सन् २००० मा चार्टर्ड एकाउन्टेन्टबाट आफ्नो करिअर सुरु गरेका विवेक झा हाल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत हुन् । उनले आर बज्राचार्य एन्ड कम्पनीमा करिब आठ वर्ष सीएका रूपमा काम गरे ।
त्यसपछि करिब दुई वर्ष उनले माछापुच्छे« बैंकमा इन्टरनल अडिट चिफका रूपमा काम गरे । सन् २०१० मा उनी नेपाल लाइफ इन्स्योरेन्समा उपमहाप्रबन्धकका रूपमा प्रवेश गरे । त्यसपछि महाप्रबन्धक हुँदै अहिले उनले प्रमुख कार्यकारीको जिम्मेवारी सम्हालेका छन् । कम्पनीमा उनको यो दोस्रो कार्यकाल हो । नेपालको बिमा उद्योगमा नयाँ कम्पनीको प्रवेशले सकारात्मक परिवर्तन ल्याउने उनको धारणा छ ।
आगामी तीन वर्षमा जीवन बिमा बजार १ खर्बको हुने उनले बताए । उनलाई लाग्छ, पुराना कम्पनीसँग प्रतिस्पर्धा गर्न नयाँ कम्पनीले ठूलै तयारी गरेर आउनेछन् । त्यस्तै, नयाँ कम्पनीसँग प्रतिस्पर्धा गरी बजारमा टिकिरहन पुराना कम्पनीले पनि आफ्नो क्षमता बढाउनेछन् । यसले बिमाको बजार बढ्नेछ । यसै विषयलाई लिएर प्रमुख कार्यकारी अधिकृत झासँग कारोबारकर्मी मुना कुँवरले गरेको कुराकानी :
कम्पनीहरूको बिमा कोषमा ठूलो रकम थु्रपिएको छ । लगानी गर्नका लागि उचित क्षेत्र नभेटिएको भन्ने कम्पनीहरूको गुनासो छ । वास्तवमा तपार्इंहरू कस्तो खालको क्षेत्रमा लगानी गर्न चाहनुहुन्छ ?
सबैभन्दा पहिला हामी बाह्य मुलुकको टे«न्ड हेर्न सक्छांै । विदेशमा बिमा कम्पनीहरूले कसरी लगानी गरिरहेका छन्, त्यसको पनि अध्ययन गर्नु जरुरी छ । किनभने कुनै पनि मुलुकको मुख्य लगानीकर्ताका रूपमा जीवन बिमा कम्पनीलाई लिइन्छ ।
हामीले पछिल्लो पटक बिमा समितिसँग मिलेर लगानीका क्षेत्रहरू तय गरेका थियौं । लगानीको विविधीकरणका लागि हामीले भौतिक पूर्वाधारका क्षेत्र पनि समावेश गरेका थियौं । तर, यो त्यति सफल हुन सकेन । आगामी दिनमा होला । लगानीका लागि अन्य केही क्षेत्र पनि छन्, जहाँ जीवन बिमा कम्पनीहरूले लगानी गर्न सके भने देश विकासमा ठूलो टेवा पुग्नेछ ।
जस्तै— कर्पोरेट, रियलइस्टेट, हाउजिङ, रिटेललगायतका क्षेत्रमा लगानी गर्न सकियो भने कम्पनीले राम्रो प्रतिफल पाउन सक्छ । अहिले यसै पनि जीवन बिमा कम्पनीहरूले अधिकांश रकम बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेप लगानी गरिरहेका छन् । बैंकहरूले समय अनुसार ८/१० प्रतिशत ब्याजदर दिइरहेका छन् । यसरी कम्पनीहरूले बैंकमा गरेको लगानी बैंकले पुनः ५/६ प्रतिशतको मार्जिन राखेर कर्जा दिइरहेका छन् ।
