Monday, April 29, 2019

मर्जरमा जाने बिमक प्रमुखको कुलिङ पिरियड हटाइने

मर्जरमा जाने बिमा कम्पनीको प्रमुख कार्यकारी अधिकृतको कुलिङ पिरियड हटाइने भएको छ । बिमा समितिले संशोधन गरेको बिमक गाभ्ने–गाभिने तथा प्राप्ति गर्नेसम्बन्धी निर्देशिका २०७६ अनुसार मर्जरमा जाने बिमा कम्पनीलाई कुलिङ पिरियड हटाउनुका साथै अन्य ९ वटा छुट दिइने भएको छ । 

बिमा कम्पनीहरूलाई एक–आपसमा गाभ्न–गाभिन वा प्राप्तिका लागि प्रेरित गर्न बिमा समितिले बिमक गाम्ने–गाभिने तथा प्राप्ति गर्नेसम्बन्धी निर्देशिका २०७० जारी गरेको थियो । यद्यपि, हालसम्म एउटा कम्पनीमा पनि मर्जरमा गएका छैनन् ।

Friday, April 26, 2019

काठमाडौंको फोहोर दुई महिनापछि बन्चरेडाँडामा

मुना कुँवर
२०७६ बैशाख १३ शुक्रबार 

सहरी विकास मन्त्रालयले १ अर्ब ३४ करोड लागतमा स्यानिटेसन ल्यान्डफिल्ड साइट निर्माण गर्ने भएको छ । धादिङ र नुवाकोटको सीमामा रहेको बन्चरेडाँडाको एक हजार सात सय रोपनी क्षेत्रफलमा साइट निर्माण गरिनेछ । नुवाकोटको सिसडोलमा रहेको फोहोरमैला व्यवस्थापन केन्द्र भरिएपछि सरकारले नयाँ विकल्प खोज्न गत वर्ष सहरी विकास मन्त्रालयलाई निर्देशन दिएको थियो । सोहीअनुसार मन्त्रालयले बन्चरेडाँडामा साइट निर्माणको तयारी गरेको हो । अबको दुई महिनापछि बन्चरेडाँडामा निर्माणाधीन साइटमा फोहोर फाल्न सकिने सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले बताए । ‘जेठ महिनापछि फोहोर फाल्ने गरी निर्माण गर्छौँ,’ बिहीबार केन्द्रको शिलान्यास गर्दै उनले भने । 
एक अर्बको ड्याम बनाइने
व्यवस्थापन केन्द्रको दोस्रो आयोजनामा ड्याम निर्माण गरिनेछ । एक साताभित्रमा ड्याम निर्माणको सम्झौता पनि हुने मन्त्रालयले बताएको छ । करिब एक करोडको लागत अनुमान गरिएको ड्याम ३० मिटर अग्लो हुनेछ । तर, तत्काल भने १५ मिटरको मात्रै बनाइने केन्द्रको परामर्शदाता इन्जिनियर सरोज कायस्थले बताए । उनका अनुसार १८ मिटरसम्ममा फोहोर फाल्न सकिनेछ ।

Tuesday, April 23, 2019

नयाँलाई रोकेर पुराना कमोडिटी एक्सचेन्जलाई कारोबारमा छुट


धितोपत्र बोर्डले नयाँ कम्पनीलाई अनुमतिपत्र दिन प्रक्रिया रद्द गर्दै छ, तर पुरानाले गैरकानुनी रूपमा कारोबार गरिरहेका छन् 

मुना कुँवर    २०७६ बैशाख १० मंगलबार 

नेपाल धितोपत्र बोर्डले नयाँ कमोडिटी एक्सचेन्जलाई अनुमति दिने प्रक्रिया रद्द गरे पनि पुराना कम्पनीलाई भने कानुनविपरीत कारोबार गर्ने छुट दिइरहेको छ । बोर्डले वस्तु विनियम बजारसम्बन्धी ऐन २०७४ जारी गर्दै सञ्चालनमा रहेका एक्सचेन्जलाई गैरकानुनी घोषित गर्दै नयाँ करार नगर्न निर्देशन दिएको थियो । तर, बोर्डको निर्देशनविपरीत एक्सचेन्जहरूले कारोबार गरिरहँदा पनि बोर्डले भने कुनै कदम चालेको छैन । पुराना एक्सचेन्जको कारोबारप्रति आँखा चिम्लिने बोर्डको गतिविधि शंकास्पद भएको स्रोतले बतायो । तर, धितोपत्र बोर्डका प्रवक्ता नीरज गिरीले भने कम्पनीहरूले कारोबार गरिरहेको विषयमा बोर्डलाई थाहै नभएको बताए ।
आफूखुसी सञ्चालन हुँदै आएको कमोडिटी बजारलाई नियमन गर्ने अधिकार नयाँ ऐनले धितोपत्र बोर्डलाई दिएको छ । सोहीअनुसार बोर्डले नियमावली जारी गरी नयाँ एक्सचेन्ज दर्ताका लागि आवेदन खुला गरेको थियो । त्यस्तै, यसअघि सञ्चालनमा रहेका एक्सचेन्जहरूलाई नयाँ कारोबार रोक्न आदेश पनि दिएको थियो ।

