Monday, July 31, 2017

संगठित ठगहरूको जालो तोड्न त्यति सजिलो छैन

रवीन्द्र घिमिरे 
बिमा विज्ञ एवं निर्देशक पोखरा विश्वविद्यालय 
बिमामा ठगी केलाई भनिन्छ ?
बिमामा ठगी भनेको नघटेको घटनालाई कागजपत्र मिलाएर घटेको देखाई क्षतिपूर्ति लिने, कम क्षति भएको घटनालाई बढाइ चढाइ बढी क्षतिपूर्ति दाबी गर्ने र कम्पनीलाई आर्थिक रूपमा नोक्सान पु¥याउनु कार्य नै ठगी हो । ठगी गैरकानुनी कार्य हो । ठगहरूका लागि बिमा क्षेत्र अत्यन्तै मलिलो भूमि हो । पेशेवार ठगहरूले यसै माध्यमबाट आफ्नो बिलासी जीवन जिउने गरेको पनि पाइन्छ ।
बिमामा किन ठगी हुन्छ ?
बिमा क्षेत्रमा मात्रै होइन ठगी सबै क्षेत्रमा हुन्छ । यो मानवीय स्वभाव हो । मानिसको खराब आचरणजन्य व्यवहारका कारण हुने ठगीलाई बिमा साहित्यमा मोरल हाजार्ड भनिन्छ । जब मानिसलाई बिना परिश्रम धनी हुने चाहना बढ्छ, अनैतिक तरिकाबाट पैसा कमाउने उपाय खोजी गर्छ । बिमामा हुने ठगी दुई प्रकृतिको हुन्छ ः सामान्य ( ठगी र गंभीर ठगी ।
सामान्य ठगी अकस्मात, योजना विहीन ढंगबाट हुन्छ र यसको आर्थिक असर सामान्य नै हुन्छ । तर गम्भीर ठगीको आर्थिक क्षति धेरै हुन्छ, यो योजनाबद्ध रूपमा घटाइन्छ, यसमा बिमा कम्पनी, बिमाका मध्यस्थकर्ता, बिमित सबैको वा कुनै दुई पक्षको मिलोमतो हुन्छ र कहिलेकाहीँ एउटा मात्रै पक्षले पनि गर्न सक्छ ।

बिमा संस्थानलाई कारबाहीको दायरा ल्याउन माग

मुना कुँवर 
काठमाडौंः लामो समयदेखि लेखापरीक्षण नै नगरेको राष्ट्रिय बिमा संस्थानलाई कारबाहीको दायरामा ल्याउनुपर्ने सरोकारवालाहरूले बताएका छन् । संस्थानले १० वर्षभन्दा बढी अवधिको लेखा परीक्षण नै गरेको छैन । बिमितको लामो अवधिको दायित्व बोकेको संस्थाले लेखापरीक्षण नै नगर्दा भविष्यमा ठूलो दुर्घटना हुन सक्ने सरोकारवालाहरूले बताएका छन् ।
बिमा समितिका अनुसार संस्थानको भर्खरै मात्रै ०६०/६१ देखि ०६२/६३ को वित्तीय विवरण स्वीकृत भएको छ । त्यस्तै, संस्थानले आव ०६३/६४ र ०६४/६५ को वित्तीय विवरण परिमार्जन गरी समितिमा पठाउने तयारी गरेको छ ।
यदि समितिले संस्थानको ०६४/६५ कै विवरण स्वीकृत गरे पनि अझै आठ वर्षको विवरण बुझाउन बाँकी नै छ । जीवन बिमा कम्पनीले विमितसँग बिमाशुल्क संकलन गरेका हुन्छन् । अर्थात् संस्थानले जनताको सपना संगालेको हुन्छ ।
विमितले खाई नखाई बुढेसकालका लागि साँचेको बचत हो । यसरी जनताको सपनासँग संस्थानले खेलवाड गर्दा सरकार मुकदर्शक भएर बस्न नमिल्ने समितिका पूर्वकार्यकारी निर्देशक रमेशराज भट्टराईले बताए । “सरकारसँग अधिकार छ ।
सरकारले चाह्यो भने यसको उपचार हुनसक्छ,” उनले भने । तर, संस्थानका प्रमुख कार्यकारी अधिकृत अश्विनीकुमार ठाकुरले भने सात वर्ष अगाडि नै समितिमा ०६०/६१ देखि ०६२/६३ को विवरण बुझाइएको बताए ।

