमिक पाउँदा पनि युवाहरूले यस्ता कामलाई बेवास्ता गरिरहेका छन् । सबैको प्राथमिकता कार्यालयमा काम गर्ने मात्र हुन्छ । जनशक्तिको अभावका कारण मैले चाहेर पनि आफ्नो व्यवसायलाई विस्तार गर्न सकेको छैन । यो मेरो मात्र होइन, अन्य निर्माण व्यवसायीको पनि समस्या हो । त्यस्तै, अस्थिर सरकारले देशको आर्थिक अवस्था अस्तव्यस्त बनाएको छ । घर निर्माणको कामका लागि वर्षौं समय लाग्छ । त्यसैले, सम्झौता गरेको समयको तुलनामा काम सकिँदा निर्माण सामग्रीको मूल्य धेरै बढेको हुन्छ । त्यतिबेला भने हामी घाटामा पर्छौं, जुन हाम्रा लागि ठूलो चुनौती हो ।
पोखरामा रहेका अन्य निर्माण कम्पनी र तपार्इंको कम्पनीबीच के फरक छ ?
पोखरामा रहेका धेरै निर्माण व्यवसायीले आआफ्नै तरीकाबाट काम गरिरहेका छन् । पोखरामा पहिलोपटक सबै सुविधा एउटै छानामुनि दिने प्रयास हामीले गरेका हौं । घरलाई पूर्ण रूपमा मजबुत तथा सुन्दर बनाउन इञ्जिनीयर, वास्तुशास्त्र, इण्टेरियर तथा निर्माण प्रविधिको आवश्यकता पर्छ । हामीले यी सबै सुविधा एउटै कम्पनीबाट दिने गरेका छौं, जुन पोखराका लागि भने पहिलोपटक हो ।
http://www.abhiyan.com.np/new/Articles/view/29450पोखरामा गतवर्षको तुलनामा यस वर्ष घर निर्माण हुने क्रम घटेको छ । पोखरा उपमहानगरपालिकाले घर निर्माणसम्बन्धी नयाँ नीति २०७० वैशाख १ गतेदेखि लागू गरेको छ । नयाँ नीतिमा घर बनाउँदा कन्सल्ट्याण्ट राख्नुपर्ने, जमीनमुनि ढलान गर्नुपर्ने, डबल टाइबिम राख्नुपर्ने लगायतका छन् । यसले गर्दा पनि यस वर्ष ३० देखि ४० प्रतिशतले घर निर्माण कम भएको हो । नयाँ नियमअनुसार घर बनाउँदा निर्माण लागत करीब ४० प्रतिशत बढ्छ । तर पनि नेपालमा घर निर्माण गर्ने तथा इण्टेरियर गर्ने क्रम बढ्दो छ । विदेश गएर आउनेहरूले त्यही सिको गर्न थालेका छन् । घर होस् वा कार्यालय हेर्दा राम्रो तथा सुन्दर देखिनुपर्छ भन्ने सबैको मान्यता छ । त्यसैले पनि घर निर्माण गर्ने व्यवसाय फस्टाएको हो । रू.१ करोडसम्मको घरजग्गा कारोबारमा स्रोत देखाउन नपर्ने नियमले यो क्षेत्रलाई सकारात्मक बनाएको छ । समग्रमा यो क्षेत्रको भविष्य आशालाग्दो छ ।
मानिसले घर बनाउँदा ध्यान दिनुपर्ने मुख्य विषय के हो ?
मानिसले घर बनाउँदा ध्यान दिनुपर्ने मुख्य विषय भनेको निर्माण सामग्रीको गुणस्तर हो । अधिकांश मानिसले घर बनाउँदा ठेकेदारलाई जिम्मेवारी दिने गर्छन् । यसरी सबै जिम्मेवारी ठेकेदारलाई दिँदा घर बनाएको केही वर्षमा विभिन्न समस्या देखा पर्छन् । उदाहरणका रूपमा घरको भित्तामा चिरा पर्ने, पानी चुहिने, ढुसी पलाउने, ढोका र झ्यालमा समस्या हुने आदि हुन्छ । तसर्थ, घर बनाउने व्यक्ति आफूले निर्माण सामग्रीको गुणस्तरमा विशेष ध्यान दिनुपर्छ । यसका लागि विश्वसनीय निर्माण कम्पनीको सहायता लिन सकिन्छ । त्यसैगरी घर बनाउनुअघि बजेटलाई ध्यान दिनुपर्छ । जति बजेट छ, सोहीअनुसारको मात्रै घर निर्माणको थालनी गर्नुपर्छ । घरको डकोरेशनमा घर निर्माणभन्दा बढी खर्च हुन्छ । त्यसैले, घर बनाउन मानिसहरू ऋण लिन बाध्य हुन्छन् । तसर्थ, पछिसम्मको खर्चलाई अनुमान गरी बजेटअनुसारको घर निर्माण थालनी गर्नुपर्छ ।
घर बनाउँदा जग्गाको छनोट कसरी गर्ने ?