भनेपछि यदि बैंकले सोही रकम पुनः लगानी गर्ने हो भने बिमा कम्पनीहरूले पार्टनरसिपमा किन लगानी नगर्ने ? यदि यसो गर्न सकियो भने कम्पनीहरूको प्रतिफलमा ५÷६ प्रतिशत वृद्धि भइहाल्छ । बरु यसमा क्याप लगाउन सकिन्छ । लगानीका लागि निश्चित प्रतिशत तोक्न सकिन्छ । त्यस्तै, अन्य मुलुकमा बिमा कम्पनीहरूले रियलइस्टेटमा पनि लगानी गरेका छन् । हामी पनि निश्चित रकम यस्तो क्षेत्रमा पनि लगानी गर्न सक्छौं । रिटेलमा पनि लगानी गर्न सकिन्छ ।
साथै, अहिले हाउजिङ व्यवसाय पनि लगानीका लागि आकर्षणको क्षेत्र बनेको छ । तर, वित्तीय संस्थाबाट कर्जा लिँदा सेवाग्राही धेरै मर्कामा पर्ने गरेका छन् । जस्तै, बैंकिङ प्रणालीमा तरलता सहज भएको अवस्थामा बैंकहरूले सहजै कर्जा उपलब्ध गराउँछन् । उनीहरू घरमै आएर राम्रो–राम्रो स्किम देखाएर कर्जा दिन्छन् । जब ऋणीले कर्जा लिएर घर बनाउन सुरु गर्छ तब बैंकले तपाईंको ब्याजदर बढ्यो भन्दै म्यासेज गर्छन्, तर ऋणीको आम्दानीको स्रोत त बढ्दैन ।
यस्तो अवस्थामा ऋणीलाई तातो दूध निल्नु न ओकल्नु हुन्छ । यस्तो क्षेत्रमा बिमा कम्पनीले लगानी गर्ने हो भने सेवाग्राहीले स्थिर ब्याजदरमा कर्जा पाउँछन् । विकसित मुलुकमा बिमा कम्पनीले हाउजिङ व्यवसाय गर्ने अभ्यास पनि छ । यसो भन्दैमा अमेरिका वा भारतमा जे भइरहेको नेपालमा त्यही हुनुपर्छ भन्ने छैन ।
यद्यपि हामीले नेपालको परिवेशअनुसार यहाँको आवश्यकताअनुसारका क्षेत्रमा लगानी गर्न भने सकिन्छ । यदि बिमा कम्पनीहरूले बदमास गर्छन् भन्नेजस्तो लाग्छ भने सरकारले यसको जिम्मेवारी लेओस् । सरकारले हाउजिङ डेभलपमेन्ट बन्ड निकालोस् । स्मार्ट सिटी बन्दै छ । स्मार्टसिटी बन्ड बिमा कम्पनीलाई लक्षित गरी निकालिदियोस् । त्यो पैसा सरकारले राम्रो ब्याजदरमा १५ वर्षका लागि लगेर स्मार्टसिटी बनाउनुहोस् । यसले एकातिर विकासको काम पनि हुन्छ ।
अर्कातिर बिमा कम्पनीले राम्रो प्रतिफल पाउँछ । कम्पनीले आम्दानी गर्नु भनेको बिमितले नै पाउनु हो । तसर्थ समग्र मुलुकको हित र बिमितको हितका लागि सरकारले यस्ता खालका क्षेत्रमा कम्पनीहरूलाई लगानी गर्ने वातावरण सिर्जना गर्नुपर्छ ।
जीवन बिमा योजनाको पर्सिसटेन्सी रेसियो अन्य देशको तुलनामा निकै कम छ । यसलाई वृद्धि गर्न के गर्नुपर्छ ?
