Wednesday, July 31, 2013

अन्य क्षेत्रको तुलनामा होटलमा राम्रो पारिश्रमिक पाइन्छ

खगेश्वर अधिकारीखगेश्वर अधिकारी
प्रमुख मानव संसाधन, साङ्ग्रिला होटल
अन्य क्षेत्रको तुलनामा होटलमा राम्रो पारिश्रमिक पाइन्छ
होटल क्षेत्रमा रोजगारीको आकर्षण बढ्नुको कारण के हो ?  
नेपालको सन्दर्भमा अत्यधिक रोजगारीको सम्भावना रहेको क्षेत्र पर्यटन हो । होटल व्यवसाय पर्यटनसँगै जोडिएर आएको हुन्छ । मानिसहरू यस क्षेत्रप्रति आकर्षित हुनुका विभिन्न कारण छन् । पहिलो कारण त सुविधासम्पन्न होटलहरू पायक पर्ने स्थानमै सञ्चालन गरिन्छ । पायक पर्ने स्थानमा काम गर्दा अन्य कार्यहरू गर्न पनि सजिलो हुने हुँदा होटलप्रति मानिसहरू आकर्षित हुन्छन् । यहाँ काम गर्ने कर्मचारीको व्यक्तित्व पनि आकर्षक देखिन्छ । त्यही आकर्षक व्यक्तित्वकै कारण पनि धेरै युवाको रोजाइ होटल क्षेत्र हुने गर्छ । होटल क्षेत्रमा सबै खालका जनशक्तिको आवश्यकता पर्छ । सामान्य शिक्षा हासिल गरेका व्यक्तिदेखि उच्चशिक्षा हासिल गरेका व्यक्तिले होटलमा रोजगारी पाएका हुन्छन् । सबैका लागि रोजगारीको उपयुक्त क्षेत्र भएकाले होटलमा मानिसको आकर्षण बढेको हो ।

सामान्यतया होटलहरूमा कर्मचारी छनोट गर्ने मापदण्ड कस्ता हुन्छन् ?
कर्मचारी छनोटको मापदण्ड कम्पनीको नीतिअनुसार हुन्छ । हामीले भने कर्मचारीको पदअनुसार शैक्षिक योग्यता तथा अनुभव दुवैलाई प्राथमिकता दिन्छौं । विशेषगरी माथिल्लो तहका कर्मचारीका लागि हामीले अनुभवलाई बढी प्राथमिकता दिने गरेका छौं । तर, तल्लो पदको कर्मचारीको हकमा भने अनुभवलाई कम प्राथमिकता दिएका छौं । किचेनमा काम गर्ने कर्मचारीको हकमा तालीम लिएका व्यक्तिलाई अवसर दिने गरेका छौं । साथै, काम गर्ने मानिस शारीरिक तथा मानसिक रूपमा सन्तुलित हुनैपर्छ ।

कर्मचारीको क्षमता अभिवृद्धिका लागि कम्पनीले केकस्ता कार्य गर्दै आएको छ ?
हामीले प्रत्येक ३ वर्षमा कर्मचारीहरूको समीक्षा गर्ने गरेका छौं । कम्पनीको आवश्यकताअनुसार कर्मचारी थप्ने तथा बढुवा पनि गर्छौं । कर्मचारीको नियुक्तिसँगै सबैलाई ‘ओरियण्टेशन’ र कम्पनीको नीति तथा नियमबारे जानकारी दिन्छौं । त्यसपछि कर्मचारीलाई विभाग प्रमुखको जिम्मा लगाउँछौं । हामीले कर्मचारीलाई २ सय ४० दिन परीक्षणका रूपमा राख्छौं । सोही आधारमा कर्मचारीलाई तलब तथा स्तरवृद्धि पनि गर्छौं । त्यसैगरी, प्रत्येक वर्षमा एकपटक कर्मचारीलाई उत्प्रेरणाका लागि तलब वा पदवृद्धि गर्छौं । समयसमयमा आवश्यकताअनुसार कर्मचारीलाई तालीम पनि दिन्छौं ।