Sunday, July 30, 2017

कृषि बिमामा पनि हुन्छ ठगी

मुना कुँवर 





Saturday, July 29, 2017

भदौभित्र लेखापरीक्षण नगरे बिमा संस्थानलाई कारवाही

मुना कुँवर
काठमाडौः महालेखा परीक्षकको कार्यालयले राष्ट्रिय बिमा संस्थानलाई हालसम्मको सम्पूर्ण वित्तीय विवरणको लेखापरीक्षण गरिसक्न भदौ महिनासम्मको समय दिएको छ । तोकिएको समयसम्ममा पनि लेखापरीक्षण नगरे कारबाहीका लागि व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिमा सिफारिस गरिने कार्यालयले चेतावनी दिएको छ । 
बिमा ऐन २०४९ को दफा २३ अनुसार बिमकले प्रत्येक आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र बिमा व्यवसायसम्बन्धी आफ्नो सम्पूर्ण कारोबारको वासलात तथा नाफा नोक्सानको हिसाब प्रकाशित गरी यसको एकप्रति समितिमा पेश गर्नु पर्नेछ ।
यस्तै, दफा २५ अनुसार बिमकले आपूmले गरेका बिमा व्यवसायको हिसाबकिताबको लेखापरीक्षण प्रचलित कानुनबमोजिम मान्यताप्राप्त लेखापरीक्षकद्वारा गराई सो को प्रतिवेदन प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले १० महिनाभित्र समितिसमक्ष पेश गर्नु पर्नेछ । 
समितिको पछिल्लो निर्देशनअनुसार बिमकहरूले बिमांकीय मूल्यांकन गर्नको लागि आर्थिक वर्ष समाप्त भएको दुई महिनाभित्र नै समितिसँग स्वीकृति लिनुपर्नेछ । आर्थिक वर्ष समाप्त भएको ४ महिनाभित्रमा लेखापरीक्षणसहितको विवरण बुझाउनु पर्नेछ भने ६ महिनाभित्रमा वार्षिक साधारणसभा गरिसक्नु पर्नेछ । 

Monday, July 24, 2017

तीन वर्षमा बिमाको बजार १ खर्बको हुन्छ



सन् २००० मा चार्टर्ड एकाउन्टेन्टबाट आफ्नो करिअर सुरु गरेका विवेक झा हाल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत हुन् । उनले आर बज्राचार्य एन्ड कम्पनीमा करिब आठ वर्ष सीएका रूपमा काम गरे ।
त्यसपछि करिब दुई वर्ष उनले माछापुच्छे« बैंकमा इन्टरनल अडिट चिफका रूपमा काम गरे । सन् २०१० मा उनी नेपाल लाइफ इन्स्योरेन्समा उपमहाप्रबन्धकका रूपमा प्रवेश गरे । त्यसपछि महाप्रबन्धक हुँदै अहिले उनले प्रमुख कार्यकारीको जिम्मेवारी सम्हालेका छन् । कम्पनीमा उनको यो दोस्रो कार्यकाल हो । नेपालको बिमा उद्योगमा नयाँ कम्पनीको प्रवेशले सकारात्मक परिवर्तन ल्याउने उनको धारणा छ ।
आगामी तीन वर्षमा जीवन बिमा बजार १ खर्बको हुने उनले बताए । उनलाई लाग्छ, पुराना कम्पनीसँग प्रतिस्पर्धा गर्न नयाँ कम्पनीले ठूलै तयारी गरेर आउनेछन् । त्यस्तै, नयाँ कम्पनीसँग प्रतिस्पर्धा गरी बजारमा टिकिरहन पुराना कम्पनीले पनि आफ्नो क्षमता बढाउनेछन् । यसले बिमाको बजार बढ्नेछ । यसै विषयलाई लिएर प्रमुख कार्यकारी अधिकृत झासँग कारोबारकर्मी मुना कुँवरले गरेको कुराकानी :
कम्पनीहरूको बिमा कोषमा ठूलो रकम थु्रपिएको छ । लगानी गर्नका लागि उचित क्षेत्र नभेटिएको भन्ने कम्पनीहरूको गुनासो छ । वास्तवमा तपार्इंहरू कस्तो खालको क्षेत्रमा लगानी गर्न चाहनुहुन्छ ?

