नेपालमा बिमा व्यवसाय सुरु भएको करिब ७० वर्ष भइसकेको छ । बिमा व्यवसायलाई सुरक्षित, भरपर्दो बनाउन नियमनकारी निकाय बिमा समिति स्थापना भएको पनि आजबाट ५० वर्षमा प्रवेश गरेको छ । यस अवधिमा बिमा व्यवसायमा उल्लेख्य विकास भएको छ । यद्यपि, यो विकास र विस्तार अपेक्षा गरिएअनुसार भने हुन सकेको छैन । नेपालमा बिमा व्यवसाय, बिमा समितिको भूमिका तथा समितिको भावी योजनालगायतका विषयमा बिमा समितिका निर्देशक राजुरमण पौडेलले यसरी बताए :
बिमा अपरिहार्य आवश्यकता
कुनै पनि मुलुकको आर्थिक समृद्धिका लागि बिमा अपरिहार्य आवश्यकता हो । आवश्यकता नै आविष्कारको जननी हो । यही आवश्यकताको महसुस गरी वि.सं. २००४ मा नेपालमा नेपाल इन्स्योरेन्स कम्पनी (माल चलानी तथा बिमा कम्पनी) स्थापना भयो ।

यहीँबाट नेपालमा बिमाको औपचारिक इतिहास सुरु भएको हो । क्रमिक रूपमा नेपालमा उद्योग, व्यापार बढ्न थाल्यो । व्यापार बढेसँगै सरकारले बिमा कम्पनी स्थापना गर्नुपर्ने महसुस ग¥यो । फलस्वरूप ०२५ सालमा राष्ट्रिय बिमा संस्थान स्थापना भएको हो ।
नेपालमा विदेशी बिमा कम्पनीहरूले पनि बिमा गराउँदै आएको र बिमा संस्थान स्थापना भएपछि नियमन गर्न सरकारले बिमा समितिको आवश्यकता महसुस गरेको हो । बिमा समिति अविछिन्न उत्तराधिकारवाला एक स्वशासित र संगठित नियमनकारी निकाय हो ।
बिमा ऐन २०२५ जारी भएपछि ०२६ सालमा जेठ १ गते बिमा समिति स्थापना भएको हो । समयअनुकूल बनाउन बिमा ऐनलाई परिमार्जन गरी बिमा ऐन २०४९ जारी गरियो । यस ऐनले समितिलाई बिमा व्यवसायलाई व्यवस्थित तथा नियन्त्रित गर्ने अधिकार प्रदान गरेको छ । ऐन लागू भएपछि समितिको भूमिका तथा कार्यक्षेत्र पनि विस्तार र व्यापक हुँदै गएको छ ।
समितिको संस्थागत स्वरुप
बिमा ऐन २०४९ ले बिमा समितिको सञ्चालक समितिमा पाँच जना सदस्य रहने व्यवस्था गरेको छ । जसमा पूर्णकालीन कार्य गर्ने गरी नेपाल सरकाद्वारा नियुक्त गरिएको अध्यक्ष रहने व्यवस्था छ । त्यस्तै नेपाल सरकार अर्थ मन्त्रालयको सहसचिव, कानुन तथा न्याय मन्त्रालयका सहसचिव र बिमा व्यवसायमा विशेष ज्ञान भएका व्यक्ति (मनोनीत) र बिमितहरूको तर्फबाट एकजना सदस्य रहने व्यवस्था छ भने समितिका एक कर्मचारी सदस्यसचिवका रूपमा रहनेछन् । हाल बिमा समितिमा ६५ कर्मचारी सेवारत छन् । एकजना बिमाविज्ञ र चारजना चार्टर्ड एकाउन्टेन्ट छन् । त्यस्तै, अहिलेसम्म ५ सय सर्भेयरले लाइसेन्ससमेत लिएका छन् ।

वित्तीय अवस्था र बिमालेख
नयाँ कम्पनीसहित नेपालमा ३९ वटा बिमा कम्पनी पुगेका छन् । १८ वटा जीवन बिमा, २० वटा निर्जीवन र एउटा पुनर्बिमा कम्पनी रहेका छन् । चालू आवको पहिलो ८ महिनाको अवधिमा बिमा कम्पनीहरूले ४९ अर्ब ९५ करोड रुपैयाँ बिमाशुल्क संकलन गरेका छन् । जीवन बिमा कम्पनीहरूले मात्रै ३५ अर्ब ८२ करोड रुपैयाँ संकलन गरेका छन् भने निर्जीवन बिमा कम्पनीले १४ करोड १३ लाख रुपैयाँ बिमाशुल्क संकलन गरेका छन् ।