Sunday, April 21, 2019

हावाहुरीको क्षतिको आठ करोड बिमा दाबी


नौ निर्जीवन बिमा कम्पनीमा ४२ वटा दाबी, १२ करोड रुपैयाँसम्मको दाबी पर्ने अनुमान

मुना कुँवर 

गत चैतमा बारा र पर्सा जिल्लामा आएको हावाहुरीबाट करिब आठ करोड रुपैयाँको क्षति भएको भन्दै सो रकमबराबरको दाबी निर्जीवन बिमा कम्पनीहरूमा  परेको छ । बिमा समितिको तथ्यांकअनुसार नौ निर्जीवन बिमा कम्पनीमा ४२ वटा यस्ता दाबी परेका छन् । सोअनुसार प्रारम्भिक हावाहुरीबाट आठ करोड ५१ लाख २३ हजार रुपैयाँबराबरको क्षतिपूर्तिको दाबी परेको हो । कम्पनीहरूमा सम्पत्ति, अग्नि, मोटर र कृषि बिमामा दाबी परेका छन् । 
दाबी रकम संकलन गरेका नौ कम्पनीमध्ये ओरियन्टल इन्स्योरेन्स कम्पनीमा सबैभन्दा धेरै दाबी परेको छ । बारा र पर्सा जिल्लामा बढी केन्द्रित रहेको ओरियन्टल इन्स्योरेन्समा पाँच करोड रुपैयाँबराबरको दाबी परेको छ । सो कम्पनीमा १८ कुल दाबी परेको छ । त्यस्तै, राष्ट्रिय बिमा संस्थान र एनएलजी इन्स्योरेन्स कम्पनीको दाबी रकमको विवरण भने आइसकेको छैन । नेको इन्स्योरेन्समा परेका सातवटा दाबीमध्ये तीनवटाको विवरण नआएको समितिले जनाएको छ । ‘निर्जीवन बिमा कम्पनीमा भने १२ करोड रुपैयाँसम्मको दाबी पर्न सक्छ । अहिलेको तथ्यांकको प्रारम्भिक मात्रै वास्तविक दाबी आउन अझै बाँकी छ,’ उनले भने ।

Thursday, April 18, 2019

स्मार्ट सिटीका ४ आधारस्तम्भ र १ सय २५ सूचक

स्मार्ट सिटी बन्नका लागि चार आधारस्तम्भ हुनुपर्ने सहरी विकास तथा भवन निर्माण विभागको एक अध्ययनले देखाएको छ । विभागको नयाँ सहर परियोजनाले ०७५ को सुरुवातदेखि नै स्मार्ट सिटीका सूचकहरूको अध्ययन थालेको थियो । पालुङटार, लुम्बिनी र निजगढलाई नमुना मानेर गरिएको अध्ययनलाई प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिमा समेत प्रस्तुत गरिएको छ । समितिमा प्राप्त सूचना तथा परामर्शदातासँगको छलफललाई अब अन्तिम रूप दिने तयारी भएको परिआयोजना प्रमुख किशोरलाल महाजूले बताए ।  
विभागको अध्ययनअनुसार स्मार्ट सिटी बन्न स्मार्ट जनता, स्मार्ट शासन, स्मार्ट पूर्वाधार र स्मार्ट अर्थ व्यवस्था प्रमुख आधारभूत स्तम्भहरू हुन् । अध्ययनले अन्य ३० तत्व  र १ सय २५ सूचक पनि पहिचान गरेको छ । अध्ययन गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहरी विकासविज्ञलाई सहभागी गराइएको थियो । सञ्जय उप्रेतीको नेतृत्वमा लुम्बिनीको अध्ययन भएको थियो भने कीर्तिकुसुम जोशीको नेतृत्वमा पालुङटारको अध्ययन गरिएको थियो । त्यस्तै किशोरकुमार झाको नेतृत्वमा निजगढको अध्ययन गरिएको थियो । प्रत्येक समूहमा २ जना अन्तर्राष्ट्रिय सहरीविज्ञ तथा आइटीविज्ञसहित १४ जना सहभागी थिए ।  