नेपालको टे«न्ड हेर्ने हो भने सबैभन्दा बढी बिमा असारमा हुन्छ । जेठमा जुन गतिमा काम भइरहेको हुन्छ, असारमा त्यो दोब्बर हुन्छ । यो प्रक्रिया सबै कम्पनीमा लागू हुन्छ । तर, फलो अपमा समस्या हुन्छ । अभिकर्ताले बिमा त गराउँछ तर फलो अप भने गर्दैनन् ।
फलो अप नगर्नुको मुख्य कारण भनेको मिस सेलिङ हो । जब अभिकर्तालाई लाग्छ कि मैले मिस सेलिङ गरेको छु, त्यसपछि ऊ दोहो¥याएर पुनः त्यो बिमितकहाँ पुग्दैन ।
त्यस्तै, यदि बिमितलाई पनि लाग्यो कि म ठगिएको छु, त्यसपछि उसले पनि चासो देखाउँदैन । यसको अर्को कारण भनेको अन्डर इन्स्योरेन्स पनि हो । यदि बिमितले आफ्नो आवश्यकताअनुसारको बिमा गरेको छैन भने पनि उसले बिमाप्रति चासो पनि देखाउँदैन । बिमा भनेको आम्दानीलाई प्रतिस्थापन गर्ने हो । यदि भोलिको दिनमा मैले आम्दानी गर्न सकिनँ भने बिमाले त्यसको पूर्ति गरिदियोस् भन्ने हो ।
त्यसैले मानिसले कति आम्दानी गर्छ र भविष्यमा कति रकमको अपेक्षा गरेको छ सोहीअनुसार बिमा गर्ने हो । यदि यस्ता आवश्यकतालाई बेवास्ता गरी जबरजस्ती बिमा गरिएको छ भने त्यो वास्तवमा बिमा होइन । जस्तै, यदि कुनै व्यक्तिले महिनामा १ लाख रुपैयाँ आम्दानी गर्छ ।
उसले अभिकर्ताको करकापले १ लाखकै बिमा ग¥यो भने उसले वार्षिक करिब ७ हजार रुपैयाँ भुक्तानी गर्नुपर्छ । त्यसका लागि उसले मासिक ६ सय रुपैयाँ भुक्तानी गनुपर्छ । महिनामा १ लाख आम्दानी गर्नेलाई ६ सयको महŒव नै हुँदैन । त्यसैले उक्त व्यक्तिले बिमालाई निरन्तरता नदिन सक्छ । हामीले पर्सिटेन्सी १३ र २५ महिनामा हेर्छौं । १३ महिनालाई किन लिन्छौं भने बिमितले १२ महिनामा दोस्रो बिमाशुल्क भुक्तानी गर्छ ।
त्यसका लागि १ महिना ग्रेस पिरियड दिइएको हुन्छ । यसरी १३ महिना भयो । पहिलो धक्का यो १३ महिनामै लागेको छ । तर, दोस्रोमा गएर स्थिर छ । यो भन्दा पनि ठूलो समस्या भनेको सरेन्डर र ल्याप्सको छ । हाम्रो कम्पनीमा यस्तो समस्या धेरै कम छ । मानिसहरू सचेत छन् । त्यसैले निरन्तरता दिन्छन् । जीवन बिमा कम्पनीले प्राप्त गरेको पहिलो बिमाशुल्कबाट पैसा बच्दैन । यो अन्तर्राष्ट्रिय अभ्यास नै हो । विभिन्न शुल्क काटिँदा रकम बच्दैन ।
यस्तो अवस्थामा यदि तपाईंको कम्पनीमा सरेन्डर र ल्याप्स बढी छ, पर्सिटेन्सी पनि मिट गर्नु हुन्न भने तपाईंको कम्पनी हेर्दा स्वस्थ्य देखिए पनि सेयर होल्डरका पैसाबाट चलाउनुपर्ने हुन्छ । बिमाशुल्क मात्र हेरेर हुँदैन । कम्पनीले पाँच वर्षमा बिमा गर्दा जति बिमाशुल्क उठायो सोहीअनुसार बिमाकोश बढ्यो कि बढेन भन्ने कुरा महŒवपूर्ण हो । बढेन भने तपार्इंको कम्पनीमा विल्डिङ भइरहेको छ, तर तपाईंलाई जानकारी छैन ।
यो अर्थमा शिक्षा भनेको काम गर्नेका लागि मात्र होइन, मालिकलाई पनि चाहिन्छ । मिस सेलिङ जसरी बिमितलाई हुन्छ, त्यसरी मिस म्यानेजमेन्ट पनि हुन सक्छ । त्यसैले बिमा शिक्षा हामी सबैलाई जरुरी छ । यसले भविष्यमा कम्पनीलाई द¥हो बनाउँछ र दुर्घटना हुनबाट जोगाउँछ ।
बिमा समितिले एकैपटक १० वटा जीवन बिमा कम्पनीलाई लाइसेन्स दिने भएको छ । यसरी एकैपटक धेरै बिमा कम्पनी सञ्चालनमा आउनु उचित हो ?
