राजेन्द्र महर्जन
काठमाडौं, १८ असार
बिमा कम्पनीहरूले आफ्नो क्षमताभन्दा बढीको जोखिम भएमा पुनर्बिमा कम्पनीलाई जोखिम हस्तान्तरण गर्छन् । नेपालमा भर्खरै र त्यो पनि एक मात्र पुनर्बिमा कम्पनी खोलिएको छ । जसका कारण नेपालका बिमा कम्पनीहरूले आफ्नो जोखिम हस्तान्तरणका लागि विदेशी पुनर्बिमा कम्पनीलाई नै रोज्नुको विकल्प छैन ।
तर, यसरी विदेशका कम्पनीमा पुनर्बिमा गराउँदा विनिमय दरमा आउने उतारचढावले कम्पनीहरूको नाफा–घाटामा ठूलो असर पार्दै आएको छ । यसलाई कसरी कम गर्न सकिन्छ भन्नेबारे बिमा समितिको पुनर्बिमा शाखालाई हेर्दै आएका सहायक निर्देशक राजेन्द्र महर्जनले यसरी बताए :
विदेशी विनिमय दरको जोखिम
पुनर्बिमा बिमा व्यवसायको एक अभिन्न अंग हो । युरोपियन देशहरू इस्टोनिया, स्लोभानियालगायतमा पुनर्बिमा अनिवार्य नभए पनि अधिकांश देशमा पुनर्बिमा अनिवार्य छ । व्यक्ति वा संस्थाले सम्भावित जोखिम बिमा कम्पनीलाई हस्तान्तरण गर्छन् । त्यसैगरी बिमा कम्पनीले पनि आफ्नो क्षमताभन्दा बढीको जोखिम भएमा अर्को कम्पनीलाई हस्तान्तरण गर्छन् । जसलाई पुनर्बिमा भनिन्छ ।

नेपालमा एउटा मात्रै पुनर्बिमा कम्पनी छ । तसर्थ नेपाली बिमा कम्पनीहरूले विदेशी पुनर्बिमा कम्पनी वा ब्रोकरमार्फत पनि पुनर्बिमा गर्छन् । यसरी विदेशी मुलुकको पुनर्बिमकसँग पुनर्बिमा गर्दा सम्बन्धित पुनर्बिमकको देशको मुद्रा उल्लेख हुने हुन्छ । हवाईजहाज, ट्राभल मेडिकल तथा टे«किङलगायत तथा ठूला–ठूला इन्जिनिरिङको ठेक्का विदेशी कन्ट्र्याक्टरले लिँदा डलरमा नै शुल्क तोकिएको हुन्छ ।
कसरी हुन्छ जोखिम ?
पुनर्बिमा सम्झौताअन्तर्गत पुनर्बिमा शुल्क भुक्तानी गर्दा नेपाली रुपैयाँबराबरको परिवर्तीय विदेशी मुद्रामा पुनर्बिमा शुल्क भुक्तानी गर्ने गरिन्छ । यस्तो अवस्थामा विदेशी मुद्राको विमिमय दरको परिवर्तनले बिमकलाई कुनै असर पर्दैन । फ्याकल्टेटिभ पुनर्बिमा गर्दा पुनर्बिमकले नेपाली रुपैयाँ तथा विदेशी मुद्रा अमेरिकी डलर, युरो, स्टर्लिङ पाउन्ड वा जापनी येन उल्लेख गरेर पुनर्बिमा गर्ने प्रचलन छ ।

