Tuesday, September 27, 2016

सिस्टममा काम गरे सफल भईन्छ

cGhfg e08f/L
ladf clestf{
nfO{km OG:of]/]G; skf]{/z]g -g]kfn_
ut aif{ ;a}eGbf w]/} /sdsf] ladf u/fP/ nfO{km OG:of]/]G; skf]{/z]g -g]kfn_ PncfO{;L g]kfnsf clestf{ cGhf/L e08f/L pTs[i6 clestf{ aGg ;kmn ePsf 5g\ . @& alif{o e08f/L  l;Gw'kfNrf]ssf :yflgo afl;Gbf x'g\ . xfn sf7df8f}df kl/jf/ ;lxt a:b} cfPsf e08f/L kl/jf/sf Pp6} / sfG5f 5f]/f x'g\ . pgn] ut aif{ ! ca{ ^) s/f]8 ?k}ofF eGbf a9L /sdsf] ladf u/fP . PncfO{;L sDkgLsf] ljZjsf @@ j6f d'n'sdf ladf sDkgL ;~rfng 5 . pQm @@ sDkgLsf clestf{dWo] pgn] ;a}eGbf w]/} /sdsf] ladf u/]/ pTs[i6 ag]sf x'g\ . o'jfx? ljb]z knfog e} /x]sf a]nf e08f/Ln] eg] clestf{ k]zfaf6 g} dfl;s nfvf} cfDbfgL ug{ ;kmn ePsf 5g\ . o;nfO{ pgL cfkmgf] d'n'ssf] g} ;kmntf 7fGb5g\ . pg} ;kmn clestf{ cGhfg e08f/L;Fu sf/f]af/sdL{ d'gf s'Fj/n] u/]sf] s'/fsfgL M
clestf{ ePs} sf/0f cGt/fli6«o :t/df ;kmn JolQm aG5' h:tf] nfu]sf] lyof] <
d hlxn] klg km/s tl/sfn] sfd ug{ dg k/fpF5' . d]/f] sfd ug]{ tl/sf klg k[ys 5 . d klxnf b]lv g} c? eGbf k[ys ug{ rfxGy]] . To;}sf] kl/0ffd xf] of] . cfh g]kfndf Joj;flos ?kdf clestf{ k]zfnfO{ cuf8L a9fpg] clestf{ w]/} sd 5g\ . t/ d}n] of] k]zfnfO{ Jojf;flos ?kdf cuf8L a9fPsf] 5' . To;}n] d ;kmn x'g ;s]sf] xf] h:tf] nfU5 . sDkgLn] ;do ;dodf k|bfg ug]{ tflndn] ddf phf{ e/]sf] xf] . d hlt klg tflnddf ;xefuL x'Gy] . xfdL eGbf l;lgo/ ;kmn ePsf JolQm?nfO{ ;'Gy] . To;n] emg\ ddf pT;fx eyf]{ . t/, Tolta]nf klg k[ys sfd ug]{ of]hgf agfpFy] .

Wednesday, September 21, 2016

कृषि बिमाका लागि १८ करोड अनुदान वितरण

मुना कुँवर
काठमाडौं : कृषि बिमाका लागि सरकारले बर्सेनि ठूलो रकम कृषकहरूलाई वितरण गर्दै आएको छ । सरकारले गत आर्थिक बर्षमा यस शीर्षकमा १८ करोड रुपैयाँ वितरण गरेको छ ।
यस रकममध्ये १४ करोड ८७ लाख रुपैयाँ बिमा समितिले बिमा कम्पनीहरूलाई भुक्तानी गरिसकेको छ भने ५ करोड ८८ लाख रुपैयाँ भने भुक्तानी हुन बाँकी छ । 
कृषकहरूलाई कृषि बिमाका लागि प्रेरित गर्न सरकारले अनुदानको व्यवस्था गरेको हो । सरकारले विगत तीन वर्षदेखि कृषकहरूलाई अनुदान रकम उपलब्ध गराउँदै आएको छ ।
सुरुको वर्ष आव ०७०/७१ मा सरकारले १३ करोड रुपैयाँ अनुदानका लागि विनियोजन गरेको थियो । तर, उक्त वर्ष कम्पनीहरूले अपेक्षाकृत रूपमा कृषि बिमा गर्न नसक्दा जम्मा १ करोड ७० लाख रुपैयाँ मात्रै वितरण भएको थियो ।
त्यस्तै, दोस्रो वर्ष आव ०७१/७२ मा सरकारले ६ करोड रुपैयाँ मात्रै अनुदानका लागि विनियोजन गरेको थियो । अघिल्लो वर्ष विनियोजित रकम खर्च नभएपछि दोस्रो वर्ष अनुदान रकम घटाइएको बिमा समितिका उपनिर्देशक कुन्दन सापकोटाले बताए ।