Sunday, July 23, 2017

पुँजी वृद्धि योजना प्रतिउदासीन बिमकहरू

मुना कुँवर 
काठमाडौंः बिमा कम्पनीहरू पुँजी वृद्धि कार्ययोजना प्रतिउदासीन देखिएका छन् । बिमा समितिले कार्ययोजना बुझाउन दिएको तीन महिनाको अवधि सकिसक्दा पनि अधिकांश कम्पनीहरूले योजना नै बुझाएका छैनन् । साउन महिनाको पहिलो सातासम्ममा जम्मा १३ वटा कम्पनीले कार्ययोजना बुझाएका छन् । 
समितिमा कार्ययोजना बुझाउने जीवन बिमा कम्पनीहरूको संख्या ४ पुगेको छ । गत साता लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) ले पनि समितिमा कार्ययोजना प्रस्तुत गरेपछि जीवन बिमा कम्पनीको संख्या थपिएको हो । त्यस्तै, जम्मा ९ वटा निर्जीवन बिमा कम्पनीले मात्रै समितिका कार्ययोजना बुझाएका छन् । 
समितिले गत चैतमा बिमक सञ्चालन तथा दर्तासम्बन्धी निर्देशिका जारी गर्दै बिमकहरूको चुक्ता पुँजी तोकेको थियो । जसअनुसार जीवन बिमा कम्पनीहरूले ०७५ असार मसान्तसम्ममा २ अर्ब पुयाउनु पर्नेछ भने निर्जीवन बिमा कम्पनीहरूले १ अर्ब रुपैयाँ पु¥याउनु पर्नेछ ।

Tuesday, July 18, 2017

समितिलाई अटेर गर्दै बिमकहरू

मुना कुँवर 

बिमकहरूले तोकिएको समयमा बुझाएनन् कार्ययोजना

काठमाडौंः नियामक निकायको निर्देशनलाई अटेर गर्दै अधिकांश बिमा कम्पनीहरूले तोकिएको समयमा गुज्रिसक्दा पनि पुँजी वृद्धि योजना बुझाएका छैनन् ।
गत चैत १८ मा बिमक दर्ता तथा व्यवसाय सञ्चालनसम्बन्धी निर्देशिका जारी गर्दै समितिले तीन महिनाभित्रमा पुँजी वृद्धि योजना पेश गर्न निर्देशन दिएको थियो । तर, असार मसान्तसम्ममा जम्मा १२ वटा कम्पनीले मात्रै पुँजी वृद्धि योजना बुझाएका छन् । 
समितिले निर्देशिका जारी गर्दै कम्पनीहरूलाई २०७५ असार मसान्तसम्ममा चुक्ता पुँजी बढाउन निर्देशन दिएको थियो । समितिको निर्देशनअनुसार जीवन बिमा कम्पनीहरूले २ अर्ब रूपैयाँ र निर्जीवन बिमा कम्पनीले १ अर्ब रूपैयाँ पुँजी पु-याउनु पर्नेछ ।
निर्देशिकाअनुसार सञ्चालनमा रहेका बिमकले  निर्देशिका लागू भएको तीन महिनाभित्रमा चुक्ता पुँजी कायम गर्ने कार्य योजना समितिमा पेश गर्नु पर्ने व्यवस्था रहेको छ । तर,  नौवटा निर्जीवन र तीनवटा जीवन बिमा कम्पनीले मात्रै समितिमा योजना बुझाएका छन् । पुँजी बढाउन बाँकी रहेका अन्य १३ वटा कम्पनीले भने समितिका योजना पेश गरेका छैनन् । 