कुनै पनि मुलुकमा कम्पनीको संख्या ठूलो विषय होइन । कतिपय मुलुकमा हजारौं कम्पनी रहेको पनि हामीले देखेका छौं । तर, मुख्य कुरा भनेको कम्पनीहरूले जनताबाट रकम उठाएर त्यसलाई बढाएर फेरि जनतालाई फिर्ता गर्ने हो ।
जति पनि कम्पनी अहिले सञ्चालनमा छन्, जति पनि नयाँ आउँदै हुनुहुन्छ कोही पनि गलत काम गर्न आउनुभएको छैन । सबैले बिमाको व्यवसाय बढाउन, मुलुकको अम्बल कम्पनी बनौं भनेर आउनुभएको छ । यसका लागि कम्पनीहरूले जिम्मेवार भएर आउनुपर्छ । प्राविधिक रूपमा बलियो हुनुपर्छ ।
कम्पनीहरू योे भ्रममा रहनु भएन कि कम्पनी स्थापना गर्ने अनि सेयर मूल्य बढाउने । किनभने बिमा कम्पनी जनताप्रति उत्तरदायी हुनुपर्छ । यद्यपि हाम्रो देशको बिमाक्षेत्रमा केही सुधार ल्याउनु जरुरी छ । जस्तै, कर्पोरेट ट्रान्सपरेन्सी मुख्य कुरा हो । यसका लागि कम्पनीहरूले जनतालाई सही सूचना दिनुपर्छ ।
त्यसको एउटा पाटो भनेको वार्षिक र त्रैमासिक रिपोर्ट पनि हो । कम्पनीहरूको संख्या बढ्दै गएका बेला कम्पनीको अवस्था परीक्षण गर्ने मापदण्ड अन्तर्राष्ट्रिय स्तरको हुनुपर्नेछ । नेपालमा अझै पनि केही कम्पनीले लामो समयसम्म पनि आफ्नो वित्तीय विवरण प्रकाशित गर्दैनन् । लेखापरीक्षण गर्दैनन् ।
बिमित र सेयर होल्डरलाई केही थाहा हुँदैन भन्ने भ्रममा परेर कम्पनीका सूचनाहरू प्रकाशित गर्दैनन् । तर, आगामी दिनमा पनि यही अभ्यासले निरन्तरता पाउने हो भने समस्या निम्तिन सक्छ । रोग लागेपछि उपचार गर्नुभन्दा रोग नै लाग्न नदिनु बेस ।
हामी बिमा बेचेर बिमाशुल्क संकलन गर्नु मात्रै बिमा कम्पनीको काम हो भन्ने बुझ्छांै । यो भ्रम हो । बिमाशुल्क ल्याएपछि त्यसको सही सदुपयोग गरेर बिमितलाई राम्रो प्रतिफल दिनु कम्पनीको मुख्य काम हो । यसका लागि प्राविधिक रूपमा बलियो हुनुपर्छ । दीर्घकालीन योजना ल्याउनुपर्छ । नत्र बिमा बैंकभन्दा जोखिमपूर्ण छ । बैंक बिस्तारै धराशायी हुन्छ, बिमा एकैपटक हुन्छ ।
जीवन बिमा कम्पनीले विदेशमा पनि शाखा सञ्चालन गर्ने कुरा थियो । यो प्रक्रिया कहाँ पुग्यो ?
हाम्रो कुल जनसंख्यामध्ये ५०÷६० लाख भारत र अन्य मुलुकमा छन्; तसर्थ विदेशमा रहेका नेपाली नागरिकलाई सोही मुलुकमा गएर सेवा दिने हाम्रो सोच हो । जसरी बैंकहरू गएर सेवा दिइरहेका छन् भने हामी किन नजाने त ?
यसमा समिति एकदमै सकारात्मक छ । आवश्यक सहयोग पनि गरेको छ । राष्ट्र बैंकले पनि सहयोग गरेको छ । यसमा हामी एकदमै उत्साहित छांै । तर, सम्बन्धित मुलुकको नीति–नियमका कारण हामी रोकिएका हौं । विदेशमा शाखा सञ्चालनका लागि उक्त कम्पनीको पनि प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । हामी त्यही प्रक्रियामा छौं ।
जीवन बिमा व्यवसायमा धेरै मिस सेलिङ हुन्छ । जसका कारण बिमा कम्पनीप्रति बिमितहरू सशंकित हुन्छन् । वास्तवमा मिस सेलिङ किन हुन्छ ? यसलाई कसरी रोक्न सकिन्छ ?
