Thursday, January 25, 2018

लघुबिमा जारी गर्न जीवन बिमा कम्पनी सक्रिय

मुना कुँवर
 बिहिवार, माघ ११, २०७४

सरकारले अनिवार्य गरेको लघुबिमा योजना सञ्चालन गर्न जीवन बिमा कम्पनीहरू सक्रिय देखिएका छन् । बिमा समितिको तथ्यांकअनुसार हालसम्म १३ कम्पनीले (पुलबाहेक) १ लाख ३३ हजार ८ सय ८० लघुबिमा जारी गरेका छन् । ९ वटा जीवन बिमा कम्पनीमध्ये ७ कम्पनीले लघुबिमा जारी गरेका छन् भने १७ निर्जीवन कम्पनीमध्ये जम्मा ६ वटा कम्पनीले लघुबिमा जारी गरेका छन् ।
कम्पनीले ११ अर्ब ७ करोड बिमांक बराबरको लघुबिमा योजना जारी गरेका छन् । जसबापत कम्पनीहरूले १४ करोड ४८ हजार रुपैयाँ बिमाशुल्क आम्दानी गरेका छन् । उक्त अवधिमा कम्पनीहरूमा ५ सय ५१ वटा दाबी बराबर ४ करोड ९१ लाख रुपैयाँ कम्पनीहरूले भुक्तानी गरेका छन् । 

Sunday, January 21, 2018

बिमा क्षेत्रमा व्यावसायिक अभिकर्ताको अभाव

मुना कुँवर
आइतवार, माघ ७, २०७४

नेपालको बिमा क्षेत्रमा नयाँ कम्पनीहरूको प्रवेशसँगै जसरी कर्मचारीको अभाव चुलिएको छ, त्यसैगरी व्यवसायिक अभिकर्ताको समस्या पनि देखिन थालेको छ । पुराना कम्पनीसँग प्रतिस्पर्धा गर्न आवश्यक दक्ष अभिकर्ताको नपाउँदा पुराना अभिकर्तालाई नै विभिन्न प्रलोभन दिएर कम्पनीहरूले आकर्षित गरि रहेका छन् भने जथाभावी अभिकर्ताको लाइसेन्स वितरण गरिरहेका छन् । 
अभिकर्ता भनेको बिमा कम्पनी र बिमितबीचका मध्यस्थकर्ता हुन् । जसले दुइ पक्षबीच सेतुको काम गर्छन् । बिमा क्षेत्रमा अभिकर्ताको व्यवस्था अन्तराष्ट्रिय अभ्यास नै हो । 

Friday, January 19, 2018

सेयर बजारमा बिमा कम्पनीको साढे ६ अर्ब लगानी

मुना कुँवर
शुक्रवार, माघ ५, २०७४
जीवन बिमा कम्पनीहरूले प्राथमिक सेयर बजारमा करिब साढे ६ अर्ब रुपैयाँ लगानी गरेका छन् । चालू आर्थिक बर्ष २०७४-७५ को पहिलो त्रैमासिक अवधिमा कम्पनीहरूले ६ अर्ब ६० करोड रुपैयाँ लगानी गरेको समितिको तथ्यांकमा उल्लेख छ । यो रकम कम्पनीहरूको कुल लगानीको करिव ५ प्रतिशत हो । 
बिमा कम्पनीहरूले अन्य कम्पनीहरूको सेयरमा आफनो कुल लगानीको १५ प्रतिशतसम्म लगानी गर्न पाउने समितिले व्यवस्था गरेको छ । जसमध्ये पब्लिक कम्पनीको साधारण सेयरमा अधिकतम १० प्रतिशतसम्म लगानी गर्न पाउनछन् । त्यस्तै, उत्पादनशील तथा राष्ट्रिय महत्वको क्षेत्रमा ५ प्रतिशत तथा इन्भेष्टमेन्ट कम्पनीमा २ प्रतिशतसम्म लगानी गर्न पाउँछन् ।

