Wednesday, September 30, 2015

नेप्से आठ कम्पनीको सूचीकरण खारेज गर्दै

२०७२-०६-१३ मा प्रकाशित    

मुना कुँवर

असोज १२, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएर पनि वर्षौंदेखि निष्क्रिय विभिन्न आठ कम्पनीलाई सूचीबाट हटाइने भएको छ । ती कम्पनीहरूले लामो समयदेखि वार्षिक शुल्कसमेत नबुझाएपछि उनीहरूलाई सूचीबाट हटाउन लागिएकोे नेप्सेका महाप्रबन्धक सीताराम थपलियाले बताए । उनले भने, ‘नेप्सेका शर्तहरू पालना नगरेर यसअघि नै निलम्बनमा परेका कम्पनीको दर्ता खारेज गर्न लागेका छौं ।’

Thursday, September 24, 2015

नक्कली भूकम्पपीडितको बीमा दाबी बढ्दो

२०७२-०६-७ मा प्रकाशित    

मुना कुँवर

असोज ६, काठमाडौं । गत वैशाखको भूकम्पपछि निर्जीवन बीमा कम्पनीहरूमा नक्कली भूकम्पपीडितले दाबी गर्ने क्रम बढेको छ । कम्पनीहरूले भुक्तानी प्रक्रियालाई सहज बनाएपछि नक्कली कागज पेश गरी दाबी गर्नेको सङ्ख्या बढेको लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत विनोदकाजी श्रेष्ठले बताए । उनका अनुसार मुलुकले भोगेको पीडादायी अवस्थाको लाभ उठाउँदै केही व्यक्तिले झूटो विवरण पेश गरी फाइदा उठाउन खोजेका हुन् ।

Sunday, September 20, 2015

बीमा योजना : महिलाको आर्थिक विकासको आधार

२०७२-०६-३ मा प्रकाशित     ८१ पटक पढिएको    १ बिचार / प्रतिक्रिया

मुना कुँवर

 

Thursday, September 17, 2015

निर्जीवन बीमाको ७० प्रतिशत हिस्सा तेस्रो पक्ष बीमा

२०७२-०५-३१ मा प्रकाशित    

मुना कुँवर

काठमाडौं । नेपालमा सञ्चालित निर्जीवन बीमा कम्पनीहरूले जारी गरेका बीमालेखमध्ये करीब ७० प्रतिशत हिस्सा तेस्रो पक्ष मोटर बीमाको छ । सरकारले तेस्रो पक्ष बीमा अनिवार्य गरेपछि मोटर बीमालेख जारी हुने क्रम बढेको लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत विनोदकाजी श्रेष्ठले बताए । उनका अनुसार निर्जीवन बीमा कम्पनीहरूमा सबैभन्दा धेरै तेस्रो पक्ष बीमा योजनाको माग हुने गरेको छ ।