जब अभिकर्ताले कुनै पनि हालतमा बिमा गराउनुपर्छ भन्ने धारणा राख्छ त्यति बेला मिस सेलिङ बढ्छ । अपवाद जहाँ पनि हुन्छ । १ सय जनामा एउटा यस्तो भेटिहालिन्छ । अपवाद हरेक क्षेत्रमा हुन्छन् । चाहे त्यो मेडिकल क्षेत्र नै किन नहोस्, चाहे त्यो इन्जिनियरिङ क्षेत्र वा अन्य कुनै क्षेत्र नै किन नहोस् । जहाँ पनि अपवाद देख्न सकिन्छ । तर, यसो भन्दैमा यो सबै जायज हो भन्दिनँ म ।
कसैले पनि अभिकर्ताको लाइसेन्स बोकेर कोही बिमितलाई ठग्छन् भने कम्पनीभन्दा बढी दोषी उहाँ हुनुहुन्छ । उहाँले अन्याय गरेको हो । यसको भागीदार भविष्यमा उहाँ नै हुनुहुन्छ । उहाँले त आफ्नो छिमेकी वा आफन्तलाई ठग्नुभएको हो । उहाँले आफन्तलाई नै ठगेपछि गलत काम गर्नुभएको हो ।
यसलाई बढावा दिनु हुँदैन । यसका लागि फरक संयन्त्र विकास गर्न सकिन्छ । अभिकर्ताको आचारसंहिता छ । त्यसलाई शतप्रतिशत लागू गरौं न । एउटा कम्पनीमा कसैले नराम्रो गर्छ भने उसलाई अर्कोमा फेरि काम गर्ने वातावरण दिनु हुँदैन । जसरी म अभिकर्तालाई सम्मान गर्छु त्यसै गरी हामी सबैले बिमितलाई सम्मान गर्नुपर्छ । हामी सबैका लागि बिमित भगवान् हो । बिमित छैन भने हामी कोही पनि छैनौं ।
अब भगवान्लाई पनि ठग्ने भनेको मान्छे कस्तो होला ? रावणले त गलत काम गरेकै थियो । उसमा अहम र दुर्भावना बढ्यो । तर, गलत काम गर्नेले पनि भगवानलई पूजा गथ्र्यो । रावण शिवको सबैभन्दा ठूलो भक्त थियो । गलत काम गर्नेले त भगवानलाई मान्ने रहेछ भने तपार्इं हामी बिमितलाई भगवान् भन्छौं अनि बिमितलाई कसरी ठग्न सक्छौं ?
नेपालमा बिमासम्बन्धी चेतनाको अभाव भएकै कारण बिमा व्यवसाय बढ्न नसकेको चौतर्फी गुनासो छ । चेतना बढाउने जिम्मेवारी कसको हो ?
निश्चित बिमा धेरैजसो मुलुकमा सरकारले गरिदिएको हुन्छ । हाम्रो मुलुकमा पनि छ, जस्तै— स्वास्थ्य बिमा, पशु बिमा आदि । त्यस्तै, बिमाको पहुँच बढाउनका लागि बिमितलाई प्रेरित गर्न विभिन्न खालका छुटको व्यवस्था गर्न सकिन्छ ।
तर, हामीले प्रायः हाम्रा एजेन्सीहरूसँग प्रतिक्रिया लिइरहेका हुन्छांै । बिमितहरूले कस्ता खालका प्रश्न राख्छन् त भनेर हामी सोध्छौं । धेरैजसो बिमितले मरेपछि बिमा के काम भनेर प्रश्न सोध्ने गरेको पाइन्छ; अर्थात् म मरेपछि मेरा बच्चाहरूको मलाई के मतलब भन्ने खालको प्रतिक्रिया दिन्छन् ।
बिमितहरूको यस्तो खालको प्रश्न सुनेर मलाई अचम्म लाग्छ । यसलाई म गैरजिम्मेवार प्रश्न हो भन्छु । यदि कसैले म मरेपछि मेरो परिवारले जेसुकै गरोस भन्छ भने त्यस्तो व्यक्तिलाई परिवार बनाउने नै अधिकार छैन । मानिसलाई सबै कुरा याद हुन्छ, तर आफू एक दिन मर्छु भन्ने कुरा बिर्सन्छ । हामी सबैलाई यो कुरा थाहा छ कि हामी बाँच्दा हाम्रो मूल्य छ । यदि हामी मर्दा पनि मूल्य हुन्छ भने बिमा किन नगर्ने ? त्यो फेरि तपाईंको परिवार लागि नै हो ।