घर निर्माण गर्दा जग्गाको छनोटलाई विशेष ध्यान दिनुपर्छ । घर निर्माण गर्न लागेको जग्गा खुला हुनुपर्छ । जग्गामा सडक, पानीको सुविधा तथा वरपरको सामाजिक परिवेश पनि राम्रो हुनुपर्छ । पोखराको हकमा हेर्ने हो भने पूर्व र उत्तर कोण भएको जग्गालाई सबैभन्दा उपयुक्त मानिन्छ । किनभने, पूर्व र उत्तर कोण परेको जग्गा भएको खण्डमा हिमालको दृश्यलाई घरबाट नै नियाल्न सकिन्छ । यसैगरी घर बनाउँदा इञ्जिनीयरिङ तथा वास्तुलाई पनि ध्यान दिनुपर्छ । यसो भएमा घर प्राविधिक तथा धार्मिक रूपमा पूर्ण हुन्छ । घर बलियो, सुन्दर हुनुका साथै घरमा सकारात्मक वातावरण सृजना हुन्छ ।
घर निर्माणमा वास्तुशास्त्रको कत्तिको महत्व हुन्छ ?
घर निर्माण गर्दा जति इञ्जिनीयरको आवश्यकता पर्छ त्यति नै वास्तुशास्त्रीय ज्ञान हुनु जरुरी छ । इञ्जिनीयरले घरको संचरनालाई बलियो बनाउने काम गर्छन् भने वास्तुशास्त्रले घरको कोण निर्धारण गर्छ । घरको कोण मिलेको खण्डमा मात्र घरभित्र रहने व्यक्तिमा सुख, शान्ति र समृद्धि छाउँछ । वास्तुशास्त्रमा वैज्ञानिक अध्ययन गरेर कहाँ र कसरी घर निर्माण गर्ने भन्न पत्ता लगाइएको हुन्छ । त्यसैले, वास्तुशास्त्रअनुसार घर बनाउनु राम्रो हुन्छ ।
घर निर्माण व्यवसायीका प्रमुख समस्या केके हुन् ?
यो व्यवसायको मुख्य समस्या भनेको दक्ष कामदारको अभाव हो । युवाहरू रोजगारीका लागि विदेशिन थालेपछि निर्माण क्षेत्रमा जनशक्तिको अभाव हुन थालेको हो । राम्रो पारिश्रमिक पाउँदा पनि युवाहरूले यस्ता कामलाई बेवास्ता गरिरहेका छन् । सबैको प्राथमिकता कार्यालयमा काम गर्ने मात्र हुन्छ । जनशक्तिको अभावका कारण मैले चाहेर पनि आफ्नो व्यवसायलाई विस्तार गर्न सकेको छैन । यो मेरो मात्र होइन, अन्य निर्माण व्यवसायीको पनि समस्या हो । त्यस्तै, अस्थिर सरकारले देशको आर्थिक अवस्था अस्तव्यस्त बनाएको छ । घर निर्माणको कामका लागि वर्षौं समय लाग्छ । त्यसैले, सम्झौता गरेको समयको तुलनामा काम सकिँदा निर्माण सामग्रीको मूल्य धेरै बढेको हुन्छ । त्यतिबेला भने हामी घाटामा पर्छौं, जुन हाम्रा लागि ठूलो चुनौती हो ।
पोखरामा रहेका अन्य निर्माण कम्पनी र तपार्इंको कम्पनीबीच के फरक छ ?
