मुना कुँवर
कृत्रिम दुर्घटना बढ्न सक्छ : बिमा कम्पनी, सबै आर्थिक दायित्व बिमा कम्पनीले लिनुपर्छ : यातायात व्यवसायी
मोटर बिमा रकम बढाउने विषयमा बिमा कम्पनी र व्यवसायीबीच विवाद बढेको छ । बिमा रकम बढाउँदा दायित्व बढ्ने भएकाले बिमाशुल्क पनि बढाउनुपर्ने बिमा कम्पनीको तर्क छ । तर, बिमाशुल्क मात्रै बढी असुल्ने गरेको यातायात व्यवसायीले आरोप लगाएका छन् । यातायात समितिको खारेजी भएसँगै सरकारले मोटर बिमा रकम बढाउने निर्णय गरेको हो । सोही निर्णयअनुसार यातायात विभागले बिमा समितिलाई पत्राचार गरी मोटर बिमामा मृत्युबापतको रकम दोब्बर बढाएर १० लाख रुपैयाँ पु-याउन आग्रह गरेको छ । त्यस्तै, विभागले टाउको र मेरुदण्डमा लागेको चोटको उपचारका लागि थप १५ लाख रुपैयाँ रकम तोकेको छ । समितिले सोहीबमोजिम बिमा योजना बनाउने तयारी गरेको छ ।