Sunday, September 13, 2015

बैङ्किङ व्यवस्थापनमा महिला नेतृत्वतर्फ लम्किँदै


०७२-०५-२७ मा प्रकाशित      

मुना कुँवर

काठमाडौं । केही समयअघि बैङ्कको फ्रण्ट डेस्कमा मात्रै देखिने महिलाहरू अहिले भने नेतृत्व तहमा पुगिसकेका छन् । आर्थिक रूपमा पिछडिएका महिलाहरू वित्तीय क्षेत्रमा सक्रिय देखिन थालेका छन् । इमानदार, मेहनती, धैर्यवान् तथा अनुशासित भएका कारण बैङ्किङ क्षेत्रमा महिलाहरू सफल हुँदै गएको बैङ्करहरू बताउँछन् ।  
वित्तीय क्षेत्रका लागि महिला पनि सक्षम छन् भन्ने उदाहरण हुन् काठमाडौंकी वर्षा श्रेष्ठ । उनी सफल बैङ्करहरूमध्ये एक हुन् । श्रेष्ठ अहिले क्लिन इजर्नी डेभलपमेण्ट बैङ्कको नायव प्रमुख कार्यकारी अधिकृतको पदमा कार्यरत छिन् । उनी आफ्नै मेहनत, परिश्रम तथा कामप्रतिको समर्पणले यो तहसम्म आइपुगेकी हुन् । यद्यपि, श्रेष्ठको लक्ष्य डक्टर बन्ने थियो । उनले हेल्थ असिसटेण्टको अध्ययन पनि पूरा गरी प्रसृतिगृहमा काम गर्दै थिइन् । त्यही बेला अन्तरराष्ट्रिय साझेदारीमा नबिल बैङ्क भर्खरै खुलेको थियो । साथीहरूको लहैलहैमा उनले पनि आवेदन दिइन् । अन्तरराष्ट्रिय सेवा र सुविधासहितको अवधारणाबाट सञ्चालन हुन लागेको बैङ्कले उनलाई आकर्षित गरेको थियो । २०४१ सालबाट सोही बैङ्कबाट उनले यो पेशाको शुरुआत गरेकी हुन् । क्यासियरबाट आफ्नो पेशा शुरू गरेकी श्रेष्ठले २०६९ सालमा क्लिन इनर्जी डेभलपमेण्ट बैङ्कमा जनरल म्यानेजरको जिम्मेवारी सम्हाल्न पुगेकी हुन् । अहिले उनी उक्त बैङ्कको नायव प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी लिन सफल भएकी छिन् । अन्य आकर्षक पेशा नभएको अवस्थामा अन्तरराष्ट्रिय साझेदारीमा सञ्चालन हुन लागेको नबिल बैङ्कको सेवासुविधाले आफूलाई आकर्षित गरेको उनले बताइन् । ‘बैङ्कमा कामको सीमा पनि हुँदैनथ्यो,’ उनले भनिन्, ‘त्यसबापत बैङ्कले दिने सुविधा र समाजमा इज्जत पनि उत्तिकै थियो ।’
सफल बैङ्करमध्ये अर्को महिला हुन् अम्बिका श्रेष्ठ । सर्लाहीमा जन्मेकी श्रेष्ठले जीवनको लामो समय यही क्षेत्रमा बिताएकी छिन् । पशुपति मित्रमावि, चावहिलबाट विद्यालयस्तरको अध्ययन पूरा गरेकी उनले पब्लिक यूथ क्याम्पसबाट व्यवस्थापन विषयमा स्नातक गरेकी हुन् भने शङ्करदेव क्याम्पसबाट माष्टर्स इन बिजनेश एडमिनिष्ट्रेशन पूरा गरेकी छिन् । उनले २०४५ सालदेखि बैङ्किङ पेशाको शुरुआत गरेकी हुन् । नेपाल ग्रिण्डलेज (हाल स्ट्याण्डर्ड चार्टर्ड बैङ्क)मा सहायक स्तरबाट बैङ्किङ क्षेत्रमा प्रवेश गरेकी उनले सूर्यदर्शन फाइनान्स, अन्नपूर्ण विकास बैङ्क, सुप्रिम विकास बैङ्कसम्म आइपुग्दा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीसमेत सम्हालिसकेकी छिन् । उनी नेपालको निजीक्षेत्रबाट सञ्चालित बैङ्कहरूको पहिलो महिला प्रमुख कार्यकारी अधिकृत पनि हुन् । अहिले अन्तरराष्ट्रिय फाइनान्सिङ कन्सल्टेण्ट कम्पनीमा कन्सल्टेण्टको रूपमा कार्यरत छिन् । आफ्नै बलबुताले आफू यस क्षेत्रमा सफल हुन सकेको उनले बताइन् । ‘महिलालाई हरेक क्षेत्रमा समस्या हुन्छ,’ उनले भनिन्, ‘तर, समस्या पहिचान गरेर अगाडि बढ्नुपर्छ ।’

Wednesday, September 9, 2015

स्वास्थ्य बीमामा नगदरहित योजना आउँदै


२०७२-०५-२३ मा प्रकाशित    

 मुना कुँवर

भदौ २२, काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूले नगदरहित स्वास्थ्य बीमा योजना सञ्चालनमा ल्याउने भएका छन् । यस्तो प्रणालीमा बीमा पोलिसीधारकले उपचार गराउँदा अस्पतालमा नगद तिर्नुपर्दैन । भारतलगायत अन्य मुलुकमा यस्तो योजना धेरै पहिलेदेखि नै सञ्चालनमा आए पनि नेपालमा अझैसम्म सञ्चालनमा आएको छैन । नेपालमा यस्तो बीमाको सम्भावना अधिक देखिएकाले सञ्चालनमा ल्याउने तयारी गरिएको बीमकहरूले बताएका छन् ।

Monday, September 7, 2015

अवकाश लाभको विकल्प : जीवन बीमा पेन्सन तथा एन्युटी प्लान

रवीन्द्र घिमिरे
नेपाल सरकारले आर्थिक वर्ष २०७१।७२ मा सामाजिक सुरक्षा शीर्षकअन्तर्गत कुल चालू खर्चको १७ प्रतिशत अर्थात् रू. ६० अर्ब खर्च गरेको थियो भने आव २०७२।७३ मा उक्त शीर्षकमा रू. ६९ अर्ब खर्च गर्ने प्रस्ताव गरिएको छ । सामाजिक सुरक्षाअन्तर्गत सबैभन्दा बढी खर्च निवृत्तिभरणको भुक्तानीका लागि कुल चालू खर्चको ५६ प्रतिशत र बाँकी खर्च उपदान, वृद्धभत्ता, एकल महिला भत्ता, अशक्तहरूलाई दिइने जीवनवृत्तिबापत भएको देखिन्छ । आव २०७१।७२ मा निवृत्तिभरणबापत कुल चालू खर्चको १० प्रतिशत भुक्तानी दिइएकोमा आव २०७२।७३ मा उक्त रकम वृद्धि भई चालू खर्चको १२ प्रतिशतभन्दा माथि जाने निश्चित छ । विगतका तथ्याङ्क हेर्दा हरेक ६ वर्षमा पेन्सन दायित्वको रकम शतप्रतिशतले वृद्धि भएको छ । यसरी एकातर्फ पेन्सनधारी कर्मचारी (आर्मी, प्रहरी, शिक्षक तथा निजामती सेवाका कर्मचारी)को सङ्ख्यामा हरेक वर्ष वृद्धि भइरहेको र अर्कोतर्फ औसत आयुमा पनि वृद्धि भइरहेका कारण आगामी १० वर्षमा पेन्सन दायित्व कुल खर्चको एक चौथाइ र २० वर्षमा एक तिहाइसम्म पुग्ने सम्भावना छ ।

Sunday, September 6, 2015

जीवन बीमा कम्पनीको नाफा घट्यो

२०७२-०५-२० मा प्रकाशित      

एक्चुअरी भ्यालुएशनपछि नाफा बढ्ने बीमकहरूको दाबी

भदौ १९, काठमाडौं । गत आर्थिक वर्ष २०७१/७२ मा जीवन बीमा कम्पनीहरूको नाफा आधाले घट्ने देखिएको छ । कम्पनीहरूले प्रकाशित गरेको अपरिष्कृत चौथो वित्तीय विवरणअनुसार कम्पनीहरूको नाफा घट्ने देखिएको हो । आव २०७०/७१ मा रू. १ अर्ब ३१ करोड नाफा गरेका कम्पनीहरूले गत आवमा भने रू. ५७ करोड ३९ लाख मुनाफा आर्जन गरेका छन् । यो रकम आव २०७१/७२ को तुलनामा ५६ दशमलव २७ प्रतिशतले कम हो ।

लगानी गर्न डराउँछन् महिलाहरू


२०७२-०५-२० मा प्रकाशित    

सम्पत्तिमा महिलाको अधिकार कानूनमै सीमित

 मुना कुँवर
काठमाडौं । कलङ्की निवासी सरिता थापा (नाम परिवर्तन) गृहिणी हुन् । घरखर्च जुटाउन उनी कपडा व्यापार गर्छिन । अतिरिक्त आम्दानीको खोजीमा रहेकी थापालाई उनकै साथीले शेयरमा लगानी गर्न सल्लाह दिएका थिए । सल्लाहअनुसार उनले प्राथमिक शेयर बजारमा लगानी गरिन् । रू. १ सय लगानी गरेको शेयरको मूल्य अहिले दोब्बर भएको छ । यो उनको घरव्यवहारबाट बचेको समय प्रयोग गर्दा प्राप्त भएको आम्दानी हो । तर, उनले यसबारे आफ्नो परिवारलाई भने बताएकी छैनन् । श्रीमानको डरले घरमा बताउन नसकेको उनले बताइन् ।

Friday, September 4, 2015

बीमाका लागि ऐतिहासिक वर्ष

 २०७२-०५-१८ मा प्रकाशित    

मुना कुँवर

नेपालको बीमा व्यवसाय दिन प्रतिदिन विस्तारको क्रममा रहेको छ । गत आर्थिक वर्ष २०७१/७२ मा पनि बीमाक्षेत्रमा धेरै नयाँ र राम्रा काम भए, जसले बीमा व्यवसायको विस्तारमा महत्वपूर्ण सहयोग पुर्‍याएको छ । तर, यसै समयमा भएका केही नकारात्मक घटनाबाट बीमा व्यवसायीले धेरै नयाँ पाठसमेत सिक्ने अवसर प्राप्त गरे । समग्रमा गत आवमा बीमा व्यवसायमा भएका उथलपुथलले बीमाक्षेत्रलाई नयाँ मोड दिएको छ । यसलाई धेरै व्यवसायीले ‘टर्निङ पोइण्ट’का रूपमा लिएका छन् ।

Thursday, September 3, 2015

आगामी वर्ष बीमा व्यवसाय २५ प्रतिशतले बढ्ने अनुमान

 २०७२-०५-१७ मा प्रकाशित        

मुना कुँवर

भदौ १६, काठमाडौं । आगामी वर्षमा नेपालको बीमा व्यवसाय २५ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ । गत वैशाखको भूकम्पपछि मानिस बीमाप्रति सचेत भएकाले बीमा व्यवसाय बढ्ने बीमकहरूले अनुमान गरेका छन् । भूकम्पले जनधनको धेरै क्षति गरेपछि बीमाप्रति मानिसको आकर्षण बढ्न थालेको नेशनल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत डा.प्रोणव सेनले बताए । उनले भने, ‘आगामी वर्ष नेपालको बीमा व्यवसाय २० देखि ३० प्रतिशतले बढ्नेछ ।’