काठमाडौंःबिमा भन्ने बित्तिकै झन्झटिलो प्रक्रिया भन्ने आम मानिसको बुझाइ छ । बिमा गरिसकेपछि भुक्तानी लिँदा लामो प्रक्रिया लाग्ने, कम्पनीले भुक्तानी दिन आलटाल गर्ने, विभिन्न कागजपत्र मागेर हैरान गर्ने प्रवृत्तिले गर्दा बिमाप्रति मानिसको यस्तो धारणा विकास हुँदै गएको हो ।
केही समय अगाडि बिमा कम्पनीहरूमा यस्तो खालको प्रवृत्ति थियो । भुक्तानी लिन प-यो भने कम्पनीहरूले विभिन्न बहाना बनाएर रकम रोकिदिन्थे । त्यसैले मानिसहरू बिमाप्रति मानिसहरू निरुत्साहित हुँदै गए । कतिपय बिमितहरू पनि सानो तिनो दुर्घटना प-यो भने दाबी नै गर्न जाँदैनन् ।
कम्पनीमा धाएर समय बर्बाद गर्नुभन्दा आफ्नै खर्चले मर्मत गर्नु उपयुक्त ठान्छन् । तर, समयसँगै कम्पनीहरूले प्रदान गर्ने सेवा सुविधामा परिवर्तन आइसकेको छ । बिमितलाई ढिलो भुक्तानी गर्दा पनि हुन्छ भन्ने कम्पनीहरूको पुरानो सोच फेरिएको छ ।
बिमा भनेको जोखिम हस्तान्तरण गर्नु हो । दुर्घटना परेको बेलामा कम्पनीले भुक्तानी गर्छ भनेर नै मानिसले आफ्नो सवारी साधनको बिमा गराएका हुन्छन् । तर, कम्पनीको लामो प्रक्रियाका कारण आम मानिस आजित हुन्छन् । कतिपय अवस्थामा कम्पनीले वास्तविकता पत्ता लगाउनका लागि पनि प्रक्रिया लम्बिन्छ भने कतिपय अवस्थामा कम्पनीले नियतवश पनि यस्तो गरेको पाइन्छ ।
तर, अहिले भने कम्पनीहरूले जतिसक्दो छिटो बिमितलाई भुक्तानी गर्नुपर्छ भन्ने सोचका साथ अगाडि बढेको पाइन्छ । किनभने समयसँगै कम्पनीहरूले भुक्तानीको महत्वलाई बुझिसकेका छन् । भुक्तानी गरेरै मात्रै व्यवसायलाई अगाडि बढाउन सकिन्छ भन्ने कुरा कम्पनीहरूले बुझिसकेका छन् ।
बिमितहरूलाई जतिसक्दो छिटो भुक्तानी दिनका लागि केही कम्पनीहरूले विभिन्न नीतिहरू अवलम्बन गरेको छन् । जस्तै, गत साउनदेखि सगरमाथा इन्स्योरेन्स कम्पनीले ‘भीआईपी अन दिन स्पट क्लेम सेटलमेन्ट’ सेवा सुरु गरेको छ । जसअनुसार कम्पनीले दुर्घटना भएको स्थानमा नै पुगेर विमितलाई दाबी भुक्तानी गर्छ । यसका लागि कम्पनीले सवारी साधनको बिमा गर्दा बिमितलाई एउटा कार्ड उपलब्ध गराउँछ ।
जसलाई बिमितले सजिलै आफ्नो पर्समा राख्न सक्छन् । कार्डमा बिमितको विवरण र कम्पनीको टोल फ्रि नम्बर पनि राखेको हुन्छ । दुर्घटना हुने बित्तिकै बिमितले यथास्थानबाट नै उक्त नम्बरमा फोन गर्न सक्छन् । यदि दुर्घटना स्थल कम्पनीको कार्यालय नजिक छ भने कम्पनीले आफ्नो प्रतिनिधि पठाउँछ । कम्पनीबाट आउने प्रतिनिधिले क्षतिको मूल्यांकन गर्छ ।
यदि सामान्य क्षति भएको अवस्थामा कम्पनीको प्रतिनिधि र बिमितबीच सहमति भयो भने क्षतिको मूल्यांकन गरी सोही स्थानमा नै कम्पनीले भुक्तानी गरिदिन्छ । अन्यथा बिमित वर्कसपमा गएर आफ्नो साधनको इस्टिमेट गराउन सक्छ । यदि कम्पनीका अधिकारीले गरेको मूल्यांकन वर्कसपको इस्टिमेटमा समझदारीमा भएमा कम्पनीले बिमितलाई भुक्तानी गर्छ ।
बिमितलाई जतिसक्दो सरल र सहज तरिकाले सेवा प्रदान गर्न कम्पनीले यस्तो खालको नीति अवलम्बन गरेको कम्पनीका दाबी विभाग प्रमुख सुवास दीक्षितले बताए । उनले भने, “बढ्दो प्रतिस्पर्धा र व्यवसाय वृद्धिका लागि यो आवश्यक छ,” उनले भने । समयअनुसार बिमितहरू पनि शिक्षित भइसकेका छन् । बिमितलाई जति छिटो भुक्तानी ग¥यो त्यति नै कम्पनीलाई फाइदा हुन्छ ।
