Wednesday, December 30, 2015

फैसलाको पर्खाइमा २ सय ८४ मुद्दा

मुना कुँवर

२०७२-०९-१५ मा प्रकाशित  
पुस १४, काठमाडौं । राजस्व न्यायाधिकरण, काठमाडौंमा विगत २ वर्षदेखि २ सय ८४ ओटा मुद्दा फैसलाको पखाइमा छन् । चालू आर्थिक वर्ष २०७२/७३ को मङ्सिर मसान्तसम्ममा यस्ता मुद्दाको सङ्ख्या बढेर ६ सय ४ पुगेको छ । रीत नपुगेकाले मुद्दाको प्रक्रिया अघि बढाउन नसकिएको न्यायाधिकरणका से्रस्तेदार वसन्तजङ्ग थापाले बताए । उनले भने, ‘मुद्दा दर्ता भएर मात्रै हुँदैन, यसका पनि निश्चित प्रक्रिया छन् । प्रक्रिया पूरा भएको अवस्थामा मात्रै फैसला गर्न सकिन्छ ।’

Sunday, December 27, 2015

चाडपर्व लक्षित लाभांश घोषणा अर्थहीन

३ महीनासम्म लगानीकर्ताले पाएनन् प्रतिफल , समयावधिभित्र दर्तासमेत गराइएन, डिम्याट वा भौतिक प्रमाणपत्र भन्ने अन्योल

काठमाडौं । चाडपर्वअघि नै लाभांश घोषणा गरेका र यही अवधिमा साधारणसभा सकेका भए पनि अधिकांश कम्पनीले लाभांश वितरण भने गरेका छैनन् । लाभांश वितरणमा भएको यो ढिलाइले चाडपर्व लक्षित यस्ता योजना निरर्थक देखिएका छन् । ‘हामीले नै यस्तो चलन चलाएका थियौं, यसको उद्देश्य दशैंअघि नै साधारणसभा सक्ने र लगानीकर्तालाई चाडपर्व खर्च जोहो गरिदिने थियो,’ एक पुराना शेयर लगानीकर्ताले भने । चाडपर्वका लागि लगानीकर्ताले लाभांश नै नपाई शेयर बेच्नुपर्ने अवस्था नआओस् भन्ने उद्देश्यले नै दशैंतिहारअघि साधारणसभा सक्ने चलन रहको उनले जानकारी दिए ।

Friday, December 25, 2015

केही महीनामै स्वास्थ्य बीमा शुरू

पहिलो चरणमा इलाम, कैलाली र बागलुङमा

मुना कुँवर

पुस ९, काठमाडौं । स्वास्थ्य मन्त्रालयले केही महीनाभित्रै स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ । पहिलो चरणमा कार्यक्रम सञ्चालनका लागि इलाम, कैलाली र बागलुङ जिल्लालाई नमूनाका लागि छनोट गर्न मन्त्रालयले आवश्यक अनुसन्धानको कार्यसमेत पूरा गरिसकेको बताइएको छ । कार्यक्रमको साझेदारका रूपमा रहेका स्थानीय सेवाप्रदायक संस्थाले आवश्यक भौतिक संरचना निर्माणको कार्य सम्पन्न गर्नेबित्तिकै कार्यक्रम सञ्चालन गरिने मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालले बताए ।

