काठमाडौं : घटना १ : घटना केही महिना अगाडिको हो । बर्दियाका एक कृषकले आलुखेतीको बिमा गरे । उनले ७ कठ्ठामा लगाएको आलुको बिमा गराए । प्राविधिकको सिफारिसमा बिमा कम्पनीले १ लाख ५५ हजार बिमांक बराबरमा बिमालेख जारी ग-यो ।
पछि चिसोको कारण उनको आलु क्षतिग्रस्त भयो । उनले ७५ प्रतिशत क्षतिग्रस्त भएको भन्दै कम्पनीमा दाबी गरे । तर, दाबीको मूल्यांकन गर्दा उनको आलुलाई चिसोले माथि असर गरे पनि माटोमुनि भने त्यति असर गरेको रहेनछ । त्यति मात्रै होइन कृषकले खेतीको १ लाख ५५ हजार मूल्यांकन गरी बिमा गराए पनि त्यसको मूल्यांकन भने जम्मा ६० हजार मात्रै निस्कियो ।
घटना २ :L चितवनका एक कृषकले आफनो गाईको बिमा गराए । ८० हजार मूल्यांकन गरी उनले गाईको बिमा गराएका थिए । अचानक गाई म¥यो । उनले बिमा कम्पनीमा दाबी गरे । दाबीबापत कृषकले बिमांकको ९० प्रतिशतसम्म क्षतिपूर्ति पाउने व्यवस्था छ । तर, बिमा कम्पनीले उनलाई विभिन्न कारण देखाई पूर्ण भुक्तानी गर्न नसक्ने बतायो । यद्यपि कृषक भने पछि हटेनन् । उनले सम्बन्धी निकायसम्म नै पुग्ने बताएपछि कम्पनीले उनलाई पूर्ण भुक्तानी ग¥यो ।
माथिका घटना प्रतिनिधि मात्रै हुन् । नेपालको कृषि बिमामा यस्ता खालका ठगीका घटना देख्न र सुन्न पाइन्छ । कतिपय अवस्थामा बिमा कम्पनीले र कतिपय अवस्थामा कृषकहरूले आप्mनो दायित्व र बिमाको उद्देश्यलाई बिर्सिदिँदा यस्ता खालका घटना सिर्जना हुनेगर्छ ।
बिमामा सधैं दुई पक्ष हुन्छन् । एउटा जोखिम हस्तान्तरण गर्ने अर्को जोखिम बहन गर्ने । दुवै पक्षबीच भएको एउटा कानुनी सम्झौता नै बिमा हो । बिमाको मुख्य आधार भनेकै सदविश्वास हो ।
बिमितले दुर्घटना भएको अवस्थामा मलाई बिमा कम्पनीले सहयोग गर्छ भन्ने विश्वासमा बिमाशुल्क भुक्तानी गरेको हुन्छ । त्यसैगरी बिमा कम्पनीले पनि बिमितले सबै विवरणहरू सही र साँचो दिएको छ भन्ने आधारमा विमालेख जारी गरेको हुन्छ । तर, कहिलेकाही दुवै पक्षमा इमान्दारीता हराउँदा बिमा भन्ने अर्थ नै बदलिन्छ ।
फलस्वरूप बिमाप्रति बिमितहरूको विश्वास गुम्छ भने बिमा कम्पनी पनि प्रत्येक बिमितलाई शंकाको दृष्टिकोणले हेर्न थाल्छ । सरकारले नेपालको कृषि क्षेत्रको विकास लागि कृषि बिमा कार्यक्रम सञ्चालन गरेको हो ।
कुनै पनि कृषकले आफनो पशु, पन्छी तथा बालीको बिमा गर्न चाहेमा बिमा कम्पनीलाई प्रस्ताव बुझाउनुपर्छ । त्यसपछि तालिम प्राप्त प्राविधिक वा जिल्ला कृषि विकास कार्यलयका कर्मचारीको सिफारिशमा बिमांक रकम तोकी कम्पनीले बिमालेख जारी गर्छ ।
त्यस्तै, बिमालेखले रक्षावरण गरेको जोखिमहरूका कारणबाट बीमितको धानबालीको हानी भएमा सोको १५ दिनभित्र बैंक वा सदस्य संस्थालाई जानकारी दिनुपर्छ । यदि सो अवधिभित्र संभव नभएमा सोको कारणसहित संभव हुनासाथ बैंक वा सदस्य संस्था खबर गर्नुपर्छ ।
