मुना कुँवर/नयाँ पत्रिका काठमाडौं, ५ फागुन | फागुन ०५, २०७४
बिमा कम्पनीहरूले लघु बिमा योजना ल्याउन थालेपछि बिमामा पहुँच हुनेहरूको संख्यामा वृद्धि हुन थालेको छ । सामान्य जनताहरूसम्म पनि पहँुच वृद्धि गर्ने उद्देश्यअनुरूप बिमा समितिले लघुबिमा कार्यक्रम अनिवार्य गरेपछि सामान्य व्यक्तिमा पनि बिमाको पहुँच पुग्ने भएको हो ।

सरकारले आर्थिक वर्ष ०७२/७३ को बजेटमार्फत
नै बिमा कम्पनीहरूलाई आफ्नो कुल व्यवसायको ५ प्रतिशत योजना लघुबिमा
हुनुपर्ने निर्देशन दिएको थियो । तर, लघुबिमामार्फत लक्षित वर्गसम्म पहुँच
पु¥याउँदा कम्पनीको सञ्चालन खर्च अधिक हुने भन्दै बिमकहरू उदासीन देखिएका
थिए ।
तर, अहिले सामाजिक उत्तरदायित्वअन्तर्गत
लघुबिमा जारी गर्नु आवश्यक रहेको भन्दै कम्पनीहरूले बिस्तारै लघुबिमा जारी
गर्न थालेको युनाइटेड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत शेखर बरालले
बताए ।
पुलमार्फत २ सय लघुबिमालेख
निर्जीवन बिमा कम्पनीहरूले निर्माण गरेको पुलमार्फत माघ महिनाको अन्त्यसम्ममा २ सयवटा लघुबिमा जारी भएको छ । बिमक संघका अनुसार उक्त अवधिसम्म नौवटा लघुवित्तीय संस्थाले बिमा अभिकर्ताको लाइसेन्स लिएका छन् ।
निर्जीवन बिमा कम्पनीहरूले निर्माण गरेको पुलमार्फत माघ महिनाको अन्त्यसम्ममा २ सयवटा लघुबिमा जारी भएको छ । बिमक संघका अनुसार उक्त अवधिसम्म नौवटा लघुवित्तीय संस्थाले बिमा अभिकर्ताको लाइसेन्स लिएका छन् ।
यसमध्ये स्वावलम्बन, छिमेक, लक्ष्मी,
डिप्रोक्स लघुवित्त संस्थाले अभिकर्ताको लाइसेन्स लिएका छन् । जसले बारा,
मकवानपुर, नवलपरासी, चितवन, तनहुँ, लमजुङ, काभ्रे, सिन्धुपाल्चोक र दोलखामा
लघुबिमा योजना जारी गरेका छन् । कम्पनीले व्यक्तिगत दुर्घटना, स्वास्थ्य,
पशुसेवा बिमा, लघु व्यवसायलगायतका बिमा योजना जारी गर्दै आएका छन् ।
जीवन बिमा कम्पनीद्वारा साढे १० अर्बको लघुबिमा जारी
जीवन बिमा कम्पनीहरूले साढे १० अर्ब रुपैयाँबराबरको लघुबिमा योजना जारी गरेका छन् । समितिको तथ्यांकअनुसार हालसम्ममा कम्पनीहरूले १ लाख ३२ हजार ३७ लघुबिमा योजना जारी गरेका छन् ।
जीवन बिमा कम्पनीहरूले साढे १० अर्ब रुपैयाँबराबरको लघुबिमा योजना जारी गरेका छन् । समितिको तथ्यांकअनुसार हालसम्ममा कम्पनीहरूले १ लाख ३२ हजार ३७ लघुबिमा योजना जारी गरेका छन् ।
त्यसबापत कम्पनीहरूले १४ करोड ४५ हजार
रुपैयाँ बिमा शुल्क संकलन गरेका छन् । उक्त अवधिमा कम्पनीहरूले ५ सय ३८ वटा
दाबीबापत ४ करोड ८९ लाख रुपैयाँ भुक्तानीसमेत गरेका छन् ।
निर्जीवन बिमाद्वारा करिब ६५ करोडको लघुबिमा
निर्जीवन बिमा कम्पनीहरूले भने ६५ करोड ३२ लाखबराबरको लघुबिमा योजना जारी गरेका छन् । त्यसबापत कम्पनीहरूले ३ लाख ४० हजार बिमा शुल्क संकलन गरेका छन् भने १ हजार ८ सय ४३ वटा बिमालेख जारी गरेका छन् । उक्त अवधिमा कम्पनीहरूले १३ वटा दाबीबापत १ लाख ३२ हजार रुपैयाँ दाबी भुक्तानीसमेत गरेका छन् ।