कर्मचारीलाई उत्प्रेरित गर्न कस्ता कार्य गर्दै आउनुभएको छ ?
कम्पनी राम्रोसँग सञ्चालनका लागि कर्मचारीको उत्प्रेरक तत्व थाहा पाउन जरूरी छ । काम गरिरहँदा कर्मचारीमा नैराश्य उत्पन्न हुनु स्वाभाविकै हो । तसर्थ, उनीहरूलाई ‘मोटिभेशन’ गर्न कम्पनीले विभिन्न समयमा तालीम प्रदान गर्ने, तलब वृद्धि एवम् स्तरवृद्धि गर्नु अत्यावश्यक छ । यसो हुँदा कर्मचारी कामप्रति प्रेरित भइरहन्छन् । हामीले आवश्यकताअनुसार समयसमयमा आन्तरिक तालीम पनि प्रदान गर्छौं । केही कर्मचारीलाई हामीले विदेशमा तालीमका लागि पनि पठाउँछौं ।
होटल क्षेत्रमा कर्मचारीको पारिश्रमिकको अवस्था कस्तो छ ?
साङ्ग्रिलामा काम गर्ने तीनओटा सिफ्ट छन् । कर्मचारीले आफ्नो ड्युटीअनुसार होटलमै बिहान वा बेलुकाको खाना–खाजाको सुविधा पाउँछन् । होटलमा काम गर्ने कर्मचारीले मासिक तलबका अतिरिक्त सेवाशुल्क पाउँछन् । त्यसैले पनि होटल क्षेत्रमा पाइने पारिश्रमिक अन्य क्षेत्रको तुलनामा राम्रो हुन्छ । मासिक पारिश्रमिक भने न्यूनतम १० हजार रुपैयाँसम्म हुन्छ ।

होटल क्षेत्रमा कर्मचारीको उपलब्धता कस्तो छ ?
होटल क्षेत्रमा काम गर्ने कर्मचारी पाउन अहिले कठिन छैन । अहिले नेपालमा होटल व्यवस्थापनसम्बन्धी अध्यापन गराइने ३० ओटा कलेज छन् । यिनीहरूले वर्षैपिच्छे राम्रा विद्यार्थी उत्पादन गरिरहेका छन् । साथै, कूकिङ, हाउस क्लिनिङसम्बन्धी तालीम सेण्टर पनि सञ्चालनमा छन् । त्यसैले, अहिले यस क्षेत्रका लागि दक्ष कर्मचारीको उपलब्धता प्रशस्त छ । तर, होटल व्यवस्थापनसम्बन्धी काम गरेर आउने विद्यार्थी भने स्वदेशभन्दा पनि विदेशमा काम गर्न रुचाउँछन् । उनीहरू विदेश पलायन हुने क्रम बढी छ । यसको मुख्य कारण उच्चशिक्षा हासिल गरेर आएका विद्यार्थीहरू होटलमा तल्लो तहमा काम गर्न नचाहनु हो । तर, होटलले भने माथिल्लो तहका लागि अध्ययनका साथै अनुभवलाई पनि प्राथमिकता दिइन्छन् । यसले गर्दा विद्यार्थीहरू तल्लो तहमा काम गर्नभन्दा विदेशमा गएर जुनै काम गर्न पनि रूचाउँछन्, जुन नराम्रो बानी हो ।
http://www.abhiyan.com.np/new/Articles/view/29324

Friday, July 26, 2013

बालबालिकामैत्री घर

२०७०-०४-११ मा प्रकाशित     ५३६ पटक पढिएको

बालबालिकामैत्री घर

 मुना कुँवर
बच्चा नयाँ वस्तु देख्नेबित्तिकै त्यसप्रति आकर्षित भइहाल्छन् । नयाँ सामग्री छुने उनीहरूको चाहना हुन्छ । तर, सही–गलत छुट्ट्याउने ज्ञान उनीहरूमा हुँदैन । परिवारको सानो हेलचक्र्याइँले पनि ठूलो दुर्घटना निम्तिन सक्छ । तसर्थ, सानो बच्चा भएको घरमा सुरक्षाका लागि आन्तरिक तथा बाह्य संरचनालाई परिवर्तन गर्नु राम्रो हुन्छ ।

पाँचवर्षे एक सन्तानकी आमा काठमाडौं सुकेधाराकी पुष्पा अधिकारी व्यवसायी पनि हुन् । अहिले उनी व्यवसाय मात्र होइन, हुर्कंदै गएको छोराको सुरक्षाको विषयमा पनि उत्तिकै सजग बन्दै जान थालेकी छिन् । सोहीकारण छोरा ४ महीनाको हुनेबित्तिकै उनले कोठाको झ्यालमा ग्रिल र जाली राखिन् । त्यस्तै, कोठा सजाउन राखिएका का“चका फ्रेम, ऐना, फुलदानी, कस्मेटिक्सजस्ता सामग्री हटाइन् । त्यति मात्र होइन, कोठामा भएको चिप्लो कार्पेटलाई पनि प्रतिस्थापन गरिन् । चिप्लो कार्पेटमा बच्चा लड्ने सम्भावना धेरै हुने भएकाले जुटको कार्पेट प्रयोग गरेको उनको भनाइ छ । ‘छोरा बढ्दै गएपछि मैले सिँढीमा बेबी गेट लगाएँ, ’उनी भन्छिन्, ‘बाबु बुझ्ने नभएसम्म मैले मूलढोकालाई कहिल्यै खुला राखिनँ, सधै बन्द हुन्थ्यो ।’