पोखरामा रहेका धेरै निर्माण व्यवसायीले आआफ्नै तरीकाबाट काम गरिरहेका छन् । पोखरामा पहिलोपटक सबै सुविधा एउटै छानामुनि दिने प्रयास हामीले गरेका हौं । घरलाई पूर्ण रूपमा मजबुत तथा सुन्दर बनाउन इञ्जिनीयर, वास्तुशास्त्र, इण्टेरियर तथा निर्माण प्रविधिको आवश्यकता पर्छ । हामीले यी सबै सुविधा एउटै कम्पनीबाट दिने गरेका छौं, जुन पोखराका लागि भने पहिलोपटक हो ।
Thursday, August 1, 2013
विदेश जानेलाई सचेत र सक्षम बनाउँदै ‘पौरखी नेपाल’

नेपालबाट वैदेशिक रोजगारीका लागि दैनिक १ हजार ५ सयभन्दा बढी मानिस विभिन्न मुलुकमा जाने गरेको वैदेशिक रोजगार विभागको तथ्याङ्क छ । नेपालबाट रोजगारीका लागि विदेश पलायन हुने क्रम दिनप्रति दिन बढ्दो छ । वैदेशिक रोजगारीबाट भित्रिने विप्रेषणले नै अहिलेको अर्थतन्त्रलाई धानिरहेको छ । तर, धेरै नेपालीहरू वैदेशिक रोजगारीसम्बन्धी आवश्यक जानकारीको अभावमा अल्मलिने तथा ठगिने गरेको पौरखी नेपालकी प्रवक्ता सत्रकुमारी गुरुङ बताउँछिन् । अझ पछिल्लो समयमा विदेशिने नेपाली महिलाको सङ्ख्या पनि बढ्दो छ । यो क्रमसँगै उनीहरू विभिन्न किसिमको शोषण र दुव्र्यहारको शिकार हुने डर पनि उत्तिकै बढेको छ ।
वैदेशिक रोजगारीमा जाने महिलाहरू आफूले गर्ने कामको प्रकृति, तह, शीप र सूचनाको अभावका कारण स्वदेशमै ठगिने गरेको उनको भनाइ छ । म्यानपावर कम्पनीले गरेको शर्तअनुसार विदेशमा काम, तलब, सुविधा नपाएको दाबी गर्ने नेपाली धेरै छन् । त्यसैले, कामदारहरूले आफू जाने देशको श्रमसम्बन्धी ऐन, मापदण्ड, कामदारको हकअधिकार तथा सेवासुविधासम्बन्धी जानकारी राख्नुपर्छ ।
Wednesday, July 31, 2013
अन्य क्षेत्रको तुलनामा होटलमा राम्रो पारिश्रमिक पाइन्छ

होटल क्षेत्रमा रोजगारीको आकर्षण बढ्नुको कारण के हो ?
नेपालको सन्दर्भमा अत्यधिक रोजगारीको सम्भावना रहेको क्षेत्र पर्यटन हो । होटल व्यवसाय पर्यटनसँगै जोडिएर आएको हुन्छ । मानिसहरू यस क्षेत्रप्रति आकर्षित हुनुका विभिन्न कारण छन् । पहिलो कारण त सुविधासम्पन्न होटलहरू पायक पर्ने स्थानमै सञ्चालन गरिन्छ । पायक पर्ने स्थानमा काम गर्दा अन्य कार्यहरू गर्न पनि सजिलो हुने हुँदा होटलप्रति मानिसहरू आकर्षित हुन्छन् । यहाँ काम गर्ने कर्मचारीको व्यक्तित्व पनि आकर्षक देखिन्छ । त्यही आकर्षक व्यक्तित्वकै कारण पनि धेरै युवाको रोजाइ होटल क्षेत्र हुने गर्छ । होटल क्षेत्रमा सबै खालका जनशक्तिको आवश्यकता पर्छ । सामान्य शिक्षा हासिल गरेका व्यक्तिदेखि उच्चशिक्षा हासिल गरेका व्यक्तिले होटलमा रोजगारी पाएका हुन्छन् । सबैका लागि रोजगारीको उपयुक्त क्षेत्र भएकाले होटलमा मानिसको आकर्षण बढेको हो ।
सामान्यतया होटलहरूमा कर्मचारी छनोट गर्ने मापदण्ड कस्ता हुन्छन् ?