Thursday, April 11, 2019

बाहिरी चक्रपथको सीमांकन फेर्ने तयारी

सहरी विकासमन्त्री भन्छन्– विद्यमान सीमांकन विभिन्न स्वार्थ समूहको प्रभावमा 
मुना कुँवर
सरकारले बाहिरी चक्रपथको विद्यमान नक्सा फेरबदल गर्ने तयारी गरेको छ । आवश्यकताअनुसार बाहिरी चक्रपथको नक्सा फेरबदल हुने सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले बताए । संसद्को विकास तथा प्रविधि समितिको आइतबारको बैठकमा सांसदहरूले उठाएको जिज्ञासालाई सम्बोधन गर्दै मन्त्री राईले भने, ‘विगतमा विभिन्न स्वार्थ समूहको चलखेलमा जग्गाको कित्ताकाट गरिएकाले अहिलेकै अवस्थामा बाहिरी चक्रपथलाई अघि बढाउन कठिन हुन्छ ।’ 
मन्त्री राईले घना बस्ती र टुक्रा जग्गा भएको स्थानबाट बाहिरी चक्रपथ परियोजना अघि बढाइए राज्यको आर्थिक स्रोतले थेग्न नसक्ने दाबीसमेत गरे । ‘अहिलेकै अवस्थाअनुसार जग्गाको मुआब्जा दिन खर्बौँ रुपैयाँ राज्यले खर्च गर्नुपर्ने हुन्छ, त्यसैले राज्यलाई अधिकतम व्ययभार पर्ने गरी बाहिरी चक्रपथको काम अघि बढाउन खोजिए, त्यसले मूर्तरूप पाउन सक्दैन,’ उनले भने । 

Wednesday, April 10, 2019

देशका विभिन्न स्थानमा २७ नयाँ सहर, १३ स्मार्ट सिटी र ५ हिमाली सहर बनाउने तयारी

मुना कुँवर
२०७५ चैत २७ बुधबार 

सहरी विकास मन्त्रालयले देशका विभिन्न स्थानमा ४५ वटा नयाँ सहर निर्माण गर्ने भएको छ । मन्त्रालयले २७ वटा नयाँ सहर, १३ वटा स्मार्ट सिटी र ५ वटा हिमाली सहरका रूपमा विकास गरिने भएको हो । सहरी विकास तथा भवन निर्माणअन्तर्गत सहरी विकास आयोजनाले सहरहरू निर्माण गर्न अध्यनय कार्य अगाडि बढाएको छ । 
२७ वटा नयाँ सहरमध्ये मध्य पहाडी लोकमार्गमा अवस्थित १२ वटा सहरको अध्ययन सकिएको आयोजना प्रमुख किशोर लाल महाजुले बताए । त्यस्तै, हुलाकी लोकर्मागमा अवस्थित १० नयाँ सहर, तराई मधेस अवस्थित ५ नयाँ सहर, १३ वटा स्मार्ट सिटी र पाँचवटा हिमाली सहरको अध्ययन कार्य अगाडि बढाइएको छ । 
मध्यपहाडी लोकमार्गमा १२ नयाँ सहर बनाइँदै
सरकारले मध्यपहाडी लोकमार्गमा १२ वटा नयाँ सहर विकास गर्ने भएको छ । पाँचथरको फिदिम, तेह्रथुमको वसन्तुपर, सिन्धुलीको खुर्कोट, धादिङको बैरेनी गल्छी, तनँहुको डुम्रे भन्सार, बाग्लुङको बुर्तिबाङ, रुकुमको चौरजहारी, दैलेखको राकम कर्णाली, अछाम साँफेबगर, बैतडीको पाटन, सुर्खेतको भेरीगंगा र प्युठानको भिंग्रीलाई नयाँ सहरका रूपमा विकास गर्न लागिएको हो । उक्त सहर निर्मााणको कार्य आव २०६५/६६ देखि नै सुरु भएको हो ।

Monday, April 8, 2019

स्मार्ट सिटीका ४ आधारस्तम्भ र १ सय २५ सूचक

मुना कुँवर
२०७५ चैत २५ सोमबार 
स्मार्ट सिटी बन्नका लागि चार आधारस्तम्भ हुनुपर्ने सहरी विकास तथा भवन निर्माण विभागको एक अध्ययनले देखाएको छ । विभागको नयाँ सहर परियोजनाले ०७५ को सुरुवातदेखि नै स्मार्ट सिटीका सूचकहरूको अध्ययन थालेको थियो । पालुङटार, लुम्बिनी र निजगढलाई नमुना मानेर गरिएको अध्ययनलाई प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिमा समेत प्रस्तुत गरिएको छ । समितिमा प्राप्त सूचना तथा परामर्शदातासँगको छलफललाई अब अन्तिम रूप दिने तयारी भएको परिआयोजना प्रमुख किशोरलाल महाजूले बताए ।  
विभागको अध्ययनअनुसार स्मार्ट सिटी बन्न स्मार्ट जनता, स्मार्ट शासन, स्मार्ट पूर्वाधार र स्मार्ट अर्थ व्यवस्था प्रमुख आधारभूत स्तम्भहरू हुन् । अध्ययनले अन्य ३० तत्व  र १ सय २५ सूचक पनि पहिचान गरेको छ । अध्ययन गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहरी विकासविज्ञलाई सहभागी गराइएको थियो । सञ्जय उप्रेतीको नेतृत्वमा लुम्बिनीको अध्ययन भएको थियो भने कीर्तिकुसुम जोशीको नेतृत्वमा पालुङटारको अध्ययन गरिएको थियो । त्यस्तै किशोरकुमार झाको नेतृत्वमा निजगढको अध्ययन गरिएको थियो । प्रत्येक समूहमा २ जना अन्तर्राष्ट्रिय सहरीविज्ञ तथा आइटीविज्ञसहित १४ जना सहभागी थिए ।