Thursday, January 18, 2018

अभिकर्ता फकाउन जथाभावी कर्जा

मुना कुँवर 
बिहिवार, माघ ४, २०७४
जीवन बिमा कम्पनीहरूले अभिकर्तालाई फकाउन जथाभावी ऋण प्रवाह गर्ने गरेको पाइएको छ । व्यवसाय प्रबद्र्धनका लागि भन्दै अभिकर्तालाई आकर्षित गर्न कम्पनीहरूले मनपरी ढंगले कर्जा प्रवाह गर्न थालेका हुन् । कम्पनीहरूले अभिकर्ताको लागि समयसमयमा विभिन्न खालका ऋण तथा सापटी योजना सञ्चालन गर्दै आएका छन् । जसअन्तर्गत अधिकांश कम्पनीले घर, कार, मोटरसाइकल, ल्यापटप, कम्प्यटर र मोबाइल कर्जाका साथै नगद कर्जासमेत प्रदान गर्दै आएका छन् । 
यसरी कम्पनीहरूले प्रदान गर्ने कर्जा अभिकर्ताको कार्य सम्पादनमा आधारित हुन्छ । अर्थात् अभिकर्ताको तत्काल पाकेको कमिसन र आगामी दिनमा नवीकरण बिमाबापत प्राप्त हुन सक्ने कमिशनलाई आधार मानी कम्पनीहरूले कर्जा प्रदान गर्दै आएका छन् । समितिले अभिकर्तालाई कर्जा उपलब्ध गराउने व्यवस्था नगरे पनि व्यवसाय प्रवद्र्धनका लागि भन्दै कम्पनीले ऋण दिँदै आएका छन् । तर, कम्पनीहरूले मनपरी ऋण प्रवाह गर्न थालेपछि बिमा समितिको ध्यान बल्ल खिचिएको छ ।

Sunday, January 14, 2018

आईपीओ जारी गर्न हतारिँदै नयाँ बिमा कम्पनीहरू

मुना कुँवर

भर्खरै सञ्चालनमा आएका जीवन बिमा कम्पनीहरूले प्रारम्भिक साधारण सेयर (आईपीओ) जारी गर्ने तयारी गरिरहेका छन् । बिमा समितिले जारी गरेको बिमक दर्ता तथा बिमा व्यवसाय सञ्चालन सम्बन्धी निर्देशिका अनुसार कम्पनीहरूले सर्वसाधारणको लागी कम्तिमा पनि ३० प्रतिशत सेयर छुट्टाउनु पर्छ । सोही बमोजिम कम्पनीहरूले आईपीओ जारी गर्ने तयारी गरेका हुन् । 
नयाँ सञ्चालनमा आएका नौ वटा जीवन बिमा कम्पनीमध्ये युनियन लाइफ इन्स्योरेन्स कम्पनीको पहिलो साधारण सभाले चालू आर्थिक बर्षमा नै साधारण सेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीले चुक्ता पुँजीको ३० प्रतिशत हुन आउने ६४ लाख ५० हजार रूपैयाँ बराबरको ६४ करोड ५० लाख कित्ता सेयर जारी गर्ने तयारी गरेको छ । कम्पनीले सेयर निष्काशनका लागि नेपाल एसविआई मर्चेण्ट बैकिङ्गलाई विक्री प्रबन्धकका रूपमा नियुक्त समेत गरिसकेको छ । 