कर्मचारी छनोटको मापदण्ड कम्पनीको नीतिअनुसार हुन्छ । हामीले भने कर्मचारीको पदअनुसार शैक्षिक योग्यता तथा अनुभव दुवैलाई प्राथमिकता दिन्छौं । विशेषगरी माथिल्लो तहका कर्मचारीका लागि हामीले अनुभवलाई बढी प्राथमिकता दिने गरेका छौं । तर, तल्लो पदको कर्मचारीको हकमा भने अनुभवलाई कम प्राथमिकता दिएका छौं । किचेनमा काम गर्ने कर्मचारीको हकमा तालीम लिएका व्यक्तिलाई अवसर दिने गरेका छौं । साथै, काम गर्ने मानिस शारीरिक तथा मानसिक रूपमा सन्तुलित हुनैपर्छ ।
कर्मचारीको क्षमता अभिवृद्धिका लागि कम्पनीले केकस्ता कार्य गर्दै आएको छ ?
हामीले प्रत्येक ३ वर्षमा कर्मचारीहरूको समीक्षा गर्ने गरेका छौं । कम्पनीको आवश्यकताअनुसार कर्मचारी थप्ने तथा बढुवा पनि गर्छौं । कर्मचारीको नियुक्तिसँगै सबैलाई ‘ओरियण्टेशन’ र कम्पनीको नीति तथा नियमबारे जानकारी दिन्छौं । त्यसपछि कर्मचारीलाई विभाग प्रमुखको जिम्मा लगाउँछौं । हामीले कर्मचारीलाई २ सय ४० दिन परीक्षणका रूपमा राख्छौं । सोही आधारमा कर्मचारीलाई तलब तथा स्तरवृद्धि पनि गर्छौं । त्यसैगरी, प्रत्येक वर्षमा एकपटक कर्मचारीलाई उत्प्रेरणाका लागि तलब वा पदवृद्धि गर्छौं । समयसमयमा आवश्यकताअनुसार कर्मचारीलाई तालीम पनि दिन्छौं ।
कर्मचारीलाई उत्प्रेरित गर्न कस्ता कार्य गर्दै आउनुभएको छ ?
कम्पनी राम्रोसँग सञ्चालनका लागि कर्मचारीको उत्प्रेरक तत्व थाहा पाउन जरूरी छ । काम गरिरहँदा कर्मचारीमा नैराश्य उत्पन्न हुनु स्वाभाविकै हो । तसर्थ, उनीहरूलाई ‘मोटिभेशन’ गर्न कम्पनीले विभिन्न समयमा तालीम प्रदान गर्ने, तलब वृद्धि एवम् स्तरवृद्धि गर्नु अत्यावश्यक छ । यसो हुँदा कर्मचारी कामप्रति प्रेरित भइरहन्छन् । हामीले आवश्यकताअनुसार समयसमयमा आन्तरिक तालीम पनि प्रदान गर्छौं । केही कर्मचारीलाई हामीले विदेशमा तालीमका लागि पनि पठाउँछौं ।

होटल क्षेत्रमा कर्मचारीको पारिश्रमिकको अवस्था कस्तो छ ?
साङ्ग्रिलामा काम गर्ने तीनओटा सिफ्ट छन् । कर्मचारीले आफ्नो ड्युटीअनुसार होटलमै बिहान वा बेलुकाको खाना–खाजाको सुविधा पाउँछन् । होटलमा काम गर्ने कर्मचारीले मासिक तलबका अतिरिक्त सेवाशुल्क पाउँछन् । त्यसैले पनि होटल क्षेत्रमा पाइने पारिश्रमिक अन्य क्षेत्रको तुलनामा राम्रो हुन्छ । मासिक पारिश्रमिक भने न्यूनतम १० हजार रुपैयाँसम्म हुन्छ ।
होटल क्षेत्रमा कर्मचारीको उपलब्धता कस्तो छ ?
