घर सुन्दर बनाउन बगैंचाको भूमिका महत्वपूर्ण हुन्छ । वनस्पति तथा
रङ्गीविरङ्गी फूलले ढकमक्क बगैंचाले घरको सुन्दरतामात्र नभई मानिसको मानसिक
अवस्थामा समेत सकारात्मक प्रभाव पारिरहेको हुन्छ । तसर्थ, घर बनाउँदा
बगैंचा निर्माणमा पनि उत्तिकै ध्यान दिनु जरुरी छ । बगैंचाका मौसमी तथा
सदावहार बोटबिरुवाले घरको सौन्दर्यमा वृद्धि गर्ने हुनाले बगैंचालाई ठूला
रूख, फूल तथा हेजले विभाजित गरेर आकर्षक बनाउन सकिन्छ । त्यस्तै, क्याक्टस,
मौसमी फूल, ग्रीन प्लाण्टदेखि बाह्रमासे फूल आदि लगाएर पनि बगैंचामा
आकर्षण थप्न सकिन्छ । सूर्यको किरण कुन ठाउँबाट आउँछ, त्यसमा ध्यान दिई
आवश्यक जानकारी लिएरमात्र बिरुवा रोप्नु उचित हुन्छ ।
विशेषगरी बगैंचा निर्माणका लागि पहिले नै उत्कृष्ट योजना बनाउनुपर्छ । योजना बनाउनुपूर्व बगैंचा निर्माण गर्ने खाली स्थान कति छ भन्ने थाहा पाउनुपर्छ । सोहीअनुसार बगैंचामा ठूला रूखदेखि हेजसम्म बनाउन सकिन्छ । हरियालीमय बगैंचाले मनमा शान्तिको अनुभूति गराउँछ । साथै, दिनभरि कामकाजमा व्यस्त शरीर तथा मस्तिष्कमा ऊर्जा पैदा गराउँछ । त्यसैले पनि पहिलेको तुलनामा हिजोआज घरमा बगैंचा बनाउने चलन बढिरहेको छ ।