अध्यक्ष बिमक संघका
प्रमुख कार्यकारी अधिकृत
एनएलजी इन्स्योरेन्सका ।
२०४४ सालमा सूर्य नेपालबाट आफ्नो करियर सुरु गरेका एनएलजी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाह गोर्खा ब्रुअरी, महेन्द्र प्रकृति संरक्षण कोष, नेसनल इन्भेस्टमेन्ट एन्ड क्यापिटल हुँदै बिमाक्षेत्रमा प्रवेश गरेका हुन् ।
नेपाल बिमक संघको अध्यक्षसमेत रहेका शाहले २०६५ सालमा कम्पनीमा प्रमुख कार्यकारी अधिकृतका रूपमा प्रवेश गरेका हुन् । त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका उनले फेलो चार्टर्ड एकाउन्टेन्सको अध्ययनसमेत गरेका छन् । बिमा समितिले नयाँ कम्पनीलाई लाइसेन्स खुला गर्नु आफैंमा सकारात्मक पक्ष भए पनि यसको अर्को पाटोलाई पनि अध्ययन गर्नुपर्ने शाह बताउँछन् ।
अहिलेकै बिमा बजारलाई उपयोग गर्ने गरी नयाँ कम्पनीहरू थपिने हो भने बिमामा विकृति आउने उनको तर्क छ । त्यसैले नयाँ कम्पनीहरूले फरक शैलीमा प्रस्तुत हुनुपर्ने उनी बताउँछन् । बिमामा नयाँ कम्पनीको प्रवेश र यसको असरका विषयमा शाहसँग कारोबारकर्मी मुना कुँवरले गरेको कुराकानी ः
बिमा समितिले नयाँ कम्पनीका लागि पनि लाइसेन्स खुला गरेको छ । वर्तमान परिप्रेक्ष्यमा समितिको यो निर्णय कत्तिको उपयुक्त ठान्नुहुन्छ ?
समितिले गरेको निर्णयलाई मूल्यांकन गर्न सक्ने अवस्थामा हामी छैनौं । नियमन निकायका आफ्ना अधिकार हुन्छन् । उसको आफ्नो कार्य क्षेत्र छ । त्यसैले हिजोका दिनमा नयाँ कम्पनीका लागि लाइसेन्स बन्द गर्दा पनि कारण थिए होलान् र आजको दिनमा खुला गर्नुपर्ने आवश्यकता समितिलाई महसुस भएको होला ।
त्यसैकारण यो नियमनकारी निकायको कार्यक्षेत्र भएकाले समितिले यसअघि के कारणले बन्द गरेको थियो र अहिले के कारणले खोलेको हो भन्ने विषयमा हामी अनभिज्ञ छौं । अर्को कुरा, यदि वास्तवमै नयाँ कम्पनीहरू बिमा उद्योगका लागि आवश्यक हो भने नियमनकारी निकायले लाइसेन्स खुला पनि गर्नुप-यो ।