मलाई आश्चर्य लाग्छ । मानिसहरू सडकमा हिँड्दा छोराछोरीलाई सुरक्षित साइडमा राखेर आफू मोटर गुड्ने साइडबाट हिँड्छन्; अर्थात् छोराछोरीप्रति त्यति धेरै माया देखाउँछन्, तर जब कुनै दिन आफ्नो हात छोराछोरीको हातबाट छुट्छ त्यति बेला आफ्ना सन्ततिको कुन अवस्था हुन्छ भन्ने कुरा बिर्सन्छन् । त्यस्तै, कति मानिसले बिमा पैसाको बर्बादी हो भन्छन् । कम्पनीले पैसा नै दिँदैन भन्छन् ।
लामो समयसम्म कम्पनी कहाँ टिक्छ र भन्छन् । कोही खान नै पुग्दैन, बिमा कसरी गर्ने भन्छन् । हो, एउटा पक्षबाट हेर्ने हो भने यो ठीक हो । आवश्यकता यति धेरै छ कि उहाँहरूले बचतका बारेमा सोच्न सक्नुहुन्न, तर सुरक्षाका लागि त सोच्न सक्नुहुन्छ नि ! मानिसले वित्तीय संस्थाबाट कर्जा लिएर व्यवसाय गर्छ ।
कर्जा लिएर गरेको व्यवसायको भने बिमा गर्छ, तर व्यवसाय गर्ने व्यक्तिको भने बिमा गर्दैन । व्यवसाय धराशायी हुँदा त बिमाबाट क्षतिपूर्ति पाउला, तर त्यो परिवारको आम्दानी गर्ने एउटा मात्रै व्यक्तिलाई केही भयो भने उसको परिवारको अवस्था के होला ? यस विषयमा भने मानिसले सोचेकै हुँदैन ।
कतिपयले बिमा महँगो हुन्छन् भन्ने खालको भ्रम पनि राखेका हुन्छन् । तर, अहिले हामीले १० लाखका लागि १० रुपैयाँ प्रतिदिन भन्ने खालका बिमा योजना पनि ल्याएका छौं । हाम्रो समाजमा अर्को खालका मानिस पनि भेटिन्छन् ।
जोसँग खर्च गर्ने पैसा छ, रेस्टुराँमा गएर पनि खानुहुन्छ तर बिमाका लागि पैसा हुँदैन । आममानिसले प्रायः आम्दानीबाट खर्च घटाएर बाँकी रहेको मात्रै बचत गर्ने मानसिकता राखेको हुन्छ । तर, आम्दानीबाट निश्चित रकम मात्रै बचत किन नगर्ने । यदि महिनामा १० हजार रुपैयाँ आम्दानी छ भने ५ प्रतिशत नै बचत गरौं न ।
बिमाका बारेमा मानिसलाई बुझाउने काम कसको हो त ?
सबैभन्दा पहिला कम्पनीहरू नै यसतर्फ लाग्नुपर्छ । अहिले हामी ९ वटा छौं, नयाँ १० वटा कम्पनी आउँदै छन् । त्यसपछि हामी १९ वटा हुन्छौं । सबै कम्पनी बिमा गर्न नै आएका हुन् । जबसम्म मानिस बिमा गर्न तयार हुँदैन, तबसम्म हामीले कसरी व्यापार गर्न सक्दैनौं । म सबै कम्पनीलाई सम्मान गर्छु । सबै कम्पनी फस्टाओस् । सबैको राम्रो होस् । हामी यहाँ स्वच्छ प्रतिस्पर्धा गर्न आएका हौं ।
एक–अर्कालाई सिध्याउन आएका होइनौं । त्यसैले सबै कम्पनी हातेमालो गर्दै जानुपर्छ । त्यसैले बजार सिर्जनातर्फ लाग्नुपर्छ । हामी एक्लै हिँड्यौं भने थोरै दूरी पार गरौंला, तर समूहमा हिँड्यौ भने लामो दूरी पार गर्न सकिन्छ । नेपालमा ५० प्रतिशत जनसंख्या २४ वर्षभन्दा मुनिका छन् । नेपालमा बिमाको बजार अथाह छ ।
