d'gf s'Fj/
काठमाडौं, १८ जेठ – कम्पनी रजिस्ट्रार कार्यालयले अनिवार्य गरेपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सूचीबाट हटेका तथा सूचीकृत नभएका पब्लिक कम्पनीहरू नेप्सेको ओटीसी (ओभर दि काउन्टर) बजारमा धमाधम दर्ता हुन थालेका छन् । करिब दुई महिनाको अवधिमा बजारमा दर्ता हुन आउने पब्लिक कम्पनीको संख्या १५ पुगेको छ । कम्पनीहरूको दर्ता हुने क्रम बढेसँगै राजस्व संकलन पनि बढ्न थालेको छ ।
दर्ता भएका कम्पनीमध्ये सातवटा कम्पनीको मात्र कारोबार भएको छ । कारोबार भएका कम्पनीमध्ये मारुती सिमेन्टको ६ लाख ९३ हजार २ सय कित्ता सेयर, नेपाल हाइड्रो डेभलपरको ६० हजार, काठमाडौं फरेस्टी कलेजको १८५, सियान सिट सर्भिस सेन्टरको १० हजार, ग्रोमोर मर्चेन्ट बैंकको ११५, हुलास वायरको १ हजार र युनाइटेड मोदीको ६ लाख ५१ हजार ७१३ कित्ता सेयर खरिद बिक्री भइसकेकोे छ ।