Monday, September 19, 2016

बिमा कम्पनीहरूको बोनसदर तीन वर्षदेखि स्थिर

मुना कुँवर 
काठमाडौं : जीवन बिमा कम्पनीहरूले बिमितहरूलाई विरतण गर्दै आएको बोनसदर गत आर्थिक वर्षमा स्थिर देखिएको छ । कम्पनीहरूले बिमा समितिमा प्रस्ताव गरेको अनुमानित बोनसदरअनुसार विगत तीन वर्षको अवधिमा जीवन बिमा कम्पनीहरूको बोनसदर स्थिर देखिएको हो ।
प्रस्ताव गरेको बोनसदर नै पारित भएमा अघिल्लो आव २०७१/७२ को तुलनामा गत आवमा नेसनल लाइफ इन्योरेन्स कम्पनीको बोनसदर बढ्नेछ भने आव २०७०/७१ को तुलनामा मेटलाइफ इन्स्योरेन्स कम्पनीको बोनसदर घट्ने भएको छ । 
कम्पनीहरूको अनुमानित बोनसदर समितिबाट स्वीकृत भएमा गत आवमा सबैभन्दा बढी बोनसदर वितरण गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अग्रपंक्तिमा रहनेछ ।
कम्पनीको योजनाअनुसार प्रतिहजार प्रतिवर्ष न्यूनतम ६२ देखि अधिकत्तम ८२ रुपैयाँसम्म बोनस वितरण गर्ने अनुमान गरेको छ । कम्पनीले विगत लामो समयदेखि सोही दरमा बोनस वितरण गर्दै आएको छ ।

Sunday, September 18, 2016

सफल बिमा अभिकर्ता भन्छन्—मेहनत गरौं, सफल भइन्छ

मुना कुँवर
काठमाडौं : बिमा अभिकर्ता पेसाबाट तपाईं महिनामा कतिसम्म कमाउने अनुमान गर्न सक्नुहुन्छ ? २० हजार ? ३० हजार ? ५० हजार ? यदि तपाईंले बिमा अभिकर्ता पेसालाई व्यावसायिक रूपमा अगाडि बढाउन सक्नुभयो भने महिनामा लाखौं रुपैयाँ पनि कमाउन सक्नुहुन्छ । तर, यसका लागि भने कडा मेहनतको आवश्यकता पर्छ ।
उसो त अभिकर्ता पेसाबाट महिनामा लाखौं आम्दानी गर्ने अभिकर्ता कयौं छन् । यही पेसाबाट अन्तरराष्ट्रियस्तरमा चर्चित पनि बनेका छन् नेपाली बिमा अभिकर्ता श्याम सिंह र अन्जान भण्डारी । 
विराटनगरवासी श्याम सिंह विगत १९ वर्षदेखि बिमा अभिकर्ता पेसामा संलग्न छन् । त्यस्तै, विगत ११ वर्षदेखि भने उनी लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल (एलआईसी) मा आबद्ध भएर काम गरिरहेका छन् । लाइफ इन्स्योरेन्स कम्पनी विश्वको २२  मुलुकमा सञ्चालित छ ।
कम्पनीले प्रत्येक वर्ष २२ मुलुकमा कार्यरत अभिकर्ताहरूमध्ये सबैभन्दा धेरै बिमांक रकमको बिमा योजना बिक्री गर्ने अभिकर्ता र सबैभन्दा धेरै संख्या बिमा योजना बिक्री गर्ने अभिकर्तालाई सम्मान गर्दै आएको छ । उनले गत वर्ष सबैभन्दा धेरै बिमालेख  जारी गरी सबैभन्दा उत्कृष्ट अभिकर्ता बनेका छन् ।
गत वर्ष मात्रै उनले करिब १३ हजार ५०० बिमालेख बिक्री गरे । यो उनको सातौ पटक हो । अर्थात् विगत सात वर्षदेखि सिंह एलआईसी कम्पनीको सबैभन्दा बढी बिमालेख बिक्री गर्ने अभिकर्ताका रूपमा सम्मानित हुँदै आएका छन् । उनले प्रत्येक वर्ष आफ्नै रेकर्ड तोडेका छन् । 