Monday, July 22, 2013

बीउ सफा गर्ने आधुनिक प्रविधि

बीउ सफा गर्ने आधुनिक प्रविधि
तरकारी खेती नेपाली कृषकहरूको आम्दानीको मुख्य स्रोत हो । मौसमी तथा बेमौसमी दुवै किसिमका तरकारी उत्पादन गर्न कृषकहरू बीउको प्रयोग गर्छन् । अझै अहिले त केहीका लागि बीउ विक्री गर्ने काम नै व्यवसाय बनेको छ । तर, बीउको सही प्रयोग गर्न सकिएन भने यसको प्रतिफल राम्रो नहुन सक्छ । बीउबाट गुणस्तरीय तरकारी उत्पादन गर्न यसलाई सफा गर्ने काम गरिन्छ । तर, अहिले कृषकहरूले यसका लागि जुन पद्धति अपनाएका छन्, त्यो निकै झन्झटिलो छ । प्रायः किसानहरूले बीउ सफा गर्दा यसलाई नाङ्लो (सुपो)मा राखी केलाउने गर्छन् । यसो गर्दा १ केजी मूलाको बीउ केलाउन करीब दुई घण्टा लाग्छ । यसरी केलाएको बीउमा १० प्रतिशतसम्म खेर जाने एस एन भी २०११ को अध्ययनले देखाएको छ । बीउ सफा गर्ने काममा नेपालमा महिलाको सहभागिता नै बढी हुन्छ । बसेर निहुरिँदै लामो समयसम्म बीउ सफा गर्दा उनीहरूको स्वास्थ्यमा पनि असर पुग्न सक्छ ।

Friday, July 19, 2013

नेपालमा पहिलोपटक ‘स्टोन कोटेड टायल रुफिङ’ ल्याएका छौं

 
पूर्ण चालिसेपूर्ण चालिसे
सञ्चालक, ब्लिसजोन इण्टरप्राइजेज
नेपालमा पहिलोपटक ‘स्टोन कोटेड टायल रुफिङ’ ल्याएका छौं
नेपालमा फर्निचर व्यवसाय फस्टाउँदै गएको हो ?
हो, नेपालमा फर्निचर व्यवसाय फस्टाउँदै गएको छ । मानिसको आवश्यक उपभोग्य सामग्रीभित्र फर्निचर पनि पर्छ । सामान्य स्तरको व्यक्तिदेखि उच्चस्तरको मानिसले यसको प्रयोग गर्छन् । त्यसैले पनि यो व्यवसाय वृद्धि हुन गएको हो । अर्कोतिर, बसाइसराइको क्रम तीव्र हुँदै गएको छ । मानिस शहरकेन्द्रित हुँदै जान थालेका छन् । यसले गर्दा पनि फर्निचर व्यवसाय अझ फस्टाउन सकेको हो ।

Wednesday, July 17, 2013

गैरसरकारी क्षेत्रमा दक्ष कर्मचारीको अभाव छ

आत्मनिर्भर बनाउँदै जागरुक महिला समूह

संस्थाले अहिलेसम्म ५ सय महिलालाई विभिन्न खालका तालीम प्रदान गरिसकेको छ । तालीम लिएपछि कोही समूहसँग नै आबद्ध भई उद्यमशील हुन्छन् । कोही आफ्नै व्यवसाय शुरू गर्छन् ।

सामान्य लेखपढ गर्न सक्ने विमला आले अहिले घरमै बसेर महीनाको ९ हजार रुपैयाँसम्म आम्दानी गर्छिन् । दैनिक घरव्यवहार सकेर फुर्सदको समयमा गरिने कामबाट उनले यत्तिको आम्दानी गरेकी हुन् । फुर्सदको समयमा उनी पोते उन्ने काम गर्छिन् । पोते उनेरै उनले महीनामा उक्त आम्दानी गरेकी हुन् । यसरी आम्दानी गरेको रकम उनले घरखर्च तथा छोराछोरीको पढाइमा खर्च गर्छिन् । आफूले आम्दानी गर्न थालेपछि आर्थिक समस्या समाधानमा केही राहत पुगेको विमलाको भनाइ छ ।
पहिले त जे गर्न परे पनि श्रीमान्कै मुख ताक्नुपथ्र्यो, ’उनी भन्छिन्, ‘तर, अहिले सानो खर्च त म आफै टार्छु । ’श्रीमान् र आफ्नो आम्दानीले घर चलाउन सजिलो भएको उनी बताउँछिन् । विमलाले जस्तै खोटाङकी सुनीता गुरुङले पनि पोते उनेरै जीवन सहज बनाइरहेकी छन् । यसरी कमाएको पैसा छोराछोरीका लागि खर्च गर्ने गरेको उनले बताइन् ।

