नयाँ पत्रिका काठमाडौँ, १ जेठ
नेपालमा बिमा समितिको स्थापना हुनुभन्दा पहिले नै नेपाल इन्स्योेरेन्सको स्थापना भइसकेको थियो । नेपाल इन्स्योरेन्सपछि स्थापना भएको समितिले पनि आफ्नो स्थापनाको ५० वर्ष मनाइसकेको छ । यो अवधिमा समितिले बिमा क्षेत्रमा खेलेको भूमिका तथा समितिबाट कम्पनीहरूले राखेको अपेक्षाको विषयमा नेपाल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाहको दृष्टिकोण :
समितिले बिमा क्षेत्रको दिशा निर्देशन गर्न थालेको छ
केही समयअगाडि कृषि बिमा गर्न समितिमा धेरै पहल गर्नुपरेको थियो । आजको दिनमा समितिले आफैँले यसको नेतृत्व लिन थालेको छ । समिति आफैँले बिमा योजना बनाएर कम्पनीलाई दिन थालेको छ । वास्तवमा नियमनकारी निकायबाट सरोकारवालाहरूले गर्ने अपेक्षा यो पनि हो । यदि व्यावसायिक संस्था कुनै कामप्रति इच्छुक छैनन् भने पनि नियमनकारी निकायले नै सहजता गरेर वातावरण निर्माण गर्ने भूमिका खेल्नुपर्छ ।

साथै पछिल्लो समय समितिले कम्पनीको पुँजी वृद्धिको विषयमा गरेको निर्णय अत्यन्तै प्रंशसनीय छ । यदि कम्पनीको जोखिम बहन गर्ने क्षमता भएन भने कम्पनीप्रति आममानिसको वितृष्णा जाग्न सक्छ । त्यसैले केही साथीहरूलाई वा केही लगानीकर्तालाई अन्यथा लागे पनि मैले यसलाई सकारात्मक रूपमा लिएको छु । पुँजी वृद्धि भएकै कारण आज कम्पनीहरू सक्रिय रूपमा काम गर्न थालेका छन् । हिजोको दिनसम्म २५ वटा शाखा खोल्ने कम्पनीलाई धेरैै शाखा खोल्यो भनिन्थ्यो ।
तर आज हेर्नुस्, करिब–करिब सबै कम्पनीले ५० देखि १ सयवटा शाखा खोल्ने लक्ष्य लिएका छन् । यदि हामीले ५ वर्षको तथ्यांकलाई मात्रै हेर्ने हो भने ग्राहक र पहुँचको वृद्धि पनि सोहीअनुसार नै भएको छ । आज कम्पनीको पुँजी वृद्धि भएपछि कम्पनीहरूले व्यवसाय वृद्धि नगरी सुखै छन् । त्यसैले समितिले गरेको त्यो निर्णय प्रसंशायोग्य छ ।
प्रविधिको प्रयोग गर्नुपर्छ
बिमा क्षेत्रको जानकारी समितिको औँलामा हुनुपर्छ । आजको दिनमा प्रविधिको प्रयोगविना अगाडि बढ्न कठिन छ । त्यसैले समितिले पनि प्रविधिको भरपूर फाइदा उठाउनुपर्छ । त्यति मात्रै होइन, कम्पनीहरूले पनि समयसापेक्ष प्रविधिको प्रयोग गर्नुपर्छ । हामीले अहिले प्रयोग गर्दै आएको सफट्वेयर विश्वसनीय छैन । तसर्थ, सबै कम्पनीहरू मिलेर सोसिङ गर्न सकियो भने सुलभ मूल्यमा नै पाउन सकिन्छ ।

बिमांकी उत्पादन गर्नुपर्छ
आजको दिनमा पनि बिमा हचुवाका भरमा हुँदै आएको छ । हामीले अनुमानका आधारमा बिमाशुल्क निर्धारण गर्दै आएका छौँ । जस्तै, आजको दिनमा खोलाको किनारमा हुने घर, समथर जग्गा भएको घर वा डाँडा भएको घरको बिमाशुल्क एउटै छ । यसमा त जोखिम फरक–फरक छन् । तर, जबसम्म हामीसँग जोखिम मूल्यांकन गर्ने दक्ष जनशक्ति हुँदैन, तबसम्म जोखिमको फरक छुट्याउन सकिँदैन । तर, त्यसैले बिमा समितिले आगामी दिनमा यस्तो अध्ययन गर्नेलाई केही छात्रवृत्तिको व्यवस्था गर्नुपर्छ । नेपालमा नै बिमांकी तयार पार्नुपर्छ । यसमा नियमनकारी निकायले पहल गरिदियो भने अरूले पनि त्यसको अनुसरण गर्न सक्छन् ।

अध्ययन र अनुसन्धानमा लगानी गर्नुपर्छ
समितिको अनुसन्धान दरिलो हुनुपर्छ । किनभने, अबको दिनमा बढी क्षति जलवायुमा आएको परिवर्तनबाट हुनेछ भनेर अन्तर्राष्ट्रियस्तरमा धेरै बहस भइरहेको छ । जस्तै, नेपालको धेरै जलविद्युत् कम्पनीहरू हिमनदीमा आधारित छन् । त्यसैको आधारमा विद्युत् उत्पादन गर्छौँ भनेर निर्माण भएका छन् । अब हिमालमा हिउँ भए पो पग्लन्छ । ढुंगो पग्लेर त पानी आउँदैन । हामीले हेर्दा पनि त हिउँ घटेको देख्छौँ । तर, हामीकहाँ अहिलेसम्म यससम्बन्धी अध्ययन हुने गरेको छैन । कुनै गैरसरकारी संस्थाले गर्छ भने पनि व्यावसायिक रूपमा उपलब्ध छैन । त्यसैले हामीले जुन जोखिम बहन गरेका छौँ, त्यो देवीदेउतालई सम्झेर मात्रै गरेका छौँ । त्यसैले नियमनकारी निकायले अनुसन्धान र अध्ययनमा बृहत् लगानी गर्नुपर्छ । हचुवाका भरमा बिमा गर्नुहुँदैन ।

