विकास बैङ्कतर्फ लगानीकर्ता आकर्षित
२०७०-१०-१५
मा प्रकाशित
२३६
पटक पढिएको
० बिचार / प्रतिक्रिया
माघ १४, काठमाडौं । पछिल्लो समयमा शेयर बजारमा विकास बैङ्कतर्फ
लगानीकर्ताको आकर्षण बढ्न थालेको छ । अन्य कम्पनीको तुलनामा विकास बैङ्कको
शेयरमूल्य केही कम हुनुका साथै प्रतिफल राम्रो भएका कारण लगानीकर्ताको
आकर्षण बढ्न थालेको ब्रोकरहरू बताउँछन् । केही महीनाअघि बीमा र बैङ्किङ
समूहको शेयरमा लगानी बढे पनि पछिल्लो समयमा त्यस्तो लगानी विकास बैङ्कको
शेयरमा स्थानान्तरण भएको उनीहरूले बताए । ‘माग अत्यधिक भएकाले बीमा र
बैङ्किङ समूहको शेयरमूल्य उच्च विन्दुमा पुगेपछि लगानीकर्ताले अन्य
विकल्पका रूपमा विकास बैङ्क रोजेको देखिन्छ,’ एक ब्रोकर सञ्चालकले भने ।
बजारको प्रकृतिअनुसार पनि निश्चित अवधि पछाडि लगानीकर्ताले लगानीको क्षेत्र
परिवर्तन गर्ने शेयर विश्लेषकहरू बताउँछन् ।