साथमा सक्कल बीमालेख, पूर्ण रूपले भरिएको दाबी फाराम, सम्बन्धित प्राविधिकको प्रतिवेदन, सम्बन्धित गाविस/नपा/वडाको सर्जमिन मुचुल्कासहित बिमा कम्पनीमा दाबी गर्नुपर्छ ।
बिमा कम्पनी र बिमितबीच धेरै पक्षहरूको भूमिका रहन्छ । कहिलेकाहीँ बीचमा पुलको काम गर्ने पक्षले आफ्नो जिम्मेवारी पूरा नगर्दा बिमित र बिमा कम्पनी ठगीको शिकार हुन पुग्छन् ।
कृषकहरूले किन गर्छन् ठगी
सरकारले कृषि व्यवसायलाई औद्योगिकरण गर्न कृषि बिमाको सुरुवात गरेको हो । बिमाप्रति कृषकलाई थप प्रेरित गर्न सरकारले ७५ प्रतिशत अनुदानको व्यवस्था गरेको छ । जस्तै, कृषकले १ लाख बिमांक बराबरको पशुको बिमा गर्दा बिमाशुल्क जम्मा ५ प्रतिशत भुक्तानी गर्नुपर्छ । कतिपय कृषि बिमा ५ प्रतिशतभन्दा कम बिमाशुल्क भुक्तानी गरेपुग्छ ।
सरकारले कृषि व्यवसायलाई औद्योगिकरण गर्न कृषि बिमाको सुरुवात गरेको हो । बिमाप्रति कृषकलाई थप प्रेरित गर्न सरकारले ७५ प्रतिशत अनुदानको व्यवस्था गरेको छ । जस्तै, कृषकले १ लाख बिमांक बराबरको पशुको बिमा गर्दा बिमाशुल्क जम्मा ५ प्रतिशत भुक्तानी गर्नुपर्छ । कतिपय कृषि बिमा ५ प्रतिशतभन्दा कम बिमाशुल्क भुक्तानी गरेपुग्छ ।
उक्त ५ प्रतिशत बिमाशुल्कमा सरकारले ७५ प्रतिशत भुक्तानी गर्छ । यदि कुषकले भुक्तानी गर्नुपर्ने बिमाशुल्क १ सय छ भने सरकारले ७५ रुपैयाँ दिन्छ भने कृषकले जम्मा २५ रुपैयाँ भुक्तानी गरे पुग्छ । सरकारले यो अनुदान कृषकलाई प्रेरित गर्न वितरण गरेको हो । तर, केही टाढा बाठा कृषकहरूले यसलाई फाइदा रूपमा हेर्न थालेका छन् ।
त्यसैले बिमा गर्ने पशु वा बालीको सही विवरण नदिइकन नै बिमा गरेको समेत भेटिएको बिमकहरू बताउँछन् । त्यस्तै, दाबी गर्ने समयमा पनि क्षतिभन्दा बढीको दाबी गर्ने गरेको पाइन्छ ।
बिमा गरिएका पशुलाई नियतवश नै मार्ने र मरेको भनी दाबी गर्नेसमेत भेटिने गरेको कम्पनीहरूको अनुभव छ । कतिपय अवस्थामा कृषकभन्दा प्राविधिकले गर्ने गडबढीका कारण पनि यस्तो हुने गरेको बिमकहरू बताउँछन् । प्राविधिकहरूले नियतवश नै मूल्यांकन बढी वा घटी गरिदिदाँ बिमित र बिमक मर्कामा पर्ने गर्छन् ।
कम्पनीहरूले किन गर्छ ठगी
कृषकले मात्रै हैन कहिलेकाहीं कम्पनीहरूले समेत बदमासी गरेको भेटिन्छ । कम्पनीहरूले सकेसम्म कम भुक्तानी गरोस भन्ने चाहने गरेको कृषकहरूले बताउँछन् ।
कृषकले मात्रै हैन कहिलेकाहीं कम्पनीहरूले समेत बदमासी गरेको भेटिन्छ । कम्पनीहरूले सकेसम्म कम भुक्तानी गरोस भन्ने चाहने गरेको कृषकहरूले बताउँछन् ।
प्रायजसो ग्रामीण भेगका कृषकहरूमा बिमासम्बन्धी जानकारी नहुने हुँदा कम्पनीहरूले सजिलै झुक्काउन गरेको उनीहरूले बताए । यस्ता जानकारी कम्पनीका मुख्य कार्यलय थाहा पाउँदैनन् । बीचमा काम गर्ने कर्मचारीले पनि यस्तो खालको बदमासी गर्ने गरेको समेत उनीहरूले बताए ।
बिमा किन हुन्छ ठगी ?