Thursday, December 24, 2015

दशमलवपछिको नेपाली कृषिबीमा

पदमराज अवस्थी
देशको कुल गार्हस्थ्य उत्पादनको एक तिहाइ अंश कृषिक्षेत्रले ओगट्दै आएको छ । अहिले आएर कृषिक्षेत्रलाई विप्रेषणले पछि पारेको छ । तर, विप्रेषणले अर्थतन्त्रलाई तबसम्म मात्र धान्न सक्छ जबसम्म युवाको गालामा रस बाँकी रहन्छ । अबका ३० वर्षपछि देशमा उमेर ढल्केकाहरूको सङ्ख्या बढी हुनेछ र अहिलेको विप्रेषणको बाढी कुलोमा सीमित हुनेछ । यस कारण पनि नेपालको समृद्ध अर्थतन्त्रको बलियो आधार भनेको कृषि नै हो । कृषिप्रतिको घट्दो आकर्षण तथा लगानीलाई बढावा र संरक्षण दिन बीमा समितिले बाली तथा पशुबीमा निर्देशिका जारी गरेको आगामी जनवरी १ मा ३ वर्ष पूरा हुँदै छ । निर्देशिका जारी भएपछि निर्जीवन बीमकले अनिवार्य रूपमा ३–५ जिल्लामा यो बीमा व्यवसाय सञ्चालनमा ल्याउनु परेको छ ।

Tuesday, December 15, 2015

व्यवस्थापन खर्चमा कटौती

मुना कुँवर

मङ्सिर २८, काठमाडौं । बीमा समितिले जीवन बीमा कम्पनीहरूले गर्न पाउने व्यवस्थापन खर्च घटाउन निर्देशन दिएको छ । समितिले चालू आर्थिक वर्ष २०७२/७३ देखि नै लागू हुने गरी व्यवस्थापन खर्च घटाउन कम्पनीहरूलाई निर्देशन दिएको हो । समितिले कम्पनीको जीवनकोषअनुसार कम्तीमा ७ प्रतिशतदेखि बढीमा १६ प्रतिशतसम्म व्यवस्थापन खर्चमा कटौती गरेको समितिका वित्तीय विश्लेषण विभागका उपनिर्देशक दिनेशलालकुमार कर्णले बताए । यसअघि कम्पनीहरूले व्यवस्थापन खर्च २८ प्रतिशतसम्म गर्न पाउने व्यवस्था थियो ।

खै सामाजिक सुरक्षाबोर्ड ?

रवीन्द्र घिमिरे
नेपाल सरकारले सामाजिक सुरक्षामा नगण्य मात्रामा लगानी गरेको छ । यसले समाजमा पछि पारिएका तह र तप्काप्रति सरकार उत्तरदायी छैन भन्ने कुरा स्पष्ट पार्छ भने अर्कोतर्फ नेपालको प्रशासन जनताको आर्थिक एवम् सामाजिक अवस्थाको अभिलेख राम्रोसँग राख्न र सोको विश्लेषण गर्न सक्षम नभएको पनि पुष्टि हुन्छ । सन् १९९४ मा मासिक १ सय रुपैयाँ वृद्धभत्ता वितरणबाट शुरू भएको नेपालको सामाजिक सुरक्षा कार्यक्रम झण्डै २ दशकको अवधिमा मासिक १ हजारमा पुगेको छ भने यसै अवधिमा अन्य उपेक्षित र आर्थिक रूपमा विपन्न वर्गले पनि केही राहत महसूस गरेका छन् । तर पनि राज्यले खर्च गर्ने रकमको परिमाणमा भने समयसापेक्ष वृद्धि हुन सकेको छैन । सबैभन्दा बढी सामाजिक सुरक्षा आवश्यक पर्ने क्षेत्र भनेको स्वास्थ्य क्षेत्र हो । तर, यस क्षेत्रमा सरकारको लगानी न्यून छ र औषधि उपचारमा हुने जम्मा खर्चको ९० प्रतिशत व्यक्ति स्वयम्ले बेहोर्न बाध्य छन् । सङ्ख्यात्मक हिसाबमा १० प्रतिशत जनताले सामाजिक सुरक्षाअन्तर्गतको केही लाभ लिन सफल भएका छन् तर गुणात्मक रूपमा धेरै काम गर्न बाँकी नै छ । सामाजिक सुरक्षाको क्षेत्र निकै व्यापक र गम्भीर छ । यो केवल वृद्धभत्तामा मात्रै चित्त बुझाउने विषय होइन । आज एक्काइसौं शताब्दीमा आइपुग्दा मानिसहरू जाडोले मर्न बाध्य छन्, जीवनजल र सिटामोल नपाएरै अमूल्य जीवन सकिएको छ र खाद्यान्नको अभावमा कुपोषणले ग्रस्त छन् ।

