मुना कुँवर/नयाँ पत्रिका काठमाडौं, ६ फागुन | फागुन ०६, २०७४
भाविष्यमा आइपर्ने जोखिमको पूर्वानुमान
गरी दायित्व हस्तान्तरण गर्ने प्रक्रिया नै बिमा हो । बिमा बिमित र
बिमकबीचको करार हो । जसमा बिमितले निश्चित रकम भुक्तान गरेर बिमकलाई
दायित्व हस्तान्तरण गरेको हुन्छ ।
कुल दाबीको ७३ प्रतिशत रकम भुक्तानी गर्न बाँकी
निर्जीवन बिमा कम्पनीहरूले बिमितहरूको करिब १२ अर्ब रुपैयाँ अझै भुक्तानी गरेका छैनन् । चालू आर्थिक वर्ष ०७४/७५ को दोस्रो त्रैमासिक अवधिसम्ममा कम्पनीहरूले भुक्तानी गर्न बाँकी रहेको रकम ११ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ । यो रकम कुल दाबीको करिब ७३ प्रतिशत हो ।

कम्पनीहरूले प्रकाशित गरेको वित्तीय
विवरणअनुसार चालू आवको पुस मसान्तसम्ममा कम्पनीहरूमा (ओरियन्टल, नेसनल र
राष्ट्रिय बिमा कम्पनीबाहेक) करिब १६ अर्ब २१ करोड रुपैयाँ दाबी परेको थियो
।
जसमध्ये कम्पनीहरूले हालसम्म जम्मा ४ अर्ब ३९ करोड रुपैयाँ मात्रै भुक्तानी गरेका छन् । यो रकम दाबी रकमको २७ प्रतिशत मात्र हो ।
भाविष्यमा आइपर्ने जोखिमको पूर्वानुमान
गरी दायित्व हस्तान्तरण गर्ने प्रक्रिया नै बिमा हो । बिमा बिमित र
बिमकबीचको करार हो । जसमा बिमितले निश्चित रकम भुक्तान गरेर बिमकलाई
दायित्व हस्तान्तरण गरेको हुन्छ ।
बिमकले बिमितको सम्पत्ति हानिनोक्सानी
भएमा क्षतिपूर्ति भुक्तानी गर्ने सम्झौता गरेको हुन्छ । सम्झौतामा यस्ता
प्रतिबद्धता गरे पनि भुक्तानी प्रक्रियामा भने बिमकहरू उदासीन देखिएका छन्
।नेको इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत अशोककुमार खड्काले भने,
‘कतिपय अवस्थामा कानुनी प्रक्रियाका कारण पनि समयमै भुक्तानी भएको हुँदैन
।’
बिमितले मुद्दा दिएको खण्डमा, बिमितले
कागजपत्र नबुझाउँदा र समयमा सर्भेयर रिपोर्ट नआउँदा पनि भुक्तानी प्रक्रिया
लम्बिने गरेको उनको भनाइ छ ।
यस्तो छ व्यवस्था
बिमा विनियमावली ०४९ को दफा ३२ अनुसार कुनै दुर्घटना भएको जानकारी पाउनेबित्तिकै बिमकले सर्भेयर खटाउन सक्नेछ । सर्भेयरले आवश्यक जाँचबुझ गरी १५ दिनभित्र बिमकको दायित्वको निर्धारण गरी त्यसको विस्तृत विवरणसमेतको प्रतिवेदन बिमकसमक्ष पेस गर्नुपर्छ ।