बिमा भनेको सुरक्षा तर, मानिसहरूले बिमालाई फाईदाको रुपमा लिने हुँदा यस्ता खालका घटना घट्ने गरेको बिमा समितिका उप निर्देशक कुन्दन सापकोटाले बताए । कतिपय घटनामा कम्पनी र कतिपय घटनामा कृषक दोषी रहेको देखिन्छ । तर, दोषी जो भए पनि यस्तो खालको अभ्यासले भोलिका दिनमा बिमा क्षेत्रमा संकट निम्ताउने उनले बताए ।
बिमा भनेको सुरक्षा तर, मानिसहरूले बिमालाई फाईदाको रुपमा लिने हुँदा यस्ता खालका घटना घट्ने गरेको बिमा समितिका उप निर्देशक कुन्दन सापकोटाले बताए । कतिपय घटनामा कम्पनी र कतिपय घटनामा कृषक दोषी रहेको देखिन्छ । तर, दोषी जो भए पनि यस्तो खालको अभ्यासले भोलिका दिनमा बिमा क्षेत्रमा संकट निम्ताउने उनले बताए ।
“बिमामा विश्वासको कमी भयो भने त्यहाँ घात हुन्छ । त्यस्तो काम दुवै पक्षले गर्नु हुँदैन । सबै पक्षले यस्तो खालको टे«डलाई निरुत्साहीत गर्नुपर्छ,” उनले भने । त्यस्तै, कम्पनी वा कृषकबाट हुने यस्ता खालका घटना गलत भएको लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत विनोदकाजी श्रेष्ठ । “कम्पनीले बिमालेख जारी गरेपछि दाबीबाट उम्कन पाउँदैन ।
कृषकले कम्पनीलाई सधै सहि सूचना दिनुपर्छ,” उनले भने । नेपालमा सरकारले कृषि बिमाको सुरुवात ०६९ साल माघदेखि भएको हो । तर, त्यो भन्दा अगाडी नै गैर बिमा क्षेत्रबाट छिटपुट रूपमा बिमा हुने गरेको पाइन्छ । समितिले बाली तथा पशुपन्छी बिमा निर्देशन ०६९ जारी गरेपछि नेपालका सबै निर्जीवन बिमा कम्पनीहरूले कृषि बिमा सुरु गरेका हुन् ।
आव ०६९/७० मा कृषि बिमा नयाँ भएको र बिमाशुल्क दर उच्च भएकाले खासै बिमा हुन सकेन । आव ०७०÷७१ मा नेपाल सरकारबाट बिमाशुल्कमा ५० प्रतिशत अनुदान प्राप्त भए पछि कृषि बिमामा वृद्धि हुन थाल्यो ।
आव ०७१/७२ मा आएर सरकारले अनुदान रकम ७५ प्रतिशतमा वृद्धि ग-यो । यसले कृषि बिमावृद्धि देखिन थाल्यो । त्यस्तै, आब ०७२÷७३ देखि अनुदान कै अनुपातमा कृषि बिमाशुल्कमा मूल्य अभिवृद्धि कर समेत छुट भए पछि कृषि बीमा बढ्न थाल्यो ।
हाल बीमा समितिको निर्देशिका अनुसार १२ बिभिन्न प्रकारका कृषि बिमालेखहरू प्रचलनमा छन् । धानबाली, तरकारी, आलु, फलपूmल, माछा, मौरी पालन, च्याउ, चैत्र धान आदि । यसका अतिरिक्त समितिले अन्य बिमालेखहरू पनि जारी गर्ने तयारी गरेको छ ।
http://www.karobardaily.com/news/81157

No comments:
Post a Comment