मुना कुँवर
काठमाडौं |
राजस्व अनुसन्धान विभागले अहिलेसम्मकै ठूलो कर छलीको मुद्दा अदालतमा दर्ता गरेको छ । ५४ करोड ४२ लाख रुपैयाँ कर छली गरेका हिमालयन कार्गोका सञ्चालक विनोदकुमार गुप्ताविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको हो । विभागको अनुसन्धानबाट गुप्ताले १० वर्षदेखि कर छली गर्दै आएको भेटिएपछि उनकी श्रीमती मधुकुमारी गुप्तासमेतलाई मुख्य अभियुक्त बनाई शुक्रबार नै अदालतमा मुद्दा दर्ता गरिएको हो । विभागका अनुसार यो हालसम्मकै ठूलो मुद्दा हो ।
गुप्ताले आर्थिक वर्ष ०६५/६६ देखि साना करदाताका रूपमा ५ हजार रुपैयाँ मात्र कर बुझाएको अनुसन्धानबाट भेटिएको छ । त्यसैगरी ०७२/७३ देखि कुनै पनि कर नबुझाएको भेटिएपछि दाबी र कैद सजायसहित मुद्दा दायर गरिएको विभागका महानिर्देशक दीर्घराज मैनालीले बताए ।
२ अर्ब ७२ करोड असुली र ३ वर्ष कैद गर्न माग
विभागले गुप्तासँग ब्याजसहित कर शुल्क ५४ करोड ४२ लाख रुपैयाँ तथा जरिवाना १ अर्ब ८ करोडसहित जम्मा २ अर्ब ७२ करोड रुपैयाँ असुली गर्न र ३ वर्षसम्म कैद सजायको माग गरेको छ । विभागले गुप्ताको चल–अचल सम्पति रोक्का गरिसकेको छ ।

भन्सार प्रमुखलगायत विरुद्ध पनि मुद्दा दायर
विभागले विनोदकुमार गुप्ताको नेतृत्वमा नक्कली भन्सार प्रज्ञापनपत्र बनाई चोरी–पैठारी तथा नक्कली मूल्य अभिवृद्धि कर बिल बनाई राजस्व छली गरेको अभियोगमा रवीन्द्र गुप्तासहित २२ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । जसमा नेपालगन्ज भन्सार कार्यालयका ६ जना कर्मचारी पनि परेका छन् । प्रमुख भन्सार अधिकृत जनार्दन अधिकारी, भन्सार अधिकृत बटुकृष्ण अधिकारी, भन्सार जाँचकी वसन्तकुमार सुवेदी, कम्प्युटर अधिकृत चन्द्रबहादुर क्षेत्री, भन्सार सहायक जितबहादुर श्रेष्ठ र भन्सार सहायक रामबहादुर थापासमेतको नाममा विभागले मुद्दा दायर गरेको हो ।

उक्त मुद्दामा विभागले बिगो र जरिवाना रकमसहित १० करोड २० लाख रुपैयाँ माग गरेको छ । प्रतिव्यक्ति २३ लाख २० हजार रुपैयाँ बिगो दाबी र ४६ लाख ४० हजार रुपैयाँ माग गरेको छ । उनीहरूले दूध तथा घिउको नक्कली भन्सार प्रज्ञापनपत्र बनाई चोरी–पैठारी गरी राजस्व छली गरेका थिए ।
२२ जनामध्ये विनोद गुप्ता, अशोककुमार दुबे, घनश्याम शर्मा र मुकेश शर्मा थुनामा रहेको विभागका महानिर्देशक मैनालीले बताए । साथै विनोद गुप्ताका सामानसहितका १ सय ५० गाडीले भन्सार छली गरेको प्रारम्भिक अनुसन्धानले देखाएको उनले बताए ।
सुन पैठारी गरी राजस्व छल्नेसमेत कारबाहीमा
विभागले ६ केजी सुन चोरी–पैठारी गरी राजस्व चुहावट गरेको सम्बन्धमा तेन्जिङ तामाङविरुद्ध जिल्ला अदालत काठमाडौंमै मुद्दा दायर गरेको छ । विभागले शुक्रबार नै मुद्दा दायर गरी २ करोड ९५ लाख रुपैयाँ बिगो र ४४ लाख ६५ करोड रुपैयाँ सजाय जरिवाना रकम माग गरेको हो । साथै तीन वर्ष कैदको माग पनि गरेको छ ।

