मुना कुँवर
हालको नागरिक उड्डयन प्राधिकरणलाई सेवा प्रदायक र नियामक निकायका रूपमा बेग्लाबेग्लै विस्तार गरिने
नेपाल नागरिक उड्डयन प्राधिकरण दुई निकायमा विभाजन गरिने भएको छ । अन्तर्राष्ट्रिय हवाई उड्डयन संगठन आइकाओको मापदण्डअनुसार एउटै निकायले सेवा सञ्चालन र नियमन गर्न मिल्दैन । सोही कारण आइकाओले पनि पटकपटक प्राधिकरणलाई दुई भूमिका निर्वाह हुने गर्नेगरी व्यवस्थापन मिलाउन भन्दै आएको थियो । अब प्राधिकरणलाई सेवा प्रदायक र नियामक निकायका रूपमा बेग्लाबेग्लै कार्यालयका रूपमा खडा गरिने भएको छ । यसका लागि नागरिक उड्डयन ऐनको मस्यौदा तयार पारिएको छ ।