Sunday, July 23, 2017

पुँजी वृद्धि योजना प्रतिउदासीन बिमकहरू

मुना कुँवर 
काठमाडौंः बिमा कम्पनीहरू पुँजी वृद्धि कार्ययोजना प्रतिउदासीन देखिएका छन् । बिमा समितिले कार्ययोजना बुझाउन दिएको तीन महिनाको अवधि सकिसक्दा पनि अधिकांश कम्पनीहरूले योजना नै बुझाएका छैनन् । साउन महिनाको पहिलो सातासम्ममा जम्मा १३ वटा कम्पनीले कार्ययोजना बुझाएका छन् । 
समितिमा कार्ययोजना बुझाउने जीवन बिमा कम्पनीहरूको संख्या ४ पुगेको छ । गत साता लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) ले पनि समितिमा कार्ययोजना प्रस्तुत गरेपछि जीवन बिमा कम्पनीको संख्या थपिएको हो । त्यस्तै, जम्मा ९ वटा निर्जीवन बिमा कम्पनीले मात्रै समितिका कार्ययोजना बुझाएका छन् । 
समितिले गत चैतमा बिमक सञ्चालन तथा दर्तासम्बन्धी निर्देशिका जारी गर्दै बिमकहरूको चुक्ता पुँजी तोकेको थियो । जसअनुसार जीवन बिमा कम्पनीहरूले ०७५ असार मसान्तसम्ममा २ अर्ब पुयाउनु पर्नेछ भने निर्जीवन बिमा कम्पनीहरूले १ अर्ब रुपैयाँ पु¥याउनु पर्नेछ ।

पुँजी वृद्धिका लागि कम्पनीहरूले अनिवार्य रूपमा समितिमा कार्ययोजना बुझाउनु पर्ने निर्देशिकामा व्यवस्था गरिएको छ । निर्देशिका अनुसार निर्देशिका जारी भएको मितिदेखि तीन महिनाभित्रमा कार्ययोजना समितिमा बुझाई सक्नुपर्नेछ । 
नेपालमा हाल २६ वटा बिमा कम्पनी सञ्चालनमा आएका छन् । समितिले गत महिना मात्रै थप तीनवटा जीवन बिमा कम्पनीहरूलाई सञ्चालन अनुमति प्रदान गरेको छ । जसमध्ये सूर्या लाइफ, एसियन लाइफ, गुराँस लाइफ, लाइफ इन्स्योरेन्स कर्पोरेसनले पुँजी वृद्धि योजना समितिमा बुझाइ सकेका छन् । निर्जीवन बिमा कम्पनीहरूमध्ये भने एभरेस्ट, सगरमाथा, लुम्बिनी, प्रिमियर, प्रुडेन्सियल, प्रिमियर, एनबी, एनएलजी, शिखर इन्स्योरेन्स कम्पनीले समितिका योजना बुझाइ सकेका छन् । 
थप समय माग गर्दै कम्पनीहरू : 
तोकिएको समयमा कार्य योजना बुझाउन नसक्ने केही कम्पनीहरूले समितिमा थप समय मागेका छन् । प्रभु इन्स्योरेन्स र राष्ट्रिय बिमा कम्पनीले कार्य योजना बुझाउनका लागि समितिमा थप समयमा मागेका छन् । 
विदेशी शाखा कम्पनीलाई थप समय प्रदान : पुँजी वृद्धि योजना बुझाउनका लागि समितिले विदेशी विमा कम्पनीहरूको शाखाको रूपमा सञ्चालित कम्पनीहरूलाई थप सयम प्रदान गरेको छ । विदेशी कम्पनीहरूले आफनो मूल कम्पनी, आफनो मुलुकको नियमकारी निकाय लगायतका थुप्रै निकायबाट स्वीकृति लिनुपर्ने हुँदा प्रक्रिया लामो हुने भएकाले समय लाग्न सक्ने समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले बताए । 
“त्यसैले कम्पनीहरूले पनि अनुरोध गरेअनुसार हामीले यस्ता कम्पनीको हकमा समय थप गरेका छौ,”  उनले भने । जसअनुसार नेसनल इन्स्योरेन्स र मेट लाइफ इन्स्योरेन्स कम्पनीले पुँजी वृद्धि योजना बुझाउनका लागि थप तीन महिना पाएका छन् । 
वित्तीय विवरण स्वीकृत नभएका कम्पनीले बुझाएनन् विवरण :
लामो समयदेखि वित्तीय विवरण स्वीकृत नगराएका कम्पनीहरूले समितिमा कार्य योजना बुझाएका छैनन् । विवरण नै स्वीकृत नभएको अवस्थामा योजना बनाउन असम्भव हुने भएकाले उनीहरूले योजना बुझाउन नसकेको समितिका अध्यक्ष चापागाईंले बताए ।
“तर, सबै विवरण स्वीकृत हुने बित्तिकै उहाँहरूले योजना बुझाउनु हुनेछ,” उनले भने । जसमध्ये प्राइम लाइफ, राष्ट्रिय बिमा संस्थान, नेपाल इन्स्योरेन्सले लगायतका कम्पनीले विवरण बुझाउन सकेका छैनन् । 
बिमकको नाम           आव २०७२/७३ कायम पुँजी    पुँजी वृद्धिको तरिका आव २०७२/७३ मा    पुँजी वृद्धिको तरिका आव २०७/७४ मा  पुँजी वृद्धिको तरिका आव २०७४७५ मा  
बोनस सेयर    हकप्रद सेयर    बोनस सेयर    हकप्रद सेयर    बोनस सेयर    हकप्रद सेयर
गुराँस लाइफ    ५५    ४.४०    २९.७०    ६    १०५        
एसियन लाइफ    ८०.५६        ४०.२८        ६०.४२    १८.७४    
सूर्या लाइफ इन्स्योरेन्स     ६२.५    ६.५६    २८.८८    १०.१            
लाइफ इन्स्योरेन्स कर्पोरेसन    १०६.९४    २६.५२         ४०        २९    
जीवन बिमा कम्पनीको कार्ययोजना
रकम रु.करोडमा
स्रोत ः बिमा समिति

