मुना कुँवर
काठमाडौं । नेपाल स्कट एक्सचेञ्जमा सूचीकृत नभएका कम्पनीहरूको शेयर
ओटीसी (ओभर दी काउण्टर) बजारमार्फत व्यापार गर्न सकिने व्यवस्था भए पनि
अहिलेसम्म व्यापार शुरू हुन सकेको छैन । नेप्सेले कम्पनीहरूलाई व्यापारका
लागि आह्वान गरे पनि अहिलेसम्म कुनै पनि कम्पनी दर्ता नभएको ओटीसी बजारमा
वरिष्ठ अधिकृत नारायण तिमिल्सिनाले बताए । उनले भने, ‘सोधपुछका लागि आए पनि
औपचारिक रूपमा भने कसैले दर्ता गरेका छैनन् ।’
नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएका कम्पनीहरूमध्ये सूचीकरण
विनियमावलीको मापदण्ड पूरा गर्न नसकी विभिन्न मितिमा सूचीकरण खारेजी भएका
कम्पनी, पब्लिक कम्पनीको रूपमा स्थापित भई सूचीकरण प्रक्रियामा नआएका र
सरकारी संस्थाहरूले सार्वजनकि रूपमा जारी गरेका कम्पनीको शेयर ओटीसी बजारमा
खरीदविक्री गर्न सकिने व्यवस्था छ । नेप्सेले विभिन्न समयमा ४२ ओटा
कम्पनीलाई सूचीबाट हटाइसकेपछि ओटीसी बजारमा भने कुनै पनि कम्पनी दर्ता हुन
आएका छैनन् ।
भारतमा ओटीसी बजारको शुरुआत सन् १९९० देखि भएको हो । कम्पनी ऐन १९५६, को
धारा २५ र धितोपत्र ऐन १९५६ को धारा ४ अनुसार बजारको स्थापना गरिएको हो ।
त्यस्तै, बङ्गलादेशमा ढाका स्टक एक्सचेञ्जले ओटीसी काउण्टरको शुरुआत २००९
बाट गरेको हो । शुरुआतमा ओटीसी बजारमा ५१ कम्पनी ओटा कम्पनी दर्ता भए पनि
पछि थप २५ ओटा कम्पनी दर्ता भएका थिए । नेपालमा भने नेप्सेले पहिलोपटक २०६५
जेठ महीनामा ओटीसी बजारसम्बन्धी विनियमावली २०६५ ल्याएको हो । उक्त
विनियमावलीअनुसार स्टक एक्सचेञ्जले स्वचालित कारोबारबाहेक छुट्टै काउण्टर
खोली खरीदकर्ता र विक्रीकर्ताका आपसी मोलतोलमा धितोपत्रको खरीदविक्री गराउन
शुरू गरेको हो । ओटीसी बजारमा कारोबार भइरहेका कम्पनीहरू पुनः नेप्सेमा
सूचीकरण भएमा त्यस्ता धितोपत्रहरू स्वतः ओटीसी बजारबाट हट्नेछन् ।
के हो ओटीसी बजार ?
शेयर बजार व्यापारमा ब्रोकरहरूजस्ता मूल्य प्रणालीको संलग्नताविना सीधा एक्सचेञ्जमार्फत व्यापार गर्न अपनाइएको प्रणालीलाई ओटीसी बजार भनिन्छ । यसमार्फत भएको हुने व्यापारलाई छोटकरीमा ओटीसी अर्थात् शेयर ओभर दी काउण्टर भनिन्छ । सामान्यतया नेप्सेमा सूचीकरण हुन नसकेका, सूचीकरणबाट हटाइएका तथा सूचीकरणका लागि आवश्यक शर्त पूरा गर्न नसकेको कम्पनीहरूको धितो पत्रहरूमा तरलता कायम गरी सर्वसाधारण लगानीकर्ताहरूको हित संरक्षण गर्ने हेतुले ओटीसीमार्फत शेयर व्यापार गर्ने गरिन्छ । सर्वसाधारणमा शेयर जारी नगरेका कम्पनीहरूले यो प्रणालीमा आएर शेयर स्वामित्व परिवर्तन गर्न सक्छन् । ओटीसीमार्फत व्यापार गर्न कम्पनीले सर्वसाधारणमा शेयर जारी गर्नुपर्ने बाध्यता हुँदैन । ओटीसी बजारमार्फत २०६८ सालमा पहिलोपटक नेपाल बैङ्कको शेयर खरीदविक्री भएको थियो ।

