Monday, November 30, 2020

काठमाडौं महानगरसहित १८४ स्थानीय तहले दिएनन् बेरोजगारको सूची

मुना कुँवर

२०७७ मङ्सिर १६

चालू आर्थिक वर्ष ०७७/७८ को ६ महिनासम्म पनि प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनका लागि १ सय ८४ स्थानीय तहले बेरोजगारको सूची पठाएका छैनन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यस वर्षदेखि रोजगार व्यवस्थापन सूचना प्रणाली (इएमआइएस) मार्फत बेरोजगारको तथ्यांक संकलन गर्ने व्यवस्था गरेको छ ।

प्रत्येक स्थानीय तहमा संकलन भएको बेरोजगारको तथ्यांक इएमआइएसमा प्रविष्ट गर्नुपर्नेछ । इएमआइएसमा प्रविष्ट गरेको बेरोजगारको तथ्यांकका आधारमा मन्त्रालयले बजेट विनियोजन गर्छ । तर, बारम्बारको ताकेता गर्दा पनि १ सय ८४ स्थानीय तहले बेरोजगारको तथ्यांक नै प्रविष्ट नराएको प्रधानमन्त्री रोजगार कार्यक्रमका निर्देशक सुमन घिमिरेले बताए ।