काठमाडौंः नेपालका बिमा कम्पनीको पुँजी प्रत्येक वर्ष वृद्धि हुँदै गए पनि हवाई बिमामा कम्पनीहरूको खुद धारण गर्ने क्षमता भने वृद्धि हुन सकेको छैन । कम्पनीहरूले हवाई बिमामा शून्य दशमलव शून्य ३ प्रतिशत खुद धारणा गर्छन् भने ९ दशमलव ९७ प्रतिशत भने पुनर्बिमा गर्दै आएका छन् ।
पुनर्बिमा निर्देशिका, २०६५ मा बिमा कम्पनीहरूले आफूले धारण गर्न सक्नेभन्दा बढीको जोखिम भएमा पुनर्बिमा गर्नु पाउने व्यवस्था गरिएको छ । तर, बिमकले जारी गरेको प्रत्येक बिमालेखले रक्षावरण गरेको जोखिम बिमकले धारण नगरी शतप्रतिशत पुनर्बिमा भने गराउनु हुँदैन ।
बिमकले धारण गर्ने जोखिम धारण गरी बाँकी रहेको जोखिमको पुनर्बिमा गराउनु पर्ने प्रावधान छ । सुरुवाती अवस्थामा पुँजी पनि कम थियो । फलस्वरुप कम्पनीहरूको खुद धारण गर्ने क्षमता पनि कम थियो ।