मुना कुँवर
काठमाडाैं, १४ असार
सञ्चालनमा आउने भयो महालक्ष्मी इन्स्योरेन्स
महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी सञ्चालनमा आउने भएको छ । बिहीबार सर्वोच्च अदालतले बिमा समितिको नाममा परमादेश जारी गरेपछि कम्पनीलाई पुँजी जुटाउने बाटो खुलेको हो । कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशी र न्यायाधीश पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले कम्पनीको पक्षमा रिट जारी गरेको हो । अदालतले बिमा ऐनबमोजिम अर्थ मन्त्रालयको निर्देशन पालना गर्न बिमा समितिलाई निर्देशन दिएको छ । महालक्ष्मीलाई संस्थागत लगानीकर्ता परिवर्तन गरी लगानी जुटाउने समय थप गर्न समितिलाई निर्देशन दिएको अधिवक्ता अरुणकुमार ज्ञवालीले बताए ।
यस्तो थियो घटना
०७३ चैत ३१ गते बसेको बिमा समितिको सञ्चालक समितिको बैठकले बिमा कम्पनीहरूलाई लाइसेन्स आवेदनका लागि खुला गर्ने निर्णय गरेको थियो । ०७४ वैशाख ३ गते कम्पनीहरूलाई पत्राचार गरी अद्यावधिक भएर आउन २१ दिनको समय दिएको थियो ।