निर्जीवन बिमा कम्पनीहरूले अग्नि, मोटर, सामुद्रिक, इन्जिनियरिङ, कृषि, लघुलगायतका बिमालेख जारी गर्दै आएका छन् । त्यस्तै, जीवन बिमा कम्पनीहरूले सावधिक, आजीवन र म्यादी बिमाअन्तर्गत विभिन्न खालका बिमा योजना सञ्चालन गर्दै आएका छन् ।
लगानीको अवस्था
बिमा क्षेत्रको लगानी रकम बढ्दै गएको तथ्यांकले देखाएको छ । चालू आवको पहिलो आठ महिनाको अवधिमा कम्पनीहरूले १ खर्ब ८८ अर्ब रुपैयाँ लगानी गरेका छन् । जसमध्ये जीवन बिमा कम्पनीको लगानी १ खर्ब ६५ अर्ब रुपैयाँ रहेको छ भने निर्जीवन बिमा कम्पनीहरूको लगानी २३ अर्ब १० करोड रहेको छ ।

उद्देश्य, रणनीति र गन्तव्य
नेपालको बिमा व्यवसायलाई व्यवस्थित, नियमित र विकसित गर्ने बिमा समितिको प्रमुख उद्देश्य हो । समग्र बिमाको माध्यमबाट देशको आर्थिक समृद्धि गर्न र अर्थतन्त्रमा टेवा पु¥याउन समिति सदैव क्रियाशील रहेको छ । यसका लागि समितिले विभिन्न रणनीतिक उद्देश्य निर्धारण गरी आफ्नो कार्यसम्पादन गर्दै आएको छ ।

समितिले बिमासम्बन्धी नीति–निर्माण गरी कार्य सम्पादन गर्ने रणनीति बनाएको छ । बिमितको हकहितको संरक्षण गर्ने, बिमा व्यवसायलाई सुरक्षित बनाउने, बिमा व्यवसायको विश्वसनीयता अभिवृद्धि गर्ने, बिमा व्यवसाय प्रवद्र्धन र विकास गर्ने, ग्रामीण क्षेत्रमा बिमाको पहुँच बढाउने, बिमासम्बन्धी अन्तर्राष्ट्रिय मापदण्डका आधारमा नेपालको बिमा क्षेत्रको मूल्यांकन गरी बिमाको स्तर वृद्धिसँग सम्बन्धित प्रणालीहरू विकास गर्ने समितिको रणनीति रहेको छ ।
समितिको आगामी योजना
आर्थिक तथा सामाजिक क्रियाकलापको जोखिमलाई सम्पूर्ण रूपमा सुरक्षित तथा बिमा व्यवसायलाई सम्पूर्ण रूपमा विकसित गर्नु समितिको प्रमुख लक्ष्य हो । कुल गार्हस्थ उत्पादनमा बिमा क्षेत्रको योगदानलाई मौजुदा १.५ प्रतिशतबाट बढाएर २.५ पु-याउने लक्ष्य रहेको छ । यस्ता लक्ष्य हासिल गर्न समितिले भावी योजना तय गरेको छ ।

समितिले पछिल्लो समयमा बिमाको प्रचार–प्रसारका लागि स्थानीय निकायसँग बिमासम्बन्धी छलफलको प्रक्रियालाई घनीभूत बनाएको छ । विद्यार्थीसँग पनि बिमाबारेमा छलफल गरेको छ । बिमाक्षेत्रमा देखिएको जनशक्तिको अभावलाई परिपूर्ति गर्न समितिले बिमा तालिम केन्द्र स्थापना गर्ने भएको छ । विमकहरूसँगको सहकार्यमा समितिले तालिम केन्द्र सञ्चालन गर्ने तयारी गरेको हो । त्यस्तै, समितिले समयसापेक्ष बिमा ऐन परिमार्जन गर्ने तयारी गरेको छ । समितिले एक परिवार एउटा बिमा भन्ने नारालाई अगाडि सारेको छ ।
बिमा ऐन २०४९ लाई प्रतिस्थापन गरी समयसापेक्ष बनाई कानुनी र संस्थागत संरचना तयार गर्ने समितिको भावी योजना रहेको छ । बिमा क्षेत्रको विस्तार गर्ने, आवश्यक जनशक्ति तयार गर्ने, बिमा विषयलाई विद्यालय र उच्चस्तरीय शैक्षिक पाठ्यक्रममा समावेश गर्ने, लघु बिमाको माध्यमबाट ग्रामीण क्षेत्र तथा न्यून आय वर्गका सेवा विस्तार गर्ने, वैकिल्पक वितरण प्रणालीको विकास गर्ने, जनचेतना कार्यक्रम सञ्चालन गर्ने, नीति तथा कार्यक्रम तयार गरी कार्यान्वयन गर्ने र बिमा कोषलाई सुरक्षित क्षेत्रमा लगानी गर्ने वातावरणको सिर्जना गर्ने समितिको योजना रहेको छ ।
बिमा क्षेत्रबाट सरकारलाई राजस्व
सरकारले प्राप्त गर्ने राजस्वको स्रोतका रूपमा बिमा पनि एक हो । यस क्षेत्रले आयकर, लगानी बिमाको लाभकर, पुनर्बिमा शुल्क कर, बिमा अभिकर्ता, बिमा सर्भेयर, कमिसन कर, मूल्य अभिवृद्धि कर, कर्मचारीहरूको पारिश्रमिक करलगायतका कर शीर्षकमा सरकारलाई राजस्व प्राप्त गर्नमा सहयोग गर्दै आएको छ । बिमा क्षेत्रकोे योगदानबाट गत वर्ष सरकारलाई ६ अर्ब ५० करोड राजस्व प्राप्त भएको थियो ।

