मुना कुँवर
असोज २१, काठमाडौं । भूकम्प गएको करीब ६ महीना बितिसक्दा पनि
क्षतिग्रस्त भएका ४० प्रतिशत दाबीको सर्वे विवरण अभैm आउन सकेको छैन । असोज
१९ गतेसम्ममा निर्जीवन कम्पनीहरूमा ६० प्रतिशत सर्वे रिपोर्ट मात्र
प्राप्त भएको बीमा समितिको तथ्याङ्कमा उल्लेख छ । ठूला परियोजना र दुर्गम
क्षेत्रको क्षतिको सर्वे गर्न कठिन भएकाले रिपोर्ट आउन ढिलो भएको हुनसक्ने
सगरमाथा इन्स्योरेन्स कम्पनीमा प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र बैदावर
क्षेत्रीले बताए । उनले भने, ‘क्षतिको रिपोर्ट आउन अझै केही समय लाग्छ ।’
बीमा समितिको तथ्याङ्कअनुसार १६ बीमा कम्पनीमा (एनबीबाहेक) अहिलेसम्म १७
हजार १ सय ७८ बीमा दाबी परेका छन् । ती दाबीमध्ये १० हजार ४ सय १६ ओटा
दाबीको मात्रै सर्वे रिपोर्ट प्राप्त भएको तथ्याङ्कले देखाएको छ । दुर्गम
क्षेत्रमा सर्वेयरहरू जान अप्ठ्यारो भएकाले सर्वे रिपोर्ट आउन नसकेको
लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत विनोदकाजी
श्रेष्ठले बताए । उनले भने, ‘सम्भवतः यस वर्षको अन्त्यतिर सर्वेको काम
सकिन्छ ।’
बीमा कम्पनीमा परेको क्षतिको दाबी भुक्तानी गर्नुपूर्व आधिकारिक
सर्वेयरद्वारा सर्वे गराउनु पर्ने प्रावधान छ । तर, नेपालमा सर्वेयर सीमित
हुनुका साथै उपकरणको पनि समस्या भएकाले समयमा नै सर्वे गर्न नसकिएको
कम्पनीहरूको भनाइ छ । त्यस्तै, भूकम्पको पराकम्पन जाने क्रम अझै पनि
रहेकाले ग्रामीण क्षेत्रमा जान कठिन भएको श्रेष्ठले बताए । उनले भने,
‘भूकम्पका कारण बर्षातको समयमा बाढीपहिरो जाने सम्भावना पनि उत्तिकै छ ।
त्यसैले पनि त्यस्ता क्षेत्रमा गइहाल्न सकिने अवस्था छैन ।’ त्यस्तै,
वर्षात्मा ठूला जलविद्युत् परियोजना सर्वे गर्न नसकिने भएकाले केही समय
पर्खनुपर्ने बाध्यता रहेको उनले बताए ।
भूकम्पपछि कम्पनीहरूले सबैभन्दा पहिले शहरी क्षेत्रमा भएको क्षतिको
मात्रै सर्वे गरेका छन् । यस्ता स्थानमा सहज पहुँच हुने र सीमित सर्वेयर
भएकाले पनि कम्पनीहरूले पहिला शहरी क्षेत्रलाई प्राथमिकता दिएका हुन् ।
यद्यपि ठूला क्षति (रू. ४० लाखभन्दा माथिको दाबी)को सर्वेका लागि पुनर्बीमा
कम्पनीहरूले आपैmले सर्वेयर खटाएका छन् । तर, पुनर्बीमा कम्पनीबाट आएका
विदेशी सर्वेयरले नेपाली सर्वेयरसँग सहकार्य गर्नुपर्ने प्रावधान छ । यस्तो
अवस्थामा कहिलेकाहीँ विदेशी सर्वेयर र नेपाली सर्वेयरबीच राम्रो सहकार्य
हुन नसक्दा सर्वे कार्य सम्पन्न हुन समय लाग्ने कम्पनीहरूले बताएका छन् ।
बीमा समितिका अनुसार हालसम्म नेपालमा ४ सय ५० जनाले सर्वेयर लाइसेन्स
लिएका छन् । तर, लाइसेन्स लिएकामध्ये करीब १ सयमात्रै सर्वे कार्यमा
क्रियाशील छन् ।
तर, कम्पनीहरूमा क्षतिको तुलनामा धेरै दाबी आउन थालेपछि समितिले सर्वेयरसम्बन्धी नीतिमा पनि लचकता अपनाएको छ । हालसम्म कम्पनीहरूमा करीब रू. १८ अर्ब बराबरको दाबी परेको छ । उक्त रकममध्ये अहिलेसम्म करीब रू. ५ अर्ब मात्रै दाबी भुक्तानी भएको छ । यो रकम दाबी रकमको करीब २७ प्रतिशत हो ।
तर, कम्पनीहरूमा क्षतिको तुलनामा धेरै दाबी आउन थालेपछि समितिले सर्वेयरसम्बन्धी नीतिमा पनि लचकता अपनाएको छ । हालसम्म कम्पनीहरूमा करीब रू. १८ अर्ब बराबरको दाबी परेको छ । उक्त रकममध्ये अहिलेसम्म करीब रू. ५ अर्ब मात्रै दाबी भुक्तानी भएको छ । यो रकम दाबी रकमको करीब २७ प्रतिशत हो ।
No comments:
Post a Comment