सुवास दीक्षित
दाबी विभाग प्रमुख
सगरमाथा इन्स्योरेन्स कम्पनी
पछिल्लो समयमा बिमा कम्पनीहरूमा दाबीको छिटो भुक्तानी गर्ने प्रवृत्तिको विकास भएको पाइन्छ । के साँच्चै नेपालको बिमा क्षेत्रमा परिपक्कवता आएको हो त ?
हाल बिमा बजारमा रहेको तीव्र प्रतिस्पर्धामा कम्पनीले आप्mनो बजार घट्न नदिन र बिमितहरूमा आफ्नो अधिकारप्रति आएको सचेतनाले गर्दा कम्पनीहरू आफूले उपभोक्ताहरूलाई प्रदान गर्ने सेवामा आप्mनो क्षमताले भ्याएसम्म बढोत्तरी गर्नेतर्फ लागेका छन् ।

यस क्रममा बिमा उद्योगमा कम्पनीको छविमा प्रभाव पार्ने सबभन्दा महत्वपूर्ण क्षेत्र दाबी भुक्तानी रहेको हुँदा कम्पनीहरू दाबी भुक्तानीको समयलाई जति सक्दो छोट्याई सरल बनाउने प्रयासमा छन् ।
यसबाट के देखिन्छ भने हाल नेपालमा बिमा कम्पनीहरू आफ्नो दायित्वप्रति सजग हुँदै गएको र उपभोक्ताहरू पनि आप्mनो अधिकारप्रति जागरुक हुन् थालेको स्पष्ट हुन्छ । कम्पनी तथा उपभोक्तामा आएको यो परिवर्तनबाट बिमा क्षेत्रमा क्रमशः परिपक्कवता आउने आशा गर्न सकिन्छ ।
सगरमाथा इन्स्योरेन्स कम्पनीले अन द स्पट पेमेन्ट सेवा सुरु गरेको छ । यसबाट बिमितलाई के लाभ हुन्छ ?
मुख्यत ः बिमा कम्पनीको ध्यान खाली बिमाशुल्क संकलनमा मात्र हुन्छ र दाबी भुक्तानीको समयमा बिमा कम्पनीले सकेसम्म आलटाल गर्छन् भन्ने आम जनमानसमा रहेको धारणालाई चिर्नका लागि सगरमाथा इन्स्योरेन्सले मोटर बिमाअन्तर्गत ‘भीआईपी अन दिन स्पट क्लेम सेटलमेन्ट’ सेवा सुरु गरेको हो । कम्पनीले गत साउन २३ गतेबाट यो सेवाको आरम्भ गरेको हो ।

यस सेवाअन्तर्गत कम्पनीमा टोल फ्रि नम्बरसहितको एक छुट्टै कस्टमर सर्भिस डेस्कको व्यवस्था गरिएको छ । जुन सातै दिन चौबिसै घण्टा खुला रहन्छ । यहाँबाट बिमितले दुर्घटना हुनासाथ उक्त नम्बरमा फोन गरी दुर्घटनाको जानकारी कम्पनीमा गराउन सक्छन् । यसरी जानकारी प्राप्त हुनासाथ कम्पनीबाट तालिम प्राप्त अधिकारसँग आवश्यक सल्लाह सुझाव तत्काल प्राप्त गर्न सकिन्छ । सूचना प्राप्तिपश्चात् कम्पनीका दाबी भुक्तानीमा दक्ष कर्मचारीहरू दुर्घटनास्थलमा पुगी क्षतिको मूल्यांकन गर्नुका साथै बिमितको सहमतिमा दाबी रकम निक्यौल गर्छन् ।
बिमितको पनि मञ्जुरी भएमा सोही समयमा तत्काल दाबी फछ्र्योट तथा भुक्तानीको प्रक्रिया पूरा गरिन्छ । कम्पनीबाट प्रदान गरिएको यस सेवाबाट बिमितलाई दुर्घटनाबाट हुन गएको आर्थिक क्षतिको व्यवस्था गर्न सहज हुनुका साथै तत्काल पर्न आउने आर्थिक दायित्वबाट मुक्ति मिल्छ ।
यस सेवाअन्तर्गत कम्पनीले बिमा गर्दाको समयमा स्मार्ट ड्राइभिङ लाइसेन्स कार्ड जस्तै बिमा प्रमाणपत्र प्रदान गर्छ । जुन बिमितले सहज रूपमा आफ्नो पर्समा राख्न सक्छन् । दुर्घटनाको समयमा त्यसको मद्दतले कम्पनीमा फोन गरी सेवा प्राप्त गर्न सक्छन् ।
अन द स्पट पेमेन्ट सेवा लिनका लागि बिमितले के–के कुरामा ध्यान दिनुपर्छ र कस्तो प्रक्रिया पूरा गर्नुपर्छ ?
‘भीआईपी अन दिन स्पट क्लेम सेटलमेन्ट’ सेवा कम्पनीबाट पूर्णरूपमा निःशुल्क प्रदान गरिएको हो । यो सेवाबापत ग्राहकले कुनै अतिरिक्त शुल्क तिर्नु पर्दैन । यो सेवा प्राप्त गर्न दुर्घटनाको समयमा ग्राहकले कम्पनीले उपलब्ध गराएको टोल फ्रि नम्बरमा फोन गरे पुग्छ । त्यसपछिका सम्पूर्ण प्रक्रियाहरू कम्पनीका तालिम प्राप्त अधिकारीहरूद्वारा बिमितलाई उसको सुविधाको आधारमा पूरा गरिनेछ ।

