मुना कुँवर
इन्धन खर्च मात्र ७ करोड, कुल आम्दानी ५ करोड मात्र
नेपाल वायुसेवा निगमले इन्धन खर्चसमेत नउठ्ने गरी काठमाडाैं –ओसाका उडान सञ्चालन गरेको छ । भदौ १२ गतेदेखि एक महिनामा निगमले गरेको १० उडानमा इन्धनमा मात्र ६ करोड रुपैयाँ खर्च भएको छ । तर, यात्रुबाट भने ५ करोड १६ लाख २४ हजार रुपैयाँ मात्र संकलन गरेको छ । हवाई क्षेत्रमा कुल खर्चमध्ये इन्धनको लागत ३५ प्रतिशत मात्र पर्छ ।
निगमका अनुसार २ सय ७४ सिट क्षमता भएको एयर बस ३३० ले भदौ १२ बाट ओसाका उडान भर्दा औसतमा १३.९ प्रतिशत मात्र यात्रु पाएको छ । उताबाट फर्किंदा भने ३२.८५ प्रतिशत पाएको छ । यस्तो उडानबाट प्रशासनिक खर्चको त कुरै छाडौँ, इन्धन खर्चसमेत नउठेपछि निगम दिनदिनै समस्यामा पर्दै गएको छ । उक्त जहाजले सातामा तीनवटा उडान गर्ने तयारीसाथ उडान सुरु गरेको थियो । तर, यात्रु नपाएपछि साताको दुईवटा मात्रै उडान गर्दै आएको छ ।
मुना कुँवर
इन्धन खर्च मात्र ७ करोड, कुल आम्दानी ५ करोड मात्र