Thursday, July 13, 2017

बिमा दाबीबापत सरकारबाट डेढ करोड भुक्तानी

मुना कुँवर
काठमाडौंः स्वास्थ्य बिमामा परेको दाबीबापत सरकारले हालसम्म १ करोड ५८ लाख ८७ हजार रुपैयाँ भुक्तानी गरेको छ । करिब एक वर्षको अवधिमा स्वास्थ्य उपचार सेवा सुरु भइसकेका विभिन्न आठ जिल्लाबाट परेको दाबीबापत सरकारले उक्त रकम भुक्तानी गरेको हो । 
सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिको पछिल्लो तथ्यांकअनुसार ३३ हजार २ सय ८३ बिमितले स्वास्थ्य उपचार सेवा लिइसकेका छन्, जसबापत परेको दाबीको सरकारले भुक्तानी गरेको समितिका सिअहेब अधिकृत जनक अधिकारीले बताए ।
बिमा कार्यक्रम सुरु भएका जिल्लामध्ये कैलाली, कास्की, म्याग्दी, पाल्पा, बाग्लुङ, बाँके, इलाम, झापा र डडेलधुराबाट दाबी परेको छ । समितिका अनुसार सबैभन्दा बढी पाल्पाबाट दाबी परेको छ । पाल्पामा स्वास्थ्य बिमा कार्यक्रम सहभागी भएका सदस्यमध्ये ६ हजार ९ सय ७५ जनाले स्वास्थ्य उपचार सेवा लिइसकेका छन् ।

Wednesday, July 12, 2017

कृषि बिमाको बक्यौता २५ करोड पुग्ने

कारोबार संवाददाता

काठमाडौंः चालू आर्थिक वर्ष ०७३/७४ को अन्त्यसम्ममा कृषि तथा पशुपन्छी बिमाबापत सरकारले भुक्तानी गर्नुपर्ने अनुदान रकम २५ करोड पुग्ने भएको छ ।
कम्पनीहरुले जारी गरेको कृषि बिमासम्बन्धी विस्तृत विवरण बिमा समितिले उपलब्ध नगराएको भन्दै अर्थ मन्त्रालयले अनुदान रकम रोकिदिएपछि चालू आवमा रकम निकासा नै हुन सकेको छैन । फलस्वरूप बक्यौता रकम बढ्दै गएको हो । 
बिमा समितिको तथ्यांकअनुसार चालू आवको फागुनसम्ममा सरकारले भुक्तानी गर्नुपर्ने अनुदान रकम १६ करोड ६८ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, गत आवको ९२ लाख ८६ हजारसहित कुल भुक्तानी रकम १७ करोड ६१ लाख पुगेको छ ।
वैशाखसम्ममा यो रकम बढेर करिब २२ करोड पुगिसकेको समितिका उपनिर्देशक कुन्दन सापकोटाले बताए । “असारको अन्त्यसम्म २५ करोडसम्म पुग्न सक्छ,” उनले भने । जसमध्ये पशुपन्छी बिमाबापतको मात्रै करिब २२ करोडभन्दा बढी बक्यौता रहेको समितिले बताएको छ ।
समितिका अनुसार चालू आवमा कृषि विकास मन्त्रालयबाट ३ करोड १० लाख रुपैयाँ अनुदान रकम निकासा भएकोे थियो । त्यस्तै, पशुपन्छी विकास मन्त्रालयबाट निकासा भएको ४ करोड रुपैयाँसहित चालू आवमा समितिले ७ करोड १० लाख रुपैयाँ मात्रै प्राप्त अनुदान रकम पाएको थियो ।

फराकिलो बन्दै पुनर्बिमा व्यवसाय

अन्नपूर्ण
नेपालको बिमा इतिहासमा पुनर्बिमा कारोबार आरम्भदेखि हँदै आएको भए पनि पुनर्बिमा कम्पनीले पुनर्बिमा व्यवसाय सुरु गरेको केही वर्षमात्र भएको छ । दुई दशक अघिसम्म पनि विश्व बिमा बजारमा पुनर्बिमाले राम्रो स्थान पाउन सकेको थिएन । २०५८ भदौ २४ मा अमेरिकाको ट्विन टावर आतंककारीको बम विष्फोटबाट ध्वस्त भयो । आपत पर्दा भरोसा अर्थात् जोखिम बहन गर्ने सारथीको रूपमा बिमालाई रोज्नुपर्ने यथार्थताको बोध त्यही बेला नै बढी गरियो ।
यस्ता प्रकारका आतंककारी गतिविधिबाट ठूलो क्षति हुँदा बिमा कम्पनीले मात्र यसको आर्थिक भार थेग्न गाह्रो हुने भएकाले जोखिम बहन गर्न सजिलो होस् भनी पुनर्बिमाको अवधारणा स्थापित भएको हो । उक्त आतंककारी घटनापछि पुनर्बिमाको महत्व अझै बढेको छ । पुनर्बिमा कम्पनीले मात्र यसरी हुने क्षतिको भुक्तानी व्यहोर्न नसक्ने भएपछि हरेक देशमा एक कोष स्थापना गरी यसको पुनर्बिमा गर्ने कार्य आरम्भ गरियो ।