यस्तै ३ केजी सुन भन्सार चोरी–पैठारीमार्फत विदेशी विनिमय अपचलन गरी राजस्व चुहावट गरेको अभियोगमा दीपककुमार मौर्यसमेत ६ जनाविरुद्ध समेत मुद्दा दायर भएको छ । २५ साउनमा दायर मुद्दामा १ करोड ४७ लाख राजस्व चुहावट, १ करोड ५० लाख रुपैयाँ विदेशी विनिमय अपचलनको बिगो र ४४ करोड ६५ लाख रुपैयाँ सजाय जरिवाना रकम माग गरिएको छ । त्यस्तै विभागले राजस्व चुहावट र विदेशी विनियम अपचलन गरेकोमा ३–३ वर्ष कैद सजायको माग गरेको छ ।
कालो हिरा भन्सार चोरी–पैठारी गरी राजस्व चुहावट गरेको अभियोगमा विभागले रमेश रजकसहित आठजनाको नाममा १५ साउनमा मुद्दा दर्ता गर्दै २१ लाख २३ हजार रुपैयाँ बिगो दाबी र ३ करोड ३९ हजार रुपैयाँ जरिवाना रकम साथै ३ वर्ष कैद सजाय माग गरेको छ ।
अर्काको नाममा फर्म दर्ता गरेर राजस्व छली
अर्काको नाममा फर्म दर्ता गरी चोरी–पैठारी गर्नेलाई विभागले नियन्त्रणमा लिएको छ । राजस्व अनुसन्धान पश्चिमाञ्चल क्षेत्रीय कार्यालय बुटवलले कमाल रसाइलीको नाममा शिव इन्टरप्राइजेज फर्म दर्ता गरी भन्सार चोरी–पैठारी गरी समान्तर, झुटा एवं नक्कली मूल्य अभिवृद्धि कर बीजकबाट समान बिक्री गरी राजस्व छलेको अभियोगमा नवराज उपाध्ययसहित चारजनाको नाममा जिल्ला अदालत रुपन्देहीमा मुद्दा दर्ता गरेको हो ।

२८ साउनमा दायर मुद्दामा १ अर्ब ७ करोड रुपैयाँ जरिवाना मागदाबी र बिगो रकम १६ करोड ३५ लाख रुपैयाँ माग गरेको छ । मुख्य अभियुक्तलाई तीन वर्ष कैद र मतियारलाई डेढ वर्ष कैद सजायको माग गरेको छ । राजस्व अनुसन्धान मध्यमाञ्चल क्षेत्रीय कार्यालय पथलैयाले रामबाबु सिंह र सन्तोषकुमारप्रसाद साहसमेतले १ केजी सुन भन्सार चोरी–पैठारी गरी राजस्व चुहावट गरेको अभियोगमा जिल्ला अदालत वीरगन्जमा मुद्दा दर्ता भएको छ । १ करोड ९२ लाख रुपैयाँ जरिवाना र बिगो रकम माग गरेको छ । त्यस्तै, कृष्णप्रसाद कानू र कमलेसप्रसाद कलवारसमेतले फोटोकपी मेसिनको राजस्व चुहावट गरेको अभियोगमा २८ साउनमा मुद्दा दायर गरेको छ । जसमा विभागले ५ करोड ६९ लाख रुपैयाँ जरिवाना र बिगो माग गरेको छ ।
संलग्न कर्मचारीलाई पनि छाड्दैनौँ
दीर्घराज मैनाली, महानिर्देशक
राजस्व अनुसन्धान विभाग
दीर्घराज मैनाली, महानिर्देशक
राजस्व अनुसन्धान विभाग
राजस्व चुहावट गर्ने जोकोहीलाई पनि कारबाही गर्छौँ । यस्तो क्रियाकलापमा संलग्न कर्मचारीले पनि कारबाहीबाट छुटकारा पाउँदैनन् । प्रधानमन्त्रीको पनि यही निर्देशन छ । हामी अझै जनतालाई विश्वास दिलाउन चाहन्छौँ, तपाईंहरूलाई कहीँकतै यस्तो जानकारी आउँछ भने हामीलाई सूचित गर्नुहोस् । हामी अनुसन्धान गरेर कारबाही गर्छौँ । राजस्व चुहावट हुने समस्या समाधान गर्न हामीले सफ्टवेयर प्रयोग गर्ने योजना बनाएका छौं ।
http://www.nayapatrikadaily.com/2018/08/18/84247/
No comments:
Post a Comment