अर्को पाटो, नियमनकारी निकाय हो । हाम्रो देशका सबै नागरिक बिमा गरौं । हामीले अस्ति भर्खरको भुइँचालोबाट धेरै अनुभव ग¥यौं, तर पनि १० हजार व्यक्ति मरे, तिनीहरूमा बिमा पहुँच धेरै कम थियो । यदि सबैको बिमा भएको भए सबैले राहत पाउँथे । अबको समय भने पूर्वाधार निर्माणको युग हो । सारा विकसित राष्ट्रले पूर्वाधार विकासमा लगानी गरेका छन् ।
यसमा एक वर्षको रकमले त काम हुँदैन । त्यसो भए किन लामो समयका लागि लगानी गर्ने क्षेत्रका बारेमा नसोच्ने त । आजको समयमा लामो अवधिका लागि लगानी गर्न सक्ने क्षेत्र भनेकै बिमा बजार हो । यस्तो रकम उपलब्ध गराउन सक्ने भनेको नागरिक लगानी कोष, सञ्चय कोष र बिमा कम्पनी हुन् ।
आज पो बिमा बजार सानो छ, तर आगामी पाँच वर्षमा यसले सबै चार्ट ब्रेक गरिदिन्छ । त्यो अवस्थालाई आजै मनन गरी बढावा दिनुप¥यो । बिमा कम्पनी पनि लामो अवधिको क्षेत्रमा लगानी गर्न ठाउँ कुरिरहेका छौं । सरकारले पनि लामो अवधिको फन्ड कहाँबाट पाउने होला भनेर कुरिरहेको छ । यो दुईवटाको संयोजना गर्ने त हो नि । यो सबैको व्यवस्थापन गरिदिने काम बिमा समितिको हो ।
त्यसो भए बिमासम्बन्धी चेतना बढाउन कम्पनीले के के गर्नुपर्छ त ?
कुनै पनि कुरा दृश्यबाट बढी सम्झाउन सकिन्छ । अर्थात् मानिसले कानले सुनेको वा पढेको भन्दा पनि आँखाले देखेको कुरामा बढी विश्वास गर्छ; तसर्थ हामीले आमसञ्चारमाध्यमद्वारा बिमासम्बन्धी जानकारी गराउन सक्छौं । यसका लागि विज्ञापन, छलफल, समाचार, जानकारी, नाटक देखाएर पनि जानकारी दिन सकिन्छ ।
त्यस्तै, आमसञ्चार नपुगेका ठाउँमा परिवेशअनुसारका उपकरणहरू अपनाएर पनि सूचना दिन सकिन्छ । जस्तै, दुर्गभ क्षेत्रमा मानिसले जसरी सूचना ग्रहण गर्न सक्छन् वा जुन माध्यमलाई बढी विश्वास गर्छन् त्यसैको प्रयोग गर्नुपर्छ । जस्तै, कर्णालीमा अझै पनि सूचना दिन ढ्याङ्ग्रो पिट्ने गरिन्छ । हाम्रो कम्पनीको बिमा पनि त्यसरी नै भएको थियो । त्यहाँका अभिकर्ताले त्यसरी बिमासम्बन्धी जानकारी दिएका थिए । तर, यो काम कम्पनीले गर्नुपथ्र्यो ।
चेतना बढाउनका लागि सञ्चारमाध्यम प्रमुख उपकरण भए पनि विभिन्न कारणले गर्दा कम्पनीहरू विज्ञापनलगायतका कार्य गर्नबाट वञ्चित थिए । तर, अहिले समिति यसमा लचक देखिएको छ । त्यसैले आगामी वर्षदेखि पक्कै पनि कम्पनीहरूले यसतर्फ कदम बढाउनेछन् ।
त्यस्तै, हामीले कहाँ–कहाँ असन्तुष्टि छ त्यो पत्ता लगाउनुपर्छ । मानिसले सकारात्मकभन्दा नकरात्मक कुरा छिटो बुझ्छ ।
वर्षमा सबै कम्पनीले गरेर १ लाखभन्दा बढी अभिकर्ताले तालिम लिन्छन् । तर, त्यो १ लाखमा काम गर्ने १० हजार मात्र हुन्छन् । ९० हजारले काम गर्न सक्दैनन् । काम गर्न नसकेपछि पनि मानिसमा नेगेटिभिटी बढ्छ । हामीले यसलाई पनि घटाउनुपर्छ ।

No comments:
Post a Comment