प्रविधिमैत्री बन्दै रेमिट्यान्स व्यवसाय
२०७२-०६-२४ मा प्रकाशित ९९ पटक पढिएको ० बिचार / प्रतिक्रिया
मुना कुँवर

काठमाडौं । हरेक क्षेत्रमा प्रविधिको
प्रयोग बढ्दै गएको अवस्थामा रेमिट्यान्स क्षेत्रमा पनि नयाँनयाँ प्रविधि
भित्रि“दै आएको छ । सेवाग्राहीलाई सहज र सरल प्रक्रियाबाट रेमिट्यान्स सेवा
उपलब्ध गराउन रेमिट्यान्स कम्पनीहरूले अत्याधुनिक प्रविधिको प्रयोग गर्न
थालेका छन् । त्यसमा पनि बजारमा कम्पनीहरूबीच बढ्दै गएको प्रतिस्पर्धाका
कारण नयाँ प्रविधि भित्र्याउने क्रम बढेको इण्टरनेशनल मनी एक्सप्रेश
(आईएमई)का प्रमुख–बजार तथा व्यापार प्रवद्र्धन डेनियल डी श्रेष्ठले बताए ।
उनले भने, ‘कारण जे भए तापनि यसले समग्र रेमिट्यान्स क्षेत्रको विकासमा
टेवा पुर्याएको छ ।’
शुरुआतको समयमा रकम भुक्तानीका लागि धेरै
समय लाग्ने गरेको श्रेष्ठले बताए । ‘मानिसले दिनभर कुरेपछि मात्रै भुक्तानी
पाउँथे । प्रक्रिया पनि झन्झटिलो थियो,’ उनले भने, ‘ग्रामीण क्षेत्रमा
रहेका मानिसलाई झनै सास्ती थियो ।’ तर, अहिले भने रेमिट्यान्स कम्पनीहरूले
आधुनिक प्रविधिको प्रयोग गर्न थालेकाले तत्कालै भुक्तानी पाउन सक्ने भएका
छन् । त्यस्तै, शाखा कार्यालय नभएका कम्पनीहरूले पनि शाखारहित बैङ्किङ
सेवामार्फत भुक्तानी दिन थालेका छन् । त्यस्तै, विभिन्न खालका एप्लिकेशन,
मोबाइल एटीएम, रेमिट कार्डको सञ्चालन गरेपछि सेवाग्राही थप लाभान्वित भएका
छन् ।
आईएमई तथा प्रभु मनी ट्रान्सफरले रेमिट
कार्ड प्रयोगमा ल्याउन लागेका छन् । आईएमईले पहिलोपटक ग्लोबल आईएमई बैङ्क र
अन्तरराष्ट्रिय कार्ड सेवा प्रदायक कम्पनी भिजाको सहकार्यमा रेमिट्यान्स
सेवाग्राहीका लागि आईएमई रेमिट कार्ड सेवाको शुरुआत गरेको श्रेष्ठले बताए ।
उनका अनुसार नेपाल राष्ट्र बैङ्कको अनुमति लिएर सञ्चालनमा ल्याइएको यो
सेवामा अन्तरराष्ट्रिय ट्राञ्जेक्शन गर्ने सेवाग्राहीले सेवा प्राप्त गर्न
सक्नेछन् । आईएमई रेमिट कार्डबाट सेवाग्राहीले विदेशबाट पठाएको रेमिट्यान्स
रकम कार्डको माध्यमबाट नजिकको एटीएम लोकेशनबाट लिन सक्नेछन् । विदेशबाट
रेमिट्यान्स पठाउने व्यक्तिले रेमिट्यान्स सीधै त्यो रकम रेमिट्यान्स
कार्डमा रकमान्तर गर्न सक्छन् । यसरी जम्मा भएको रकम नेपालमा रेमिट्यान्स
कार्ड प्रयोग गरेर विभिन्न एटीएम लोकेशनबाट प्राप्त गर्न सकिनेछ । साथै,
पीओएस मेशिनजडित कुनै पनि मर्चेण्ट लोकेशन (पसल)मा भुक्तानी गर्न पनि यो