जीवन बिमा कम्पनीको पुँजी वृद्धि योजना
समितिका पुँजी वृद्धि योजना बुझाउने अधिकांश कम्पनीहरूले बोनस सेयर र हकप्रद सेयर जारी गर्ने बताएका छन् । तर, सूर्या लाइफ इन्स्योरेन्सले भने एफपीओ र विदेशी कम्पनीसँग समन्वय गरिने बताएको छ ।
समितिमा योजना बुझाएका चार जीवन बिमा कम्पनीले गत आवको नाफाबाट चालू आवमा ५६ करोड रुपैयाँबराबरको बोनस र १ अर्ब ६५ करोड रुपैयाँबराबरको हकप्रद सेयर वितरण गर्ने योजना बनाएका छन् । त्यस्तै चालू आवको नाफाबाट आगामी आवमा ४७ करोड रुपैयाँको बोनस सेयर वितरण गर्ने योजना बनाएका छन् । 
निर्जीवन बिमा कम्पनीका पुँजी वृद्धि योजना
समितिका कार्य योजना बुझाएका अधिकांश निर्जीवन बिमा कम्पनीहरूले पनि पुँजी वृद्धिका लागि बोनस र हकप्रद सेयर नै वितरण गर्ने तयारी गरेका छन् ।
कम्पनीहरूले गत आवको नाफाबाट चालू आवमा ९६ करोड रुपैयाँको बोनस र ८९ करोड रुपैयाँको हकप्रद सेयर वितरण गर्ने योजना बनाएका छन् । त्यस्तै, चालू आवको नाफाबाट आगामी आवमा १ अर्ब २२ करोड रुपैयाँको बोनस र ५७ करोड रुपैयाँबराबरको हकप्रद सेयर वितरण गर्ने योजनामा उल्लेख गरेका छन् । 

निर्जीवन बिमा कम्पनीको कार्ययोजना रकम रु.करोडमा
बिमकको नाम           आव २०७२/७३ कायम पुँजी    पुँजी वृद्धिको तरिका आव २०७२/७३ मा    पुँजी वृद्धिको तरिका आव २०७/७४ मा  पुँजी वृद्धिको तरिका आव २०७४७५ मा  
बोनस सेयर            हकप्रद सेयर          बोनस सेयर    हकप्रद सेयर    बोनस सेयर    हकप्रद सेयर
एभरेस्ट इन्स्योरेन्स       १०.१३    २.०३      ७२.९०    १४.९५            
सगरमाथा इन्स्योरेन्स    ५३.८३              ३७.६८    ९.१५        
लुम्बिनी जनरल इन्स्योरेन्स    ३९        ७८    ११.१२        १२.७०    
एनबी इन्स्योरेन्स                २७                २७    ४३.२०    ४.८६
एन एलजी                        ५१.२३            १०.२५        १२.३    २९.५१
प्रुडेन्सियल इन्स्योरेन्स         ४२.७७        १२.८३    ८.५५    २५.६६    १०.७८    
नेको इन्स्योरेन्स                ७१.२९            ७.१३    २१.५८        २३.५३
प्रिमियर इन्स्योरेन्स           ४४.९०            ६.७३    ६.६०    ४३.६३    
स्रोत ः बिमा समिति
http://www.karobardaily.com/news/80962

No comments:

Post a Comment