सर्भेयरले बिमकसमक्ष प्रतिवेदन पेस गरेको
साधारणतया ३५ दिनभित्र बिमकले दायित्व ठहर गरी बिमितलाई निर्जीवन बिमाको
दाबी भुक्तानी गर्नुपर्छ । कम्पनीहरूले समयमै यस्तो दाबी रकम भुक्तान गर्न
नसकेमा थप १५ प्रतिशत भुक्तानी गर्नुपर्छ ।
प्रभु र नेकोले गरे धेरै भुक्तानी
कम्पनीहरूमा परेको दाबी रकमध्ये भुक्तानी गरिएको रकमलाई प्रतिशतका आधारमा हेर्ने हो भने प्रभु र नेको इन्स्योरेन्सले सबैभन्दा बढी भुक्तानी गरेका छन् । तथ्यांकअनुसार उक्त अवधिमा प्रभु इन्स्योरेन्स कम्पनीमा ३१ करोड २० लाख रुपैयाँ दाबी परेकोमा २० करोड २५ लाख भुक्तानी भएको छ । यो दाबी रकमको ६५ प्रतिशत हो ।

त्यस्तै नेको इन्स्योरेन्सले ६७ करोड ३०
लाख दाबी परेकोमा ३१ करोड ८२ लाख दाबी भुक्तान गरेको छ । यो दाबी रकमको
करिब ४७ प्रतिशत हो । कम्पनीले अझै ३५ करोड ४८ लाख रुपैयाँ भुक्तानी गर्न
बाँकी छ । धेरै रकम भुक्तान गर्न बाँकी रहेका कम्पनीमध्ये हिमालयन, नेपाल र
एभरेष्ट इन्स्योरेन्स परेका छन् ।
‘समयमा भुक्तानी गरे विज्ञापन गर्नुपर्दैन’
कम्पनीहरूले समयमा नै भुक्तानी गर्ने हो भने विज्ञापन गर्नु नपर्ने बिमा समितिका निर्देशक राजुरमण पौडेलले बताए । ‘कम्पनीको पहिलो प्राथमिकता नै दाबी भुक्तानी हुनुपर्छ । एउटा बिमित सन्तुष्ट भयो भने उसले दोहो-याएर बिमा गर्छ, अरूलाई पनि बिमा गर्न सल्लाह दिन्छ,’ उनले भने ।

नाफा बढी देखाउन कम प्रोभिजन
कम्पनीहरूले समयमै भुक्तानी नगरे १ सय १५ प्रतिशत प्रोभिजन गर्नुपर्छ । प्रोभिजन धेरै गर्नुपर्ने भएपछि कम्पनीहरूले दाबी रकम नै कम देखाउने गरेका छन् । वास्तविक दाबी रकमलाई घटाएर कम राखेपछि कम्पनीहरूले प्रोभिजन पनि सोहीअनुसार राख्नुपर्छ ।

तर, भुक्तानी गर्दा घटाएको रकमभन्दा बढी
गर्नुपरेमा कम्पनीहरूको नाफा घट्छ । १ लाख रुपैयाँको दाबी परेको छ भने
कम्पनीले १ लाख १५ हजार रुपैयाँ प्रोभिजन गर्नुपर्छ । तर, सर्भे रिपोर्ट
आएपछि दाबी मूल्यांकन रकम ९० हजार मात्र देखियो र तत्काल भुक्तानी गरेको
अवस्थामा कम्पनीको २५ हजार रुपैयाँ बचत हुन्छ ।
तर, १ लाख दाबी भएको अवस्थामा कम्पनीले ७०
हजार रुपैयाँ मात्रै देखायो भने प्रोभिजन गर्दा ८० हजार ५ सय रुपैयाँ
मात्रै गरे पुग्छ । प्रोभिजन कम राख्दा तत्काल कम्पनीलाई नाफा देखिन्छ ।
तर, सर्भेयर रिपोर्टपछि दाबीको मूल्यांकन ९० हजार देखियो भने कम्पनीले ९
हजार ५ सय थप गर्नुपर्छ ।
जसले नाफामा सीधै असर गर्छ । त्यसैले कम्पनीहरू तत्काल धेरै रकम भुक्तानी गर्ने मनस्थितिमा नदेखिएका हुन् ।
http://www.enayapatrika.com/2018/02/18/24993/
No comments:
Post a Comment