Sunday, December 13, 2015

सामुद्रिक बीमादर निर्देशिका संशोधनले व्यवसायीलाई राहत

मुना कुँवर

मङ्सिर २७, काठमाडौं । नाकाबन्दीका कारण सामान आयात गर्न नपाएका व्यवसायीलाई बीमा समितिले राहत प्रदान गरेको छ । समितिले सामुद्रिक बीमादर निर्देशिका २०६५ संशोधन गरी व्यवसायीको समस्यालाई केही हदसम्म सम्बोधन गर्ने प्रयास गरेको छ । मुलुकको वर्तमान कठिन परिस्थितिलाई दृष्टिगत गरी निर्देशिका संशोधन गरिएको समितिका निर्देशक श्रीमान् कार्कीले बताए । ‘नाकाबन्दीले ठूलो नोक्सानी बेहोर्दै आएका व्यवसायीलाई निर्देशिका संशोधनले बीमा अवधि लम्ब्याउन बाटो खुल्नेछ,’ उनले भने ।  

Saturday, December 12, 2015

बीमितको उजुरी ‘सुपर फाष्ट ट्र्याक’मा

मुना कुँवर

मङ्सिर २६, काठमाडौं । भूकम्पपछि बीमितहरूबाट आएका उजुरीलाई बीमा समितिले ‘सुपर फाष्ट ट्र्याक’बाट सम्बोधन गर्न थालेको छ । भूकम्पले आहत भइरहेका बीमितलाई राहत महसूस गराउन समितिले यस्तो खालको सेवा शुरू गरेको हो । महाविपत्तिको अवस्थाबाट गुज्रिएका बीमितले थप झन्झट बेहोर्न नपरोस् भनी फाष्ट ट्र्याक प्रक्रिया अपनाएको बीमा समितिका निर्देशक श्रीमान् कार्कीले बताए ।  

Tuesday, December 8, 2015

जारी बीमालेखमध्ये ७८ प्रतिशत म्यादी बीमा

म्यादी बीमा योजनाको अंश बढ्दो

मुना कुँवर

मङ्सिर २२, काठमाडौं । जीवन बीमा कम्पनीहरूले जारी गर्दै आएका विभिन्न बीमा योजनामध्ये म्यादी बीमा योजना जारी हुने क्रम ह्वातै बढेको छ । बीमा समितिको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७०/७१ सम्ममा ९ लाख ६३ हजार १ सय ५७ म्यादी बीमा योजना जारी भइसकेका छन् । यो सङ्ख्या कुल जारी योजनाको ७८ प्रतिशत हो । सरकारले वैदेशिक रोजगारीमा जाने कामदारलाई अनिवार्य रूपमा बीमा गर्नुपर्ने प्रावधान राखेपछि म्यादी जीवन बीमालेख जारी हुने क्रम बढेकोे बीमा समितिले बताएको छ ।

Saturday, December 5, 2015

जीवन बीमा कम्पनीको नाफा घट्यो

मुना कुँवर

मङ्सिर १९, काठमाडौं । चालू आर्थिक वर्ष २०७२/७३ को पहिलो त्रैमास अवधिमा जीवन बीमा कम्पनीहरूको नाफा औसत ३ प्रतिशतले घटेको छ । बीमा कम्पनीहरूले प्रकाशित गरेको वित्तीय विवरणअनुसार कम्पनीहरूको नाफा औसतमा घटेकोे देखिएको हो । तुलनात्मक रूपमा कम्पनीहरूको व्यापार नै घटेकाले नाफा घटेको हुन सक्ने बीमा समितिको वित्तीय विश्लेषण विभागका उपनिर्देशक दिनेशलाल कुमार कर्णले बताए । उनले भने, ‘गत वैशाख महीनाको गएको भूकम्प तथा जारी मधेशी आन्दोलनले व्यापार प्रभावित भएको छ ।’