Saturday, December 12, 2015

बीमितको उजुरी ‘सुपर फाष्ट ट्र्याक’मा

मुना कुँवर

मङ्सिर २६, काठमाडौं । भूकम्पपछि बीमितहरूबाट आएका उजुरीलाई बीमा समितिले ‘सुपर फाष्ट ट्र्याक’बाट सम्बोधन गर्न थालेको छ । भूकम्पले आहत भइरहेका बीमितलाई राहत महसूस गराउन समितिले यस्तो खालको सेवा शुरू गरेको हो । महाविपत्तिको अवस्थाबाट गुज्रिएका बीमितले थप झन्झट बेहोर्न नपरोस् भनी फाष्ट ट्र्याक प्रक्रिया अपनाएको बीमा समितिका निर्देशक श्रीमान् कार्कीले बताए ।  

भूकम्पपछिको ८ महीनामा बीमा समितिमा १ सयभन्दा बढी उजुरी परिसकेका छन् । त्यसमध्ये समितिले कम्तीमा १ सय जति उजुरीलाई सहजीकरणबाट सल्टाएको निर्देशक कार्कीले जानकारी दिए । उनले भने, ‘चारओटा उजुरी भने मुद्दाको प्रक्रियामा नै जाने तयारीमा छन् ।’
बीमितहरूबाट आएका उजुरीलाई समितिले सकेसम्म छलफलबाट नै समाधान खोज्न जोड दिएको छ । त्यसका लागि समितिले बीमित र बीमकबीच सहजीकरणको भूमिका निर्वाह गर्दै आएको छ । छलफलबाट पनि समस्या समाधान नभए मुद्दाको प्रक्रियामा लैजाने गरेको समितिले बताएको छ । बीमा समितिमा वर्षाैं पहिलेदेखि दर्ता भएका मुद्दा अभैm पनि पैmसला हुन सकेका छैनन् । तर, भूकम्पपछि दर्ता भएका १ सयभन्दा बढी उजुरी भने करीब शतप्रतिशत नै टुङ्गिसकेका छन् । त्यसका लागि समितिले उजुरी दर्ता भएको दिनदेखि नै छलफलको प्रक्रिया अगाडि बढाउने गरेको समितिले बताएको छ । समितिका अनुसार पहिलेका मुद्दालाई थाँती राखी नयाँ उजुरीलाई अहिले उच्च प्राथमिकतामा राखिएको छ ।
भूकम्पपछि समितिमा दर्ता भएका उजुरीहरू विशेषगरी सम्पत्तिको मूल्याङ्कन, ग्रार्हस्थ्य बीमा, अण्डर इन्स्योरेन्स र रेक्टो फिटिङसँग सम्बन्धित रहेका छन् । त्यसमध्ये सम्पत्तिको मूल्याङ्कन सबैभन्दा प्रमुख समस्या बनेको देखिएको छ । बीमकहरूले बीमितको क्षतिग्रस्त सम्पत्तिको मूल्याङ्कन गर्दा सरकारी वा चलनचल्तीको मूल्यको आधारमा गर्ने भन्ने विषयमा दुई पक्षबीच समझदारी हुन नसकेको समितिले बताएको छ । त्यस्तै, बैङ्कहरूले आपूmले लगानी गरेको ऋणको मात्रै बीमा (अण्डर इन्स्योरेन्स) गरेपछि आर्थिक विपत्तिमा परेका बीमितहरू समितिसम्म पुग्ने गरेका छन् ।
यसका अतिरिक्त यतिबेला गार्हस्थ्य बीमाका विषयमा पनि बीमित र बीमकबीच धेरै विवाद सृजना भएको छ । व्यापारिक प्रयोजनका लागि निर्माण गरिएका भवनहरूको पनि बीमितले आवासीय बीमा गराएपछि बीमकहरू समस्यामा परेका छन् । त्यस्तै, अहिले ‘रेक्टो फिटिङ’को नयाँ समस्या सृजना भएको समितिले बताएको छ । क्षतिग्रस्त भवनका पिल्लरहरूलाई मेशिनबाट पुनर्निर्माण गरिने प्रविधिलाई रेक्टो फिटिङ भनिन्छ । यो प्रविधि नयाँ तथा महँगो हुन्छ । त्यसैले बीमित र बीमकबीच यसको प्रयोगको विषयलाई लिएर विवाद हुने गरेको समितिले बताएको छ ।  
भूकम्पछि निर्जीवन बीमा कम्पनीहरूमा मङ्सिर २० गतेसम्ममा १७ हजार ४ सयओटा बीमा दाबी परेको छ । समितिको तथ्याङ्कअनुसार ती दाबीमार्पmत रू. १७ अर्ब ९६ करोड माग गरिएको छ । त्यस्तै, कम्पनीहरूले कुल ९ हजार ३ सय १२ ओटा दाबीबराबरको रू. ६ अर्ब ५० करोड भुक्तानी गरिसकेका छन् । यो रकम कुल दाबीको ३६ प्रतिशत हो । त्यस्तै, जीवन बीमा कम्पनीहरूमा भने गत कात्तिक १ गतेसम्ममा ३ सय ६१ ओटा बीमा दाबी परेको छ । त्यसमध्ये कम्पनीहरूले ३ सय ४३ ओटा दाबीको भुक्तानी गरिसकेका छन् । 

 

No comments:

Post a Comment