होटल क्षेत्रमा काम गर्ने कर्मचारी पाउन अहिले कठिन छैन । अहिले नेपालमा होटल व्यवस्थापनसम्बन्धी अध्यापन गराइने ३० ओटा कलेज छन् । यिनीहरूले वर्षैपिच्छे राम्रा विद्यार्थी उत्पादन गरिरहेका छन् । साथै, कूकिङ, हाउस क्लिनिङसम्बन्धी तालीम सेण्टर पनि सञ्चालनमा छन् । त्यसैले, अहिले यस क्षेत्रका लागि दक्ष कर्मचारीको उपलब्धता प्रशस्त छ । तर, होटल व्यवस्थापनसम्बन्धी काम गरेर आउने विद्यार्थी भने स्वदेशभन्दा पनि विदेशमा काम गर्न रुचाउँछन् । उनीहरू विदेश पलायन हुने क्रम बढी छ । यसको मुख्य कारण उच्चशिक्षा हासिल गरेर आएका विद्यार्थीहरू होटलमा तल्लो तहमा काम गर्न नचाहनु हो । तर, होटलले भने माथिल्लो तहका लागि अध्ययनका साथै अनुभवलाई पनि प्राथमिकता दिइन्छन् । यसले गर्दा विद्यार्थीहरू तल्लो तहमा काम गर्नभन्दा विदेशमा गएर जुनै काम गर्न पनि रूचाउँछन्, जुन नराम्रो बानी हो ।

http://www.abhiyan.com.np/new/Articles/view/29324
Friday, July 26, 2013
बालबालिकामैत्री घर
२०७०-०४-११
मा प्रकाशित
५३६
पटक पढिएको

मुना कुँवर
मुना कुँवर
बच्चा नयाँ वस्तु देख्नेबित्तिकै त्यसप्रति आकर्षित
भइहाल्छन् । नयाँ सामग्री छुने उनीहरूको चाहना हुन्छ । तर, सही–गलत
छुट्ट्याउने ज्ञान उनीहरूमा हुँदैन । परिवारको सानो हेलचक्र्याइँले पनि
ठूलो दुर्घटना निम्तिन सक्छ । तसर्थ, सानो बच्चा भएको घरमा सुरक्षाका लागि
आन्तरिक तथा बाह्य संरचनालाई परिवर्तन गर्नु राम्रो हुन्छ ।
पाँचवर्षे
एक सन्तानकी आमा काठमाडौं सुकेधाराकी पुष्पा अधिकारी व्यवसायी पनि हुन् ।
अहिले उनी व्यवसाय मात्र होइन, हुर्कंदै गएको छोराको सुरक्षाको विषयमा पनि
उत्तिकै सजग बन्दै जान थालेकी छिन् । सोहीकारण छोरा ४ महीनाको हुनेबित्तिकै
उनले कोठाको झ्यालमा ग्रिल र जाली राखिन् । त्यस्तै, कोठा सजाउन राखिएका
का“चका फ्रेम, ऐना, फुलदानी, कस्मेटिक्सजस्ता सामग्री हटाइन् । त्यति मात्र
होइन, कोठामा भएको चिप्लो कार्पेटलाई पनि प्रतिस्थापन गरिन् । चिप्लो
कार्पेटमा बच्चा लड्ने सम्भावना धेरै हुने भएकाले जुटको कार्पेट प्रयोग
गरेको उनको भनाइ छ । ‘छोरा बढ्दै गएपछि मैले सिँढीमा बेबी गेट लगाएँ, ’उनी
भन्छिन्, ‘बाबु बुझ्ने नभएसम्म मैले मूलढोकालाई कहिल्यै खुला राखिनँ, सधै
बन्द हुन्थ्यो ।’
Monday, July 22, 2013
बीउ सफा गर्ने आधुनिक प्रविधि
तरकारी खेती नेपाली कृषकहरूको आम्दानीको मुख्य स्रोत हो । मौसमी तथा
बेमौसमी दुवै किसिमका तरकारी उत्पादन गर्न कृषकहरू बीउको प्रयोग गर्छन् ।
अझै अहिले त केहीका लागि बीउ विक्री गर्ने काम नै व्यवसाय बनेको छ । तर,
बीउको सही प्रयोग गर्न सकिएन भने यसको प्रतिफल राम्रो नहुन सक्छ । बीउबाट
गुणस्तरीय तरकारी उत्पादन गर्न यसलाई सफा गर्ने काम गरिन्छ । तर, अहिले
कृषकहरूले यसका लागि जुन पद्धति अपनाएका छन्, त्यो निकै झन्झटिलो छ ।
प्रायः किसानहरूले बीउ सफा गर्दा यसलाई नाङ्लो (सुपो)मा राखी केलाउने
गर्छन् । यसो गर्दा १ केजी मूलाको बीउ केलाउन करीब दुई घण्टा लाग्छ । यसरी
केलाएको बीउमा १० प्रतिशतसम्म खेर जाने एस एन भी २०११ को अध्ययनले देखाएको छ
। बीउ सफा गर्ने काममा नेपालमा महिलाको सहभागिता नै बढी हुन्छ । बसेर
निहुरिँदै लामो समयसम्म बीउ सफा गर्दा उनीहरूको स्वास्थ्यमा पनि असर पुग्न
सक्छ ।
Friday, July 19, 2013
नेपालमा पहिलोपटक ‘स्टोन कोटेड टायल रुफिङ’ ल्याएका छौं

नेपालमा फर्निचर व्यवसाय फस्टाउँदै गएको हो ?