Tuesday, July 11, 2017

स्वास्थ्य बिमा गर्नेमा महिला धेरै

मुना कुँवर
काठमाडौंः सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रममा महिलाको सहभागिता उत्साहजनक देखिएको छ । सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिको पछिल्लो तथ्यांकअनुसार स्वास्थ्य बिमा कार्यक्रममा सहभागी सदस्यमध्ये ५३ प्रतिशत महिला छन् । त्यस्तै, स्वास्थ्य उपचार सेवा लिनेमा पनि महिला नै अग्रपंक्तिमा देखिएका छन् । 

समितिको तथ्यांकअनुसार हालसम्म स्वास्थ्य उपचार सेवा लिएकामध्ये ५७ प्रतिशत महिला नै रहेका छन् । हालसम्म नेपालमा विभिन्न ८ जिल्लाका ८८ हजार ३ सय ८५ जना व्यक्ति स्वास्थ्य बिमा कार्यक्रममा सहभागी भइसकेका छन् ।
प्रत्येक जिल्लामा पुरुषको तुलनामा महिला सहभागीता बढी देखिएको छ । कार्यक्रम उपचार सेवा सुरु भएका आठ जिल्लामध्ये बैतडीबाहेकका सबै स्थानमा सहभागी भएकामध्ये महिलाको संख्या अधिक छ ।

तथ्यांकअनुसार अछाममा १ हजार ६ सय ७४ व्यक्ति स्वास्थ्य बिमा कार्यक्रममा सहभागी भएका छन् । जसमध्ये ८ सय ७३ महिला छन् भने ८ सय १ पुरुष छन् । बाग्लुङमा ११ हजार ६ सय ९१ जना बिमा कार्यक्रममा सहभागी भएको मध्ये ६ हजार ३ सय ९२ महिला छन् भने ५ हजार २ सय ९९ पुरुष छन् । बैतडीमा सहभागी भएका २ हजार ४ सय ९४ मध्ये १ हजार २ सय ४५ महिला छन् भने १ हजार २ सय ४९ पुरुष छन् ।

Friday, July 7, 2017

समितिले बिमाशुल्क दर घटायो

कारोबार संवाददाता  
काठमाडौ: बिमा समितिले अग्नी, सामुन्द्रिक तथा अन्य बिमाअन्तर्गत हुलदंगा, हड्ताल, द्वेशपूर्ण कार्य र आतंककारी तथा विध्वंसात्मक कार्यको बिमाशुल्क दर घटाएको छ । समितिले आगामी साउनदेखि लागू हुने गरी बिमाशुल्क दर घटाएको हो । 
समितिले विभिन्न निर्जीवन बिमाअन्तर्गत पर्ने हुलदंगा र हड्तालको बिमाशुल्क दर परिवर्तन गरेको छ ।  जसमध्ये भवन, वेयर हाउस तथा गोदाम, कलकारखाना, पसल, स्टोर, शोरुम र बजार, मनोरन्जन स्थल, सञ्चारस्थल, विद्युत् स्टेसनसम्बन्धी, रित्तो वा निर्माणका क्रममा रहेको भवनको बिमा गर्दा हुलदंगा र हड्तालको जोखिम सुरक्षण गरे बापत लाग्ने बिमाशुल्क दर समितिले घटाएको हो । 
भवन बिमाअन्तर्गतको हुलदंगा र हड्तालको बिमाशुल्क दर बार्षिक प्रतिहजार बिमांकमा २० पैसा कायम गरिएको छ । हाल विमितले यस्तो जोखिम सुरक्षण गरेबापत विमकलाई प्रतिहजार बिमांकको बार्षिक २६ पैसा भुक्तानी गर्दै आएका थिए ।

Thursday, July 6, 2017

बिमा अभिकर्ता प्रोत्साहन खर्च १८ प्रतिशत तोकियो

मुना कुँवर