यस सेवाअन्तर्गत बिमितले दुर्घटनापश्चात् कम्पनीको कस्टमर सर्भिस डेस्कको टोल फ्रि नम्बरमा फोन गर्नासाथ स्वचालित रूपमा सोको जानकारी निजले बिमा गर्दा सम्पर्क गरेको कम्पनीको प्रतिनिधिलगायत कम्पनीका दाबी शाखाका प्राविधिक कहाँ पुग्ने हुँदा निजले यथासक्य चाँडो दुर्घटना स्थल पुगी दाबी फछ्र्योट तथा भुक्तानी प्रक्रिया सम्पन्न गर्छन् । दुर्घटनापश्चात् बिमितले कम्पनीको नम्बर फोन गरी सकेपश्चात सम्बन्धित अधिकारीको सल्लाहअनुसार आफ्नो सवारी साधनको मर्मत प्रक्रिया तुरुन्त प्रारम्भ गर्न सक्छन् ।
दाबी परेपछि भुक्तानी गर्नमा कम्पनीहरूले आलटाल गर्ने गरेको गुनासो सुनिन्छ । छिटो भुक्तानी गर्न कम्पनीलाई केले रोक्छ ?
केही समय अघिसम्म नेपालको बिमा बजारमा त्यति प्रतिस्पर्धा देखिएको थिएन । त्यसैले कम्पनीहरू आफ्नो सेवाप्रति पूर्ण सजग थिएनन् भने बिमित पनि आफ्नो अधिकारप्रति चनाखो नभएको अवस्था थियो ।
केही समय अघिसम्म नेपालको बिमा बजारमा त्यति प्रतिस्पर्धा देखिएको थिएन । त्यसैले कम्पनीहरू आफ्नो सेवाप्रति पूर्ण सजग थिएनन् भने बिमित पनि आफ्नो अधिकारप्रति चनाखो नभएको अवस्था थियो ।
यस्तो अवस्थामा दाबी भुक्तानी प्रक्रियाले लामो समय लिने गरेको थियो । तर, हाल सबैजसो कम्पनीले आफ्नो दाबी भुक्तानी प्रक्रिया कसरी छिटो छरितो र सरल बनाउने भनेर लागि सकेका छन् । यसक्रममा सगरमाथा इन्स्योरेन्सले सबैभन्दा बढी दाबी पर्ने मोटर बिमामा छुटै ब्रान्डिङसहित अत्यन्त छिटो र सरल प्रक्रियाद्वारा दाबी फछ्र्योट तथा भुक्तानी गर्ने गरेको छ ।
केही ठूला दाबीहरूको हकमा सवारी साधन मर्मत गर्न समय लाग्ने र मर्मत कार्य सम्पन्न भई दाबी निर्धारण हुन नसक्ने हुँदा केही बढी समय लाग्ने गरेको छ । कम्पनीबाट खटाइएका सर्भेयरहरूबाट प्रतिवेदन प्राप्त हुन समय लाग्ने र ठूला दाबीहरू निजको प्रतिवेदन बिना भुक्तानी हुन नसक्ने हुँदा ती दाबीहरूको भुक्तानीमा समय लाग्ने गरेको छ ।
यस क्रममा कम्पनीबाट सर्भेयरहरूलाई प्रतिवेदन बुझाउन ताकेता गर्दा प्रायः दाबीहरूमा बिमितबाट आवश्यक कागजात समयमा नदिनाले प्रतिवेदन दिन नसकेको भनिने हुँदा आवश्यक कागजात सर्भेयरलाई जतिसक्दा चाडो उपलब्ध गराउन बिमितको पनि महत्वपूर्ण भूमिका हुन्छ । जसबाट कम्पनीलाई छिटो र छरितो रूपमा बिमा दाबी भुक्तानी गर्न सहज हुन्छ ।
http://www.karobardaily.com/news/79875
No comments:
Post a Comment