मुना कुँवर
काठमाडौंः जीवन बिमा कम्पनीहरूले अबदेखि १८ प्रतिशतसम्म व्यवस्थापन खर्च गर्न पाउने भएका छन् । बिमा अभिकर्ताहरूलाई इन्सेन्टिभ दिन गठित अध्ययन उपसमितिले बुधबार बिमा समितिलाई आफ्नो राय बुझाउँदै कम्पनीहरूको व्यवस्थापन खर्चको सीमा तोकेको हो ।
उपसमितिले दिएको रायअनुसार कम्पनीहरूले संकलन गरेको प्रथम बिमाशुल्कबाट अभिकर्ता तालिम, अभिकर्ता अन्य र व्यापार प्रवद्र्धन शीर्षकमा खर्च गर्न पाउने उपसमितिका सदस्य एवं पेसागत बिमा अभिकर्ता संघ नेपालका कार्यवाहक अध्यक्ष नन्दप्रसाद तिवारी बताए ।
“तर, बिमा अभिकर्तालाई दिइने इन्सेन्टिभ खर्च भने कम्पनीहरूले अभिकर्ता अन्य खर्च शीर्षकमै राख्नुपर्नेछ,” उनले भने । साथै अभिकर्तालाई दिइने इन्सेन्टिभमा वैदेशिक रोजगार (म्यादी) जीवन बिमाको बिमाशुल्क भने गणना गरिने छैन ।