त्यसैले कम्पनीले यो नीतिलाई अगाडि सारेको उनले बताए । कम्पनीले दुर्घटना स्थलमा नै भुक्तानी गर्न थालेपछि बिमा कम्पनीप्रतिको मानिसको सोचाइमा पनि परिवर्तन आएको उनले बताए । “यो सेवा सुरु गरेपछि धेरै बिमित अचम्मित परेका छन् ।
यति छिटो पनि भुक्तानी हुने रहेछ भनेर दंग पर्छन्,” उनले भने । कम्पनीले हाललाई यो सेवा काठमाडौं क्षेत्रमा मात्रै सञ्चालन गरेको छ । आगामी केही दिनमा नै उपत्यका बाहिर पनि यो सेवा सञ्चालन गर्ने तयारीमा छ ।
त्यस्तै, नेको इन्स्योरेन्स पनि गत साउनदेखि नै ‘अन द स्पट’ भुक्तानी सेवा सुरु गरेको छ । जसअनुसार बिमितले दुर्घटना भएको स्थलबाट नै कम्पनीलाई फोन गर्न सक्छ । यदि कम्पनीको कार्यालय नजिक भएमा कम्पनीले आफ्नै प्रतिनिधि पठाएर क्षतिको मूल्यांकन गर्छ । यदि नजिक नभएको अवस्थामा बिमित आफंैले दुर्घटनाको फोटा खिच्न सक्छन् ।
आफ्नै मोबाइले फोटो खिचेर सवारी साधनलाई वर्कसपमा लैजान सक्छ । वर्कसपले दिएको कोटेसन कम्पनीमा प्रस्तुत गरेपछि कम्पनीले तत्काल भुक्तानी गर्छ । यसको लागि बिमितले कोटेसनको साथमा, दुर्घटना हुँदा खिचेको फोटो, सवारी साधनको ब्लुबुक, लाइसेन्स र पोलिसी पनि बुझाउनुपर्छ । तत्पश्चात विमितले तुरुन्तै भुक्तानी पाउन सक्छ । कम्पनीले यो सेवा नेपाल भर सञ्चालन गरेको छ ।
कम्पनीले यस्तो सेवा सञ्चालन गरेपछि बिमाप्रति मानिसको हेर्ने दृष्टिकोणमा परिवर्तन आएको कम्पनीका सुपरभाइजर सुसन घिमिरेले बताए । “बिमा भनेको दुः खको साथी हो । दुर्घटना हुँदा मानिसले आर्थिक रूपमा विक्षिप्त हुन्छ । उक्त अवधिमा तत्काल हामीले भुक्तानी गर्न सक्यांै भने मात्रै कम्पनीप्रति उनीहरूको विश्वास कायम रहन्छ । जसले हाम्रो व्यवसायमा पनि वृद्धि हुन्छ,” उनले भने ।
चाहे जीवन होस् चाहे निर्जीवन अहिले अधिकांश कम्पनीहरू छिटो भुक्तानी गर्नु पर्छ भन्ने विषयमा सचेत भइसकेका छन् । कम्पनीहरूले जति सक्दोछिटो भुक्तानी प्रक्रियालाई सरल र तीव्र पार्नुपर्ने बताउँछन् राष्ट्रिय बिमा संस्थानका प्रमुख कार्यकारी अधिकृत अश्विनीकुमार झा । “व्यवसायलाई वृद्धि गर्ने पहिलो कडी भनेकै छिटो भुक्तानी गर्नु हो,” उनले भने ।
केही समय पहिलासम्म भुक्तानी ढिला ग¥यो भने कम्पनीको नाफा बढ्ने गलत धारण बिमकहरूमा भएको बताउँछन् नेपाल इन्स्योरेन्स कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत विष्णुप्रसाद उपाध्याय । तर, भुक्तानी गर्न नसकेको दाबीको बदलामा कम्पनीहरूले ११५ प्रतिशत प्रोभिजन राख्नुपर्छ ।
यसले कम्पनीलाई नाफा हैन घाटा लैजान्छ । त्यसैले समयमा नै भुक्तानी गरेर मात्रै कम्पनीलाई अगाडि बढाउन सकिने उनले बताए ।
अहिले कम्पनीहरूमा छिटो भुक्तानी गर्ने अवधारणाको विकास भएको छ । त्यसैले कम्पनीहरूले सार्वजनिक बिदाको दिनमा समेत घरमा नै पुगेर भुक्तानी गर्ने गरेको लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका सहायक जनरल म्यानेजर कुमारबहादुर खत्रीले बताए ।
अहिले कम्पनीहरूमा छिटो भुक्तानी गर्ने अवधारणाको विकास भएको छ । त्यसैले कम्पनीहरूले सार्वजनिक बिदाको दिनमा समेत घरमा नै पुगेर भुक्तानी गर्ने गरेको लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका सहायक जनरल म्यानेजर कुमारबहादुर खत्रीले बताए ।
http://www.karobardaily.com/news/79874
No comments:
Post a Comment