बिमित सुसूचित भएका छन्
अहिले आमबिमित जागरुक भएको अवस्था छ । कतिपय बिमा कम्पनीसँग सरोकार राख्ने निकायले त कम्पनीको भन्दा बढी बिमाको जानकारी राख्न थालेका छन् । यस्ता सरोकारवाला संस्थाहरूले बिमाको बारेमा जानकारी राख्न जोखिम व्यवस्थापक पनि नियुक्त गर्न थालेका छन् । यसले आजको समयमा बिमित बढी सुसूचित भएको देखिन्छ । बिमित र बिमकबीचको विश्वासको वातावरण पनि बढेको छ । हिजोका दिनमा बिमकले जे भन्यो बिमितले सुन्ने मात्रै गर्थे, अहिले भने बिमितले बिमालेखका बारेमा प्रश्न गर्न, विकल्प खोज्न थालेका छन् ।

उद्यमशीलता र बिमाबीच नङ र मासुको सम्बन्ध
हाम्रो पुस्तालाई छाड्ने हो भने हामीकहाँ व्यापार व्यवसाय गर्ने मानिस एकदम कम थिए । हामीभन्दा अघिल्लो पुस्ता ९० प्रतिशतभन्दा बढी कृषिमा नै आधारित थिए । नेपालमा उद्यमशीलता धेरै ढिलो गरी विकास भएको हो । विकास भए पनि धेरै जनतासम्म पुग्न सकेन । उद्यमशीलता र बिमाको सम्बन्ध नङ र मासुको जस्तै हुन्छ । जहाँ व्यापार र उद्यमशीलता हुन्छ, त्यहाँ धेरै जोखिम देखिन्छन् । अनि त्यसको सुरक्षणका लागि मानिसले बिमाको विकल्प खोज्छ । तर, नेपालमा औद्योगिक विकास ढिलो गरी भएकाले बिमा पनि ढिलो वृद्धि भएको हो ।

धेरै नियमनकारी निकायले आफूले गरेको निर्णय अटल छ भन्ने लाग्छ । त्यस सन्दर्भमा म समितिको प्रशंसा गर्छु कि उहाँहरूले यति छिटो परिमार्जन गर्नुभयो । ०६९ सालबाट ०७३ सम्म आउन चार वर्ष लाग्यो । तर, अहिले दुई वर्षमा नै परिमार्जन भयो । यति छिटो सोच परिवर्तन हुनु राम्रै हो । जसमा प्रमुख कार्यकारीको योग्यतादेखि लिएर धेरै कुरा परिवर्तन भएका छन् । भोलिका दिनमा नेपालको बिमा क्षेत्रमा जनशक्तिको उपलब्धता भयो भने उहाँले उमेरको हदबन्दीलाई पनि परिवर्तन गर्न सक्नुहुन्छ । सुशासनअनुसार प्रमुख कार्यकारी प्रमुख करारमा आउँछ । उसले व्यवसाय योजना त लिएरै आउनुपर्छ । यद्यपि ७० वर्षसम्म जागिर खान पाउने भए पनि व्यावसायिक रूपमा सफल हुन सकेन भने लगानीकर्तालाई राख्नु नै पर्छ भन्ने छैन ।
तसर्थ, अब बिमा व्यवसाय हिजोको जस्तो छैन । झन् चुनौती थपिएको छ । पुँजीको वृद्धिले सबैतिर दबाब सिर्जना भएको छ । अबको चुनौती १ अर्बको लगानीलाई प्रतिफल दिनु हो । त्यसैले अब बिमा समितिले होइन, सम्बन्धित लगानीकर्ताले प्रतिफल खोज्छन् । प्रमुख कार्यकारीको उत्तरदायित्व थपिएको छ । यसले बिमाको असंख्य सम्भावनालाई खोल्छ । यसमा म खुब उत्साहित छु ।
समितिलाई कारबाही गर्ने अधिकार छ
समितिले तोकेको दरभन्दा कममा पनि बिमा हुने गरेको सुनिएको छ । यो समितिको निर्देशनको बर्खिलाप हो । समितिले एउटा दर तोकेको छ । त्यो अनुसरण गरेनौँ भने कारबाही गर्ने अधिकार समितिसँग छ । यदि कुनै कम्पनीले अर्को कम्पनीले त्यस्तो गरेको थाहा पाउँछ भने पनि त्यस विषयमा बोल्नु जरुरी छ । समितिलाई खबर गर्न सक्छ । सुशासनको सुरुवात कसैले त गर्नुप-यो नि । यदि त्यस्तो कामको बारेमा थाहा छ भने हिम्मत पनि राख्नुपर्छ । तब मात्रै यो नियन्त्रणको प्रक्रियामा जान्छ । होइन भने कोठाभित्र बोल्ने, तर बाहिर हिम्मत नगर्ने हो भने त्यसले खासै अर्थ राख्दैन ।

http://www.enayapatrika.com/2018/05/15/50308/
No comments:
Post a Comment