वित्तीय साक्षरता र वित्तीय समावेशीकरण आजका जल्दाबल्दा विषय हुन् । बैङ्क, बीमा र पूँजी बजार वित्तीय क्षेत्रका तीन पक्ष हुन् भने यिनका बारेमा सही जानकारी प्राप्त गर्नु वित्तीय साक्षरता हो । यी तीन क्षेत्रमा आमजनताको सहभागितामा वृद्धि गर्नु वित्तीय समावेशीकरण हो । वित्तीय साक्षरतामा जोड नदिई वित्तीय समावेशीकरणमा वृद्धि हुन सक्दैन । यसका लागि नेपाल राष्ट्र बैङ्क, धितोपत्र बोर्ड र बीमा समितिका बीच राम्रो समन्वय भएर मात्र हुँदैन, आआफ्नो क्षेत्रमा जनसमुदायको सहभागितामा वृद्धि गर्न विभिन्न प्रवद्र्धनात्मक कार्य गर्नुपर्छ । बीमा, बैङ्क र पूँजी बजार एकआपसमा प्रतिस्पर्धी संस्था होइनन् बरु एकअर्काका सहयोगी संस्था हुन् । लगानीकार्ताको सीमित बचतलाई एक क्षेत्रमा लगानी गर्दा अर्को क्षेत्रलाई असर गर्न सक्छ । तर, सावधिक जीवन बीमा पोलिसीमा गरिएको लगानी अन्ततोगत्वा बीमा कम्पनीमार्फत बैङ्क र पूँजी बजारमा पुग्छ जुन बढी स्थायी र स्थिर पनि हुन्छ ।
बीमा अन्य वित्तीय उपकरणभन्दा निकै जटिल वित्तीय उपकरण भएकाले केवल सर्वसाधारणलाई मात्र होइन, शिक्षित व्यक्तिलाई पनि बीमाका बारेमा सही सूचना लैजानु जरुरी छ । जब ‘पोलिसीहोल्डर’ले बीमाका बारेमा गहिरोसँग बुझ्नेछन् तब उनीहरूले आफूलाई उपयुक्त हुने खालको ‘प्लान’ किन्नेछन्, समय नपुग्दै पोलिसी ‘ल्याप्स’ र ‘सरेण्डर’ हुने छैनन्, जोखीमको हस्तान्तरण गर्ने संस्कृतिको विकास हुनेछ । स्थायी, दिगो र भरपर्दो बीमाको विकासका लागि बीमा साक्षरताको महŒव धेरै छ । बीमा व्यवसायको सफल कार्यान्वयनका लागि दक्ष जनशक्तिको आवश्यकता हुन्छ । बीमा उद्योगको विकासमा बीमासम्बन्धी शैक्षिक संस्थाको महŒव धेरै छ भन्ने कुरा विश्वका धनी राष्ट्रहरूले बीमासम्बन्धी अध्ययन अनुसन्धान गर्न कलेजस्तरीय शैक्षिक संस्थामा गरेको ठूलो परिमाणको लगानीबाट पनि पुष्टि हुन्छ । तर, नेपालमा बीमा कम्पनी स्थापना भएको झण्डै ७० वर्ष पुगिसक्दा पनि बीमाको विषयमा कुनै प्रोफेशनल तथा शैक्षिक संस्थाको स्थापना नहुनु एक बिडम्वना नै हो । स्तम्भकारले केही वर्षअगाडि गरेको सर्वेमा बीमामा प्रोफेशनल डिग्री लिएकाहरूको सङ्ख्या १ प्रतिशतभन्दा कम पाएको आधारमा पनि के भन्न सकिन्छ भने नेपालमा बीमासम्बन्धी तालीम र प्राज्ञिक डिग्री दिने निकायको आवश्यकता निकै टड्कारो भइसक्यो ।
बीमाशिक्षाको अन्तरराष्ट्रिय अवस्था
बीमासम्बन्धी शिक्षाको इतिहास निकै पुरानो छ । सन् १८७३ मा इन्स्योरेन्स इन्ष्टिच्युट अफ म्याञ्चेष्टरको स्थापना नै बीमाशिक्षाको पहिलो खुड्किलो मान्न सकिन्छ । यस इन्ष्टिच्युटलाई बेलायत सरकारले सन् १९१२ मा चार्टर्ड इस्योरेन्स इन्ष्टिच्युटको मान्यता दियो । हाल यसका १ लाखभन्दा बढी सदस्य छन् । बीमा व्यवसायमा लाग्नेहरूका लागि यस संस्थाको डिग्री प्राप्त गर्नु गर्वको विषय मानिन्छ । त्यसै गरी अमेरिकाले सन् १८७४ मा इन्स्योरेन्स ल को पढाइ शुरू ग¥यो भने जर्मनीले १८९८ बाट । चीनले १९०२ बाट र कोरियाले १९१० बाट इन्स्योरेन्सको पढाइ थालनी गरेको पाइन्छ । अमेरिकामा बीमा तथा जोखीम व्यवस्थापन विषयमा अध्ययन अनुसन्धान गर्न कलेजस्तरीय शैक्षिक संस्थाको स्थापना गर्ने पहिलो व्यक्ति प्रोफेशर सोलोमन हुब्नर हुन् । उनले पेन्सिलभानिया विश्वविद्यालयको ह्वार्टन स्कूलमा सन् १९०४ मा इन्स्योरेन्स इकोनोमिक्स विषयको अध्यापन शुरू गरेका थिए भने सन् १९४१ म कलेज स्तरीय बीमाशिक्षालाई व्यवस्थित बनाइयो । अमेरिकन इन्ष्टिच्युट अफ चार्टर्ड प्रोपर्टी कजल्टी अण्डरराइटर्सले सन् १९४२ मा सरकारी मान्यता प्राप्त ग¥यो । आज अमेरिकामा हजारौं कलेजमा स्नातक र स्नातकोत्तर तहमा र आठ संस्थामा विद्यावारिधिसम्मको अध्ययन अनुसन्धान हुन्छ भने हुब्नर फाउण्डेशनले बीमा र जोखीम व्यवस्थापनका क्षेत्रमा विद्यावारिधि गर्ने शोधार्थीलाई छात्रवृत्तिको व्यवस्था गर्दै आएको छ । चीनमा २२ हजारभन्दा बढी विद्यार्थी बीमा तथा जोखीम व्यवस्थापनको क्षेत्रमा स्नातकदेखि विद्यावारिधिसम्मको अध्ययन गर्छन् र यसका लागि त्यहाँ ८७ भन्दा बढी कार्यक्रम सञ्चालित छन् । रसियामा ४० भन्दा बढी विश्वविद्यालयले बीमा विषय आफ्नो पाठ्यक्रममा राखेका छन् ।

दक्षिण एशियाली देशहरूमा पनि बीमाशिक्षाको प्रवद्र्धन र विकासका लागि विशेष संस्थाहरू स्थापित भएका छन् । भारतमा बीमाशिक्षाको प्रवद्र्धन र प्रसारण गर्न सर्वोच्च निकायका रूपमा सन् १९५५ मा भारतीय बीमा संस्थानको स्थापना गरियो । यस संस्थालाई बीमासम्बन्धी तालीम तथा अध्यापन गर्ने सबै निकायको नियमन र अनुगमन गर्ने अधिकारसमेत दिइएको छ । संस्थान स्वयम्ले कलेज अफ इन्स्योरेन्स सञ्चालनमा ल्याएको छ । भारतमा ननएकेडेमिक तालीम, प्रोफेशनल कोर्ष र एकेडेमिक कोर्षमा विद्यावारिधिसम्मको अध्ययन हुनुका साथै लाखौं विद्यार्थीलाई यस क्षेत्रमा आकर्षित गर्न छात्रवृत्तिको पनि व्यवस्था गरिएको छ । त्यसै गरी पाकिस्तानमा सन् १९५१ मा पाकिस्तान इन्स्योरेन्स इन्ष्टिच्युट, बङ्गलादेशमा सन् १९७३ मा बङ्गलादेश इन्स्योरेन्स एकेडेमी, श्रीलङ्कामा सन् १९८१ म श्रीलङ्का इन्स्योरेन्स इन्ष्टिच्युट स्थापना भएका छन् । ती संस्थाले बीमाका विभिन्न विधामा सर्टिफिकेट तथा डिप्लोमा स्तरको तालीम सञ्चालन गर्दै आएका छन् र बीमा बजारका लागि चाहिने जनशक्तिको उत्पादन गरी बीमा बजारको विकासमा सक्दो योगदान गर्दै आएका छन् ।
नेपालमा बीमाशिक्षाको अवस्था
नेपालमा बीमाशिक्षाको थालनी निकै ढिलो भयो । त्रिभुवन विश्वविद्यालयले व्यवस्थापन सङ्कायअन्तर्गत स्नातक तहमा सन् १९८० कोे पछिल्लो दशकमा १०० अङ्कको बैङ्किङ तथा इन्स्योरेन्स विषय ऐच्छिक विषयका रूपमा राखिएको थियो, जुन हालसम्म पनि कायम छ । सन् २००० को पछिल्लो दशकदेखि पोखरा विश्वविद्यालयले स्नातक तहमा बैङ्किङ तथा इन्स्योरेन्स कार्यक्रम सञ्चालन गरिरहेको छ, जसमा चारओटा विषय इन्स्योरेन्ससँग सम्बन्धित छन् । नेपालको बीमाशिक्षाको इतिहासमा यो कार्यक्रम नै बीमाको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले तयार गरिएको सबैभन्दा व्यापक कार्यक्रम हो । हाल यस कार्यक्रमअन्तर्गत करीब ५ सय विद्यार्थी अध्ययनरत छन् । अन्य कुनै विश्वविद्यालयले बीमासम्बन्धी यति व्यापक कोर्ष तयार गरेका छैनन् । गैरएकेडेमिक तालीमअन्तर्गत बीमा समितिले सर्वेयर र अभिकर्ताको तालीम र बीमा कम्पनीले अभिकर्ताको तालीम समयसमयमा सञ्चालन गर्दै आएका छन् । यस्ता तालीम कार्यक्रमहरू नियमित र व्यवस्थित ढङ्गबाट सञ्चालित हुनुपर्नेमा जति बेला आवश्यकता पर्छ त्यति नै बेला बीमा कम्पनीहरूले आयोजना गर्छन् । बीमा समितिले समयसमयमा तालीम सञ्चालन गर्दै आएको छ । तर, यसको तालीमसम्बन्धी वार्षिक क्यालेण्डर प्रकाशित भएको पाइँदैन ।

नेपालमा बीमाशिक्षाको भावी योजना
परम्परागत बीमाका पोलिसीबाहेक कृषि तथा पशुबीमा र स्वास्थ्य बीमाजस्ता जटिल बीमा उपकरणको जोखीम मूल्याङ्कन गर्ने, क्षति मूल्याङ्कन गर्ने, नयाँनयाँ पोलिसी जारी गर्ने कार्यका लागि धेरै विज्ञको खाँचो छ । उच्चस्तरीय र मध्यमस्तरीय बीमा विशेषज्ञहरूको उत्पादन गर्न बीमासम्बन्धी शिक्षाको टड्कारो आवश्यकता परेको प्रस्तावित बीमा ऐनले एक बीमा एकेडेमीको परिकल्पना गरेको छ । ऐन कहिले पास हुने हो र त्यसको कार्यान्वयन कहिले हुने हो निश्चित छैन । नेपालमा बीमाशिक्षाको भावी योजनाबारे सबै सरोकारवाला निकायका बीच छलफल गरी योजना बनाउन ढिला भइसकेको छ ।

यसै सन्दर्भमा तीन विभिन्न मोडेलमध्ये कुनै एक वा तीनको सम्मिश्रणमा बन्ने चौथो मोडलमा एकेडेमी वा बीमा कलेजको स्थापना गर्नु उपयुक्त हुन्छ । पहिलो मोडल, समितिको एकल स्वामित्वमा सञ्चालन गर्ने । अर्को मोडल, बीमा समिति र विश्वविद्यालय बीच साझेदारीमा सञ्चालन गर्ने र तेस्रो मोडल बीमा कम्पनीहरूको समेत साझेदारीमा सञ्चालन गर्ने । वर्तमान ऐन तथा नियममा पनि बीमा समिति आफैले तालीम विभागको स्थापना गर्न कुनै अप्ठ्यारो पर्ने अवस्था देखिँदैन । उक्त विभागले अल्पकालीन र दीर्घकालीन खालका तालीमहरू प्रदान गर्नसक्छ । बीमा समिति स्वयम्ले उक्त कार्य गर्न नसक्ने हो भने निजी क्षेत्रमा कुनै निकाय खडा गरी सो निकायमार्फत पनि तालीम दिनसक्छ । तर, तालीमको गुणस्तर कायम राख्न नियमन र सुपरिवेक्षण भने बीमा समिति आफैले लिनुपर्छ । तालीम दिएर मात्रै दक्ष जनशक्तिको आवश्यकता पूरा नहुने हुँदा स्नातक र स्नातकोत्तर तहमा जोखीम व्यवस्थापन तथा बीमा विषयको अध्ययन तथा अनुसन्धानको लागि कलेज अफ इन्स्योरेन्स वा यस्तै कुनै नाम दिएर एउटा संस्थाको स्थापना गर्नु आवश्यक देखिन्छ । यस्तो कलेज बीमा समिति र कुनै विश्वविद्यालयका बीच साझेदारीमा पनि स्थापना गर्न सकिन्छ । अथवा बीमा समिति र बीमा कम्पनीको संयुक्त लगानीमा इन्स्योरेन्स एकेडेमीको स्थापना गर्न पनि सकिन्छ, जसले तालीम, एकेडेमिक अध्यापन र अनुसन्धानको समेत कार्य गर्नेछ । यसका लागि समितिलाई नेपाल सरकारलगायत विभिन्न निकाय र दातृसंस्थाको पनि आर्थिक सहयोग अवश्य प्राप्त हुनेछ ।
लेखक बीमा तथा जोखीम व्यवस्थापन विषयमा अध्यापन तथा अनुसन्धान क्षेत्रमा कार्यरत छन् ।
No comments:
Post a Comment