कसरी हुन्छ ओटीसीमा व्यापार ?
विभिन्न कारणले नेप्सेको दोस्रो बजारमा व्यापार हुन नसकेको पब्लिक कम्पनीहरूको शेयर खरीदविक्री गर्नका लागि ओटीसी बजारको शुरुआत भएको हो । यस बजारमा नेप्सेको सूचीबाट हटिसकेका, साधारण शेयर जारी गरेका तर विभिन्न कारणले सूचीकृत हुन नसकेका र पब्लिक कम्पनीको रूपमा स्थापित भई सूचीकरण प्रक्रियामा नआएका कम्पनीहरूको शेयर खरीदविक्री गर्न सकिन्छ । यस्ता कम्पनीहरूको धितोपत्र शेयर व्यापार गर्नका लागि सबैभन्दा पहिला कम्पनी नेप्सेद्वारा सञ्चालन गरिएको ओटीसी बजारमा गए दर्ता हुनुपर्छ । दर्ता भइसकेपछि उक्त कम्पनीको शेयर भएका लगानीकर्ताले शेयर विक्री वा खरीद गर्न सक्नेछन् ।

त्यस्तै, कम्पनीहरूको शेयर खरीद गर्न चाहने लगानीकर्ताले आफूले खरीद
गर्न चाहेको कम्पनीको नाम तथा शेयर सङ्ख्या ओटीसी बजारमा गएर टिपाउनुपर्छ ।
सोहीअनुसार विक्रीकर्ताले पनि आफूले विक्री गर्न चाहेको कम्पनी तथा शेयर
सङ्ख्या विवरण दर्ता गराउनुपर्छ । खरीदकर्ता तथा विक्रीकर्ताको रुचि मिलेको
खण्डमा दुवै पक्षलाई भेटाउने काम बजारले गर्छ ।
ओटीसीमा जान सक्ने कम्पनीहरू
नेप्सेमा सूचीकृत भएका कम्पनीहरूले दर्ता तथा नवीकरण शुल्क वार्षिक रूपमा बुझाउनुपर्ने प्रावधान छ । तर, केही कम्पनीहरूले भने लामो समयदेखि नवीकरण शुल्क नबुझाएपछि नेप्सेले सूचीबाट हटाएको छ । नेप्सेले अहिलेसम्म ४२ ओटा कम्पनीहरूलाई सूचीबाट हटाइसकेको छ भने केही कम्पनीहरूलाई भने हटाउने तयारी गरिरहेको छ । यसरी कम्पनीको सूचीबाट हटाइएकामा व्यापार समूहका कम्पनी अधिक छन् । तत्कालीन समयमा सरकारले नेप्सेमा सूचीकृत भएका कम्पनीहरूलाई करमा ५ प्रतिशतसम्म छूट दिने व्यवस्था गरेपछि यस्ता कम्पनीहरू धमाधम सूचीकृत भएको बजारका वरिष्ठ अधिकृत तिमिल्सिनाले बताए । उनले भने, ‘यस्ता कम्पनीहरूको शेयर कित्ता भने धेरै कम छ ।’ त्यसैले, सीमित व्यक्तिको साथमा मात्रै कम्पनीको शेयर हुने भएकाले पनि लगानीकर्ताले चुप लागेर बसेको हुन सक्ने उनले बताए ।

सूचीबाट हटेका कम्पनीहरू पब्लिक कम्पनी भए पनि एकै व्यक्ति सर्वोसर्वा
भएका कम्पनी अधिक छन् । त्यसैले पनि उनीहरूले ओटीसी बजारमा दर्ता हुन
आवश्यक नठानेको हुन सक्ने नेप्सेको बुझाइ छ । त्यस्तै, कतिपय कम्पनीहरू
अस्तित्वमा नै छैनन् । हालसम्म पनि सुचारु रूपमा सञ्चालन भएका कम्पनीहरू
पनि लगानीकर्ताप्रति जिम्मेवारी नभएको नेप्सेले बताएको छ । यस्तो अवस्थामा
लगानीकर्ता आफैले पनि कम्पनीलाई ओटीसी बजारमा दर्ता हुनका लागि दबाब
दिनुपर्ने नेप्सेले बताएको छ । यदि लगानीकर्ताले चाहेको खण्डमा कम्पनी आफै
बजारमा दर्ता हुन आउनेछन् ।
No comments:
Post a Comment