मुना कुँवर
२०७२-११-३० मा प्रकाशित ३६१८ पटक पढिएको
फागुन ३०, काठमाडौं । मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाको प्राथमिक शेयर भर्नेहरुको भीड थामिनसक्नुको भएको छ । आइतबार फारम भर्नेहरुको विवरण प्राप्त नभइसकेपनि शुक्रबारसम्म ४२ दशमलव ८ गुणा बढी आवेदन परेको छ । सो अवधिसम्ममा ३६ हजार ९ सय ८७ ओटा आवेदन परेको ग्लोबल आईएमई क्यापिटलले बताएको छ ।संस्थाले गत फागुन २७ गते देखि सर्वसाधारणका लागि ६ लाख १२ हजार कित्ता प्राथमिक शेयरनिष्काशन गरेको हो ।
कम्पनीको बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड काठमाडौं, उपत्यका बाहिर जनकपुर, सिटिजन्स बैङ्क इन्टरनेशनलको उपत्यकाका शाखा कार्यालय, प्राइम कमर्सियल बैङ्ककोनुवाकोटको बट्टार र नेपालगंज शाखा कार्यालय, सोसाइटी बैङ्कका गोंगबु शाखा र सगरमाथा मर्चेण्ट बैङ्किङ्ग फाइनान्स मानभवन ललितपुरबाट दरखास्त दिन सकिने छ ।
दोस्रो बजारमा लघुवित्त संस्थाको शेयरमूल्य उच्च भएपछि यसप्रति मानिसहरुको आकर्षण धेरै बढेको छ । आवेदकहरुको भीडमा बजार सम्बन्धी ज्ञान भएर लगानी गर्ने भन्दा पनि हावाको भरमा लगानी गर्नेको भीड बढी देखियो ।
शुक्रबार सिटिजन बैङ्कमा आवेदकको अत्यधिक भीड भएपछि लाइन व्यवस्थापन गर्न सुरक्षाकर्मीलाई हम्मे हम्मे परेको थियो ।
शुक्रबार साढे १२ बजे कार्यालय बन्द हुने जानकारी आएपछि विहानै देखि लाइन बसेका आवेदकहरुले जबरजस्तीे कार्यालयको सटर तानेर भित्र पसेको थिए । एक्कासी उर्लेर पसेको भीडलाई सुरक्षाकर्मीले समेत रोक्न सकेनन् ।
सटर खोलेर लाइनको सिस्टम तोड्दै आफूखुशी कार्यलय भित्र छिर्दै गरेका आवेदकहरु ।
कार्यलय भित्र छिरेको भीड । कमजोर व्यवस्थापनका कारण बल प्रयोग गरी भित्र छिरेको भीडको दृश्य ।
No comments:
Post a Comment