Wednesday, September 14, 2016

बिमा कम्पनीका शाखा ९२८ पुगे, सबैजसो शाखा सहर केन्द्रीत

मुना कुँवर 
काठमाडौं : नेपालमा सञ्चालित बिमा कम्पनीका शाखा कार्यालय करिब १ हजारको हाराहारीमा पुगेका छन् । बिमा समितिको तथ्यांकअनुसार गत आर्थिक वर्ष ०७२/७३ को अन्त्यसम्ममा नेपालमा बिमा कम्पनीका शाखा कार्यालयको संख्या ९२८ पुगेको छ ।
तर, अधिकांश कम्पनीका शाखा कार्यालय सहर केन्द्रित रहेको बिमा समितिले जनाएको छ । नेपालमा पहिलो पटक सन् १९४७ मा नेपाल इन्स्योरेन्स कम्पनीको स्थापना भएको हो । त्यसपछि करिब ७ दशकको अवधिमा नेपालमा बिमा कम्पनीहरूको संख्या २६ पुगेको छ ।
तीमध्ये १७ वटा निर्जीवन बिमा कम्पनी छन् भने ९ वटा जीवन बिमा कम्पनी सञ्चालनमा छन् । कुल बिमा कम्पनीमध्ये जीवन र निर्जीवन गरी २ वटा सरकारी स्वामित्वका कम्पनी छन् । त्यस्तै, निजी क्षेत्रबाट १२ वटा निर्जीवन र ५ वटा जीवन गरी जम्मा १७ वटा कम्पनी सञ्चालित छन् ।
नेपालमा विदेशी बिमा कम्पनीले पनि आफ्नो शाखा सञ्चालन गर्न पाउने प्रावधान छ । सोअनुसार २ वटा निर्जीवन र एउटा जीवन बिमा गरी जम्मा ३ वटा विदेशी कम्पनीले शाखा सञ्चालन गरेका छन् ।

Monday, September 12, 2016

बिमा समायोजनका लागि छुट

मुना कुँवर 
काठमाडौ : बिमा समितिले मोटर बिमामा गरेको नयाँ व्यवस्थाअनुसार बिमा समायोजन नगरेका विमितले साउन महिना (ग्रेस पिरियड) छुट पाउने भएका छन् ।
अर्थात् साउन महिनामा बिमा समायोजना नगरेका विमितले पनि दुर्घटना परेको अवस्थामा समितिको नयाँ व्यवस्थाअनुसार नै कम्पनीबाट भुक्तानी पाउनेछन् । 
महानगरिय ट्राफिक प्रहरी महाशाखाका अनुसार गत साउनभर काठमाडौं उपत्यकामा ५३४ वटा सवारी  दुर्घटना भए । जसमा १० जनाको मृत्यु भयो भने १९ जना गम्भीर घाइते भए । त्यस्तै, ३५४ जना सामान्य घाइते भएको महाशाखाको तथ्यांकमा उल्लेख छ ।
साउन महिनाभरि नेपालको कुनै पनि क्षेत्रमा तपाईंको सवारी साधन दुर्घटना भएको छ ? जसबाट सवारी साधन, यात्रु, तेस्रो वा चालक दललाई क्षति पुगेको छ ?

