२०७२-०१-२९
मा प्रकाशित
१५ देखि २० अर्ब रुपैयाँको हाराहारीमा दाबी
- भत्किएका अधिकांश घरको बीमा नै छैन
- अधिकांश दाबी उपत्यकाभित्रबाट मात्रै
मुना कुँवर
वैशाख २८, काठमाडौं । भूकम्पपछि भएको क्षतिबाट बीमा कम्पनीहरूमा करीब रू.
२० अर्बको बीमा दाबी पर्नसक्ने बीमकहरूले अनुमान गरेका छन् । भूकम्पका कारण
मुलुकले ठूलो आर्थिक क्षति बेहोरे तापनि तुलनात्मक रूपमा बीमा कम्पनीहरूमा
भने थोरै दाबी पर्ने बीमक सङ्घका अध्यक्ष विजयबहादुर शाहले बताए । उनले
भने, ‘हामीले १५ देखि २० अर्ब रुपैयाँको हाराहारीमा दाबी पर्नसक्ने अनुमान
गरेका छौं ।’
मुना कुँवर
वैशाख २७, काठमाडौं । भूकम्पबाट क्षति भएको भन्दै आइतवारसम्ममा १५ ओटा
निर्जीवन कम्पनीमा ७ हजार २ सय ९१ र जीवन बीमा कम्पनीमा ७२ ओटा दाबी परेको छ
। बीमा समितिले दिएको तथ्याङ्कअनुसार प्रारम्भिक चरणमा कम्पनीहरूमा उक्त
सङ्ख्याको दाबी परेको हो । बीमक कम्पनीहरूबाट बास्तविक तथ्याङ्क आउन बाँकी
रहेकाले यकिन क्षति सङ्ख्या धेरै हुनसक्ने समितिले बताएको छ ।