मुना कुँवर
तोकिएको चुक्ता पुँजी पु-याउन नसक्ने बिमा कम्पनीहरूलाई बाध्यकारी मर्जरमा लैजाने भएको छ । चालू आर्थिक वर्षभित्र समितिले तोकेको चुक्ता पुँजी नपु-याउने कम्पनीहरूलाई अनिवार्य मर्जरमा जान निर्देशन दिने समितिको तयारी छ । ०७३ चैतमा बिमकको दर्ता र व्यवसाय सञ्चालनसम्बन्धी निर्देशिका जारी गर्दै समितिले कम्पनीहरूको चुक्ता पुँजी तोकेको थियो ।
सोअनुसार जीवन बिमा कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ र निर्जीवन बिमा कम्पनीहरूको चुक्ता पुँजी १ अर्ब रुपैयाँ पु-याउनुपर्ने हुन्छ । निर्देशिकाअनुसार चालू आवको असार मसान्तसम्ममा सो पुँजी कायम गरिसक्नुपर्छ । तर, हालसम्ममा चारवटा कम्पनीले मात्रै पुँजी कायम गर्न सकेपछि मर्जरको नीति अगाडि सारेको समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले बताए । ‘आगामी साउनदेखि हामी यो नीति कार्यान्वयन गर्नेछौँ । पहिला कम्पनीहरूलाई मर्जरमा जान प्रोत्साहित गर्नेछौँ । यदि स्वैच्छिक रूपमा मर्जरमा नगए बाध्यकारी निर्देशन दिनेछौँ,’ उनले भने ।
चार कम्पनीले मात्रै पु-याए
पुँजीसमितिका अनुसार नेपाल लाइफ, शिखर, हिमालयन र नेको इन्स्योरेन्सले समतिको निर्देशनअनुसार पुँजी कायम गरिसकेका छन् । हाल नेपालमा १८ वटा जीवन बिमा कम्पनी र १७ वटा निर्जीवन बिमा कम्पनी सञ्चालनमा छन् । यस्तै, महालक्ष्मी जीवन बिमा कम्पनी सञ्चालनको तयारीमा छ भने दुईवटा नयाँ निर्जीवन बिमा कम्पनी भर्खरै सञ्चालनमा आएका छ्न् । एउटा निर्जीवन बिमा कम्पनीले सञ्चालन अनुमति पाए पनि औपचारिक सुरुवात भने गरेको छैन । तर, पुँजी वृद्धिको प्रावधान पुराना २६ वटा कम्पनीलाई मात्रै लागू हुनेछ ।
विदेशी कम्पनीको अटेरी
विदेशी कम्पनीको शाखाका रूपमा सञ्चालित बिमा कम्पनीहरूले पुँजी वृद्धिका लागि अटेरी गरेका छन् । समितिले जारी गरेको निर्देशिकाले विदेशी बिमा कम्पनीको शाखाका रूपमा सञ्चालित कम्पनीहरूलाई निर्धारित पु¥याउनुपर्ने बताएको छ । नेपालमा तीनवटा मेटलाइफ, नेसनल र ओरियन्टल इन्स्योेरेन्स विदेशी कम्पनीका शाखा छन् ।

समितिले सबै विदेशी शाखा कम्पनीहरूलाई पुँजी वृद्धिको योजना पेस गर्न निर्देशन दिए पनि उनीहरूले पुँजी वृद्धिको योजना बुझाएका छैनन् । मेट लाइफ इन्स्योेरेन्सले समितिले तोकेको निर्धारित पुँजी पु¥याउन नसक्ने पत्राचारबाट जानकारी गराइसकेको छ । त्यस्तै, भारतीय नेसनल र ओरियन्टल कम्पनीलाई भारतीय सरकारले मर्जरमा जान निर्देशन दिएकाले नेपालमा सञ्चालित शाखाहरूले तत्काल निर्धारित पुँजी पु-याउन नसक्ने जवाफ समितिलाई दिएका छन् ।
चुक्ता र निर्धारित पुँजी वृद्धिको विकल्प
चुक्ता पुँजी कायम गर्न कम्पनीहरूले हकप्रद, बोनस सेयर र फरदर सेयर जारी गर्न सक्नेछन् । त्यस्तै विदेशी शाखा कम्पनीहरूले निर्धारित पुँजी कायम गर्ने मुख्य कार्यालयसँग लेनदेन रहेको हिसाब रकम, कम्पनीहरूले वितरण गर्न जम्मा गरेको नगद लाभांश र समितिले तोकेको विशेष जगेडाबाहेक अन्य जगेडा कोषको रकम प्रयोग गर्न सक्नेछन् ।

पुँजी वद्धि गर्न थप ६ महिना
कम्पनीहरूले उचित कारण देखाई समितिमा निवेदन दिएमा पुँजी वद्धिको समय तीन महिना थप गर्न सकिने निर्देशिकामा प्रावधान छ । त्यसैगरी, उक्त अवधिमा पनि पुँजी कायम गर्न नसके अर्को एकपटक तीन महिना थप गर्न सकिने व्यवस्था छ । सोअनुसार कम्पनीहरूले आगामी आवको माघ महिनासम्ममा पुँजी कायम गर्ने समय पाउन सक्नेछन् ।

http://www.nayapatrikadaily.com/2018/07/09/69940/
No comments:
Post a Comment