मुना कुँवर२०७५ फाल्गुण १४ मंगलबार ०७:०७:०० | काठमाडौं
प्यानका लागि समय माग्दै लगानीकर्ता
सेयर बजार लगानीकर्ताले प्यान (स्थायी लेखा नम्बर) अनिवार्य गराउन थप समय माग गरेका छन् । नेपाल धितोपत्र बोर्डले प्यानका विषयमा सोमबार आयोजना गरेको छलफलमा लगानीकर्ताले तत्काल प्यान लागू नगर्न सुझाब दिएका हुन् । कार्यक्रममा इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले प्यान लागू गर्न पुँजीगत लाभकर निश्चित गर्नुपर्ने माग गरेका छन् । सरकारले ०७६ वैशाख १ देखि प्यान अनिवार्य गर्ने योजना बनाएको छ । छलफलमा बोर्डका अध्यक्ष डा.रेवतबहादुर कार्कीले प्यान लागू गर्ने विषय प्राविधिक विषय भएकाले यसका व्यावहारिक पक्ष र बजारको अवस्थालाई समेत ध्यान दिई सम्पूर्ण पक्ष अघि बढ्नुपर्ने धारणा राखे ।
https://www.nayapatrikadaily.com/news-details/7053/2019-02-26#
नेपाल स्टक एक्सचेन्जले सञ्चालनमा ल्याएको अनलाइन कारोबारमा लगानीकर्ताको आकर्षण कम देखिएको छ । नेप्सेको तथ्यांकअनुसार हालसम्म १ प्रतिशत लगानीकर्ताले पनि अनलाइन सिस्टम प्रयोग गरेका छैनन् । गत कात्तिक २० देखि माघसम्मको अवधिमा १ हजार ४ सय ५२ जनाले मात्रै अनलाइन लगइन लिएर कारोबार गरेका छन् । बजारमा १५ लाख लगानीकर्ता रहेको नेप्सेको अनुमान छ ।
अनलाइन कारोबार गर्न नेप्सेले गत मंसिरदेखि लगानीकर्तालाई लगइन युजर वितरण सुरु गरेको हो । अनलाइन लगइनका लागि लगानीकर्ताले ब्रोकरसँग सम्झौता गर्नुपर्ने तथा कारोबारको २५ प्रतिशत डिपोजिट गर्नुपर्ने व्यवस्था छ । जसका कारण अनलाइन लगइन युजरप्रति लगानीकर्ताको आकर्षण कम भएको इन्भेष्टर्स फोरमका अध्यक्ष छोटोलाल रौनियारले बताए ।
नेप्सेले अनलाइन सिस्टमको सुरुवात गरे पनि लगानीकर्ताले अफलाइनबाट पनि कारोबार गर्न पाउँछन् । अनलाइन लगइन लिनु–नलिनु लगानीकर्ताको स्वतन्त्रताको विषय भएको नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउँदले बताए । ‘लगइन लिएर कारोबार गर्दा डिपोजिट गर्नुपर्छ । टी प्लस थ्रीमा काम गर्नुपर्छ । यो प्रक्रिया लगानीकर्तालाई झन्झटिलो लागेको हुन सक्छ,’ उनले भने ।
तर, बजारविज्ञ डा.गोपाल प्रसाद भट्टले भने बजारप्रति लगानीकर्ता विश्वस्त हुन नसकेकै कारण अनलाइन सिस्टमप्रति आकर्षित नभएको बताए । ‘जिम्मेवारी मन्त्रालयमा रहेका व्यक्तिहरूले बजारको विषयमा जथाभावी अभिव्यक्ति दिनुहुँदैन । यसले लगानीकर्ताको मनोबल घटाउँछ,’ उनले भने ।
लगइन दिन आनाकानी गर्छन् ब्रोकर
अनलाइन लगइन युजर नेम वितरण गर्न केही ब्रोकरहरूले आनाकानी गर्ने गरेको इन्भेष्टर्स फोरमका अध्यक्ष रौनियारले बताए । उनका अनुसार केही ब्रोकरले हालसम्म एउटा पनि अनलाइन लगइन वितरण गरेका छैनन् ।

३२ हजार ५३२ जनाले एकपटक मात्रै कारोबार गरे
नेपाल स्टक एक्सचेन्जको तथ्यांकअनुसार कात्तिक २० देखि माघसम्ममा एकपटक मात्रै कारोबार गर्ने लगानीकर्ताको संख्या ३२ हजार ५ सय ३२ रहेको देखाएको छ । त्यस्तै, १ सयपटक कारोबार गर्ने लगानीकर्ताको संख्या ५०२ छ भने ८२० जनाले ७० पटक कारोबार गरेको नेप्सेका प्रमुख कार्यकारी अधिकृत साउदले बताए । उनका अनुसार ६० हजार ३३७ जनाले १० पटक अनलाइन कारोबार गरेका छन् । ६७ हजार ३१५ जना सक्रिय लगानीकर्ता रहेको नेप्सेले बताएको छ ।

अनलाइन सिस्टमबाट ३ अर्ब १० करोड कारोबार भयो
अनलाइन लगइन लिएका लगानीकर्ताले ३ अर्ब १० करोड रुपैयाँबराबरको कारोबार गरेका छन् । ७१ दिनको अवधिमा २ लाख ८ सय ७६० पटकको खरिद–बिक्रीमा कुल २३ अर्ब २० करोड रुपैयाँबराबरको कारोबार भएको तथ्यांकले देखाएको छ । त्यस्तै, प्रणालीमा सक्रिय लगानीकर्ता १ लाख ७२ लाख ४१४ भएको नेप्सेको प्रमुख कार्यकारी अधिकृत साउदले बताए ।
अनलाइन लगइन लिएका लगानीकर्ताले ३ अर्ब १० करोड रुपैयाँबराबरको कारोबार गरेका छन् । ७१ दिनको अवधिमा २ लाख ८ सय ७६० पटकको खरिद–बिक्रीमा कुल २३ अर्ब २० करोड रुपैयाँबराबरको कारोबार भएको तथ्यांकले देखाएको छ । त्यस्तै, प्रणालीमा सक्रिय लगानीकर्ता १ लाख ७२ लाख ४१४ भएको नेप्सेको प्रमुख कार्यकारी अधिकृत साउदले बताए ।
प्यानका लागि समय माग्दै लगानीकर्ता
सेयर बजार लगानीकर्ताले प्यान (स्थायी लेखा नम्बर) अनिवार्य गराउन थप समय माग गरेका छन् । नेपाल धितोपत्र बोर्डले प्यानका विषयमा सोमबार आयोजना गरेको छलफलमा लगानीकर्ताले तत्काल प्यान लागू नगर्न सुझाब दिएका हुन् । कार्यक्रममा इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले प्यान लागू गर्न पुँजीगत लाभकर निश्चित गर्नुपर्ने माग गरेका छन् । सरकारले ०७६ वैशाख १ देखि प्यान अनिवार्य गर्ने योजना बनाएको छ । छलफलमा बोर्डका अध्यक्ष डा.रेवतबहादुर कार्कीले प्यान लागू गर्ने विषय प्राविधिक विषय भएकाले यसका व्यावहारिक पक्ष र बजारको अवस्थालाई समेत ध्यान दिई सम्पूर्ण पक्ष अघि बढ्नुपर्ने धारणा राखे ।
https://www.nayapatrikadaily.com/news-details/7053/2019-02-26#
No comments:
Post a Comment