कार्ड प्रयोग गर्न सकिनेछ । यसबाट सेवाग्राहीको समय बचत हुनुका साथै उच्चतम
बैङ्किङ सेवाको पहुँच पनि प्राप्त गर्नेछन् ।
त्यस्तै, प्रभु मनी ट्रान्सफरले ‘प्रभु
रुपैयाँ रेमिट्यान्स कार्ड’ सञ्चालन ल्याएको छ । सेवाग्राहीले आफूले चाहेको
रेमिट्यान्स रकम यसमा जम्मा गर्न सक्छन् । रिचार्ज सेवा लिन पनि यो
कार्डको प्रयोग गर्न सकिन्छ । जस्तै– नेपाल टेलिकम मोबाइल, एनसेल मोबाइल,
डिस होम, यूटीएल, स्मार्ट सेल र हेलो नेपालको रिचार्जका लागि पनि यस
कार्डको प्रयोग गर्न सकिनेछ । बिल भुक्तानी गर्न पनि कार्डको प्रयोग गर्न
सकिनेछ । सेवाग्राहीले नेपाल विद्युत् प्राधिकरण, एडीएसएल, नेपाल टेलिकम
ल्याण्ड लाइन, सुबिसु केबल टीभी÷इण्टरनेट, ब्रोड लिङ्क इण्टरनेट, ब्रोड
टेल, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रिमियम, आन्तरिक हवाई टिकटलगायतको
भुक्तानी पनि कार्डबाटै गर्न सक्नेछन् । त्यस्तै, नेपालस्थित बैङ्क तथा
वित्तीय संस्थामा यस कार्डमार्फत रकम जम्मा गर्न सकिनेछ भने त्यस्तो रकम
डेबिट कार्डमा समेत सार्न सकिन्छ । सिटी एक्सप्रेश मनी ट्रान्सफर कम्पनीले
पनि मोबाइल एटीएम प्रयोगमा ल्याएको छ ।
त्यस्तै, एभरेष्ट बैङ्कको एभरेष्ट रेमिटले
पनि समयानुकूल रेमिट्यान्स सेवामा नयाँ प्रविधिको प्रयोग बढाउँदै छ ।
बैङ्कले अहिले मोबाइल एटीएम सञ्चालनमा ल्याएको छ । मोबाइल एटीएमको
माध्यमबाट सेवाग्राहीले स्थानीय एजेण्टबाट रकम प्राप्त गर्न सक्छन् ।
विदेशबाट कसैले रकम पठाएपछि बैङ्कले निजको आफन्तलाई एसएमएस गरी कोड नम्बर
उपलब्ध गराउँछ । सोही कोर्डको आधारमा स्थानीय एजेण्टले रकम भुक्तानी गर्छ ।
कम्पनीले पहिलोपटक नेपालमा यस्तो प्रविधिको प्रयोग गरेको दाबी गरेको छ ।
यसअघि भने कम्पनीले शाखारहित बैङ्किङद्वारा रकमको भुक्तानी दिँदै आएको छ ।
अन्य रेमिट्यान्स कम्पनीहरूले पनि नयाँ प्रविधको प्रयोग बढाउँदै आएका छन् ।
हाल विश्व बजारमा मानिसले संसारका जुनसुकै
कुनाबाट पैसा पठाउन र पाउन पियर टु पियर रेमिट्यान्स प्रणालीको पनि सहयोग
लिन थालिसकेका छन् । यसले कुनै एजेण्टविना नै एप्लिकेशनकै मार्फतबाट
एकअर्कालाई रकम हस्तान्तरण गर्न सकिन्छ । विश्वमा यो निकै लोकप्रिय भइरहेको
छ । हाल नेपालमा यसको प्रचलन आइनसकेको भए पनि यसले यहाँका बैङ्क तथा रेमिट
कम्पनीहरूले प्रदान गर्ने सेवामा चुनौती थपिदिएको छ ।
No comments:
Post a Comment