बिमा कम्पनीहरूको नियमनकारी निकाय बिमा समिति स्थापनाको ५०औँ वर्षमा प्रवेश गरेको छ । ०२६ साल जेठ १ गते स्थापना भएको समिति आजदेखि स्वर्ण वर्षमा प्रवेश गरेको हो । तर, नेपालको बिमा क्षेत्र भने अझै पनि शिशु अवस्थामै छ भन्दा कुनै अत्युक्ति नहोला ।
५० वर्षको अवधिमा नेपालमा बिमा पहुँच करिब १० प्रतिशत पुगेको छ भने नेपालको कुल गार्हस्थ उत्पादनमा बिमा क्षेत्रको योगदान करिब २ प्रतिशत मात्रै रहेको छ । यसले नेपालमा बिमा बजारको अवस्था सुस्त गतिमा रहेको देखाउँछ । स्थापनाको ५०औँ वर्षमा प्रवेश गरे पनि समितिले गरेको काम–कारबाही भने सन्तोषजनक नभएको बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले स्वीकार गरे ।
नेपाल इन्स्योरेन्स (तत्कालीन माल चलानी तथा बिमा कम्पनी) नेपाल बैंकको भगिनी संस्थाका रूपमा स्थापना भएपछि नेपालमा बिमा व्यवसाय सुरु भएको हो । त्यसअघि पनि केही विदेशी बिमकले नेपालमा फाट्टफुट्ट बिमा व्यवसाय गरिरहेका थिए । उद्योग तथा व्यापार बढ्दै गएपछि ०२५ सालमा सरकारी स्वामित्वमा राष्ट्रिय बिमा संस्थान स्थापना भएको हो । त्यसको करिब १ वर्षपछि बिमा कम्पनीहरूको नियमन गर्न बिमा समिति स्थापना भएको हो ।
५० वर्षमा ३९ कम्पनी
नेपालमा अहिले ३९ वटा बिमा कम्पनीले बिमा व्यवसाय गरिरहेका छन् । जसमध्ये १८ जीवन, २० निर्जीवन र १ पुनर्बिमा कम्पनी रहेका छन् । स्वामित्व संरचनाको हिसाबले ३ वटा बिमा कम्पनी विदेशी बिमा कम्पनीको शाखाका रूपमा सञ्चालित छन् । ४ वटा संयुक्त पुँजी लगानी (ज्वाइन्ट भेन्चर), ३० वटा निजी स्वामित्वका र २ वटा सरकारी स्वामित्वका छन् । चालू आवको फागुन महिनासम्ममा जीवन बिमा कम्पनीका शाखा संख्या ८ सय ७० पुगेका छन् भने कुल कर्मचारी ३ हजार पुगेको तथ्यांक छ । त्यस्तै निर्जीवन बिमा कम्पनीको संख्या ५ सय ३७ र कर्मचारी संख्या ३ हजार ३ सय ३३ पुगेका छन् ।

वर्तमान वित्तीय अवस्था
प्रत्येक वर्ष बिमा कम्पनीहरूको व्यवसाय वृद्धि हुँदै गएको छ । विगत पाँच वर्षको अवधिमा जीवन बिमा व्यवसाय साढे दुई गुणाले बढेको छ । आर्थिक वर्ष ०६९/७० मा जीवन बिमा कम्पनीहरूले १६ अर्ब ११ करोड रुपैयाँ बिमाशुल्क संकलन गरेका थिए भने आव ०७३/७४ मा यो रकम बढेर ३८ अर्ब ८६ लाख रुपैयाँ पुगेको थियो । चालू आवको फागुन मसान्तसम्ममा कम्पनीहरूले २८ अर्ब ७ करोड रुपैयाँ बिमाशुल्क संकलन गरेका छन् । यसमा १ अर्ब ८८ करोड रुपैयाँ वैदेशिक रोजगार बिमाबापतको रहेको छ । सो अवधिसम्ममा कम्पनीहरूले १ खर्ब ६३ करोड रुपैयाँ लगानी गरेका छन् ।

पाँच वर्षको अवधिमा निर्जीवन बिमा कम्पनीहरूको व्यवसाय पनि दुई गुणाभन्दा धेरैले बढेको छ । आव ०६९/७० मा कम्पनीहरूले ८ अर्ब १६ करोड रुपैयाँ बिमाशुल्क संकलन गरेकोमा आव ०७३/७४ मा १८ अर्ब ३८ करोड रुपैयाँ संकलन गरेका थिए । चालू आवको फागुन मसान्तसम्ममा भने कम्पनीहरूले १३ अर्ब १५ करोड रुपैयाँ बिमाशुल्क आर्जन गरेका छन् । कम्पनीहरूको लगानी भने २४ अर्ब २३ करोड रुपैयाँ पुगेको छ ।
जिडिपीमा हिस्सा सवा २ प्रतिशत
नेपालको कुल गार्हस्थ उत्पादनमा बिमा क्षेत्रको योगदान सवा २ प्रतिशत हाराहारी देखिएको छ । चालू आवको फागुन मसान्तसम्मको तथ्यांकलाई हेर्ने हो भने बिमा क्षेत्रको योगदान २.२० प्रतिशत देखिएको छ । आव ०७२/७३ मा कुल गार्हस्थ उत्पादनमा बिमाशुल्कको योगदान २.०३ प्रतिशत रहेको थियो । आव ०६९/७० देखि ०७१/७२ सम्ममा क्रमशः १.४५ प्रतिशत, १.५७ प्रतिशत र १.७१ प्रतिशत रहेको छ । आव ०७४/७५ मा भने २.३० प्रतिशत रहने अनुमान गरिएको छ ।

