मञ्जु थापा
शव ल्याउन लागेको खर्चबापतको सुविधा
हाल प्रचलनमा रहेको बिमालेखको व्यवस्थाअनुुसार बिमितको स्वदेशमा मृत्यु भएमा मृत्युलाभ १० लाख, आयको नोक्सानी २ लाख तथा किरिया खर्चबापत १ लाख गरी कुल १३ लाख भुक्तानी हुने व्यवस्था रहेको छ । बिमितको विदेशमा मृत्यु भएमा मृत्युलाभ १० लाख, आयको नोक्सानी २ लाख तथा किरिया खर्चबापत १ लाख, शव ल्याउने सुविधास्वरूप १ लाख गरी कुल १४ लाख भुक्तानी हुने व्यवस्था रहेको छ । शव विदेशबाट ल्याउने खर्चको शोधभर्ना सम्बन्धमा बिमा समितिले पहिलोपटक ०६८ कात्तिक १ मा जारी गरेको बिमालेखमा व्यवस्था रहेको थियो । तत्कालीन समयमा शव ल्याउँदा लागेको खर्चको शोधभर्ना ८५ हजारको सीमाभित्र रहेर दिने व्यवस्था गरिएको थियो ।

आयको नोक्सानीबापतको सुविधा
वैदेशिक रोजगारको सिलसिलामा पर्ने दाबीमा हुने गरेको अर्को विवाद आयको नोक्सानीसँग सम्बन्धित रहेको छ । बिमा समितिले ०६८ कात्तिक १ गते वैदेशिक रोजगारी (म्यादी) जीवन बिमालेख तथा निर्देशनमा आयको नोक्सानीबापतको सुविधाको व्यवस्था थिएन । सो जारी भएको करिब २ महिनापश्चात् ०६८ पुस २५ गते गरिएको परिमार्जनमा आयको नोक्सानीबापतको सुविधा थप गरिएको हो ।

औषधोपचार खर्चको शोधभर्ना
वैदेशिक रोजगार (म्यादी) जीवन बिमालेखको दाबी भुक्तानीका क्रममा विवाद हुने गरेको अर्को मुख्य शीर्षक औषधोपचार खर्चको शोधभर्ना हो । बिमा समितिले ०६८ कात्तिक १ गते वैदेशिक रोजगारी (म्यादी) जीवन बिमालेखमा बिमित कामदार दुर्घटना परी औषधोपचार गर्नुपरेमा औषधोपचार खर्चको शोधभर्ना ५० हजारको सीमाभित्र हुने गरी व्यवस्था गरेको थियो ।

सो विषयमा बिमालेखमा स्पष्ट व्यवस्था भए पनि मुख्यतः बिमित पक्ष यस विषयमा अनभिज्ञ हुनु तथा सोसँग बिमा कम्पनी उदासीन हुनुजस्ता कारणले कहिलेकाहीँ बिमित पक्ष अनावश्यक झन्झट तथा अन्यायमा पर्ने गरेका छन् । तसर्थ, बिमा गर्दाकै बखतमा कामदारलाई बिमा सुविधाका बारेमा सुसूचित गराइनु उपयुक्त हुन्छ ।
(लेखक बिमा समितिका सहायक निर्देशक हुन्)
(लेखक बिमा समितिका सहायक निर्देशक हुन्)
No comments:
Post a Comment