रवीन्द्र घिमिरे
बिमा विज्ञ एवं निर्देशक पोखरा विश्वविद्यालय
बिमामा ठगी केलाई भनिन्छ ?
बिमामा ठगी भनेको नघटेको घटनालाई कागजपत्र मिलाएर घटेको देखाई क्षतिपूर्ति लिने, कम क्षति भएको घटनालाई बढाइ चढाइ बढी क्षतिपूर्ति दाबी गर्ने र कम्पनीलाई आर्थिक रूपमा नोक्सान पु¥याउनु कार्य नै ठगी हो । ठगी गैरकानुनी कार्य हो । ठगहरूका लागि बिमा क्षेत्र अत्यन्तै मलिलो भूमि हो । पेशेवार ठगहरूले यसै माध्यमबाट आफ्नो बिलासी जीवन जिउने गरेको पनि पाइन्छ ।

बिमामा किन ठगी हुन्छ ?
बिमा क्षेत्रमा मात्रै होइन ठगी सबै क्षेत्रमा हुन्छ । यो मानवीय स्वभाव हो । मानिसको खराब आचरणजन्य व्यवहारका कारण हुने ठगीलाई बिमा साहित्यमा मोरल हाजार्ड भनिन्छ । जब मानिसलाई बिना परिश्रम धनी हुने चाहना बढ्छ, अनैतिक तरिकाबाट पैसा कमाउने उपाय खोजी गर्छ । बिमामा हुने ठगी दुई प्रकृतिको हुन्छ ः सामान्य ( ठगी र गंभीर ठगी ।

सामान्य ठगी अकस्मात, योजना विहीन ढंगबाट हुन्छ र यसको आर्थिक असर सामान्य नै हुन्छ । तर गम्भीर ठगीको आर्थिक क्षति धेरै हुन्छ, यो योजनाबद्ध रूपमा घटाइन्छ, यसमा बिमा कम्पनी, बिमाका मध्यस्थकर्ता, बिमित सबैको वा कुनै दुई पक्षको मिलोमतो हुन्छ र कहिलेकाहीँ एउटा मात्रै पक्षले पनि गर्न सक्छ ।
हामीकहाँ दुवै खालका ठगीहरू हुने गरेको छ । बिडम्बना नै भनु यस्ता ठगीको विरुद्धमा लड्नका लागि नियमनकारी निकायमा आजसम्म कुनै प्रभावकारी र स्थायी संयन्त्र छैन । वर्षमा नेपालको बिमा उद्योगमा अनुमानित कति रकमको ठगी हुन्छ भन्ने तथ्यांकको पनि अभाव छ ।
कृषि बिमामा कस्ता खालका ठगी बढी हुन्छन् ?
चोरी नभएको पशु पन्छीलाई चोरी भएको, जंगली जनावरले खाएको, रोगलागेर मरेकोआदि कारण देखाइ क्षति नै नभइकन क्षति दाबी गर्न सक्छ । अन्न बाली नष्ट नै नभइकन नष्ट भएको भनेर दाबी गर्न सक्छ । रक्षावरण नभएका जोखिमका कारणबाट भएको क्षतिलाई रक्षावरण भएका जोखिमको कारणले क्षति भएको भनी दाबी गर्न सक्छ । यथवा कम क्षति भएकोमा धेरै क्षतिको दाबी गर्न सक्छ ।

सामान्यतः यस्तै खालका ठगीहरू हुने गर्छन् । बिमा चरम विश्वासको सिद्धान्तमा चल्ने व्यवसाय हो तर एक पक्षले विश्वासघात गरेको अवस्थामा अर्को पक्षले त्यो कुरा थाह पाउन सक्दा रकम भुक्तानी हुन जान्छ ।
कृषकहरू कस्तो अवस्थामा बढी ठगिन्छन् ?
कृषक भन्नाले बिमित भन्न खोजिएको होला । करारनामामा लेखिएको भन्दा फरक अवस्थामा माग भएको क्षतिपूर्ति बिमा कम्पनीले बिमितलाई दिँदैन । यस्तो अवस्थामा बिमित आफू ठगिएको अनुभूति गर्छ । त्यसैगरी कुनै पनि क्षतिको शतप्रतिशत बिमकले बेहोर्दैन ।