लघुबिमा अनुदानको व्यवस्था हुनुपर्छ : समिति
लघुबिमा योजनालाई लक्षित वर्गसम्म पु-याउन सरकारले अनुदानको व्यवस्था गर्नुपर्ने बिमा समितिका सहायक निर्देशक राजेन्द्र महर्जनले बताए ।
लघुबिमा योजनालाई लक्षित वर्गसम्म पु-याउन सरकारले अनुदानको व्यवस्था गर्नुपर्ने बिमा समितिका सहायक निर्देशक राजेन्द्र महर्जनले बताए ।
‘न्यून आय भएका व्यक्ति लक्षित गरेर यो
योजना सञ्चालन गरिएको हो । तर, यस्ता वर्गमा बिमा शुल्क भुक्तान गर्न सक्ने
क्षमता नै हुँदैन । त्यसैले लघुबिमामा सरकारले अनुदानको व्यवस्था
गर्नुपर्छ,’ उनले भने, ‘सरकारले न्यून आय हुने वर्गको स्पष्ट पहिचानसमेत
गर्नुपर्छ ।’
लघुबिमा योजनाको प्रकार
बिमांक रकमको कम्तीमा शून्य दशमलव १ प्रतिशत र अधिकतम ५ प्रतिशत भुक्तान गरी लघुबिमा योजना खरिद गर्न सकिन्छ । बिमा समितिले विभिन्न ७ प्रकारका लघुबिमा योजना निर्माण गरेको छ । जसमध्ये अधिकतम २ लाख बिमांकबराबरकोे गार्हस्थ लघुबिमा योजना खरिद गर्न सकिन्छ ।

उक्त बिमा योजनाबापत बिमितले शून्य दशमलव
२५ प्रतिशत बिमा शुल्क भुक्तान गरे पुग्छ । अर्थात् २ लाख रुपैयाँसम्मको
सम्पतिको बिमा गर्दा ५ सय रुपैयाँ बिमा शुल्क भुक्तान गरे पुग्छ ।
त्यस्तै, ३५ हजार रुपैयाँ बिमांकबराबरको
स्वास्थ्य बिमालेख खरिद गर्न सकिन्छ । यो योजनाले ५ जना परिवारको जोखिम
सुरक्षा गर्छ । यो योजना खरिद गरेबापत बिमितले १ हजार ४ सय रुपैयाँ भुक्तान
गर्नुपर्छ ।
त्यस्तै, १ लाख ५० हजार रुपैयाँमा दुर्घटना लघुबिमा खरिद गर्न सकिन्छ । जसबापत बिमितले १ सय ५० रुपैयाँ भुक्तान गरे पुग्छ ।
त्यस्तै, १ लाख ५० हजार रुपैयाँमा
पशुपक्षी बिमा योजना र ५० हजार रुपैयाँ बिमांकबराबरको बाली बिमा खरिद गर्न
सकिन्छ । उक्त योजना खरिद गर्दा बिमितले बिमांक रकमको ५ प्रतिशत बिमा शुल्क
भुक्तान गर्नुपर्छ । साथै १ लाख ५० हजारबराबरको म्यादी लघुबिमा योजना र १
लाख रुपैयाँ बिमांकबराबरको सावधिक लघुबिमा योजना खरिद गर्न सकिन्छ ।
के हो लघुबिमा ?
लघुबिमा निर्देशिकाअनुसार न्यून आय, आर्थिक, सामाजिक तथा भौगोलिक कारणबाट जोखिम उन्मुख वर्गका व्यक्ति तथा समुदायलाई लक्षित गरी निजहरूको जीवन तथा सम्पत्तिको सुरक्षण गरिनु नै लघुबिमा व्यवसाय हो ।
लघुबिमा निर्देशिकाअनुसार न्यून आय, आर्थिक, सामाजिक तथा भौगोलिक कारणबाट जोखिम उन्मुख वर्गका व्यक्ति तथा समुदायलाई लक्षित गरी निजहरूको जीवन तथा सम्पत्तिको सुरक्षण गरिनु नै लघुबिमा व्यवसाय हो ।
जीवन बिमा कम्पनीहरूले म्यादी लघु जीवन
बिमा, सावधिक लघु जीवन बिमा, आजीवन लघु जीवन बिमा र समितिले तोकेबमोजिमको
अन्य लघुबिमा योजना सञ्चालन गर्न सक्ने निर्देशिकामा व्यवस्था छ ।
त्यस्तै, निर्जीवन कम्पनीहरूले गार्हस्थ,
स्वास्थ्य, दुर्घटना, पशु तथा पक्षी, बालीलगायत समितिको अनुमतिमा अन्य
योजना पनि जारी गर्न सक्ने प्रावधान छ ।
लघुबिमा योजना जारी गर्न कठिनाइ भएपछि
निर्जीवन बिमा कम्पनीहरूले भने विकल्पका रूपमा लघुबिमा पुल खडा गरेका छन् ।
बेलायती सहयोगी संस्था सक्षमको आर्थिक सहयोगमा कम्पनीहरूले लघुबिमा पुल
निर्माण गरेका हुन् ।
यसको व्यवस्थापन नेपाल बिमक संघले लिएको छ
। त्यस्तै, लघुवित्त बैंकहरूले भने अभिकर्ताका रूपमा काम गरेका छन् ।
जसबापत लघुवित्त संस्थाले १५ प्रतिशत कमिसन र १० प्रतिशत व्यवस्थापन खर्च
पाउने सम्झौता भएको थियो । पुल म्यानेजरको जिम्मेवारी भने प्रुडेन्सियल
इन्स्योरेन्सलाई दिइएको छ ।
No comments:
Post a Comment