बिमालेखमा बिमितिबाट बिमाशुल्क प्राप्त गर्दाको विनिमय दर तथा बिमकले पुनर्बिमकलाई बिमाशुल्क भुक्तानी गर्दाको समयमा हुने बिनिमय दरको उतार–चढावको कारणबाट आउने नाफा–घाटाको जोखिम बिमकले बहन गर्नुपर्ने हुन्छ । त्यस्तै दाबी पर्दा पनि पुनर्बिमकलाई बिमकहरूले सुरुमा जानकारी गर्ने, त्यसपश्चात् सबै प्रमाण संकलनपछि दाबीका लागि प्रस्ताव पठाउने गर्छन् । यसरी दाबी रकमका लागि भुक्तानी माग गर्दाको समय तथा पुनर्बिमकबाट दाबी प्राप्त गर्ने समय फरक हुँदा विदेशी विनिमय दरको प्रभाव रहने गर्छ ।
भारत र नेपालको विनिमय दर स्थिर भएका कारण सटहीमा कुनै असर पर्दैन । भारतबाहेकका अन्य मुलुकमा विनिमय गर्दा भने विनिमयन दर दिनदिनै फरक हुन्छ, जसका कारण भुक्तानीमा प्रभाव पर्छ । तर, नेपाली बिमा कम्पनीहरूले पुनर्बिमाका लागि भारतलगायत अन्य मुलुक (सिंगापुर, मलेसिया, भुटान, बेलायत, अमेरिका)मा पुनर्बिमाका लागि पुनर्बिमा शुल्क पठाउँदा पुनर्बिमकहरूको बिल (डेबिट नोट)अनुसार डलरमा भुक्तानी गर्नुपर्छ ।
मानौँ १ असारमा कुनै पुनर्बिमकलाई १० लाख रुपैयाँको भुक्तानी पठाउन डेबिट आयो । सो दिन डलरको मूल्य एक सय रुपैयाँ मात्र छ । तर, बिमा कम्पनीले असार १३ गते मात्रै रकम पठायो । र, सो दिन डलरको भाउ बढेर १०५ रुपैयाँ पुग्यो । यस्तो अवस्थामा कम्पनीलाई ५० हजार रुपैयाँ घाटा हुन्छ । यसरी भएको घाटा कम्पनीले व्यवस्थापन खर्चअन्र्तगत विनिमय दर घाटा भनेर देखाउने तथा नाफा भएमा आम्दानीमा देखाउने प्रावधान छ ।
आव ०७२/७३ मा एउटा इन्स्योरेन्स कम्पनीकोे विनिमय घाटा २५ लाख छ । यसरी औसतमा २५ लाख मान्ने हो भने १७ वटा निर्जीवन कम्पनीले मात्र ४ करोड २५ लाख घाटा व्यहोर्ने देखिन्छ । त्यस्तै नेपाल पुनर्बिमा कम्पनीलगायत जीवन बिमा कम्पनीहरूले पनि बर्सेनि विदेशी विनिमय दर जोखिम बहन गर्दै आएका छन् ।
कसरी न्यूनीकरण गर्ने घाटा
पुनर्बिमा गर्दा विनिमय दरमा आउने परिवर्तन कम्पनीहरूलाई हुने घाटालाई न्यूनीकरण गर्न सकिन्छ । यसका लागि कम्पनीहरूले विभिन्न तीनवटा उपाय अपनाउन सक्छन् । पहिलो त कम्पनीहरूले डलर खाताको व्यवस्था (रिजर्भ राख्ने) गरेर, बैंकसँग फरवाड बारिङ गरेर र विनिमय दर हेजिङ गरेर यस्तो घाटा कम गर्न सक्छन् ।

डलर खाताको व्यवस्था
मुद्रामा हुने घटबढ जोखिम कम गर्न विभिन्न उपायमध्ये बिमकले आफ्नो खातामा डलर रिजर्भ राख्ने पनि एक हो । बिमा कम्पनीहरूले हवाई, इन्जिनियरिङ, ट्राभल, मेडिकलका बिमाहरू डलरमा पोलिसहरू जारी गर्ने तथा पुनर्बिमा गर्दा डलरमा भुक्तानी गर्नुपर्ने हुँदा डलर खाताको व्यवस्था गर्न सक्छन् ।