कम्पनीको लगानी
चालू आवको फागुन महिनासम्ममा कम्पनीहरूको लगानी १ खर्ब ८८ अर्ब पुगेको छ । जसमा जीवन बिमा कम्पनीको १ खर्ब ६५ अर्ब रहेको छ । निर्जीवन बिमा कम्पनीहरूले भने २३ अर्ब १० करोड रुपैयाँ लगानी गरेका छन् । यो गत वर्षको भन्दा करिब १९ प्रतिशत बढी हो । कम्पनीहरूले समितिले तोकेको क्षेत्रमा मात्र लगानी गर्न पाउँछन् । आव ०७०/७१ मा कम्पनीहरूको लगानी ७५ अर्ब ७८ करोड, आव ०७१/७२ मा १ खर्ब १० अर्ब रुपैयाँ, आव ०७२/७३ मा १ खर्ब ३४ अर्ब रुपैयाँ, आव ०७३/७४ मा १ खर्ब ४६ अर्ब रुपैयाँ भएको तथ्यांकले देखाएको छ ।

कृषि बिमाको अवस्था
चालू आवको पहिलो ८ महिनाको अवधिमा ८ अर्ब २ करोड रुपैयाँको कृषि बिमा भएको छ । उक्त बिमाबापत कम्पनीहरूले ३५ करोड २ लाख रुपैयाँ बिमाशुल्क संकलन गरेका छन् भने २८ करोड ४३ लाख रुपैयाँ दाबी भुक्तानी भएका छन् । नेपालमा ०६९ सालदेखि कृषि बिमा सुरु भएको हो । सुरुमा सरकारले कृषि बिमामा ५० प्रतिशत अनुदान दिँदै आएकोमा अहिले यसलाई बढाएर ७५ प्रतिशत बनाइएको छ । आव ०७१/७२ मा कम्पनीहरूले ३ अर्ब १८ करोड रुपैयाँबराबरको कृषि बिमा गरेका थिए । आव ०७२/७३ मा ६ अर्ब ३ करोड र आव ०७३/७४ मा ९ अर्ब २५ करोडको कृषि बिमा भएको थियो ।

अझै भएनन् यी काम
तालिम केन्द्रको स्थापना भएन तत्कालीन नेसनल लाइफ एन्ड जनरल इन्स्योरेन्सका संस्थापक ओम सिंहका अनुसार बिमा समितिको स्थापनासँगै तालिम केन्द्रको पनि परिकल्पना गरिएको थियो । नेपालमा बिमामा दक्ष जनशक्ति नभएकै कारण तालिम केन्द्र स्थापना गर्ने योजना बनाइएको उनको भनाइ छ । त्यतिवेला नै समितिले सेवाशुल्कबापत १ प्रतिशत रकम पनि लिन थालेको थियो, तर अहिलेसम्म पनि तालिम केन्द्र स्थापना हुन नसकेको उनले बताए ।

प्रचार हुन सकेन
बिमाको प्रचार–प्रसारमा बिमा कम्पनी मात्रै होइन, बिमा समिति पनि चुकेको छ । बिमाको पहुँच वृद्धि हुन नसक्नुमा प्रचार–प्रसारमा कमी मुख्य कारण भएको सरोकारवालाहरू बताउँछन् । प्रचार–प्रसारका लागि कुनै पनि निकायले योजना नबनाएको विमाविज्ञ डा. रवीन्द्र घिमिरेले बताए । एक–अर्काको मुख ताक्ने काम मात्र भएको उनको भनाइ छ ।

पाठ्यक्रममा समेटिएन
बिमा चेतना बढाउन पाठ्यक्रममा नै बिमा राख्ने योजना धेरै पहिलेको हो, तर हालसम्म पनि यो कार्यान्वयन भएको छैन । बिमा समितिका पूर्वअध्यक्ष प्रा. डा. फत्तबहादुर केसीले बिमा विषय विश्वविद्यालयमा नै समावेश गर्न बहस चलाएको भए पनि कार्यान्वयन हुन नसकेको विमाविज्ञ डा. दामोदर बसौलाले बताए । बिमालाई पाठ्यक्रममै नसमेटिएसम्म दक्ष जनशक्ति पाउन र चेतना बढाउन नसकिने उनको भनाइ छ ।

अध्ययन, अनुसन्धानको अभाव
नेपालको बिमा क्षेत्रमा सबैभन्दा ठूलो समस्या अध्ययन, अनुसन्धान हुन नसक्नु हो । आजको दिनसम्म समितिले अनुसन्धानका लागि लगानी नै नगरेको बिमाविज्ञ डा. रवीन्द्र घिमिरेले बताए । अध्ययन, अनुसन्धान गरेर योजना नबनाएसम्म बिमा क्षेत्र सधैँ जोखिममा रहने उनले बताए ।

उत्पादन भएनन् बिमांकी
जोखिमको मूल्यांकन गरेर बिमा योजना बनाउने, बिमाशुल्क तय गर्ने, वित्तीय विवरण परीक्षण गर्ने काम बिमांकीको हो । तर, यो ५० वर्षको अवधिमा नेपालमा एउटा पनि बिमांकी छैनन् । जसका कारण नेपाली बिमा कम्पनीहरू विदेशी बिमांकीको भर पर्न बाध्य छन् । यस्ता जनशक्ति उत्पादनका लागि समितिले छात्रवृत्तिको व्यवस्था गर्नुपर्ने नेपाल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाहले बताए ।

http://www.enayapatrika.com/2018/05/15/50396/
No comments:
Post a Comment