मुना कुँवर
२०७५ माघ २० आइतबार ०८:३०:०० | काठमाडौं
अब धितोपत्र दलाल व्यवसायी (सेयर ब्रोकर)ले मार्जिन कारोबार गर्न पाउने भएका छन् । नेपाल धितोपत्रले परिपत्र जारी गर्दै नेपाल स्टक एक्सचेन्जलाई मार्जिन कारोबार सुविधासम्बन्धी कार्यविधि २०७५ लाई कार्यान्वयन गर्न निर्देशन दिएपछि दलालहरूलाई सेयर धितो कर्जा प्रदान गर्ने बाटो खुलेको हो ।
मार्जिन कारोबारले धितोपत्र व्यवसायको कार्य दायरा विस्तार हुने, लगानीकर्तालाई एकै ठाउँबाट कारोबारसम्बन्धी सेवा प्राप्त हुने तथा दोस्रो बजार कारोबारमा तरलता वृद्धि भई समग्र धितोपत्र बजारको विकास हुने अपेक्षासहित बोर्डले मार्जिन कारोबार कार्यविधि निर्माण गर्न नेप्सेलाई निर्देशन दिएको थियो । सोहीअनुसार नेप्सेले २०७५ वैशाख १९ गते मार्जिन कारोबार सुविधा तुर्जमा गरी बोर्डमा बुझाएको थियो । तर, विभिन्न कारण देखाउँदै बोर्डले कार्यविधि कार्यान्वयन गर्न सकेको थिएन । गत शुक्रबार १० महिनापछि बल्ल परिपत्र जारी गर्दै बोर्डले कार्यविधि कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो ।
दलाल र लगानीकर्ताको सम्झौतामा ब्याजदर
मार्जिन कारोबारको लागि धितोपत्र दलाल तथा लगानीकर्ताबीचको सहमति ब्याजदर तोकिने भएको छ । बोर्डको निर्देशनअनुसार कर्जाको ब्याजदर दलाल र ग्राहकबीच हुने सम्झौताअनुसार तोकिने व्यवस्था छ । तर, ब्रोकरले मार्जिन कारोबार सुविधा उपलब्ध गराएबापत ग्राहकसँग लिने ब्याजको दरबारे बोर्ड र नेप्सेलाई जानकारी गराउनुपर्छ ।

के छ कार्यविधिमा ?
बोर्डमा प्रस्ताव गरेको कार्यविधिअनुसार नेप्सेले प्रत्येक आर्थिक वर्षमा मार्जिन कारोबारका लागि योग्य धितोपत्रको सूची सार्वजनिक गर्नेछ । उक्त सूचीलाई प्रत्येक आव समाप्त भएको ७ महिनाभित्र अद्यावधिक गरिनेछ । अद्यावधिक गर्दा सूचीबाट हटेका कम्पनीका लागि प्रदान गरेको मार्जिन सुविधा १० कार्यदिनभित्र राफसाफ गर्नुपर्ने हुन्छ ।

मार्जिन कारोबार सुविधा उपलब्ध गराउँदा सम्बन्धित धितोपत्रको १८० दिनको औसत अन्तिम बजार मूल्य वा बजार मूल्यमध्ये जुन कम हुन्छ सोको ५० प्रतिशतले हुन आउने रकम मार्जिनको रूपमा लिनुपर्ने व्यवस्था छ । तर, बजारको जोखिमलाई ध्यानमा राखी व्यवसायीले ५० प्रतिशतभन्दा बढी प्रारम्भिक मार्जिन लगानीकर्तासँग लिन सक्ने पनि व्यवस्था छ ।
ब्याजदरमा बोर्डले हस्तक्षेप गर्न सक्ने
मार्जिन कारोबारको नियमन र सुपरिवेक्षणको जिम्मेवारी बोर्डले नेप्सेलाई दिएको छ । तर, अस्वाभाविक ब्याजदर तोकिएमा बोर्डले हस्तक्षेप गर्न सक्ने व्यवस्था गरिएको छ । साथै, बोर्डको मार्जिन कारोबार सुविधासम्बन्धी निर्देशन, २०७४ र नेप्सेले बनाएको मार्जिन कारोबार सुविधासम्बन्धी कार्यविधि २०७५, सहित मार्जिन कारोबार सुविधा सम्बन्धमा बोर्डले गरेका व्यवस्थाबारे नेपाल राष्ट्र बैंकलाई जानकारी गराइने भएको छ ।

इच्छुक ब्रोकर थोरै छन्
-मुराहरि पराजुली, प्रवक्ता, नेपाल स्टक एक्सचेन्ज
मार्जिन कारोबार गर्न चाहने धितोपत्र दलाल व्यवसायीले नेप्सेमा निवेदन दिनुपर्नेछ । कार्यविधिका आधारमा दलालको क्षमता हेरेर नेप्सेले अनुमति दिनेछ । दलाल व्यवसायीको खुद सम्पत्ति ५ करोड रुपैयाँ हुनुपर्नेछ । जसले दुई गुणा अर्थात् १० करोड रुपैयाँसम्म लगानी गर्न पाउनेछन् । जहाँसम्म लाग्छ कार्यविधिअनुसार नेटवर्थ पुगेका दलाल कम छन् । त्यसमध्येमा पनि कारोबार गर्न इच्छुक दलालको संख्या कम छ । किनभने कारोबार गर्न बैंकबाट ऋण लिनुपर्छ ।

निर्देशन सकारात्मक छ
- उत्तम अर्याल, अध्यक्ष, सेयर बजार लगानीकर्ता संघ
धितोपत्र दलाल व्यवसायीले मार्जिन कारोबार गर्न पाउने विषयमा एक वर्षपहिले नै उठेको हो । ढिलै भए पनि कार्यान्वयनमा आउने भएको छ । तर, यसमा धेरै विषय अन्योल छन् । ब्याजदरको विषय, लगानीको स्रोत, कमिसनलगायतका विषय अस्पष्ट छन् । तर, तत्कालका लागि बोर्डले दिएको निर्देशन सकारात्मक छ । कार्यान्वयन हुँदै जाँदा समस्या पनि समाधान हुने हामीले अपेक्षा गरेका छौँ ।

लगानीकर्ता बैंक धाउनुपर्दैन
-भरत रानाभाट, अध्यक्ष नेपाल स्टक ब्रोकर एसोसिएसन
नेपाल धितोपत्र बोर्डले मार्जिन कारोबार कार्यविधि कार्यान्वयनका लागि निर्देशन दिए पनि ब्याजदरको विषय भने अन्योल छ । किनभने राष्ट्र बैंक अहिलेसम्म स्पष्ट दृष्टिकोण आइसकेको छैन । राष्ट्र बैंकको अनुमतिपछि हामीलाई अगाडि बढ्न सजिलो हुनेछ । यो कार्यविधिले अबका दिनमा लगानीकर्तालाई बैंक तथा वित्तीय संस्थामा ऋणका लागि धाइरहनुपर्दैन ।

https://www.nayapatrikadaily.com/news-details/5081/2019-02-03#
No comments:
Post a Comment