हो,
नेपालमा फर्निचर व्यवसाय फस्टाउँदै गएको छ । मानिसको आवश्यक उपभोग्य
सामग्रीभित्र फर्निचर पनि पर्छ । सामान्य स्तरको व्यक्तिदेखि उच्चस्तरको
मानिसले यसको प्रयोग गर्छन् । त्यसैले पनि यो व्यवसाय वृद्धि हुन गएको हो ।
अर्कोतिर, बसाइसराइको क्रम तीव्र हुँदै गएको छ । मानिस शहरकेन्द्रित हुँदै
जान थालेका छन् । यसले गर्दा पनि फर्निचर व्यवसाय अझ फस्टाउन सकेको हो ।
Wednesday, July 17, 2013
गैरसरकारी क्षेत्रमा दक्ष कर्मचारीको अभाव छ
आत्मनिर्भर बनाउँदै जागरुक महिला समूह
संस्थाले
अहिलेसम्म ५ सय महिलालाई विभिन्न खालका तालीम प्रदान गरिसकेको छ । तालीम
लिएपछि कोही समूहसँग नै आबद्ध भई उद्यमशील हुन्छन् । कोही आफ्नै व्यवसाय
शुरू गर्छन् ।
सामान्य लेखपढ गर्न सक्ने
विमला आले अहिले घरमै बसेर महीनाको ९ हजार रुपैयाँसम्म आम्दानी गर्छिन् ।
दैनिक घरव्यवहार सकेर फुर्सदको समयमा गरिने कामबाट उनले यत्तिको आम्दानी
गरेकी हुन् । फुर्सदको समयमा उनी पोते उन्ने काम गर्छिन् । पोते उनेरै उनले
महीनामा उक्त आम्दानी गरेकी हुन् । यसरी आम्दानी गरेको रकम उनले घरखर्च
तथा छोराछोरीको पढाइमा खर्च गर्छिन् । आफूले आम्दानी गर्न थालेपछि आर्थिक
समस्या समाधानमा केही राहत पुगेको विमलाको भनाइ छ ।
पहिले त जे गर्न
परे पनि श्रीमान्कै मुख ताक्नुपथ्र्यो, ’उनी भन्छिन्, ‘तर, अहिले सानो खर्च
त म आफै टार्छु । ’श्रीमान् र आफ्नो आम्दानीले घर चलाउन सजिलो भएको उनी
बताउँछिन् । विमलाले जस्तै खोटाङकी सुनीता गुरुङले पनि पोते उनेरै जीवन सहज
बनाइरहेकी छन् । यसरी कमाएको पैसा छोराछोरीका लागि खर्च गर्ने गरेको उनले
बताइन् ।
Thursday, July 11, 2013
विकास र गैसस
वातावरणमैत्री सिकाइ प्रवर्द्धनमा डीएफसी
देशको शैक्षिक स्तरले विकासलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा प्रभावित पार्छ । यसैकारण, विकसित मुलुकले शिक्षाप्रणालीमा समयानुकूल परिवर्तन गरिरहेका हुन्छन् । तर, नेपालमा शिक्षण सिकाइ प्रणालीमा समयसापेक्ष परिवर्तन गरिएको पाइँदैन । हाम्रा अधिकांश विद्यालयमा शिक्षण सिकाइ गर्न कालोपाटी, सेतोपाटी, चक, मार्कर प्रयोग गरिन्छ, जुन शिक्षण संस्थाका लागि आर्थिक रूपमा धेरै भार पर्नुका साथै वातावरण र मानव स्वास्थ्यमा नकारात्मक असर पर्ने धूलोरहित कक्षाकोठा (डीएफसी) नेपालका महासचिव केशव पाठक बताउँछन् ।
