जीवन बिमा कम्पनीहरूले अभिकर्ता रिझाउन जथाभावी कर्जा दिने गरेको पाइएको छ । बिमा ऐनमा अभिकर्तालाई कर्जा प्रदान गर्न सकिने व्यवस्था भए पनि कम्पनीहरूले अभिकर्ता फकाउन जथाभावी कर्जा दिने पाइएको बिमा समितिका निमित्त कार्यकारी निर्देशक राजुरमण पौेडेलले बताए । उनका अनुसार यस विषयमा समितिले अध्ययन गरिरहेको छ ।
साढे ८४ करोड कर्जा
जीवन बिमा कम्पनीहरूले अभिकर्तालाई घर, कार, मोटरसाइकल, ल्यापटप, कम्प्युटर र मोबाइल कर्जाका साथै नगद कर्जासमेत प्रदान गर्दै आएका छन् । सो शीर्षकमा १३ जीवन बिमा कम्पनीहरूले २०७५ असार मसान्तसम्ममा ८४ करोड ५२ लाख रुपैयाँ अभिकर्ता कर्जा प्रवाह गरेका छन् । त्यसमध्ये नेपाल लाइफले सबैभन्दा धेरै ३७ करोड ७७ लाख रुपैयाँ अभिकर्ता कर्जा प्रवाह गरेको छ । लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल)ले २८ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले ७ करोड ४६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ भने सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले ४ करोड ९२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

कर्जा असुलीमा समस्या
अभिकर्ताले निश्चित अवधिसम्ममा निश्चित व्यवसाय गर्छ भन्ने सुनिश्चितताका आधारमा कम्पनीहरूले अभिकर्तालाई कर्जा उपलब्ध गराउँछन् । अभिकर्ताको कमिसन रकमबाट कम्पनीले कर्जा असुली गर्दै आएका छन् । तर, कर्जा लिएपछि कतिपय अभिकर्ता सम्पर्कविहीन हुँदा कर्जा असुलीमा समस्या हुने गरेको समितिले बताएको छ ।

कार्य सम्पादनका आधारमा कर्जा उपलब्ध गराए पनि घर कर्जा, सवारीसाधन कर्जामा भने धितो रहन्छ । कम्प्युटर, मोबाइल, ल्यापटपजस्ता घरायसी सामग्रीको कर्जामा अभिकर्ताले पाउने कमिसन रोक्का राखिने गरेको कम्पनीहरूले बताएका छन् ।
कर्जा असुली गर्न नसक्नु व्यवस्थापनको कमजोरी
नन्दप्रसाद तिवारी, अध्यक्ष, पेसागत अभिकर्ता संघ नेपाल
कम्पनीहरूले अभिकर्तालाई सम्भावित कमिसनका आधारमा कर्जा दिँदै आएका छन् । सवारीसाधन कर्जामा साधन नै कम्पनीको स्वामित्वमा हुन्छ । तर, यसका बाबजुद पनि कर्जा असुली हुन नसक्नु भनेको कम्पनी व्यवस्थापनको कमजोरी हो । विनाआधारमा नातावादका आधारमा कर्जा प्रवाह गरेका कारण समस्या आएको हो ।

असुलीमा समस्या छैन
मनोजकुमार भट्टराई, सिइओ, प्राइम लाइफ इन्स्योरेन्स
हामीले व्यवसाय प्रवद्र्धनका लागि सवारीसाधन खरिदमा अभिकर्तालाई सुविधा दिएका छौँ । अभिकर्ताको व्यवसायको आधारमा हामीले सवारीसाधन खरिद सुविधा दिन्छौँ । तर, सवारीसाधन कम्पनीको नाममा नै हुन्छ । सम्पूर्ण कर्जा चुक्ता गरेपछि मात्रै हामी अभिकर्तालाई हस्तान्तरण गर्छौँ ।

https://www.nayapatrikadaily.com/news-details/7151/2019-02-27
No comments:
Post a Comment