इन्स्योरेन्सको सिद्धान्तअनुसार धेरै रकम (नेपालको हकमा असि प्रतिशत क्षति) बिमक र कम रकम (२० प्रतिशत ) बीमितले बेहोर्नुपर्छ । यस्तो अवस्थामा पनि कृषकले आफू ठगिएको महसुस हुनसक्छ । तर, कहिलेकाहीँ समयमा जानकारी नदिएको कारणले, प्राविधिकको प्रतिवेदन अपूर्ण भएको वा हुंदै नभएको कारणले पनि किसानले क्षतिपूर्ति नपाउन सक्छ ।
यदि सबै प्रक्रिया र प्रतिवेदन सही हुँदाहुँदै पनि र क्षतिपूर्ति नपाउने कारण नहुँदा नहँुदै पनि यदि बिमितलाई क्षतिपूर्ति दिइँदैन भने त्यो अवस्थामा बिमकले बीमितलाई ठगेको ठानिन्छ । बीमित सचेत, सजग र दाबी प्रक्रियाका बारेमा जानकारी हुन नसक्दा ठगिन सक्छ ।
बिमित ठगिनु भनेको बिमा उद्योगले आम जनताबाट विश्वास गुमाउनु हो जसको मूल्य बिमाकम्पनीहरूलाई निकै महँगो पर्न जान्छ, तसर्थ बिमित ठगिनु कुनै पनि दृष्टिकोणबाट राम्रो होइन ।
ठगिका घटनालाई न्यूनीकरण गर्न के गर्नुपर्छ ?
ठगी घटाउने केही उपायहरू छन् । ठगीका घटनालाई शतप्रतिशत त निर्मूल गर्न सकिँदैन तर बलियो संयन्त्र भएको खण्डमा न्यूनतम बिन्दुमा घटाउन भने सकिन्छ । नैतिक शिक्षाद्वारा मानिसको खराब आचरणलाई बदल्न सकेमा त्यो सबैभन्दा उत्तम उपाय हो ।

बिमा समितिको र कम्पनीको डाटाबेस राम्रो छ भने कुन कुन बीमितहरूको बिगतको चाल चलन कस्तो थियो भन्ने आधारमा पनि बदमाश खालका बीमितहरूलाई बिशेष निगरानीमा राखेर उनीहरूका गलत क्रियाकलापहरूलाई नियन्त्रण गर्न सकिन्छ ।
सबै बिमा कम्पनीहरूको साझा सूचना केन्द्र भएको अवस्थामा ठगको बारेमा जानकारी दिई संभावित ठगीबाट बचाउन सकिन्छ । कडा नियम कानुनको माध्यमबाट पनि यसलाई नियन्त्रण गर्न सकिन्छ । ठगी एक पक्षको मात्र चाहना र प्रयासबाट संभव छैन, दुई वा बहुपक्षको मिलोमतो हुन्छ ।
कम्पनीका सञ्चालकदेखि कर्मचारी, सर्भेयर र एजेन्टसम्मको साँठगाँठ र कतिपय अवस्था नियमनकारी निकाय, मन्त्रालयका कर्मचारी र मन्त्रीहरूको समेत संलग्नतामा यस्ता घटनाहरू घट्ने गर्छन् । संगठित ठगहरूको जालो तोड्न त्यति सजिलो छैन ।
नेपालमा बिमा क्षेत्रमा व्याप्त ठगीको बारेमा अनुसन्धान गर्ने प्रतिबद्ध पत्रकार, अनुसन्धानकर्ता र अभियन्ताहरूको खांचो छ । अमेरिकामा एन्टि फ्रड इभेस्टिगेसन स्क्वाडको स्थापना भएको छ भने अन्य देशहरूले पनि ठगी न्यूनीकरणमा धेरै धनराशी लगानी गरेका छन् । बिमामा कम रकम खर्च गरेर बढी रकमको ठगी न्यूनीकरण गर्न सकिन्छ । बिमा समितिले यसतर्फ ध्यान दिने बेला आएको छ ।
http://www.karobardaily.com/news/81159

No comments:
Post a Comment