कृषि बिमा ८८ प्रतिशतले बढ्यो, ५ अर्ब ९९ करोडको कृषि बिमालेख

मुना कुँवर
काठमाडौं : बिमा समितिले बिमकहरूलाई जिल्ला नै तोकेर कृषि बिमा गर्न निर्देशन दिएपछि एक वर्षमै झण्डै दोब्बरले बढेको छ । बिमा समितिको तथ्यांकअनुसार बिमांकको आधारमा गत आर्थिक वर्ष २०७२/७३ मा कृषि बिमा ८८ प्रतिशतले बढेको छ । 
समितिका अनुसार गत आवको अन्त्यसम्ममा कम्पनीहरूले ५ अर्ब ९९ करोड रुपैयाँ बराबरको कृषि बिमालेख जारी गरेका छन् । अघिल्लो आव २०७१/७२ को सोही अवधिमा भने कम्पनीहरूले ३ अर्ब १८ करोड बराबरको कृषि बिमा बिक्री गरेको तथ्यांकले देखाएको छ । 
गत आवमा बिक्री भएको कृषि बिमालेखवापत कम्पनीहरूले २४ करोड ८७ लाख बिमाशुल्क आम्दानी गरेका छन् भने १४ करोड ८६ लाख बराबरको कम्पनीहरूमा कृषि बिमा दाबी परेको छ । उक्त अवधिमा कृषि बिमाका लागि कम्पनीहरूलाई सरकारले १८ करोड ६५ लाख बराबरको अनुदान रकम वितरण गरेको छ । 
नेपालको कृषि क्षेत्रलाई व्यावसायीकरण गर्न कृषि विकास मन्त्रालयले २०६९ माघ  १ गतेदेखि कृषि बिमा कार्यक्रमको सुरुवात गरेको हो ।

Sunday, September 11, 2016

बिमा समायोजनका लागि छुट

मुना कुँवर
काठमाडौ : बिमा समितिले मोटर बिमामा गरेको नयाँ व्यवस्थाअनुसार बिमा समायोजन नगरेका विमितले साउन महिना (ग्रेस पिरियड) छुट पाउने भएका छन् ।
अर्थात् साउन महिनामा बिमा समायोजना नगरेका विमितले पनि दुर्घटना परेको अवस्थामा समितिको नयाँ व्यवस्थाअनुसार नै कम्पनीबाट भुक्तानी पाउनेछन् । 
महानगरिय ट्राफिक प्रहरी महाशाखाका अनुसार गत साउनभर काठमाडौं उपत्यकामा ५३४ वटा सवारी  दुर्घटना भए । जसमा १० जनाको मृत्यु भयो भने १९ जना गम्भीर घाइते भए । त्यस्तै, ३५४ जना सामान्य घाइते भएको महाशाखाको तथ्यांकमा उल्लेख छ ।
साउन महिनाभरि नेपालको कुनै पनि क्षेत्रमा तपाईंको सवारी साधन दुर्घटना भएको छ ? जसबाट सवारी साधन, यात्रु, तेस्रो वा चालक दललाई क्षति पुगेको छ ?
तर, साउनमा बिमा समितिले गरेको नयाँ व्यवस्थाअनुसार तपार्इंले बिमा समायोजन गर्नुभएको छैन भने पनि बिमा कम्पनीहरूले नयाँ व्यवस्थाअनुसार तपाईंलाई बिमा दाबी भुक्तानी गर्नेछन् । 

Wednesday, September 7, 2016

बिमा कम्पनीमा ५६ करोड विदेशी लगानी

मुना कुँवर  
काठमाडौं : नेपालमा सञ्चालित बिमा कम्पनीहरूमा विदेशी कम्पनीहरूको करिब ५६ करोड ४४ लाख रुपैयाँ लगानी रहेको छ । भारत, श्रीलंका, जर्मन तथा अमेरिकी कम्पनीले नेपाली बिमा कम्पनीहरूमा लगानी गरेका छन् ।
बिमा व्यवसायका लागि नेपाल अधिक सम्भावनाको क्षेत्र भएकाले विदेशी कम्पनीहरू लगानीका लागि आकर्षित रहेको बिमा समितिले बताएको छ ।
नेपालमा सञ्चालित बिमा कम्पनीमध्ये नेसनल लाइफ इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल), युनाइटेड इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स कम्पनीमा विदेशी कम्पनीहरूले प्रत्यक्ष रूपमा लगानी गरेका छन् । सोमध्ये जीवन बिमा कम्पनीतर्फ लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) मा सबैभन्दा बढी विदेशी लगानी छ ।
उक्त कम्पनीमा लाइफ इन्स्योरेन्स कर्पोरेसन इन्डियाको ५५ प्रतिशत लगानी छ । ८५ करोड ५५ लाख चुक्ता पुँजी रहेको लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) भारतीय कम्पनीले ३८ करोड ५० लाख रुपैयाँ लगानी रहेको पाइएको छ ।
नेसनल लाइफ इन्स्योरेन्स कम्पनीमा भने अमेरिकन कम्पनी सिलिक कोटको २ प्रतिशत लगानी छ । १ अर्ब १ करोड चुक्ता पुँजी रहेको उक्त कम्पनीमा अमेरिकन कम्पनीले २ करोड ३ लाख लगानी गरेको छ । 