यसरी डलर खाताको व्यवस्था गर्दा डलर घटबढले केही जोखिम न्यूनीकरण गर्न सहयोग गर्दछ । यसरी व्यवस्थापन गर्दा पनि अवसर लागत भने गुमाउनुपर्ने हुन्छ । मानौँ कुनै कम्पनीको ०१६ जुलाई १५ का दिन अमेरिकी डलर १ लाख रुपैयाँ मौज्दात छ । उक्त दिनको विनिमय दर अमेरिकी डलर १ सय ६ रुपैयाँ ७३ पैसा छ भने कम्पनीले १ करोड ६ लाख ७३ हजार रुपैयाँ नेपाल राष्ट्र बैंकको खरिद मूल्यमा मूल्यांकन गरी लेखांकन गर्न सक्छ ।
यसरी सो खातामा वार्षिक ३ प्रतिशत ब्याज प्राप्त गर्ने भएमा पनि २०१७ जुलाईमा अमेरिकी डलर १ सय २ रुपैयाँ ८८ पैसा हुँदा १ करोड ५ लाख ९६ हजार ६४० रुपैयाँ कायम हुन्छ । फलस्वरूप कम्पनीले ७६ हजार ३६० विनिमयदरको परिवर्तनले नोक्सानी व्यहोर्नुपर्छ ।
बैंकसँग फरवार्ड बेयरिङ गर्ने
विनिमय दर जोखिम कम गर्ने दोस्रो तरिका भनेको बैंकसँग फरवार्ड खरिद गर्ने हो । यसअन्तर्गत बिमकलाई आजको केही समयपछि भुक्तानी गर्नुपर्ने डलर वा अन्य मुद्रा आज नै बैंकसँग कन्ट्रयाक गर्ने हो । सो सेवा प्रदान गरेबापत बैंकलाई तोकिएको शुल्क बुझाउनुपर्ने हुन्छ । सामान्यतया लामो समय र धेरै रकमका लागि भने फरवार्ड खरिद गर्न त्यति सहज नहुने देखिन्छ ।

विनिमयदर जोखिम हेजिङ गर्ने
तेस्रो तथा अन्तिम उपाय भनेको हेजिङ उपकरणको प्रयोग हो । हेजिङ कन्ट्र्याक कमोडिटी मार्केटमार्फतबाट मात्र सम्भव हुन्छ । हेजिङ कन्ट्र्याक भनेको एउटा करार हो जसअन्र्तगत कमोडिटी मार्केटमा सूचीकृत विभिन्न वस्तु क्रेता र विक्रेताले करारबमोजिम किन्न वा बेच्न सक्छन् ।

कमोडिटी मार्केटमा खासगरी कृषिबाट उत्पादन भएका वस्तुहरू, अमूल्य धातुहरू, अमूल्य चित्र, प्राकृतिक ग्यास, खनिज तत्वलगायत विनिमय दर तथा ब्याजदर जोखिमको कारोबार हुने गर्छ । अन्य मुलुकमा विदेशी मुद्रामा हुने घटबढ कम गर्न हेजिङ उपकरणको प्रयोग गरिने अभ्यास भए पनि नेपालमा त्यस्ता उपकरणको व्यवस्था नहुँदा बिमकहरूले आफैँले नै जोखिम व्यहोर्दै आएका छन् ।
व्ययवस्थित उपाय छैन
दुई फरक देशमा हुने व्यापार तथा अन्य विभिन्नखाले कारोबारका कारण विदेशी मुद्रा सटही गर्दा विनिमय जोखिम उत्पन्न हुने गर्दछ । विगतका केही वर्षको आँकडालाई मात्र नियाल्ने हो भने बिमा कम्पनीहरूले बर्सेनि धेरै रकम नोक्सानी व्यहोर्दै आएका छन् । त्यस्ताखाले जोखिमबाट हुने नोक्सानीलाई बिमा कम्पनीहरूले व्यस्थापन खर्चअन्तर्गत २९ (च) विनिमय नोक्सान भनेर देखाउने गर्छन् ।

हेजिङलगायत अन्य कुनै व्यवस्थित उपाय नभएसम्म बिमा कम्पनीले वार्षिक रूपमा रकम छुट्याई त्रैमासिक रूपमा समायोजन गरी आर्थिक वर्षको अन्तमा खुद नाफा वा घाटा देखाउँदा भने वित्तीय व्यवस्थापन हाललाई राम्रो हुने देखिन्छ ।
महर्जन बिमा समितिका सहायक निर्देशक हुन् ।
http://www.nayapatrikadaily.com/2018/07/02/67461/
No comments:
Post a Comment