डा. रवीन्द्र घिमिरे
जिम्मेवार राज्यले सम्पूर्ण नागरिकको हितका लागि सामाजिक सुरक्षा नीति तथा कार्यक्रम तय गरेको हुन्छ । पूँजीवादी राज्य व्यवस्था भएका देशमा समेत आर्थिक हैसियत भएका नागरिकले व्यावसायिक बीमा कम्पनीहरूसँग बीमा योजनाहरू खरीद गरी सुरक्षाको प्रत्याभूति प्राप्त गर्छन् भने जो आर्थिक रूपमा असक्षम छन् उनीहरूका लागि राज्यद्वारा विभिन्न सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गरिएको हुन्छ । समाजवादी र सामाजिक प्रजातान्त्रिक देशमा समेत बीमा सबैका लागि अनिवार्य साधनका रूपमा राज्यको नीतिमा लेखिएको छ । अमेरिकाजस्तो पूँजीवादी देशमा समेत सबै नागरिकको स्वास्थ्य बीमामा राज्यले समेत दायित्व लिने गरेको छ । नेपालमा बीमा र सामाजिक सुरक्षा दुवै सुषुप्त अवस्थामा छन् ।