समितिले गरेका मुख्य कामहरू
बिमा कम्पनीहरूलाई व्यवस्थित बनाई आमबिमितलाई सुरक्षित बनाउन समितिले काम गर्दै आएको छ । कामहरू अहिले प्रक्रियामा नै छन् । गत वर्ष मात्रै समितिले नेपालमा बिमाको पहुँच बढाउने उद्देश्यसहित नयाँ कम्पनीहरूलाई सञ्चालनको अनुमति दिएको छ ।

नेपालमा बिमा बजारको सम्भावना अध्ययन गरी समितिले कम्पनीहरूको पुँजी वृद्धिसमेत गरेको छ । त्यस्तै, समितिले मोटर बिमाको बिमाशुल्क दर घटाएको छ भने यात्रु पक्ष बिमांकको रकम बढाएको छ । साथै समितिले हालै वैदेशिक रोजगार बिमा पनि परिमार्जन गरेको छ । जसमा बिमितलाई स्वदेशमा रहेको अवस्थामा पनि ६ महिनासम्मा बिमा योजना सुरक्षण गर्ने व्यवस्था गरिएको छ ।
समितिले संस्थागत सुशासनलाई पनि परिमार्जन गरेको छ । बिमाक्षेत्रमा देखिएका केही अप्ठ्यारालाई हटाउन समितिले सुशासन परिमार्जन गरेको हो । त्यस्तै, समितिले बिमकको पारिश्रमिक निर्धारणका लागि मार्गदर्शनसमेत जारी गरेको छ । लघुबिमा व्यवस्थित गर्न पुलको निर्माण कार्यमा बिमकलाई सहयोग गरेको छ ।
साथै समितिले पछिल्लो समयमा बिमाको प्रचार–प्रसारका लागि स्थानीय निकायसँग बिमासम्बन्धी छलफलको प्रक्रियालाई घनीभूत बनाएको छ । विद्यार्थीसँग पनि बिमाबारेमा छलफल गरेको छ । बिमाक्षेत्रमा देखिएको जनशक्तिको अभावलाई परिपूर्ति गर्न समितिले बिमा तालिम केन्द्र स्थापना गर्ने भएको छ ।
बिमकहरूसँगको सहकार्यमा समितिले तालिम केन्द्र सञ्चालन गर्ने तयारी गरेको हो । त्यस्तै, समितिले समयसापेक्ष बिमा ऐन परिमार्जन गर्ने तयारी गरेको छ । समितिले एक परिवार एउटा बिमा भन्ने नारालाई अगाडि सारेको छ ।
समस्यामुक्त छैन बिमाक्षेत्र
सामान्यतया हामीकहाँ समस्या देखिएपछि मात्र समाधानका उपाय खोज्ने चलन छ । भनिन्छ, समस्याले नै समाधानको उपाय पनि खोजेर ल्याएको हुन्छ । समस्या समाधानको खोजीका लागि बिमाक्षेत्रमा पनि केही समस्या देखिएका छन् ।

सबल प्रतिस्पर्धा, पारदर्शिता नहुनु, बिमा दाबी भुक्तानीमा ढिला सुस्ती, बिमा ऐन समयसापेक्ष परिमार्जित हुन नसक्नु, ग्रामीण भेगमा बिमाको पहुँच हुन नसक्नु, जनचेतनाको कमी, दक्ष जनशक्तिको अभाव, संरचनागत सुशासनको अभाव, लगानीका लागि उपयुक्त अवसर र पर्याप्त मात्रामा उपलब्ध नहुनु तथा सरकारको बिमा नीतिकै सम्बन्धमा पहिचान हुन नसक्नु यस क्षेत्रका समस्या हुन् ।
समितिको प्रतिबद्धता
नेपालमा बिमा व्यवसायको ७० वर्षको लामो इतिहास छ । आजबाट बिमा समितिले ५०औँ वर्षमा प्रवेश गरेको छ । यस अवधिमा बिमाक्षेत्रलाई सुदृढ, सुक्ष्म, सुरक्षित र मर्यादित बनाउन धेरै नै कार्य भए । अहिले पनि भइरहेकै छ । यद्यपि, यो अपेक्षाकृत रूपमा नभएको समितिले पनि महसुस गर्दै आएको छ । सुधार र विस्तार चलिरहने प्रक्रिया हो ।

यसलाई तीव्रता दिन समितिले विभिन्न खाले योजना अगाडि ल्याउनेबारे सोचिरहेको छ । अन्तर्राष्ट्रिय नियमनकारी निकायसँग समन्वय गरेर सम्बन्ध गाढा बनाउँदै लैजान तथा बिमा सबैको पहुँचमा पु¥याउन समिति प्रतिबद्ध रहेको छ ।
http://www.enayapatrika.com/2018/05/15/50277/
No comments:
Post a Comment