Monday, January 8, 2018

कामदार आकर्षित गर्न नसक्नु बिमा क्षेत्रको समस्या हो

बिमा समितिले बिमा कम्पनीहरूको अनुगमनका लागि नयाँ नीति अवलम्बन गरेको छ । समितिले हालै बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको तलब, सेवा तथा अन्य सुविधाको व्यवस्थापनका लागि मार्गदर्शन जारी गरेको छ, जसले प्रमुख कार्यकारीको तलब बढाउनका लागि या त अन्य कर्मचारीको पनि सुविधा बढाउनुपर्ने या व्यवसाय बढाउनुपर्ने प्रावधान राखेको छ । त्यस्तै समितिले कम्पनीहरूको अफ साइड अनुगमनका लागि २० वटा सूचकांक निर्धारण गरेको छ । यसले कम्पनीहरूको जोखिममा आधारित अनुगमन गर्न सकिने समितिको ठहर छ । पछिल्लो समय समितिले अगाडि सारेको यस्तो नीतिले वास्तवमै बिमाक्षेत्रमा परिवर्तन ल्याउँछ वा कम्पनीहरूले यसलाई कसरी हेरेका छन् भन्ने विषयमा युनाइटेड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत शेखर बरालसँग कारोबारकर्मी मुना कुँवरले गरेको कुराकानीको सार:

बिमा समितिले बिमा कम्पनीको प्रमुख कार्यकारीको तलब, भत्ता तथा अन्य सुविधालाई वैज्ञानिक बनाउन भर्खरै नयाँ मार्गदर्शन जारी गरेको छ । के यो मार्गदर्शन साँच्चिकै वैज्ञानिक छ त ?
केही मात्रामा यो वैज्ञानिक छ । योभन्दा अगाडि बिमा समितिले जारी गरेको संस्थासंस्थागत सुशासनले यस विषयलाई फोकस गर्न सकेको थिएन । तर, यो मार्गदर्शनले प्रमुख कार्यकारीको तलब, सेवा र सुविधाका विषयमा स्पष्ट व्याख्या गरी व्यवस्था पनि गरेको छ । यसलाई मैले दुई वटा दृष्टिकोणले हेरेको छु । यसले मुख्य गरी नयाँ कम्पनीहरूमा नियुक्त हुने नयाँ प्रमुख कार्यकारीका लागि र यसअघि नियुक्त भएका प्रमुखकोे अर्को कार्यकालका लागि नियुक्त हुने प्रमुख कार्यकारीको हकमा लागू हुन्छ । पहिला समितिले गरेको व्यवस्था अलि भेग थियो । अहिले बढी फोकस गरेको छ । बिमाक्षेत्रका लागि यो मार्गदर्शन उपयोगी छ ।

Tuesday, January 2, 2018

नेपालमा कृषि बिमाको विस्तार

कुन्दन सापकोटा
देशको ६५ प्रतिशत जनसंख्या निर्भर रहेको कृषिक्षेत्रको योगदान कुल गार्हस्थ्य उत्पादनमा करिब ३२ प्रतिशत (आर्थिक सर्वेक्षण, ०७२-७३) रहेको छ । त्यसैगरी मुलुकको निर्यात व्यापारको करिब आधा हिस्सा कृषिमा आधारित वस्तुले ओगटेको छ । त्यसैले कृषिक्षेत्रको विकासबिना राष्ट्रको दिगो विकासको परिकल्पना मात्र पनि अपूर्ण र अव्यावहारिक छ । तथ्यांकको विश्लेषण गर्ने हो भने देशको करिब दुईतिहाइ जनसंख्या संलग्न रहेको क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा योगदान करिब एकतिहाइ हुनु भनेको कृषिक्षेत्रमा लगानी भएको श्रम र अन्य स्रोतको तुलनामा प्रतिफल (उत्पादकत्व) कम हुनु हो । यसरी लगानी र प्रतिफलको असन्तुलनले यस क्षेत्रको अपर्याप्त प्रभावकारितालाई संकेत गर्छ । कृषिक्षेत्रमा व्याप्त समस्या र चुनौतीका कारणले नै यस क्षेत्रको प्रभावकारिता सन्तोषजनक हुन नसकेको हो । सर्वविदितै छ, नेपाली कृषि मनसुनमा आधारित र निर्वाहमुखी छ । यसरी मनसुनमा आधारित हुनु तथा कृषि प्राविधिक दक्षताको अभावजस्ता कारणले नै यस क्षेत्रको जोखिम बढाएको छ । सोही जोखिम अर्थात् अनिश्चित प्रतिफलकै कारणले यो पेसाप्रति जनमानसको आकर्षण निरन्तर घट्दो क्रममा रहेको छ ।