बिमा समितिमा बढे गुनासा

कारोबार संवाददाता
काठमाडौं : बिमा समितिमा बिमा योजनासम्बन्धी गुनासो लिएर आउनेको संख्या बढ्न थालेको छ । विशेषगरी भूकम्पपछि समितिमा यस्ता गुनासा आउने क्रम बढेको हो । कतिपय विमितले फोनबाटै गुनासो गर्ने गरेको र कतिपय कार्यालयसम्म नै आइपुग्ने गरेको समितिले बताएको छ । 
बिमासम्बन्धी कुनै पनि समस्या भएमा बिमा समितिमा उजुरी गर्न सकिने व्यवस्था छ । कम्पनी वा विमितबाट परेका उजुरीलाई समितिकै इजलासले छलफल गरी निर्णय गर्छ । समितिले गरेको निर्णय चित्त नबुझेमा पुनरावेदन अदालत जान सकिने व्यवस्था छ । 
समितिमा उजुरी गर्ने व्यवस्था रहे पनि केही समयअघिसम्म बिमासम्बन्धी गुनासो आउने क्रम भने न्यून थियो । कहिलेकाहीँ समितिमा विमितहरू गुनासो लिएर आइपुग्थे । तर, भूकम्पपछि बिमा समस्यासम्बन्धी सोधपुछ गर्न आउनेको संख्या बढेको बिमा समितिका उपनिर्देशक आजकुमार अर्यालले बताए ।

Sunday, September 4, 2016

मोटर बिमा बाध्यता होइन आवश्यकता

मुना कुँवर
काठमाडौ : एउटा सुन्दर घर अनि आफ्नै निजी सवारी साधन । जसमा आफू र आफ्नो परिवारलाई घुमाउन पाइयोस् । आफूले चाहेको स्थानमा र समयमा सजिलै पुग्न सकियोस् भन्ने इच्छा कसको हुँदैन र ?
त्यसमा पनि काठमाडौंको जस्तो व्यस्त सडकमा सार्वजनिक यातायातमा यात्रा गर्नु त सजाय भोग्नु बराबर भइसक्यो । न त सुविस्ताले यात्रा गर्न पाइन्छ न त समयमा नै पुग्न सकिन्छ ।
त्यो पनि बिहान–बेलुकाको समयमा त गाडी पाउनै मुस्किल ।  पाइहाले पनि कि त ढोकामा झुन्डिनु पर्छ या त एउटा खुट्टाले उभिएर यात्रा गर्नुपर्छ । 
त्यसैले सहरी क्षेत्रमा बसोबास गर्ने व्यक्तिका लागि आफ्नै निजी साधन रहर हैन, आवश्यकता नै भइसक्यो । त्यसैले कर्जा लिएर नै किन नहोस् निजी साधन चढ्नेको संख्या बढ्दै गएको छ ।
तर, दैनिक जीवनमा सवारी साधनको प्रयोग गर्नु जति लाभदायिक छ त्यति नै चुनौती पनि छ । अवस्थित ट्राफिक, स्तरहीन सडक, पार्किङको असुविधा, असुरक्षा लगायतका कारणले सवारी साधनको प्रयोग चुनौतीपूर्ण छ । त्यसैले मोटर खरिद गरेर मात्रै पुग्दैन ।