Wednesday, July 10, 2013
सहजकर्ता उत्पादन गर्दै काठमाडौं तालीम सेण्टर
तालीम लिएकामध्ये ९९ प्रतिशत रोजगारीमा
१०
वर्षको अवधिमा संस्थाले १० हजार व्यक्तिलाई तालीम प्रदान गरिसकेको छ।
तालीम लिनेमध्ये ५० प्रतिशतभन्दा बढी दलित रहेका छन् । त्यस्तै, ७५ प्रतिशत
महिलाको सहभागिता रहेको छ भने तालीम लिएकामध्ये ९९ प्रतिशतले रोजगारी
पाएका छन् ।
भर्खरै प्लस टूको परीक्षा दिएका
ललितपुरका मनोज दुलाल काठमाडौं टेनिङ सेण्टरमा सामाजिक परिचालन सहजकर्ताका
रूपमा कार्यरत छन् । ११ कक्षामा भर्ना भएसँगै उनले रोजगारीको पनि अवसर
पाएका थिए । हाल उनी सेण्टरमा आउने प्रशिक्षार्थीलाई प्राक्टिकल तालीम
सिकाउँछन् । विद्यालय जीवनदेखि नै दुलाललाई सामाजिक क्षेत्रमा काम गर्ने
रुचि थियो । अन्य व्यक्तिभन्दा केही फरक हुनुपर्छ भन्ने मानसिकता बोकेका
उनको यो इच्छा पूरा भएको छ । उनको यस्तो इच्छा पूरा गरिदिएको छ, काठमाडौं
टेनिङ सेण्टरले । संस्थाबारे दुलालले आफ्नै गाउँका साथीबाट थाहा पाएका थिए ।
त्यहाँबाट उनले १५ महीने ‘सामाजिक परिचालन सहजकर्ता’को तालीम लिए ।
Friday, July 5, 2013
प्रविधि निकै रुचाइएको छ
प्रबन्ध निर्देशक, प्रिफेब आरती एण्ड कम्पनी
निर्माण व्यवसायमा ‘प्रिफेब’
प्रविधि निकै रुचाइएको छ
प्रिफेब प्रविधिबाट कसरी घर निर्माण हुन्छ ?
१३ वर्षदेखि प्रिफेब घर, भवन, हल निर्माण गर्ने काम गरिरहेका छौं । नेपालमा पहिलोपटक यो प्रविधिलाई हामीले भित्र्याएका हौं । सामान्य घर बनाउन सिमेण्ट, बालुवा, गिटी आदीको प्रयोग गरिन्छ । विस्तारै घरको जग, भुइँ, खम्बा, भित्ता तथा छानो निर्माण गरिन्छ । तर, प्रिफेब घर बनाउँदा बालुवा, सिमेण्ट, गिटी आदिको आवश्यकता पर्दैन। घर बन्न आवश्यक भुइँ, भित्ता, खम्बा, छानोलगायत कुरा पहिले नै छुट्टाछुट्टै निर्माण गरिएको हुन्छ । यसरी निर्माण भएका ‘पार्ट’हरूलाई जोड्ने काम मात्रै यस प्रविधिमा गरिन्छ । हामीले मागअनुसारको आकारप्रकारमा घर, भवन, हल आदि निर्माण गर्ने गरेका छौं ।
निर्माण सामग्री कहाँबाट ल्याउनुहुन्छ ?
एभरेष्ट इण्डष्ट्रिज कम्पनी भारतमा उत्पादन भएका सामग्री हामीले प्रयोग गर्दै आएका छौं । भारत, चीन, मलेसिया तथा यूरोपबाट पनि निर्माण सामग्री आयात गर्छौं ।

Subscribe to:
Comments (Atom)