Thursday, July 11, 2013

विकास र गैसस

विकास र गैसस 
वातावरणमैत्री सिकाइ प्रवर्द्धनमा डीएफसी

देशको शैक्षिक स्तरले विकासलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा प्रभावित पार्छ । यसैकारण, विकसित मुलुकले शिक्षाप्रणालीमा समयानुकूल परिवर्तन गरिरहेका हुन्छन् । तर, नेपालमा शिक्षण सिकाइ प्रणालीमा समयसापेक्ष परिवर्तन गरिएको पाइँदैन । हाम्रा अधिकांश विद्यालयमा शिक्षण सिकाइ गर्न कालोपाटी, सेतोपाटी, चक, मार्कर प्रयोग गरिन्छ, जुन शिक्षण संस्थाका लागि आर्थिक रूपमा धेरै भार पर्नुका साथै वातावरण र मानव स्वास्थ्यमा नकारात्मक असर पर्ने धूलोरहित कक्षाकोठा (डीएफसी) नेपालका महासचिव केशव पाठक बताउँछन् ।

Wednesday, July 10, 2013

सहजकर्ता उत्पादन गर्दै काठमाडौं तालीम सेण्टर

सहजकर्ता उत्पादन गर्दै काठमाडौं तालीम सेण्टर
तालीम लिएकामध्ये ९९ प्रतिशत रोजगारीमा

१० वर्षको अवधिमा संस्थाले १० हजार व्यक्तिलाई तालीम प्रदान गरिसकेको छ। तालीम लिनेमध्ये ५० प्रतिशतभन्दा बढी दलित रहेका छन् । त्यस्तै, ७५ प्रतिशत महिलाको सहभागिता रहेको छ भने तालीम लिएकामध्ये ९९ प्रतिशतले रोजगारी पाएका छन् ।

भर्खरै प्लस टूको परीक्षा दिएका ललितपुरका मनोज दुलाल काठमाडौं टेनिङ सेण्टरमा सामाजिक परिचालन सहजकर्ताका रूपमा कार्यरत छन् । ११ कक्षामा भर्ना भएसँगै उनले रोजगारीको पनि अवसर पाएका थिए । हाल उनी सेण्टरमा आउने प्रशिक्षार्थीलाई प्राक्टिकल तालीम सिकाउँछन् । विद्यालय जीवनदेखि नै दुलाललाई सामाजिक क्षेत्रमा काम गर्ने रुचि थियो । अन्य व्यक्तिभन्दा केही फरक हुनुपर्छ भन्ने मानसिकता बोकेका उनको यो इच्छा पूरा भएको छ । उनको यस्तो इच्छा पूरा गरिदिएको छ, काठमाडौं टेनिङ सेण्टरले । संस्थाबारे दुलालले आफ्नै गाउँका साथीबाट थाहा पाएका थिए । त्यहाँबाट उनले १५ महीने ‘सामाजिक परिचालन सहजकर्ता’को तालीम लिए ।

Friday, July 5, 2013

प्रविधि निकै रुचाइएको छ

टीका बीएन डेउलाटीका बीएन डेउला
प्रबन्ध निर्देशक, प्रिफेब आरती एण्ड कम्पनी
निर्माण व्यवसायमा ‘प्रिफेब’

प्रविधि निकै रुचाइएको छ
प्रिफेब प्रविधिबाट कसरी घर निर्माण हुन्छ ?
१३ वर्षदेखि प्रिफेब घर, भवन, हल निर्माण गर्ने काम गरिरहेका छौं । नेपालमा पहिलोपटक यो प्रविधिलाई हामीले भित्र्याएका हौं । सामान्य घर बनाउन सिमेण्ट, बालुवा, गिटी आदीको प्रयोग गरिन्छ । विस्तारै घरको जग, भुइँ, खम्बा, भित्ता तथा छानो निर्माण गरिन्छ । तर, प्रिफेब घर बनाउँदा बालुवा, सिमेण्ट, गिटी आदिको आवश्यकता पर्दैन। घर बन्न आवश्यक भुइँ, भित्ता, खम्बा, छानोलगायत कुरा पहिले नै छुट्टाछुट्टै निर्माण गरिएको हुन्छ । यसरी निर्माण भएका ‘पार्ट’हरूलाई जोड्ने काम मात्रै यस प्रविधिमा गरिन्छ । हामीले मागअनुसारको आकारप्रकारमा घर, भवन, हल आदि निर्माण गर्ने गरेका छौं ।

निर्माण सामग्री कहाँबाट ल्याउनुहुन्छ ?
एभरेष्ट इण्डष्ट्रिज कम्पनी भारतमा उत्पादन भएका सामग्री हामीले प्रयोग गर्दै आएका छौं । भारत, चीन, मलेसिया तथा यूरोपबाट पनि निर्माण सामग्री आयात गर्छौं ।